add

अमेरिकी राज्य मोन्टानामा टिकटकमाथि पूर्ण प्रतिबन्ध

Swoniga Online – Birajkaji Rajopadhyaya | २०८० जेठ ४, बिहिबार वर्गीकृत अन्तर्राष्ट्रिय

मोन्टाना टिकटक एप्पमाथि पूर्णरुपले प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ ।

सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले छोटो भिडियो साझा गर्ने सामाजिक सञ्जाल टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको हो ।

आगामी जुन १ देखि उक्त सञ्जालमाथिको प्रतिबन्ध पूर्णरुपमा लागू हुनेछ ।

मोन्टाना राज्यका बासिन्दाका निजी विवरण चिनियाँ कम्युनिष्ट पार्टीबाट जोगाउने उद्देश्यले टिकटकमाथि प्रतिबन्ध लगाइएको त्यहाका गभर्नर ग्रेग जियानफोर्टले स्पष्ट गरेका छन् ।

राज्यका मुख्य सूचना आधिकारीलाई राज्य सञ्जाल र उपकरणहरूबाट उक्त एपलाई पूर्णरुपमा ब्लक गर्न निर्देशन दिएको उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

उक्त प्रतिबन्धलाई विरद्ध अदालतमा मुद्दा दायर हुनसक्ने जनाइएको छ ।

सन् २०२२ डिसेम्बरमा मोन्टाना सरकारले राज्यका उपकरणमा उक्त एपको प्रयोग वर्जित गरेको थियो ।

संघीय सरकारका साथै अमेरिकाका धेरै राज्यमा उक्त सामाजिक सञ्जालको प्रयोग निषेध गरिएको छ ।