add

रियल र मिलान सेमिफाइनलमा

Swoniga Online – आकाश | २०८० बैशाख ६, बुधबार वर्गीकृत खेलकुद

 डिफेन्डिङ च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब एसी मिलान युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल पुगेका छन् ।

क्वार्टरफाइनल दोस्रो लेगको स्टायमफोर्ड ब्रिजमा भएको खेलमा रियलले चेल्सीलाई २–० ले हरायो । खेलमा दुवै गोल रोड्रिगोले गरेका थिए ।

योसँगै रियलले समग्रमा ४–० को अग्रता लिन सफल रह्यो ।

नेपल्समा भएको अर्को खेलमा मिलान र नापोलीले १–१ को बराबरी खेले । यो खेलमा दुवै टिमले एक एक पेनाल्टीमा गोल गर्न चुके ।

मिलानले ओलिभर जिरोडको गोलले अग्रता लिएको थियो । खेलको अन्त्यतिर नेपोलीका लागि भिक्टर ओसिमहेनलले बराबरी गोल फर्काए । योसँगै मिलान २–१ को अग्रता लिन सफल रह्यो ।

सन् २००७ मा उपाधि जितेयता मिलान सेमिफाइनल पुगेको यो पहिलो पटक हो ।