बेलायतमा ७८ हजार ६१० जना नयाँ संक्रमित थपिए

Swoniga Online – स्वनिगः संवाददात | २०७८ पौष १, बिहिबार वर्गीकृत अन्तर्राष्ट्रिय

बेलायतमा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । बुधबार बेलायतमा ७८ हजार ६१० जना नयाँ संक्रमित थपिएका छन् । यो अहिले सम्म नै धेरै हो। हालसम्म त्यहाँ कुल १ करोड १० लाखभन्दा मानिसमा कोरोना भाइरस पुष्टि भएको छ ।

निकै संक्रामक मानिएको ओमिक्रोनका संक्रमित बढ्न थालेपछि प्रधानमन्त्री बोरिस जोनसनले संक्रमणको व्यापक लहर सुरु हुने चेतावनी दिइसकेका छन् ।

बुधबार पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री जोनसनले रेष्टुरेन्ट र रक्सी पसल बन्द नगर्ने तर रेष्टुरेन्ट वा रक्सी पसलमा जाँदा सावधान हुन भने । नयाँ भेरियन्टका संक्रमित बढिरहेका कारण दैनिक संक्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड बनाउन सक्ने समेत उनको चेतावनी थियो।

बेलायतमा हालसम्म ओमिक्रोनबाट १० हजारभन्दा संक्रमित भइसकेका छन् । यसमध्ये एकजना संक्रमितको मृत्यु भएको छ।