add

नेपाली बजारमा आयो ब्युटी प्रोडक्ट ‘ट्रु स्किन’

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण २७, आइतबार वर्गीकृत अन्तर्राष्ट्रिय

काठमाडौँ/२७ साउन: नेपाली बजारमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ सौन्दर्य सामग्री सार्वजनिक भएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बलिवुड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले प्रोडक्टको एक साथ लन्च गर्नुभएकाे हाे।

शेख चर्चित वेभ सिरिज हिरामण्डीको अभिनेत्री हुनुहुन्छ । अधिकारी कम्पनीको ब्राण्ड एम्बेसडरसमेत हुनुहुन्छ। शेखले प्रोडक्ट लन्च गर्दै धेरै ब्राण्डको सामग्री प्रयोग गरे पनि ट्रु स्किनको जस्तो अरू नभएको बताउनुभयाे। 

‘मैले धेरै प्रोडक्ट लन्च गरे तर ट्रु स्किनको जस्तो अरू राम्रो भेटिन् । यसलाई सबैले प्रयोग गरेर यसको फाइदा उठाउनु होला,' उहाँले भन्नुभयाे। 

ब्राण्डको १६ वटा प्रोडक्ट रहेको छ । लक्जरीयस ५० यसपीएफ प्लस क्रिम,लक्जरीयस ५० यसपीएफ पल्स जेल, बेबी डिएम मस्टुराईजिङ क्रिम, ग्लो ह्वाईटिङ क्रिम, भिटामीन सी क्रिम, एक्टीभ सावर जेल, एक्टीभ फेस वास, ग्लो फेस वास, ड्रिमा मस्टुराईजिङ लोस्न, कोज स्याम्फु, रिटिनल सिरम, ट्रिउ हेयर गेन, कोलभिट स्क्रिन लाईटिनिङ, लक्सर किलिन्जर, ग्लो ह्यान्ड फुट क्रिम र कोकोनट ओईल बजारमा सार्वजनिक भएको हो ।  शेख र अधिकारीले प्रोडक्टको अनावरण गर्नुभएकाे थियोे ।

शेखले कार्यक्रममा आफ्नो व्यक्तिगत स्किन केयरको दैनिक प्रयोग र ट्रु स्किनको प्रभावकारिताबारे समेत बताउनुभयाे । नेपाली ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको ब्राण्डका निर्देशक सुशान्त मुरारकाले बताउनुभयाे । 

ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो । छालाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उहाँले उल्लेख गर्नुभयाे प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको मुरारकाले जानकारी दिनुभयाे । त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उहाँको भनाइ छ ।

‘हामीले प्रोडक्टको गुणस्तरलाई ध्यान दिएका छौ । सामान राम्रो भएमा छाला पनि राम्रो हुनेछ,’ उनले भने,’ हामीले विस्तृत रुपमा अध्ययन गरेर यो प्रोडक्ट बजारमा ल्याएका हौ ।' उहाँले भन्नुभयो ।

 ट्रु डर्माले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्‍न यो प्रोडक्ट लन्चलाई ठूलो महत्व दिएको मुरारकाले बताउनुभयाे । ‘यो उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्नेछ । छालालाई स्वस्थ र आकर्षक बनाउने पुरा विश्वास छ,’ उहाँले भन्नुभयाे।