स्पेन,पोर्चुगल र मोरक्कोले २०३०विश्वकप आयोजनामा संयुक्त दाबी गर्ने

Swoniga Online – आकाश राजोपाध्याय | २०७९ चैत्र १, बुधबार वर्गीकृत खेलकुद

सन् २०३० को फिफा विश्वकप आयोजना गर्नको लागि स्पेन र पोर्चुगलसँगै सहआयोजकमा अफ्रिकी राष्ट्र मोरक्को थपिएको छ ।

गत वर्ष नै विश्वकप आयोजनाको लागि स्पेन, पोर्चुगल र युक्रेनले संयुक्त दाबीको घोषणा गरेको थियो ।

तर, रुससँगको युद्दको कारण मोरक्को सहआयोजकमा थपिएको हो । अब विश्वकप आयोजनाका लागि स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त दाबी गर्ने छन् ।

यसअघि सन् २०१० को विश्वकप आयोजनाका लागि नै मोरक्कोले दाबी गरेको थियो । तर, २०१० मा दक्षिण अफ्रीकालाई आयोजकको रुपमा चुनियो ।

सन् २०३० को विश्वकपका लागि अन्य पनि थुप्रै राष्ट्रले दाबी गरेका छन् । सन् २०३० को विश्वकप  आयोजना गर्नको लागि अर्जेन्टिनासहित ४ दक्षिण अमेरिकी राष्ट्रले चिली, उरुग्वे र पाराग्वेले संयुक्त दाबी पेश गरेको छ  ।

फिफाले यस विश्वकप आयोजकको घोषणा २०२४ मा गर्ने जनाएको छ ।