add

थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ८, आइतबार वर्गीकृत राष्ट्रिय

पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार १८१ जनाको नमुना परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७५ हजार ९०६ जना पुगेको छ ।

उनीहरु मध्ये २ लाख ७१ हजार ९२१ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०१६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।