add

युवामैत्री प्रहरी प्रशासनको खाँचो

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत स्थानीय-समाज

 शान्ति सुरक्षा र अपराध न्यूनीकरणमा युवावर्गको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सो भूमिकाको प्रभावकारीताको लागि जनमैत्री प्रहरी प्रशासनको खा“चो रहेको एक कार्यक्रममा औल्याइयो । राष्ट्रिय युवा महासंघ नेपाल ललितपुरले शनिबार मंगलबजारस्थित पाटन संग्रहालमा आयोजना गरेको शान्ति सुरक्षा र अपराध मुक्त समाज निर्माणमा युवावर्ग सहित समुदायको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा सो खाचो औल्याइएको हो । 

सो अवसरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले युवावर्ग परिर्वतनको संवाहक रहेको उलेख गर्दै उनीहरुमा सकारात्मक सोच, सामाजिक मूल्य र मान्यताप्रति संवेदनशीलता र रचनात्मक क्रियाकलापमा सहभागी गराउन सके अपराधको दरमा कमी आउने विश्वास व्यक्त गर्नुभयो। 

विदेशी संस्कृति र संस्कार कति हदसम्म अनुकरण गर्ने, आफ्नो सामाजिक र सांस्कृतिक परम्पराप्रतिको ज्ञान, सामाजिक स्वीकार्यता बुझ्ने र विवकेशील युवावर्गले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि प्रमुख जिल्ला अधिकारी निरौलाको धारणा रहेको थियो ।

सो कार्यक्रममा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले युवावर्ग अपराधिक कार्यमा संलग्न हुनुमा सामाजिक, आर्थिक, मनोवैज्ञानिक तत्वको प्रभावबारे विभिन्न अनुभव दृष्टान्त दि“दै सही संस्कार, सामाजिकरणले अपराध न्यूनीकरणमा सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो । 

अरनिको सांस्कृतिक तथा व्यावसायिक समाजका अध्यक्ष अजरमान जोशीले प्रहरी प्रशासनलाई हेर्ने सामाजिक दृष्टिमा परिर्वतन ल्याउन युवावर्गको अभियानले ठोस भूमिका निर्वाह गरेको बताउनुभयो ।

सो अवसरमा युवा महासंघ नेपालका सल्लाहकार एवं नेवाः पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले समाजमा युवावर्गको ज्ञान, सोच र प्रश्न गर्ने स्वभावलाई स्वीकार गर्र्दै उनीहरुमा भएका क्षमता र प्रतिभालाई सामाजिक रुपान्तरणमा लगाउन समाजका विभिन्न तहतप्का संगै समुदायमैत्री प्रहरी प्रशासनको सकारात्मक भूमिका रहने बताउनुभयो । अपराधमा युवावर्गको संलग्नता समाज र परिवेशको उपज रहेको बताउ“दै उहा“ले सामाजिक वातावरण राम्रो बनाउन प्रशासनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा बौद्ध अध्ययेता अनिल शाक्ले सारा अपराधको जड नै व्यक्तिभित्र लुकिरहेको अतिशय लोभ, द्वेष र मोह रहेको धारणा राख्दै त्यस हटाउन राम्रो परिवेश, शिक्षा संस्कारसहित आध्यात्मिक शिक्षाको आवश्यक रहेको विषयमा आफ्नो धारणा राख्नुभयो ।

सभामा महासंघका अध्यक्ष राजन महर्जनले अहिलेको प्रशासन युवामैत्री नभएका कारण अनेक दुःख पाउने गरेको बताउ“दै सार्वजनिक प्रशासन युवावगप्रति संवेदनाशील हुनुपर्नेमा जोड दिनुभयो । प्रहरी प्रशासनको गलत व्यवहारले युवावर्गमा अनेक निराशा छाएको बताउ“दै प्रहरी प्रशासनलाई जिम्मेवार बनाउन नागरिक खबरदारी, रचनात्मक गतिविधि आवश्यक रहेको पनि अध्यक्ष महर्जनको धारणा रहेको छ । 

सो अवसरमा महासंघका उपाध्यक्ष प्रणीता शाक्य, समाजसेवी हसिना शाक्य, महासंघका सचिव सुरज खड्का लगायतले युवावर्ग र अपराध न्यूनीकरणका विविध पक्षमा आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा प्रहरी उपरीक्षक प्रज्वल महर्जन, प्रहरी नायब उपरीक्षक रमेश बोहोरा र विभिन्न प्रभागका प्रमुखहरुको उपस्थिति रहेको थियो ।