add

मलेसियाका राजाले नियुक्त गरे नयाँ प्रधानमन्त्री

Swoniga Online – Rosni | २०७८ भाद्र ४, शुक्रबार वर्गीकृत अन्तर्राष्ट्रिय

मलेसियामा नयाँ प्रधानमन्त्री चुनिएका छन् । मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले ६१ वर्षीय इस्मेल साब्री याकोबलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्। 

संसदमा बहुमत नपुगेपछि गत सोमबार मुहिद्दिन यासिनले राजीनामा दिएसँगै शुक्रबार राजा सुल्तानले यसअघि उपप्रधानमन्त्री रहेका याकोबलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। 

मलेसियाको संसदमा रहेको कुल दुई सय २२ मध्ये एक सय १४ जना सासंदले याकोबलाई समर्थन गरेका छन्। युनाइटेड मलेज नेशनल अर्गनाइजेसन पार्टीका वरिष्ठ नेता याकोबले यासिनको क्याबिनेटमा रक्षा मन्त्रीसमेत भइसकेका छन्। 

याकोब प्रधानमन्त्रीमा नियुक्त भएपनि उनले सदनमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।