रियल म्याड्रिडलाई ‘कोपा डेल रे’ को उपाधि
Swoniga Online – आकाश | २०८० बैशाख २४, आइतबार वर्गीकृत खेलकुद

रियल म्याड्रिडले स्पेनिस कोपा डेल रेको उपाधि जितेको छ ।
शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ गोलले हराउँदै उपाधि उठाएको हो ।
रियलका लागि दुबै गोल रोड्रिगोले गरे । ओसासुनाका लागि लुकास टोरोले गोल गरे ।
स्टेडियो ला कार्टुजामा भएको खेलको दोस्रो मिनेटमा रोड्रिगोले गोल गर्दै अग्रता लिए । ५८ औँ मिनेटमा लुकासले गोल गर्दै ओसासुनालाई १–१ गोलको बराबरीमा ल्याए ।
रोड्रिगोले ७० औं मिनेटमा गोल गरेपछि रियलले फेरी अग्रता लियो ।
खेलको बाँकि समयमा अरु गोल नहुँदा खेल रियलले पोल्टामा पारे ।
यो उपाधि रियलले पछिल्लो पटक सन् २०१४मा जितेको थियो ।
यस्तै यो रियलको २० औ कोपा डेल रे उपाधि हो ।