रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम आठमा

Swoniga Online – आकाश राजोपाध्याय | २०७९ चैत्र २, बिहिबार वर्गीकृत खेलकुद

 स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । रियलले इंग्लिस क्लब लिभरपुललाई हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

गएराति भएको दोस्रो लेगमा लिभरपुलमाथि १–० को जित निकालेको रियलले समग्रमा ६–२ को फराकिलो जित हात पारेको हो। पहिलो लेगमा रियलले ५–२ को सानदार जित निकालेको थियो।

रियलको घरेलु सान्टियागो बर्नबेउमा गएराति भएको प्रतिस्पर्धात्मक खेलमा रियललाई जिताउन कप्तान करिब बेन्जेमाले निर्णायक गोल गरे । उनले खेलको ७८औं मिनेटमा गोल गरेका थिए ।

खेलको बाकि समयमा अरु गोलमा कप्तान बेन्जेमाले गरेको गोल नै निर्णायक बन्यो । 

यो सँगै च्याम्पियन्स लिगको क्वार्टरफाइनल समिकरण पूरा भएको छ ।

बेन्फिका, चेल्सी, बायर्न म्युनिख, एसी मिलान, म्यानचेस्टर सिटी, रियल म्याड्रिड, इन्टर मिलान र नेपोली क्वाटरफाइनलम पुगेका छन्।

क्वाटरफाइनल ‘ड्र’ युइएफए मुख्यालय स्वीट्जरल्यान्डको नियोनमा शुक्रबार हुँदैछ।