रोनाल्डोको गोलसँगै अल नसर विजय

Swoniga Online – आकाश राजोपाध्याय | २०७९ चैत्र ५, आइतबार वर्गीकृत खेलकुद

साउदी प्रो लिग क्रिस्टियानो रोनाल्डो आबद्द अल नसर विजय छ । शनिबार राति भएको खेलमा नसरले अभालाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको २६ औं मिनेटमा अब्दुलफताह मोहमदले गोल गर्दै अभालाई अग्रता दिलाएका थिए ।

७८ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत गोल गर्दै नसरलाई १–१ गोलको बराबरीमा ल्याए ।

८० औं मिनेटमा जाकारिया सुडानीले रातो कार्ड पाएपछि अभा १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको ८६ औं मिनेटमा टेलिस्काले पेनाल्टीमार्फत गोल गर्दै नसरलाई २–१ को पुनरागमण जित दिलाए ।

जितसँगै नसरले २१ खेलमा ४९ अंक जोड्डै दोस्रो स्थानमा रहेको छ ।