add

संसार्स अवार्ड कप फुटबल खोकनामा सम्पन्न

Swoniga Online – Swonigaonline Reporter | २०७९ माघ २, सोमबार वर्गीकृत कला

दोश्रो नेपालभाषा स्टार म्युजिक अवार्डको प्रमोसनल कार्यक्रमको रुपमा संसार्स अवार्ड कप फुटबल खोकनामा सम्पन्न भएको छ ।

फुटबल प्रतियोगीतामा स्टार अवार्डमा विभिन्न क्याटगरीमा नोमिनेट भएका कलाकारहरुबीचमै फुटबल खेलाइएको थियो । म्यूजिकल फुटबल नाम दिइएको उक्त प्रतियोेगीता सँगसँगै विभिन्न गायक गायिकाहरुले गीत पनि गाएका थिए ।

फुटबल प्रतियोगीतामा कलाकार किशोर चिपालुको कप्तानीमा मैदानमा उत्रिएको टीम सि तेश्रो स्थानमा परेको थियो भने सविन शाक्यको टीम बी दोश्रो स्थानमा परेको थियो ।

पहिलो मातृभाषी चलचित्र सिलुका नायक जय श्रेष्ठको टीम फाइनल म्याच जित्न सफल भएको थियो ।

सहभागी र विजयी टीमलाई ललितपुर महानगरपालिका वडा २१ का वडाध्यक्ष रविन्द्र महर्जनले मेडल र प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगीतामा बेस्ट प्लेयरको पुरस्कार सतिश महर्जन, बेस्ट स्कोरर कुमार शाही र बेस्ट किपर ननिन तुलाधरले जितेका थिए ।

सोही कार्यक्रममा चलचित्रकर्मीद्वय गोपालकाजी कायस्थ र नरेन्द्र महर्जनलाई बधाई पत्रसहित बधाई दिइएको थियो ।

नेपाल सरकार चलचित्र विकास बोडको सल्लाहकार नियुक्त भएकोमा कायस्थ र नेपाल चलचित्र संघको महासचिव चुनिएकोमा नरेन्द्र महर्जनलाई बधाई दिइएको हो ।

संसारकै लामो र ठुलो दाबी गरिएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड २०२२ आउँदो माघ २९ गते प्रज्ञाभवनमा हुन गइरहेको छ ।