पाकिस्तानमा लकडाउन र विद्यालय बन्द नहुने

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ पौष २८, बुधबार वर्गीकृत अन्तर्राष्ट्रिय

पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले तत्काल विद्यालय बन्द गर्ने कुनै तयारी नरहेको पाकिस्तान सरकारले जनाएको छ।

पाकिस्तानमा कोरोना भाइरसको सङ्क्रमण वृद्धि भएपनि तत्काल लकडाउन र विद्यालय बन्द नहुने भएका छन् ।

कोरोना भाइरसको सामना गर्न सरकारले स्वास्थ्य मापदण्ड र खोपमा जोड दिएको मन्त्री चौधरीले बताउनुभएको समाचार संस्था एएनआइले जनाएको छ । पाकिस्तान सरकारले खोपका लागि झण्डै दुई अर्ब अमेरिकी डलर लगानी गरेको छ।