सिंगल चार्जमा ७ सय कि.मि गुड्ने फक्सवागनको कार सार्वजनिक

Swoniga Online – आकाश | २०८० बैशाख ५, मंगलबार वर्गीकृत विश्व

फक्सवागनले ७ सय किमि रेन्ज दिने नयाँ ‘आईडी–७ सेडान’ कार सार्वजनिक गरेको छ ।

विश्वकै सबैभन्दा ठूलो अटो शो ‘अटो सांघाई २०२३’ मा कम्पनीले एक पटकको फूल चार्जमा अधिकतम रेन्ज सम्म गुड्नसक्ने विद्युतीय कार सार्वजनिक गरेको हो ।

यो कारलाई फक्सवागन कम्पनीले आफ्नो फ्ल्यागशिप मोडेलको रुपमा अगाडि सारेको छ भने कम्पनीको लङ रेन्ज प्रदान गर्ने पहिलो इभी मोडल हो । 

‘आईडी–७ सेडान’ २०२३ मा युरोप र चीनमा र २०२४ देखि उत्तर अमेरिकामा लन्च हुनेछ ।

कम्पनीका अनुसार आइडी–७ मा सिंगल मोटर छ । यसमा ८२ किलोवाट पावरको लिथियम आयन ब्याट्री उपलब्ध छ जसले एक फुल चार्जमा लामो रेन्ज प्रदान गर्ने दाबी छ ।

आइडी–७ मा भएको मोटरले २ सय ८६ हर्सपावरका साथ ५ सय ४५ एनएम टर्क उत्पादन गर्न सक्छ । यसको टप स्पिड प्रतिघन्टा शून्यदेखि १ सय किलोमिटरसम्म छ ।

योसँगै अन्य ठूला ब्रान्ड जेनरल मोटर्स, बीएमडब्लु र निसान लगायत चिनियाँ ब्रान्ड बीवाईडी र निओले पनि आफ्ना नयाँ उत्पादनहरू कार्यक्रममा सार्वजनिक गरेका छन् ।