add

जेष्ठ नागरिक र विद्यार्थीको सम्मानसँगै ताम्रकार समाजको स्वर्ण जयन्ती मनाइयाे

Swoniga Online – Swonigaonline Reporter | २०७८ बैशाख ६, सोमबार वर्गीकृत स्थानीय-समाज

ताम्रकार समाजले आफेनो स्वर्ण जयन्तीको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समाजको जेष्ठ नागरिक सम्मान उपसमिति र शिक्षा उपसमितिबाट ताम्रकार समाज भवन जावलाखेलमा स्वर्ण जयन्तीको अवसरमा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले नेवाः मुद्दा र आन्दोलनलाई सशक्त बनाउन ताम्रकार समाजले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । ताम्रकारले मातृभाषाको संरक्षण बिना पहिचान बचाउन नसकिनेमा जोड दिँदै आजका विद्यार्थी मातृभाषाको रक्षाका लागि अग्रसर हुनुपर्ने विचार राख्नुभयो ।

समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारले कोरोना भाईरस संक्रमण जोखिमको अवस्थाका कारणसमाजया स्वर्ण जयन्ती भव्य रुपमा मनाउन नसकिएको जानकारी गराउनुभयो । भाषा, कला, संस्कृति, सम्पदाको संरक्षण सम्बद्र्धनमा समाज लागिपरेको र निरन्तर लागिरहने प्रतिवद्धता ताम्रकारले व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा समाजबाट पास्नी सम्पन्न भइसकेका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । देय् दबूकका अध्यक्ष र समाजका अध्यक्ष ताम्रकारद्वयले सम्मानित जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभयो ।

त्यस्तै,  समाजबाट एस.ई.ई, उच्च मावि, स्नातक, स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीहरुलाई पनि ट्रफि र कदरपत्रको साथै नगदसहित सम्मान गरिएको थियो ।