बेलायतमा नयाँ भेरियन्ट ओमिक्रोनबाट मृत्यु हुनेको संख्या ७ पुगे

Swoniga Online | २०७८ पौष ४, आइतबार वर्गीकृत अन्तर्राष्ट्रिय

बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ भने संक्रमित हुनेको संख्या झण्डै २५ हजार पुगेको छ।

पछिल्लो समय बेलायत ‌ओमिक्रोन र डेल्टा भेरियन्टको दोहोरो मारमा परेको छ । त्यहाँ कोभिड-१९ का दैनिक संक्रमितको संख्या लगातार बढिरहेको छ। शनिबार ९० हजार ४१८ जना नयाँ संक्रमित थपिएका छन्।

बेलायतको स्वास्थ्य सुरक्षा निकायले ओमिक्रोन भेरियन्टबाट शनिबार मात्रै १० हजारभन्दा बढी संक्रमित थपिएसँगै हालसम्म संक्रमित संख्या २४ हजार ९६८ जना पुगेको जनाएको छ । संक्रमितमध्ये ७ जनाको मृत्यु भएको जनाएको हो । त्यस्तै, अस्पताल भर्ना हुने ओमिक्रोन संक्रमितको संख्या ८५ पुगेको छ।