काठमाडौं–८ लाई नमूना क्षेत्र बनाउने श्रेष्ठको प्रतिवद्धता

Swoniga Online – Swonigaonline Reporter | २०७९ कार्तिक १७, बिहिबार वर्गीकृत राजनीति

आसन्न संसदीय निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ मा नेकपा (एस) बाट उम्मेदवार जीवनराम श्रेष्ठले काठमाडौं–८ लाई नमूना क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

आज स्वयम्भूबाट घरदैलो अभियानको सुरुवात गर्दै श्रेष्ठले बहुआयामिक विकासमा केन्द्रीत हुँदै आफ्नो निर्वाचन क्षेत्रलाई नमूना क्षेत्रको रुपमा विकास गर्ने बताएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका उम्मेदवार श्रेष्ठले शहरलाई आवश्यक पूर्वाधार निर्माणको काम तीव्र रूपमा अगाडी बढाउँदै आफ्नो क्षेत्रलाई सांस्कृतिक र पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने बताउनुभयो ।

‘अघिल्लो पटक म सांसद हुँदा मैले प्राय सबै प्रतिवद्धता पूरा गरेको छु । अब शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटनसँगै बहुआयमिक विकासमा केन्द्रित भएर काम गर्नेछु’ श्रेष्ठले भने ।

श्रेष्ठले वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा (एस) पार्टीबाट उम्मेदवारी दिएका छन् ।