add
Display Style: 
Column Style

आज प्रजातन्त्र दिवस मनाइदै

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ७, सोमबार वर्गीकृत

काठमाडौं । आज ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा आज काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरिँदैछ ।

 

वि.सं २००७ फागुन ७ गते जहानिया राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

 

प्रजातन्त्र दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च, टुँडिखेलमा विगुल बजाउने एवं तोप र बन्दुकको बढाइँ गर्ने, सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित ब्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने एवं नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबुको साधारण सभा सम्पन्न, ६ पत्रकार सम्मानित

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ७, सोमबार वर्गीकृत

काठमाडौँ/ ७ फागुन, नेवाः पत्रकार राष्ट्रिय दबुको साधारण सभा शनिबार सम्पन्न भएको छ । दबूकाे १२ औँ वार्षिक साधारण सभामा शनिबार नेपाली सञ्चार क्षेत्रका साथै मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने छ जना पत्रकारलाई नगदसहित पुरस्कृत गर्नुका साथै नेपालभाषा, संस्कृति प्रवर्द्धन तथा समावेशीकरण मुद्दामा उल्लेखनीय योगदान दिनुहुने तीन व्यक्तित्वलाई सम्मान गरेको छ । 

नेपाल भाषा मंका खलको भवनमा भएको कार्यक्रममा माउन्टेन टेलिभिजनमा कार्यरत विश्वन्तर शाक्यलाई २० हजार रुपियाँ राशीसहित ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कार प्रदान गरिएकाे छ। झंकार एफएम रामेछापका युवराज श्रेष्ठ ज्ञानदेवी मणि पत्रकारिता पुरस्कारले सम्मानित हुनुभयो । उहाँलाई १५ हजार रुपियाँले पुरस्कृत गरिएकाे जनाइएको छ । बुद्ध धर्मको सन्देश प्रचार प्रसारमा योगदान दिएको कदरस्वरुप मेट्रो एफएमका उदेन न्हूसायमिलाई भिक्षु कुमार कश्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जसको पुरस्कार राशि १२ हजार रुपियाँ रहेको छ । यसैगरी नेपाल मण्डलकी सिल्भिया राजोपाध्याय वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार, अनलाइन डबलीका बुद्धशरण शाही बाबुराजा ज्यापु फोटो पत्रकारिता सम्मान र अनलाइन खबरकी रेणु त्वानाबासु श्रीराम स्मृति पत्रकारिता पुरस्कारले सम्मानित हुनुभयो । यी तीनैजनाले जनही दस हजार रुपियाँ प्राप्त गरे । नेवाः पत्रकार राष्ट्रिय दुबले २०७४ सालदेखि साधारणसभामा नेपालभाषाका पत्रकारहरुलाई सम्मानित गर्ने परम्पराको थालनी गरेको हो ।

यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबुले गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्य, गोरखापत्र दैनिकका सम्पादक सल्लाहकार उपेश महर्जन र आदिवासी जनजाति पत्रकार महासंघका पूर्व अध्यक्ष दण्ड गुरुङलाई विशेष सम्मान गरेको छ । बागमती प्रदेशका मन्त्री चित्रकार, भिक्षू कौडण्य, नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष श्रेष्ठलगायतले पुरस्कृत तथा सम्मानित हुनेहरुलाई सम्मान पत्र प्रदान गर्नुभयो ।

 

 

१२ औँ साधारण सभामा नेपाल पत्रकार महासंघले संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई मान्यता नदिएर इतिहास तोडमोड गर्न खोजेको भन्दै चर्चा परिचर्चा भएको छ । 

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा पत्रकार संगठित गर्ने अभियानको सुरुवात २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आफ्नाे अध्यक्षतमा पहिलो पटक नेपाल पत्रकार संघको गठन गर्नु भएको हो । २०१२ सालमा पत्रकारहरुको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति कृष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो । त्यसपछि यही तथ्यलाई पहिलो घटनाको रुपमा व्याख्या गरी भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक मानिँदै आएको छ ।

नेपाल भाषा मंका खलको भवनमा भएको कार्यक्रममा बागमती प्रदशका मन्त्री चित्रकारले पत्रकारको इतिहासलाई समग्ररुपमा अगाडि बढाउन बुलन्दरुपमा आवाज उठिरहको छ र यसअलाई अझ घनीभूतरुपमा सबै जनताले सुन्ने गरी प्रतिध्वन्धित गर्ने सामथ्र्य विकास होस् भनी शुभकामना दिनुभयो । यसैगरी उहाँले संघीयताको महत्वबारे पनि प्रकास पार्नुभयो । उहाँले भन्नुभयो, "राज्य एक जाति विशेषको होइन, यो सबैको हो । आर्थिक, सामाजिकरुपमा सांस्कृतिकरुपमा जुनजुन वर्गलाई किनारा लगाइएको छ ती पक्षलाई माथि उठाउन संघीयता आवश्यक छ ।" काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले पत्रकारहरुले आफ्नाे जिम्मेवारी सही तरिकाले निर्वाह गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । समाजलाई कता डोर्याउने भन्ने जिम्मेवारीबोध पत्रकारहरुले गर्नुपर्छ– उहाँले भन्नुभयो ।

आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राईले सत्यनारायण बहादुर श्रेष्ठको अभियान सफल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "हामी सत्यको पथमा छौँ । यस अभियानलाई सफल पार्न फोनिजले सशक्तरुपमा आवाज उठाइरहेको छ । नेपाल पत्रकार महासंघका ७७ जिल्लामा ध्यानाकर्षण गराइसकेका छौँ । महासंघलाई पनि ज्ञापन पत्र बुझाइसकेका छौँ ।" 

यसैगरी कार्यक्रममा सम्मानित व्यक्तित्व तथा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष दण्ड गुरुङले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको रुपमा स्थापित गर्नुपर्छ भन्ने आफूले उठाएको आवाजले अहिले अभियानको रुप लिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पत्रकार महासंघले कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मानेर गलत इतिहास स्थापित गर्न खोजेको र यसले सत्यतथ्य जानकारी दिने नेपाली पत्रकारहरुको इमान्दारितामै प्रश्न चिन्ह खडा हुनेछ भनी चिन्ता व्यक्त गर्नुभयो 

नेवाः पत्रकार राष्ट्रिय दबुका सल्लाहकार राजु शाक्यले नेवार समूदायका मुद्दा, अभियानको समाचार मेनस्ट्रिम मिडियामा प्रसारण गर्न सहज नभएको तीतोसत्यबारे अनुभव सुनाउनुभयो । नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले पनि सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष स्थापित गर्ने अभियान नरोकिने जानकारी दिँदै मातृभाषा पत्रकारको क्षमता विकासका लागि मातृभाषा सञ्चार प्रतिष्ठान सरकारले गठन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– धर्मादित्य धर्माचार्यलाई मातृभाषाको प्रथम पत्रकार स्थापित गर्ने क्रममा मिडिया फेस्टिभलको आयोजना गर्यौँ । मातृभाषा पत्रकार सम्मेलनको आयोजना भयो । अब सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महाखसंघको संस्थापक अध्यक्ष हो भन्ने मुद्दा उठाइरहेका छौँ ।

दबुका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले क्रियाशील पत्रकारहरुको हौसला दिने उद्देश्यले पुरस्कार प्रदान गर्दै आएको जानकारी दिनुभयो । यसैगरी वरिष्ठ उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेपाल पत्रकार महासंघ र आदिवासी जनजाति महासंघ हुँदाहुँदै पनि नेपाल भाषाका पत्रकारहरुले महासंघमा स्वतन्त्रता नपाइने र आफ्नाे हकअधिकारको कुरा गर्न नपाइने भएकोले नेवाः पत्रकार राष्ट्रिय दबुको गठन भएको बताउनुभयो । 

नेवा पत्रकार राष्ट्रिय दबु काठमाडौाका अध्यक्ष अरविन्दमान सिंहले नेपालभाषा पत्रकारिताको इतिहास एक सय वर्षभन्दा पुरानो भएको भन्दै यसको विकासक्रम बारे जानकारी दिनुभएको थियो । यसैगरी पुरस्कार विजेताहरुको तर्फबाट सिल्भिया राजोपाध्यायले आप्mनो लामो पत्रकारिताको यात्रालाई स्मरण गर्नु भयाे। 

यसैगरी सभाको बन्द सत्रले महासचिव केके मानन्धरले प्रस्तुत गर्नुभएको वार्षिक कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष बाबुकाजी श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन आवश्यक सुझावसहित सर्वसम्मत पारित गरेको छ ।

सोही कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूको स्मारिका ‘लुमन्ति पौ’ को विमोचन पनि गरिएको थियो ।

नेवाः पत्रकार राष्ट्रिय दबुले छ जना पत्रकारलाई सम्मान गर्ने

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ४, शुक्रबार वर्गीकृत

काठमाडौं/ ४ फागुन, नेवारी समुदायका पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबुले नेपालभाषाका पत्रकारहरुलाई नगदसहित पुरस्कृत  गर्ने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबुले हरेक वर्ष आफ्नो साधारण सभामा पत्रकारहरुलाई पुरस्कृत गर्दै आएकाे छ ।

दबूकाे १२ औँ साधारण सभामा माउन्टेन टेलिभिजनका विश्वन्तर शाक्यलाई ज्ञानज्योति–लक्ष्मीप्रभा पत्रकारिता पुरस्कार, झंकार एफएम रामेछापका युवराज श्रेष्ठलाई ज्ञानदेवी–मणि पत्रकारिता पुरस्कार, मेट्रो एफएमका उदेन न्हू सायमीलाई भिक्षु कुमार कश्यप स्मृति पत्रकारिता पुरस्कार, अनलाइन खबरकी रेणु त्वानाबासुलाई श्रीराम स्मृति पत्रकारिता पुरस्कार, अनलाइन डबलीका बुद्धशरण शाहीलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार र नेपाल मण्डल टेलिभिजनकी सिल्भिया राजोपाध्यायलाई वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

ज्ञानज्योति–लक्ष्मीप्रभा पत्रकारिता पुरस्कारको राशि २० हजार, ज्ञानदेवी–मणि पत्रकािरता पुरस्कारको राशि १५ हजार, भिक्षु कुमार कश्यप स्मृति पत्रकारिता पुरस्कारको राशि १२ हजार रुपियाँ रहेको छ । यसैगरी श्रीराम स्मृति पत्रकािरता पुरस्कार, बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार र वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कारका विजेताले जनही दस हजार रुपियाँ प्राप्त गर्नेछन् । पुरस्कार शनिबार नेवाः पत्रकार राष्ट्रिय दबुको साधारण सभामा प्रदान गरिने जनाइएको छ।

 

नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनको संयोजकत्वमा सुरेन्द्रभक्त श्रेष्ठ, केके मानन्धर, प्रजित शाक्य र तेजनारायण महर्जन सम्मिलित पुुरस्कार चयन समितिले पुरस्कार विजेताहरुको चयन गरेको हो । संयोजक महर्जनले पत्रकारिताको माध्यमबाट नेपाल भाषा, संस्कृति, सम्पदाको प्रवद्र्धन र संरक्षणका साथै समावेशी क्षेत्रमा योगदान दिने, नेवाः पत्रकार राष्ट्रिय दबूको समग्र अभियानमा टेवा पुर्याउनेलगायतका मापदण्डलाई तोकेर पुरस्कार विजेताको छनोट गरिएको जानकारी दिनुभयो ।
यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबूकाे साधारण सभामा नेपाल भाषा, संस्कृति प्रवद्र्धन तथा सञ्चार क्षेत्रमा समावेशीकरण मुद्दामा उल्लेखनीय योगदान दिनुहुने गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्य, गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार उपेश महर्जन र आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज)का पूर्व अध्यक्ष दण्ड गुरुङलाई विशेष सम्मान गर्ने जानकारी प्राप्त भएकाे छ ।

प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष राष्ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २९, सोमबार वर्गीकृत

काठमाडौं/ २९ माघ,  राष्ट्रपति रामचन्द्र पौडेललसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । प्रतिवेदन बुझेपछि सो समारोहलाई सम्वेधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र राष्ट्रिय सुरक्षालगायतका संवेदनशील कार्यमा राष्ट्रिय सुरक्षा परिषद् सधैं चनाखो रही कार्य सम्पन्न गर्न दृढ रहनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उहाँंले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनताको संरक्षण गर्दै राष्ट्रिय एकताको प्रवर्द्धन गर्न, विभिन्न जात जाती, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गरी संघीय इकाइबीच परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्न, राष्ट्रिय सुरक्षा प्रणालीको विकास गरी शान्ति सुव्यवस्था कायम गर्न एवम् सर्वाङ्गीण मानवीय सुरक्षाको प्रत्याभूति कायम गर्न राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ  रहेको पनि स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम व्यवस्था भएको राष्ट्रिय सुरक्षा परिषद्ले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र सुरक्षालगायतका संवेदनशील कार्यमा आफ्नो रणनीतिक दृष्टिकोणसहित ठोस सुझावहरू प्रस्तुत गरेकोमा खुसी प्रकट गर्नुभयो । नेपालको संविधानको धारा २६६ को उपधारा ३ मा राष्ट्रिय सुरक्षा परिषद्ले परिषद्ले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।सो समारोहमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महतलगायत परिषद सदस्यहरूको उपस्थिति थियो ।

अब विकासको रफ्तारले गति लिन्छ: अर्थमन्त्री डा. महत

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २९, सोमबार वर्गीकृत

नुवाकोट/२९ माघ,  अर्थमन्त्री डा. प्रकाशशरण महतले अब विकासले रफ्तार लिने बताउनु भएको छ । शनिबार नुवाकोटको तारुका गाउँपालिकामा सोनाम ल्होछारका अवसरमा आयोजित कार्यक्रममा विविध कारणले हाम्रो विकास जति हुनुपर्ने हो, त्यत्ति नभएको बताउनुभयो । ल्होछारको शुभकामना दिनुहुँदै उहाँले भन्नुभयो, ‘अब विकासले रफ्तार लिन्छ । देशमा साधनश्रोत धेरै छैन, आम्दानी धेरै छैन । आवश्यकता हाम्रो धेरै छन् । यो आवश्यकता पूरा गर्न हामीलाई धेरै पैसा चाहिन्छ ।’ 

अर्थमन्त्रीले देशैभरि हेर्नुपर्ने भएकाले चाहेजस्तो गर्न कठिन भएको अनुभव सुनाउनु हुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘मैले बजेट प्रस्तुत गर्दा सकेसम्म सबैतिरको आवश्यकता पूरा गर्ने हिसाबले बजेट विनियोजन गरेको छु ।’ तारकेश्वर गाउँपालिकाको तारुकाको लागि पनि बजेट राख्यौं । प्रदेश र संघीय सरकार मिलेर नुवाकोटमा केही न केही गर्ने प्रयास गरेका छौं । आउने दिनमा अझै धेरै गर्ने मन्त्री डा. महतले प्रतिबद्धता जनाउनु भयो । ‘कसौडीमा पकाउनुपर्ने बाध्यता छ, तर खड्कुलोमा पकाएर बाँड्दा पनि नपुग्ने अवस्था छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘एकैपटक पो नपुग्ने हो, तर हामी विस्तारै गर्छौं । यो गाउँपालिकामा दुईवटा कुरालाई महत्व दिइएको छ, एउटा रंगशाला निर्माण हो । पालिकाले केही काम गरेको छ । युवाहरुलाई खेलप्रति आकर्षित गर्न हामीले यस वर्ष खेलकुदमा धेरै बजेट विनियोजन गर्ने नीति बनाएका छौं ।’ 

‘माने डाँडादेखि काफलपानी सडक निर्माणको प्रस्ताव आएको छ । कच्ची सडक त छँदैछ, यसलाई पक्की बनाउन म लाग्नेछु । श्रोत र साधनले भ्याएसम्म, देश र जनताप्रति म जिम्मेवार छु, नागरिकको हितका लागि म रातदिन खटेर लाग्ने छु’ मन्त्री डा. महतले भन्नुभयो, ‘नुवाकोटमा अहिले विकास निर्माणका धेरै काम अगाडि बढेका छन् । चीनसँग जोडिने सडक विस्तार हुँदैछ, व्यापारिक नाकाको रुपमा विकास हुँदैछ । छहरे–टोखा सुरुङमार्ग अगाडि बढाउने प्रतिबद्धता हामीले गरेका छौं ।’ 

उहाँले नुवाकोटमा अब धेरै रोजगारीको सम्भावना बढ्छ, व्यापारिक गतिविधि चलायमान हुनेछ । उद्योग व्यवसाय फस्टाउने छ । पर्यटनको धेरै ठूलो सम्भावना नुवाकोटमा छ । कृषिमा पनि विविध सम्भावना छन् । कृषिलाई व्यवसायिकरण गर्नुपर्ने बताउनुभयो ।’ मन्त्री डा. महतले विविध भौगोलिक र जातजातिले भरिएको देश हो । विभिन्न भेषभूषा, भाषा, संस्कृति र सभ्यता नेपालमा छ । नेपालजस्तो सुन्दर, सानो भूगोलमा धैरै जातजाति र संस्कृति अटाएको छ । त्यसैले नेपाली हुनुमा हामीले गर्व गर्नुपर्छ । विविध जातजाति, संस्कृति, भाषा र भेषभूषा नेपालको साझा सम्पत्ति भएको बताउनुभयो ।  उहाँले देशको आर्थिक विकास धेरै भइसकेको छैन, धेरै पछि मात्रै हाम्रो आर्थिक विकास सुरु भयो । २०४६ सालपछि नेपाली कांग्रेसको नेतृत्वमा प्रजातन्त्र आयो, त्यसपछि जनतामा परिवर्तन आउन थाल्यो । जनताले चुनेका प्रतिनिधिले शासन गर्न थाले, त्यसपछि विकास सुरुवात भएको बताउनुभयो ।

महासङ्घको किताब विमोचन कार्यक्रममा फोनिजको अवरोध

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २९, सोमबार वर्गीकृत

काठमाडौं, २९ माघ नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिद्वारा प्रकाशित ‘अग्र अनुहार, कथा अग्रजको, गाथा महासङ्घको’ आइतबार विमोचन कार्यक्रममा महासङ्घको इतिहासलाई तोडमोड गरिएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले आपत्ति जनाउँदै कार्यक्रम विथोलेको छ । 

पत्रकार, पत्रकारिता र राजनीतिसँगै नेपाल पत्रकार सङ्घदेखि महासङ्घसम्मका विषय समेटेर तयार पारिएको उक्त पुस्तकप्रति फोनिजले असहमति जनाएको हो। फोनिजले महासङ्घका संस्थापक एवम् पत्रकार सत्यनारायणबहादुर श्रेष्ठलाई पनि उक्त पुस्तकमा समेट्नुपर्ने माग गर्दै विमोचन कार्यक्रममा असहमति जनाएको हो।

“२००८ सालमा पत्रकार सत्यनारायणबहादुर श्रेष्ठले पत्रकारलाई सङ्गठित गर्दै संस्था स्थापना गर्नुभयो।तर महासङ्घले श्रेष्ठपछिका कृष्णप्रसाद भट्टराई, जो २०१२ सालमा अध्यक्ष हुनुभएको थियो, उहाँलाई मात्र राखेको छ।हामीले यस विषयमा रिभ्यू गर्न ध्यानाकर्षण पत्र बुझाएका थियौँ”, फोनिजका अध्यक्ष गजुरधन राईले भन्नुभयो, “सिङ्गो पत्रकार महासङ्घको जिउँदो इतिहासलाई गलत ढङ्गले पछि धकेल्ने काम भएको छ ।” फोनिजको एक समूहले विमोचन अघि नै पुस्तक च्यातेपछि कार्यक्रम स्थलमा तनाव भएको थियो।

विमोचन समारोहमा सहभागी नेपाली पत्रकारिता क्षेत्रका विज्ञ एवं अग्रजहरूले पत्रकारिताको इतिहासबारे खोज र अध्ययनको आवश्यकता औँल्याउनुभएको छ।

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिद्वारा प्रकाशित ‘अग्र अनुहार,  कथा अग्रजको, गाथा महासङ्घको’ विमोचन कार्यक्रममा प्रा. डा. रामकृष्ण रेग्मीले पुस्तकबारे समीक्षा गर्दै पत्रकारिताको इतिहासको खोज अनुसन्धानले यस क्षेत्रको वर्तमान चुनौतीको सामना र भविष्यको बाटो पहिल्याउन सहयोग पुग्ने बताउनुभयो।

उक्त पुस्तक नेपाली पत्रकारिताको इतिहासको लागि उपयुक्त स्रोत सामग्री हुने उहाँले बताउनुभयो।“यस पुस्तकले नेपालमा पत्रकारितालाई सङ्गठनको रूपमा विकास गर्दा आइपरेका चुनौती र उहाँहरूले गर्नुभएको सामनाका बारेमा जानकारी दिन्छ”, उहाँले भन्नुभयो, “भविष्यको बाटो पहिल्याउन विगत हेर्न पर्छ भने जस्तै यसले पत्रकारिताको इतिहासबारे अध्ययन गर्न र सिङ्गो पत्रकारितालाई अघि बढाउन सहयोगी साबित हुनेछ।अध्ययनका लागि स्रोत सामग्रीको अभाव सधैँ खड्किन्छ।यस पुस्तकलाई गतिलो स्रोत सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ ।” 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारिताको इतिहाससँगसँगै नेपाल पत्रकार महासङ्घको इतिहासको खोजी, सम्मान र इतिहासलाई स्थापित गर्न प्रयासरत रहेको बताउनुभयो। उहाँले उक्त पुस्तक पत्रकारिताको इतिहासका बारेमा अध्ययनका लागि अभिलेखीकरण भएको बताउँदै पत्रकारिताको इतिहास खोज्न र तथ्यमा आधारित भएर इतिहासलाई स्थापित गर्न महासङ्घ प्रयत्नशील भएको बताउनुभएको हो ।

भ्रष्ट्राचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध - राष्ट्रपति पाैडेल

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २८, आइतबार वर्गीकृत

काठमाडौँ/२८ माघ, राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्ट्राचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्ने बताउनुभएको छ । उहाँले यसले राष्ट्रको नैतिक धरातल भासिदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्नेमा चिन्ता पनि प्रकट गर्नुभयो ।  “भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्नेमात्र होइन राष्ट्रको नैतिक धरातल भासिदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्ने हुनजान्छ”, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आइतबार आयोगले यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु भएको स्पष्ट पार्नुभयो ।  

“शासन प्रणाली जति पारदर्शी र जवाफदेही  हुन्छ भ्रष्टाचार न्यूनिकरणको संभावना त्यति नै हुने भएकाले सार्वजनिक निकायका हरेक काम, कारवाही र निर्णय पारदर्शी हुनुपर्छ भन्ने कुरामा सबैको ध्यानाकर्षण गराउन चाहन्छु, नेपाली जनताको ठूलो वलिदान र संघर्षबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना पनि यही हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।   विद्यमान कार्यसंस्कृतिमा परिवर्तन पनि भ्रष्टाचार नियन्त्रण गर्ने एउटा प्रभावकारी पक्ष हुन सक्ने उहाँको भनाइ थियो । राष्ट्रपति पौडेलले अख्तियारले अनुसन्धान र मुद्धा दायर गर्दा आग्रह पूर्वाग्रहरहित भएको सन्देश प्रवाह हुनुपर्ने बताउनुभयो । जनमुखी विकासबाट नागरिकमा सकारात्मक सन्देश जाने र प्रशासनिक क्षेत्रलाई पनि सोहीअनुरुप चुस्त र दुरुस्तरुपले अघि बढ्न मद्धत मिल्नेछ भन्दै उहाँले प्रकृति मानिसका आवश्यकता पुरा गर्न सक्षम छ तर मानिसको लोभ पुरा गर्न  सक्षम छैन भन्ने पूर्वीय दर्शनको मान्यतालाई अनुशरण गर्नु आजको आवश्यकता भएकोमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले सुशासन लोकतन्त्रको प्राणवायु हो भन्दै मुलुकमा उपलब्ध प्राकृतिक, मानवीय र सांस्कृतिक सम्पदाहरूको उपयोग र सुदृढीकरण गर्दै आर्थिक समृद्धि तथा सामाजिक न्याय हासिल गर्न भ्रष्ट्राचार नियन्त्रण अनिवार्य सर्त हो भन्नुभयो ।  हाम्रो अन्तर्राष्ट्रिय प्रतिवद्धता, संवैधानिक दायित्व, आयोगले तयार गरेको संस्थागत रणनीतिक योजना र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको मूल्यमान्यताअनुरुप हामी सबैले मुलुकको हित र कल्याण तथा अन्तराष्ट्रिय छविको लागि आफ्नो जीवनशैलीलाई सरल, इमान्दार, पारदर्शी र सदाचारयुक्त बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।   

राष्ट्रपति पौडेलले आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचारका उपर अनुसन्धान छानविन गर्ने क्रममा साना प्रकृतिका कसुरदारका मात्र होइनन बरु ठूला प्रकृति र कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला व्यक्ति भएपनि  उनीहरूलाई कानुनको दायरामा ल्याउन पछि पर्न हुन्न भन्ने आम नागरिकको मत ध्यानमा राख्न सुझाव दिनुभयो ।   उहाँले मुलुकमा भ्रष्टाचार विरुद्ध जागरण आउनेछ  र विश्वस्तरीय भ्रष्टाचार सुचकांकमा नेपालकोस्तरमा क्रमशः सुधार हुने  विश्वास व्यक्त गर्नुभयो । साथै, तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चारजगतलगायत प्रत्येक नागरिकलाई भ्रष्टाचार विरुद्धको अभियानमा सक्रियतापूर्वक सहभागी भई हातेमालो गर्नसमेत उहाँले आव्हान गर्नुभयो ।  “मुलुकको नीति र कानुन निर्माण, विकास व्यवस्थापन र नागरिकहरूको आधारभूत सेवा प्रवाहमा संलग्न अख्तियार प्राप्त अधिकारीहरूलाई प्रचलित नीति र कानुनबोजिम निर्धक्कसाथ विवकेशील निर्णय र कार्यसम्पादन गर्न अनुकुल वातावरणको सिर्जना गर्नुपर्ने चुनौतीसमेत यस आयोग तथा  सम्बन्धित निकायका सामु देखापरेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

भ्रष्टाचार अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण सहयोग हुन्छ : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २८, आइतबार वर्गीकृत

काठमाडौँ, २८ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “माथिल्लो तहदेखि तल्लातहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले आयोगलाई हस्तक्षेप गर्दैन ।” सुशासन प्रवर्द्धनमा आयोगले पुर्‍याएको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार विरुद्धको लडाइँमा आयोग थप अडिग र कटिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले त्यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको स्पष्ट पार्नुभयो । भ्रष्टाचार नियन्त्रण गर्नका लागि आयोग र आयोगजस्ता भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूलाई कानुनी, प्रशासनिक र आर्थिक रूपले सबल बनाउन सरकारले आफ्ना नीति, कार्यक्रम तथा बजेटलाई केन्द्रित गरेको प्रधानमन्त्रीले जानकारी दिनुभयो । सुशासनको मुख्य बाधकको रूपमा रहेको भ्रष्टाचार विरूद्धको लडाइँमा संवैधानिक आयोगले आफ्नो स्थापनाकालदेखि हालसम्म निभाउँदै आएको महत्त्वपूर्ण भूमिकाको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोगप्रति नागरिकले राखेका आशा र भरोसालाई आगामी दिनमा पनि कायम राख्नुपर्ने बताउनुभयो । 

राष्ट्रले लिएको विकास र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कानुनको शासन, मानव अधिकारको संरक्षण तथा समतामूलक र समावेशी शासनको प्रत्याभूतिका गर्नका लागि आयोगले इतिहासदेखि नै खेल्दै आएको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा भ्रष्टाचारमुक्त समाज स्थापना गर्ने सबालमा आयोग दृढताका साथ उभिनेछ विश्वास व्यक्त गर्नुभयो । विश्वव्यापी रूपमा भएको प्रविधिको द्रूततर विकाससँगै भ्रष्टाचारजन्य क्रियाकलाप र प्रवृत्तिको स्वरूप, तौरतरिका, प्रवृत्ति, सघनता र आयाममा समेत व्यापक परिवर्तन आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “एकातार्फ आयोगको कार्यक्षेत्र विस्तार गर्नुपर्ने चुनौती छ भने अर्कोतर्फ आयोगको कार्य प्रणालीमा देखिएका समस्या समाधान गर्दै लैजानुपर्ने चुनौती छ ।” भ्रष्टाचार नियन्त्रणको महत्त्वपूर्ण भूमिका बोकेको आयोगले स्वतन्त्र, निष्पक्ष र निर्भिक तवरले भ्रष्टाचार र अनियमितताका विरूद्ध अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन नवीनतम प्रविधिको प्रयोग गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड थियो ।

शिक्षकसँग भएका सहमति कार्यन्वयन गर्न सरकार तयार छ : स्वास्थ्य मन्त्री बस्नेत

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २८, आइतबार वर्गीकृत

सिन्धुपाल्चोक, २८ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शिक्षकसँग भएका सहमति कार्यन्वयन गर्न सरकार तयार रहेको बताउनु भएको छ । नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको २२ औं जिल्ला  प्रतिनिधि सभा सम्मेलनको शनिबार बलेफीमा उदघाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले चार महिनापहिले आन्दोलनरत शिक्षकहरुसँग गरिएको सम्झौता र सहमतीको भावना अनुसार कार्यन्वयन गर्न सरकारले गृहकार्य सुरु गरिसकेको बताउनु भएको हाे । ‘शिक्षकहरुसँग भएको सम्झौता कार्यन्वयन गर्न सरकार सकारात्मक ढंगले अगाडि बढेको छ । साधन र श्रोतले भ्याएसम्म सरकारले शिक्षकका पक्षमा काम गर्छ ।’ मन्त्री बस्नेतले भन्नुभयो । 

शिक्षक कमजोर भए देशको शिक्षाको अवस्था कमजोर हुने बताउदै मन्त्री बस्नेतले शिक्षकहरुको पेशागत सुरक्षा र शिक्षाको गुणस्तर बढाउने काममा सरकार अग्रसर रहेको दावी गर्नुभयाे । पहिलेको तुलनामा पछिल्ला वर्षमा शिक्षकहरुको आर्थिक हैसियत सुधार हुदै गएको बताउदै शिक्षकहरुले निरासाका कुरा भन्दा आशावादी कुरा गरेर देशका शिक्षाको विकासमा योगदान दिनु पर्नेमा मन्त्री बस्नेतको जोड थियो । कक्षा १२ सम्मको शिक्षा निशुल्क हुनु पर्छ भन्ने मान्यताका साथ आफुले विभिन्न फोरमहरुमा कुरा उठाउदै आइरहेको बताउदै यसै सरकारले १२ कक्षासम्मको शिक्षा निशुल्क घोषणा गर्ने दावी गर्नुभयो । मेडिकल शिक्षाको विकासका लागि वर्तमान चिकित्सा शिक्षा ऐन संसोधन गर्नु आवश्यक रहेको बताउदै वर्तमान सरकारले ऐन संसोधन गरेर देशमै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउन लागिपरेको जानकारी दिनुभयाे। 

 

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेस सिन्धुपाल्चोकका सचिव भक्तध्यज बोहोराले शिक्षकहरुले सरकारसँग भएको सीमित स्राेत र सधानलाई मध्यनजर गरेर आफ्ना माग राख्नु पर्ने बताउनुभयाे । नेपाल शिक्षक संघका केन्द्रय महासचिव लक्ष्मीकिशोर सुवेदीले स्थानिय तहको टाउकोमा हालेर केन्द्र सरकार शिक्षा र स्वास्थ्यका सवालमा पन्छिन नमिल्ने बताउदै शिक्षकहरुले काठमाडौंका सडकमा उत्रिएर गरेको देशव्यापी आन्दोलन र त्यसको बलमा गरिएको सहमतिका आधारमा शिक्षकहरुमा माग तत्काल सम्बोधन गर्नु पर्नेमा जोड दिनुभयाे । नेपाल शिक्षक संघ सिन्धुपाल्चोकमा अध्यक्ष ऋषिराम पौडेलले शिक्षकहरुमा जायज माग सम्बोधन गर्न ढिलाई गर्न नहुने बताउनुभयाे । शिक्षक संघकी उपाध्यक्ष निर्मला तिमिल्सिनाले विधान अनुसार नेपाल शिक्षक संघले एक वर्षभित्र गरेका कामहरुको समिक्षा र भावी रणनीतिका विषयमा छलफल गर्न सभा आयोजना गरिएको बताउनुभयाे । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता सुभाष तिमिल्सिनाले शुभकामना व्यक्त गर्दै शिक्षक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था भएकाले शिक्षकहरुका जाजय मागहरु पुरा गर्न पार्टीको सहयोग रहने बताउनु भयाे । कार्यक्रममा शिक्षक नेताहरु नारायण तिमिल्सिना, गीता शिवाकोटी लगायतले शिक्षकहरुका माग सम्बोधन गर्न सरकार अग्रसर हुनु पर्ने बताउनु भएको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले गत वर्ष सेवा निवृत भएका दुई दर्जनभन्दा बढी शिक्षकहरुलाई सम्मान गर्नुभएकाे थियो ।

कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइइने छ : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २७, शनिबार वर्गीकृत

काठमाडौँ/ २७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने बताउनुभएको छ । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यापार प्रवद्र्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताउनुभयो । आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपश्चात नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको बताउनुभयो ।

प्रधानमन्त्रीले गत असोजमा सम्पन्न आफ्नो चीन भ्रमणका क्रममा सीमा क्षेत्रको विकास, यहाँका स्थानीय बासिन्दाका समस्या, चीन सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगका विषयमा पर्याप्त छलफल भएको जानकारी दिनुभयो । “चीन भ्रमणका क्रममा मैले नेपाल–चीनको संयुक्त प्रयासबाट यस क्षेत्रको विकासमा निर्वाह गर्नुपर्ने भूमिकाबारे गहन छलफल गरेको थिएँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यस ऐतिहासिक भ्रमणका क्रममा नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरणका विषयमा छलफल भएको छ । यसले सीमापार व्यापार प्रवर्द्धनका क्षेत्रमा गुणात्मक अर्थ राख्छ ।”

Pages