ktm
Header Bottom

न्युजिल्यान्डमा कोरोनाविरुद्व फाइजर कम्पनीको खोप लगाएकी महिलाको मृत्यु

Swoniga Online – Rosni | २०७८ भाद्र १४, सोमबार वर्गीकृत अन्तर्राष्ट्रिय

न्युजिल्यान्डमा कोरोना भाइरसविरुद्व फाइजर कम्पनीको खोप लगाएकी महिलाको मृत्यु भएको छ। कोरोना खोप लगाएपछि न्युजिल्यान्डमा मृत्यु भएको यो पहिलो घटना हो। 

फाइजर खोपका कारण महिलाको मृत्यु भएको बताइएपछि  खोप सुरक्षाबारे अनुगमन भइरहेको फाइजर बोर्डले जनाएको छ।कोभिड–१९ खोप स्वतन्त्र सुरक्षा अनुगमन बोर्डले खोपकै कारण महिलाको मृत्यु भएको पुष्टि गरेको छ। 

‘देशमा खोपका कारण मृत्यु भएको यो पहिलो पटक हो,’ फाइजर बोर्डले एक विज्ञप्तिमा भनेको छ। खोप लगाएकी महिलाको मृत्युबारे फाइजरले पनि अनुसन्धान गर्ने भएको छ। 

मृतक महिलाबारे थप विवरण सार्वजनिक गरिएको छैन। युरोपेली मेडिकल निकायका अनुसार युवामा खोपको साइड इफेक्ट बढी देखिन्छ। 

न्युजिल्यान्डले एक साताअघि सर्वसाधारणलाई ढुक्कसँग फाइजर खोप प्रयोग गर्न अनुरोध गरेको थियो।

अमेरिकाको जोन हप्किन्स युनिर्भसिटीअनुसार न्युजिल्याण्डमा अहिलेसम्म तीन हजार चार सय ६५ जनामा कोभिड संक्रमण देखिएको र २६ जनाको मृत्यु भइसकेको छ। 

अहिलेसम्म २३ प्रतिशतले खोप लिइसकेका छन्। केही समयअघि डेल्टा भेरियन्ट देखिएपछि मुलुकका केही भागमा लकडाउन गरिएको थियो। ५० लाख जनसंख्या भएको न्युजिल्यान्डमा अहिले पाँच सय ६० सक्रिय संक्रमित छन्। 

Detail page ad