युक्रेनी सेना रुसको बेल्गोरोड क्षेत्रमा प्रवेश

Swoniga Online – Birajkaji Rajopadhyaya | २०८० जेठ ९, मंगलबार वर्गीकृत अन्तर्राष्ट्रिय

युक्रेनी सेनाले रुसको बेल्गोरोड क्षेत्रमा प्रवेश गरेको छ । युक्रेनको भिएसयु सशस्त्र समूह बेल्गोरोड क्षेत्रका गाउँमा प्रवेश गर्दा भिडन्त भएकोे हो ।

बेल्गोरोड क्षेत्रका गभर्नर ग्लाडकोभका अनुसार रुसको एक गाउँमा युक्रेनी सेनासँग भिडन्त हुँदा गोलीबारी आठ जना घाइते भएका छन् ।

युक्रेनी समूहलाई क्रेमलिन विरोधी लिबर्टी अफ रसिया लिजन नामको रुसी मिलिसिया समूहले सघाएको बताइएको छ । यस्तै रुसको मिलिसिया समुह युक्रेनी सेनाको तर्फबाट लडिरहेको छ ।

युक्रेनको सशस्त्र समुह बेल्गोरोडो दक्षिणी सीमा स्थित चेकप्वाइन्टमा बाहनहरु सहित तैनाथ भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

यस्तै रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने रुसी क्षेत्रमा प्रवेश गरेका मिलिसिया समूहलाई हटाउने प्रयास जारि रहेको बताएका छन् ।

बाख्मत शहर गुमाउनु परेपछि बदला लिन युक्रेनी सशस्त्र समूह रुसी सिमाभित्र प्रवेश गरेको हुनसक्ने अनुमान गरिएको छ ।