फ्रान्समा कोरोना तेस्रो लहर सुरु,फेरि एक महिने लकडाउन

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ६, शुक्रबार वर्गीकृत अन्तर्राष्ट्रिय

फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै फेरि एक महिने लकडाउन सुरु भएको छ ।

यो समयमा मानिसहरु अतिआवश्यक परेमा १० किलोमिटरसम्मको दूरीमा आउजाउ गर्न पाइने तर एक ठाउँबाट अर्को ठाउँमा जान बन्देज गरिएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै ३५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।

फ्रान्सको राजधानी पेरिससहित अरु १५ क्षेत्रहरुमा आजदेखि लागू हुनेगरी एक महिने लकडाउनकाे घोषणा भएको हो ।

अहिलेको लकडाउन अघिल्लो पटकको लकडाउनजत्तिकै कडा भने नहुने फ्रान्सका प्रधानमन्त्री जीन कास्टेक्सले बताउनुभएको छ ।

लकडाउनका समयमा अतिआवश्यकबाहेक अरु रोजगारीका कामहरु बन्द रहनेछन् भने विद्यालयहरु भने खुल्ने फ्रान्सको सरकारले जनाएको छ ।