भारतमा थपिए ३९ हजार कोरोना संक्रमित, एकै दिन २१९को मृत्यु

Swoniga Online – Rosni | २०७८ भाद्र २१, सोमबार वर्गीकृत अन्तर्राष्ट्रिय

भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ९४८ कोराना भाइरस संक्रमित थपिएका छन्। यस्तै, ४३ हजार ९०३ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ४ हजार ८७४ पुगेको छ।

संक्रमणका कारण थप २१९ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म संक्रमणका कारण ४ लाख ४० हजार ७४२ जनाको मृत्यु भइसकेको छ।