महासंघमा राईको नेतृत्व

Swoniga Online – Swonigaonline Reporter | २०७९ पौष ४, सोमबार वर्गीकृत कला

आदिवासी जनजाति चलचित्र महासंघले पुर्खाजित राईको नेतृत्व पाएको छ । काठमाडौंमा आईतबार सम्पन्न महासंघको पाँचौ महाधिवेशनले राईलाई सर्वसम्मतिमा नयाँ अध्यक्ष चयन गरेको हो ।

पाँचौं महाधिवेशनले राईसहित १० जना पदाधिकारीहरु सर्वसम्मत चयन गरेको हो ।

महासंघको नवनिर्वाचित कार्यसमितिको चार जना उपाध्यक्षमा सबै महिलाहरु नै रहेका छन् । छिरिङ शेर्पा, भुइसाल लामा, हरिमाया गुरुङ र गुन्जा चौधरी उपाध्यक्षमा चुनिएका छन् ।

महासचिवको जिम्मेवारीमा पनि महिलाले नै पाएकी छन् । होमकुमारी माझी महासचिवमा चुनिँदा सचिवद्वयमा अर्बिन विश्वास राजवंशी र गणेश थामी चयन भएका छन् ।

सभाले कोपाध्यक्षको जिम्मेवारी विपना भुजेल र सह कोषाध्यक्षको जिम्मेवारी सविता धिमाललाई दिइएको छ । बाँकि जातीय चलचित्रकर्मी संस्थाहरुबाट सदस्य चयन हुने महासंघले जानकारी दिएको छ ।

यस अघि महाधिवेशनको उद्घाटन सत्र शनिबार नेपाल पर्यटन बोर्डमा सम्पन्न भएको थियो ।

उद्घाटन सत्रलाई जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई, वरिष्ठ कलाकार रविन्द्र खड्का, विभिन्न जातीय संघसंस्थाको साथै महासंघमा आवद्ध जातीय चलचित्रकर्मी संस्थाहरुको अध्यक्ष र प्रतिनिधिहरुले सम्वोधन गरेका थिए । कार्यक्रम जातीय चलचित्रकर्मी संस्थाहरुबाट सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो ।