बेन्जिमाको ह्याट्रिकमा रियल विजयी
Swoniga Online – आकाश | २०७९ चैत्र २०, सोमबार वर्गीकृत खेलकुद
स्पेनिस ला लिगामा करिम बेन्जिमाको ह्याट्रिकसँगै रियल म्याड्रिडले विजयी भएको छ ।
आइतबार भएको खेलमा रियलले भलडोलिडलाई ६–० गोलले हराउँदै सानदार जित हात पारेको थियो ।
म्याड्रिडको घरेलु मैदान स्यान्टियागो बेर्नाबुमा भएको खेलमा बेन्जिमाले सात मिनेटको अन्तरमा पहिलो हाफमै ह्याट्रिक पूरा गरे । उनले खेलको २९,३२ र ३६ औ मिनेटमा गोल गरेका थिए ।
त्यसअघि रियलका रोद्रिगोले २२ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएको थियो । एसेन्सियोले ७४ औ मिनेटमा गोल गर्दा भाज्क्युले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरे ।
यो जितसँगै रियलको २७ खेलबाट ५९ जोड्डै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको बार्सिलोनाको ७१ अंक छ ।