पाकिस्तान सुपर लिग जुनबाट सुरु हुने

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २८, शुक्रबार वर्गीकृत खेलकुद

पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको बाँकी खेलहरु जुनबाट सुरु हुने भएको छ ।पाकिस्तान क्रिकेट बोर्डले सहभागि टिमसँगको छलफलपछि प्रतियोगिताको बाँकी खेल जुनबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोना भाईरसको कारण प्रतियोगिता दुई साता अघि स्थगित गरिएको थियो । खेलाडी र स्टाफमा कोरोना भाईरसको संक्रमण देखिन थालेपछि प्रतियोगिता स्थगित गरिएको थियो । पीएसएलको यस सिजनको लागि नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि कराँची पुगेका थिए । सन्दीपले लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने तय भएको थियो ।