भारतमा लगातार कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटे

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ माघ ११, मंगलबार वर्गीकृत अन्तर्राष्ट्रिय

भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटेको छ ।

हिजो भारतमा दुई लाख ५२ हजार आठ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण ६ सय १४ जनाको ज्यान गएको छ ।

गएको बिहीवार भारतमा तीन लाख ४७ हजार जनामा कोरोना पुष्टि भएको थियो । त्यसयता लगातार घटेको हो । पाँच दिनमै कोरोना सङ्क्रमितको सङ्ख्यामा २७ दशमलव २० प्रतिशतले कमी आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा अहिले २२ लाख ३६ हजार जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आउँदो फेब्रुअरी १५ पछि कोरोना सङ्क्रमण पुष्टि हुने दर कम भइ जनजीवन सामान्य बन्ने बताएको छ।