जिरोनासँग रियल स्तब्ध
Swoniga Online – आकाश | २०८० बैशाख १३, बुधबार वर्गीकृत खेलकुद

स्पेनिस ला लिगामा रियल म्याड्रिड जिरोनासँग स्तब्ध भएको छ ।
मंगलबार राति भएको खेलमा रियललाई जिरोनाले ४–२ गोल अन्तरले हराएको हो । जिरोनाको लागि चारै गोल भ्यालेन्टिन कास्टेलानोसले गरेका थिए ।
जिरोनोको घरेलु मैदान मोन्टिलीभिमा भएको खेलको १२ औं मिनेटमा कास्टेलानोसले गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए ।
२४ औं मिनेटमा कास्टेलानोसले व्यक्तिगत दोस्रो गोल गर्दै जिरोनाको अग्रता दोब्बर रह्यो ।
भिनियस जुनियरले ३४ औं मिनेटमा गोल गर्दै रियललाई २–१ को स्थितिमा ल्याए ।
४६ औं मिनेटमा कास्टेलानोसले ह्याट्रिक पूरा गर्दा जिरोना ३–१ ले अघि रह्यो । कास्टेलानोसले खेलको ६२ औं मिनेटमा व्यक्तिगत चौंथो गोल गर्दै जिरोनालाई ४–१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा लुकास भास्क्वेजले गोल गर्दा रियललाई ४–२ स्थितीमा ल्याए ।
खेलको बाँकि समय गोल नहुँदा रियल म्याड्रिड जिरोनासँग स्तब्ध भयो ।
यो हारसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी घटाउने मौका गुमाएको छ ।
रियल ३१ खेलमा ६५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । जिरोना ४१ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
यस्तै शीर्षस्थानको बार्सिलोनाले ३० खेलमा ७६ अंक जोडेको छ ।