add

विश्वव्यापी ओमिक्रोन हालसम्म १०६ मुलुकमा फैलिइयो

Swoniga Online | २०७८ पौष ७, बुधबार वर्गीकृत अन्तर्राष्ट्रिय

विश्वव्यापी रूपमा फैलिँदै गएको नयाँ भेरियन्ट ओमिक्रोन हालसम्म १०६ मुलुकमा फैलि सकिएको छ।

मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आफ्नो साप्ताहिक रिपोर्टमा हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित १०६ मुलुकमा पुष्टि भएको जनाएको हो । ‘हालैका तथ्यले ओमिक्रोनका संक्रमित वृद्धि हुनेदर डेल्टाको भन्दा बढी भएको र जनसंख्याको इम्युनिटी क्षमता धेरै रहेका एवं समुदायमा संक्रमण फेला परेका मुलुकमा समेत तीव्र रुपमा फैलिइरहेको देखाउँछन्,’ डब्ल्यूएचओले भनेको छ ।

छिमकी मुलुक भारतमा बुधबारसम्म यो भेरियन्टबाट २१३ संक्रमित भइसकेका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा छन् ।