आपसी झगडामा सुनारको मृत्यु

Swoniga Online – Swonigaonline Reporter | २०७९ मङ्सिर ४, आइतबार वर्गीकृत अपराध

भक्तपुरमा दुई समूहको आपसी झगडामा एक जना पुरुषको मृत्यु भएको छ ।

भक्तपुरको चाँगुनारायणमा छिमेकीहरुको दुई पक्षबीच झगडा हुँदा चाँगुनारायण–८ कलमसी बस्ने ६१ वर्षीय कुमाल सुनारको मृत्यु भएको हो ।

झगडामा गम्भीर घाइते भएका सुनारको मध्यपुर अस्पताल थिमिमा उपचारको क्रममा मृत्यु भएको हो ।

कुमाल सुनारको पक्षकाे उनकै छिमेकी ४२ वर्षीय राजु सुनारको पक्षसँग झगडा हुँदा कुटपिट भएको थियो ।

झगडामा संलग्न रहेको आरोपमा ४१ वर्षीय राजन सुनारसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।