यचु तेलबाट कपालको सम्पूर्ण समस्या समाधान हुने दावी

Swoniga Online – Swonigaonline Reporter | २०७९ श्रावण ९, सोमबार वर्गीकृत आर्थिक

कपाल सम्वन्धि सम्पूर्ण समस्या समाधान गर्ने दावी गरिएको यचु हेयर आयल बजारमा आएको छ । भूमि एमडिआर इन्डस्ट्रिजले कपाल झर्ने, नयाँ कपाल नआउने र चायाँ पोतोलगायतका समस्या समस्या हुने दावी गर्दै यचु तेल बजारमा ल्याएको हो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यचु हेयर आयलको औपचारिक घोषणा गर्नुभयो ।

कार्यक्रममा नयाँ कपाल उमार्ने, कपाल झर्न रोक्ने र चायाँको समस्या समाधान गर्ने तीन थरी तेलको घोषणा गरिएको थियो ।

कपाललाई प्राकृतिक रुपमा कालो बनाउने तेल पनि योजनमा रहेको भएपनि यसको केही परिक्षण बाँकि भएको र यसलाई पनि चाँडै नै बजारमा ल्याउने भूमि इन्डस्ट्रिजका प्रवन्ध निर्देशक उज्वल मानन्धरले बताए ।

३३ थरीका विभिन्न प्राकृतिक जडिबुटिलगायतका वस्तुहरुको समिश्रणबाट यी तेल बनाएको कम्पनीले जानकारी दिएको छ ।

तीन वर्षको अनुसन्धान र परिक्षणपछि यचु हेयर आयल बनाउन सफल भएको प्रवन्ध निर्देशक मानन्धरले बताउनुभयो ।

‘यहि तेलबाट हामीले करीब एक महिना निःशुल्क शिविर चलायौं । कपाल नभएकाहरुको कपाल बढेको, चायाँको समस्या समाधान भएको पाइएको छ । कसैले पनि यसको बारे नराम्रो प्रतिक्रिया दिनुभएको छैन’ मानन्धरले भने ।

कपालको समस्यालाई लिएर आफैंले अनुमानको भरमा तेल प्रयोग नगर्न र विज्ञको सल्लाह अनुसार यचु तेल प्रयोग गर्न मानन्धरले अनुरोध गरे ।

महानगर उपप्रमुख डंगोलले स्थानीय आदिवासी अभ्यासलाई ब्रान्डिङ गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने बताउनुभएको छ । डंगोलले आधुनिकताको नाममा आदिवासी अभ्यासलाई बिर्सिँदा अरुको भर पुर्न परेको विचार राख्नुभयो ।

‘हामी अरुले प्रुफ गरेर एप्रुभ गरिदियोस् भनेर कुरेर बस्छौं र परनिर्भरता बढेको छ । हामीसँग पहिल्यै प्रमाणित भइसकेको आदिवासी अभ्यासहरु छन्, त्यसलाई ब्रान्डिङ गरौं न’ डंगोलले भन्नुभयो ।

सोही कार्यक्रममा यचु हेयर आयललाई लिएर भएको टिकटक प्रतियोगीतका विजयी प्रतियोगी ३ जनालाई जनही १०/१० हजार र एक मेगा विजेतालाई एक लाख नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।