add

नेवाःपासा मुना पुचः अध्यक्षमा दिनेश श्रेष्ठ

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ फाल्गुण ९, मंगलबार वर्गीकृत राष्ट्रिय

नेवाःपासा मुना पुचःबिर्तामोडको अध्यक्षमा पुनः दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको २९ औ वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष राजिव श्रेष्ठ, सचिव मिलन शाक्य, सहसचिव समिर ताम्राकार कोषाध्यक्ष शर्मिला शाक्य सह कोषाध्यक्ष गितादेवी श्रेष्ठ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा भोजकुमार मास्के, दिपेश बैध, तारा श्रेष्ठ, निरु खड्का  श्रेष्ठ, प्रविन शाक्य, तारामणी श्रेष्ठ, र सचिनराज खड्गी रहेका छन् । नयाँ कार्यसमिति चयन गर्न संस्थाकी निवर्तमान अध्यक्ष ईश्वरा श्रेष्ठ, लोकचन्द्र (एलसी)श्रेष्ठ,सन्तोष श्रेष्ठरहेको निर्वाचन समिति गठन गरिएको थियो । संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष राजिव श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा दिनेश शाक्य, रत्नकुमार श्रेष्ठ, देवीभक्त श्रेष्ठ, रुद्रमणी श्रेष्ठ, काजी श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेवाःपासा मुना पुचःबिर्तामोडले २०७९ सालमा गरेका बिभिन्न कार्यक्रम संयोजकहरु शर्मिला शाक्य, तारामणी श्रेष्ठ, प्रेम श्रेष्ठ, प्रविन शाक्य ,निलम प्रधान ,गम्भिररत्न शाक्य र गितादेवी श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने कार्यालय सचिव सञ्जय श्रेष्ठलाई खादा ओडाएर सम्मान गरिएको थियो । 

कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष समिर ताम्राकारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव कमल श्रेष्ठले गरेका थिए ।