बागमति प्रदेश सभामुखबाट कुमारी दर्शन

Swoniga Online – Swonigaonline Reporter | २०८० जेठ ६, शनिबार वर्गीकृत राजनीति

बागमती प्रदेशका सभामुख भुवन पाठकले आज शनिबार बसन्तपुर पुगी कुमारीको दर्शन गरेका छन् । आज कुमारी घर बसन्तपुरमा पुगी सभामुख पाठकले कुमारीको दर्शन गर्दै आशिर्वाद समेत थापेका छन् ।

कुमारी दर्शन पछि संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सभामुख पाठकले विश्वमै देशको पहिचान बनेको यहाँ रहेका विश्व सम्पदालाई प्राथमिकतामा राख्दै अघि बढ्ने बताएका छन् ।

विश्व सम्पदामा सुचीकृत नेपालका सम्पदाहरुमध्ये प्राय सम्पदा बागमति प्रदेशमै रहेको बताउँदै सभामुख पाठकले यसको संरक्षण, प्रवर्ध्दनका लागि बागमति प्रदेशले कुनै कसर बाँकि नराख्ने बताए ।

बागमति प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्यको विशेष निमन्त्रणामा सभामुख पाठक आज बसन्तपुर पुगेका थिए ।

विश्वमै नेपालको पहिचान बनेको मूर्त अमूर्त सम्पदालाई नजिकबाट नियाल्दा अझ स्पष्टसँग बुझिने भएकोले आफुले सभामुख पाठकलाई बसन्तपुर भ्रमणका साथै कुमारी दर्शन गर्न निमन्त्रणा गरेको बज्राचार्यले बताए ।

‘आज माननिय सभामुखज्यूसँग निकै सकारात्मक छलफल भएको छ । स्थानीय मूर्त, अमूर्त सम्पदाहरुको संरक्षण अझ सशक्त ढङ्गले बढ्न अब सहज भएको छ’ बज्राचार्यले भने ।

पाठकले काष्ठमण्डप, अशोक विनायक (मरु गणेश) को साथमा हनुमानढोका र हनुमान ढोका भित्रको संग्रहालयको अवलोकन गरेका थिए ।