बजेट निर्माणका प्रक्रिया विषयमा छलफल

Swoniga Online – रेजिना श्रेष्ठ | २०७९ फाल्गुण २२, सोमबार वर्गीकृत राष्ट्रिय

चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय प्रमुखहरुलाई आग्रह गर्नुभएको छ । आज जेडिए कम्प्लेक्सको सभा कक्षमा बसेको यसएमटी (सिनियर म्यानेजमेन्ट टीम) बैठकमा उहाँले यस्तो बताउनुभएको हो । ‘विभागले आफू सम्बद्ध नीतिको सुक्ष्म समीक्षा गर्नुपर्छ । यसबाट कुन नीतिलाई निरन्तरता दिने, कुन नीतिलाई छोड्ने र कस्ता नीति अबलम्बन गर्ने दिशा पत्ता लगाउनु पर्छ ।’ अधिकारीले भन्नुभयो, ‘नीतिसँगै बजेट तर्जुमा गर्न कानुनले तोकेको एक चरणको काम सकिएको छ । सबै चरणका प्रक्रिया पूरा गरेर आउँदो बर्ष कार्यान्वयन योग्य कार्यक्रम ल्याउनु पर्छ ।’

यो बर्ष छरिएर रहेका कार्यालयहरुलाई एउटै ठाउँमा ल्याउने र स्वीकृत कार्यक्रमको प्रगतिलाई लक्ष्यमा पु¥याउनु पर्ने दुईवटा महत्वपूर्ण काम गर्नु पर्नेछ । अधिकारीको भनाइ छ ।

बैठकमा ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले सहरी पूर्वाधारको इञ्जिनियरिङ्, निकायगत समन्वयका पक्षसँग यातायात व्यवस्थापनका त्रुटीका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । 

सडक किनारामा राखिएका पोलहरुमा दुईटा संकेत देखिने चिन्ह राखिएका हुन्छन् । एउटै संकेतलाई भिन्न भिन्न आकार प्रकारमा राखिएको हुन्छ । चालकले कुन चिन्हको आदेश मान्ने ? यस्ता धेरै त्रुटी छन् । जिम्मेवारी अरुको भए पनि महानगरले यस क्षेत्रमा काम गर्नु पर्ने भएको छ । श्रेष्ठको भनाइ छ । 

काठमाडौँ प्लाजामा भाडामा लिने विषय कार्यान्वयन चरणमा पुगेको छ । असार मसान्तभित्र सेवालाई एउटै भवनमा लैजाने, यस कारण कुनै पनि सेवा अवरुद्ध गर्ने गरी कार्यालय सार्ने योजना बैठकमा महत्वका साथ छलफल भएको थियो । यस्तै ट्राफिक प्रहरीबिना स्वचालित रुपमा चिन्हको प्रयोग गरेर सञ्चालन हुने, सडक सुविधाका सबै अङ्ग भएको नमूना सडक तयार पार्ने विषयमा छलफल भएको थियो । सहरमा हिँड्ने संस्कृतिको विकास गर्न पार्क (सवारी साधन) एण्ड वक अभियान चलाउने, भेहिकल फ्री जोन बनाउने विषयमा पनि छलफल भएको थियो ।