add

प्र‍ियंका चोपडाले न्यूयोर्कमा ‘सोना’ नामक भारतीय रेष्टुरेन्ट खोले

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २८, शुक्रबार वर्गीकृत कला

 बलीउड नायिका प्र‍ियंका चोपडाले अमेरिकाको न्यूयोर्कमा ‘सोना’ नामक भारतीय रेष्टुरेन्ट खोलेकी छन् ।

चोपडाले इन्ट्राग्राममा रेष्टुरेन्टको तस्वीर राखेर आफुले सुरु गरेको नँया बिजनेशको जानकारी गराएकी हुन् । प्रिंयका लेख्छन् ‘तपाईहरुको माझ सोना ल्यएर आएर आउदा म निक्कै खुशी छु, न्यूयोर्कमा नँया रेष्टुरेन्ट जहाँ भारतीय खानाप्रती मेरो माया छ । जहाँ भारतीय खानाको स्वाद र फ्लेवर्स छ , प्रिंयकाले रेष्टुराको शेफको नाम समेत सार्वजनिक गरेकीछिन् ।’

उनका अनुसार हरी नायकले शेफको नेतृत्व गरेका छन् । शेफको प्रशंसा गदै उनी लेख्छिन् ‘नायक अति नै प्रतिभाशाली हुनुहुन्छ, जसले इनोवेटिव मेन्यू तयार गर्नुभयो ।’ नँया रेष्टुरा खोलेकोमा निक्के उत्साहित रहेकी चोपडा थप्छिन् ‘तपाईहरुलाई मेरो देशको शानदार खानाको यात्रामा लैजान चाहान्छु, सोनो यो महिनाको अन्तिमा खुल्छ र म तपाईहरुलाई त्यो देखाउँनको लागि धेरै समय पर्खिन सक्दैन ।’