add

मनिषा कोइरालाले तत्काल राजनीतिमा प्रवेश नगर्ने

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २८, शुक्रबार वर्गीकृत कला

बलिउड नायिका एवं वीपी कोइरलाकी नातिनी मनिषा कोइरालाले तत्काल राजनीतिमा प्रवेश नगर्ने बताउनु भएको छ ।महाशिवरात्रीको अवसरमा ‘महामृत्युजय मंत्र’ सार्वजनिक कार्यक्रममा उहाँले अनुकूल वातावरण नभएसम्म राजनीतिमा आउने योजना नरहेको बताउनुभयो ।

महामृत्युञ्जय मन्त्र क्यान्सर तथा अन्य अस्वाभाविक अवस्थाबाट बच्नका लागि मन्त्र तयार गरिएको पनि उहाँले बताउनुभयो ।मनिषासँगै सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको आवाजमा महामृत्युञ्जय मन्त्रोच्चारण रहेको छ ।

यसको कम्पोज सुरेन्द्र श्रेष्ठले गरेका हुन् भने भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका हुन् । क्यान्सरलाई पराजित गरेपछि मनिषा कोइराला पुस्तक लेखन, सामाजिक कार्य तथा संगीत कर्ममा व्यस्त हुनुहुन्छ ।