तराइमा हुस्सु र कुहिरो, हिमालमा हिमपातकाे सम्भावना
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १६, मंगलबार वर्गीकृत
काठमाडौं/ १६ माघ, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका केहि स्थानहरुमा हुस्सु लागेको छ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भ-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
गाँजा तस्करीमा संलग्न प्रहरीसहित चारजना पक्राउ
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १६, मंगलबार वर्गीकृत
विराटनगर/ १६ माघ, गाँजा तस्करी गरेको आरोपमा प्रहरी सहायक हवल्दारसहित चारजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–१० तीनटोलियाबाट १२१ किलो गाँजासहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा प्रहरीका सहायक हवल्दार ३६ वर्षीय रवीन्द्र चौधरी, विराटनगर–१६ का २४ वर्षीय राजकुमार मण्डल, २० वर्षीय उमेश राजवंशी र विराटनगर–१३ का २४ वर्षीय रामअवतार साह छन् । पक्राउ परेकाहरुको साथबाट प्रहरीले एक लाख ४५ हजार रुपैयाँ, केही भारतीय रुपैयाँ, एउटा मोटरसाइक र एउटा भ्यान बरामद गरेको छ । उनीहरुले विभिन्न स्थानबाट गाँजा ल्याएर संकलन गर्ने गरेको तथा भारततिर तस्करी गरी लैजाने गरेको अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
गाँजा तस्करीमा संलग्न प्रहरीसहित चारजना पक्राउ
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १६, मंगलबार वर्गीकृत
विराटनगर/ १६ माघ, गाँजा तस्करी गरेको आरोपमा प्रहरी सहायक हवल्दारसहित चारजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–१० तीनटोलियाबाट १२१ किलो गाँजासहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा प्रहरीका सहायक हवल्दार ३६ वर्षीय रवीन्द्र चौधरी, विराटनगर–१६ का २४ वर्षीय राजकुमार मण्डल, २० वर्षीय उमेश राजवंशी र विराटनगर–१३ का २४ वर्षीय रामअवतार साह छन् । पक्राउ परेकाहरुको साथबाट प्रहरीले एक लाख ४५ हजार रुपैयाँ, केही भारतीय रुपैयाँ, एउटा मोटरसाइक र एउटा भ्यान बरामद गरेको छ । उनीहरुले विभिन्न स्थानबाट गाँजा ल्याएर संकलन गर्ने गरेको तथा भारततिर तस्करी गरी लैजाने गरेको अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १५, सोमबार वर्गीकृत
काठमाडौँ, १५ माघ : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गर्नुभयो ।
सरकारले गत मङ्सिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायतका विषयमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य हुनुहुन्थ्यो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइएपछि छानबिन नसकिएपछि म्याद थप गरिएको थियो ।
https://youtu.be/D8hmO6ENFIA?si=Nk8ccNtg3YQlZI7k
परराष्ट्रमन्त्री एनपी साउद र नोवेल शान्ति पुरष्कार विजेता सत्यार्थीबीच भेटवार्ता
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १५, सोमबार वर्गीकृत
काठमाडौं/१५ माघ, परराष्ट्रमन्त्री एनपी साउद र नोवेल शान्ति पुरष्कार विजेता कैलाश सत्यार्थीबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा सोमबार उहाँहरुबीच भेटवार्ता भएको हो। भेटका अवसरमा परराष्ट्रमन्त्री साउदले बालअधिकारको क्षेत्रलगायत अन्य सामाजिक क्षेत्र र परोपकारी काममा नेपाल र भारतमा सत्यार्थीले पु¥याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो।
सत्यार्थीलाई सन् २०१४ मा बाल अधिकारको क्षेत्रमा काम गरेवाफत नोवेल शान्ति पुरष्कार प्रदान गरिएको थियो। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगै मन्त्रालय पुग्नुभएका सत्यार्थी र मन्त्री साउदबीच आगामी मार्च महिनामा लुम्बिनीमा हुने ‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलनको तयारी बारे पनि छलफल भएको थियो।
लुम्बिनी सरकारले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलन आयोजना गर्दैछ। लुम्बिनी सरकारले आर्थिक वर्ष २०८०/०८१ वार्षिक नीति तथा कार्यक्रम र बजेटमै समेटेको शिखर सम्मेलन मार्च ११ र १२ मा आयोजना गर्न लागेको हो।
उक्त शिखर सम्मेलनमा विश्वभरबाट विकासको क्षेत्रमा काम गरिरहेका विज्ञ, अभियन्ता, संयुक्त राष्ट्रसंघीय निकायका उच्च अधिकारी, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुलाई आमन्त्रण गरिने लुम्बिनी प्रदेश सरकारले जनाएको छ।
‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलन आयोजनाले शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीको प्रचार–प्रसारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ।
गंगालाल हृदय केन्द्रलाई छिट्टै प्रतिष्ठान बनाउँछौ : स्वास्थ्य मन्त्री बस्नेत
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १५, सोमबार वर्गीकृत
काठमाडौं, १५ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शहीद गंगालाल हृदय केन्द्रलाई छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन् । केन्द्रको २८ औं बार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले केन्द्रलाई प्रतिष्ठान बनाउने प्रकृया अगाडि बढिसकेको जानकारी गराउदै मुटु रोगको उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको बताएका हुन । मन्त्री बस्नेतले भने, ‘गंगालाल हृदय केन्द्रलाई प्रतिष्ठानको रुपमा अगाडि बढाए मात्र भविश्यमा हुनसक्ने जनशक्ति अभावको समस्या समाधान गर्न सकिन्छ भन्ने ठानेर नै सरकारले प्राथमिकतामा राखेर अगाडि प्रतिष्ठान बनाउने काम अगाडि बढेको छ ।’ विद्यमान चिकित्सा शिक्षा ऐनका कारण अहिले कयौं विद्यार्थी चिकित्सा शिक्षा अध्ययनकै लागि विदेश जानु परेको स्मरण गर्दै मन्त्री बस्नेतले सरकारले चाडै चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर देशलाई मेडिकल शिक्षाको हवको रुपमा विकास गर्ने दावी गरे । गंगालाल हृदय केन्द्रले मुटु रोगको उपचारका क्षेत्रमा देशमा मात्र नभएर दक्षिण एशियामै आफूलाई अब्बल सावित गरिसकेको बताउदै देशका अरु अस्पतालहरुले पनि गंगालालबाट सिक्नु पर्ने बताए । कार्यक्रममा शहीद गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा.रवि मल्लले केन्द्रले गत वर्ष मात्र एक हजार ८ सय ३८ जनाको मुटुको सल्यक्रिया गरेको जानकारी दिदै सरकारले प्रतिष्ठान नबनाए भविश्यमा कार्डियाक सर्जनको अभाव हुने बताए । डा. मल्लले बिगत ७ वर्ष देखि कार्डियाक सर्जरी विधामा कोही भर्ना हुन नआएको बताउदै त्यो अवस्था अन्त गर्नका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको औल्याए । कार्यक्रममा सांसद प्रदीप पौडेलले गंगालालले आत्मनिर्भर भएर उदाहरणीय अस्पतालको रुपमा आफुलाई उभ्याएको र अन्य अस्पतालहरुले पनि पाठ सिक्नु पर्ने बताए । कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले केन्द्रमा रहेर २० वर्ष सेवा पुरा गरेका कर्मचारीलाई सम्मान गरेका थिए । कार्यक्रम केन्द्रका संस्थापक अध्यक्ष डा.अरुण सायमीको अध्यक्षतामा सम्पन्न भएको थियो । विसं २०५२ सालमा ९ शैयाबाट सुरु भएको गंगालाल हृदय केन्द्र अहिले ३०० शैयामा सञ्चालित छ ।
सङ्घीयता कार्यान्वयन तीब्रताका साथ अघि बढ्छ : प्रधानमन्त्री
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १४, आइतबार वर्गीकृत
काठमाडौँ/१४ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आधारभूत संरचना तयार भए पनि अझै केही कानुनहरू परिमार्जन र निर्माण गर्न बाँकी रहेको बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदा प्रतिवेदन माथिको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ले जनप्रतिनिधिहरू निर्वाचित भएर पनि एक कार्यकाल सम्पन्न भइसकेको अवस्थामा भोगाइका क्रममा थुप्रै ठाउँमा अस्पष्टता देखिएको उल्लेख गर्नुभयो । अझै केही कानुनहरू संशोधन तथा निर्माण गर्न बाँकी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकार सञ्चालनको अभ्यासका क्रममा कार्यविस्तृतीकरण परिमार्जनको आवश्यकता महशुस भएको र प्रदेश तथा स्थानीय तहबाट समेत माग भएकाले परिमार्जन प्रकृया अगाडि बढाइएको बताउनुभयो ।
संविधान जारी भएपश्चात सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संघीय शासन प्रणालीको अभ्यास भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “संविधान जारी भएको आठ वर्षको अवधिमा उत्साहजनक उपलब्धि हासिल गरेका छौँ, छोटो समयमा नै सङ्घीयता कार्यान्वनका लागि आवश्यक आधारभूत संरचनाहरू निर्माण भएका छन् ।”
सङ्घीयता कार्यान्वयनमा देखिएका दोहोरोपना र अस्पष्टताहरू हटाउने सन्दर्भमा राष्ट्रिय समन्वय परिषद्को असारमा सम्पन्न बैठकले कार्यविस्तृतीकरण परिमार्जन तथा सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो । संविधानको अनुसूची ५ देखि ९ सम्म उल्लेखित सङ्घ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकार सूचीको कार्यविस्तृतीकरण सरकार (मन्त्रिपरिषद्) बाट २०७३ माघ १८ मा स्वीकृत भई कार्यान्वयनमा छ ।
प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदामाथि छलफल, प्राप्त सुझाव सम्बाेधन गरिने
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १४, आइतबार वर्गीकृत
काठमाडौँ/१४ माघ, कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदा उपर उच्चस्तरीय छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्ष्यतामा आज भएको छलफलमा कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक अर्जुनप्रसाद पोखरेलले कार्यप्रगति प्रस्तुत गर्नुभयो ।
विज्ञका तर्फबाट डा सोमलाल सुवेदीले कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदाको प्रस्तुत गर्दै कार्यविस्तृतीकरणका लागि अवलम्वन गरिएका प्रमुख सैद्धान्तिक मापदण्ड एवं सङ्घ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रबारे जानकारी गराउनुभयो । उहाँले सुरक्षा तथा साशकीय क्षेत्र, कानुन, सामाजिक एवं आर्थिक क्षेत्रका विषयमा सहभागीहरूले आफ्ना धारणा प्रस्तुत गर्नुभयो ।
डा सुवेदीले नियमन, मापदण्ड र देशैभर एकरूपता हुनुपर्ने प्रकृतिका विषयहरू सङ्घले, विकास, पूर्वाधार, प्रादेशिक समन्वय तथा प्रवद्र्धन प्रदेशले र सेवा प्रवाह स्थानीय तहले सम्पादन गर्नेगरी कार्य निक्षेपण गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश वा स्थानीय अधिकारीले सङ्घीय कानुन बमोजिम अधिकार प्रयोग गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
छलफलको अन्त्यमा प्रधानमन्त्री ‘प्रचण्ड’ ले संविधान जारी भएपश्चात सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सङ्घीय शासन प्रणालीको अभ्यास भइरहेको उल्लेख गर्दै प्राप्त सुझावका आधारमा तीनै तहका सरकारको एकल तथा साझा अधिकार तय गरिने बताउनुभयो ।
छलफलमा उपप्रधानमन्त्रीरू, राष्ट्रियसभा एवं प्रतिनिधीसभाका विषयगत समितिका सभापतिहरू, सांसदहरू, विभिन्न पार्टीका नेताहरू, मुख्यसचिव एवं विभिन्न मन्त्रालयका सचिवहरू एवं विज्ञहरूको उपसिस्थिती रहेको थियो । उहाँहरूले सङ्घीयतालाई सबल तुल्याउने विषयमा केन्द्रित भएर सुझाव दिनुभएको थियो ।सङ्घीयता कार्यान्वयनमा देखिएका दोहोरोपना र अस्पष्टताहरू हटाउने सन्दर्भमा राष्ट्रिय समन्वय परिषद्को असारमा सम्पन्न बैठकले कार्यविस्तृतीकरण परिमार्जन तथा सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो । संविधानको अनुसूची ५ देखि ९ सम्म उल्लेखित सङ्घ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकार सूचीको कार्यविस्तृतीकरण सरकार (मन्त्रिपरिषद्) बाट २०७३ माघ १८ मा स्वीकृत भई कार्यान्वयनमा छ ।
राष्ट्रियसभा निर्वाचनकाे प्रतिवेदन राष्ट्रपति समक्ष पेश
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १४, आइतबार वर्गीकृत
काठमाडौं/ १४ माघ, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेश गरेको छ ।राष्ट्रपति भवन शीतल निवासमा आइतवार आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगको प्रतिवेदन पेश गर्नुभएको हो ।
सो अवसरमा राष्ट्रपति पौडेलले आचारसंहिता लगायतका विषयमा राजनीति दलहरूसँग छलफल गरी निर्वाचन आयोगले निर्वाचनलाई अझ स्वतन्त्र, धाँधलीरहित र निपक्ष बनाउन आवश्यक रहेको बताउनुभयो । यही फागुन २० गतेदेखि राष्ट्रियसभाको ६ वर्षे का र्यकाल समाप्त भएर रिक्त २० सिट मध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन सम्पन्न भएको थियो ।
चाँगुनारायण फास्ट ट्रयाकको लागि स्रोत सुनिश्चितता
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १३, शनिबार वर्गीकृत
ललितपुर/ १३ माघ, बागमती प्रदेश सरकारले चाँगुनारायण फास्ट ट्रयाकको लागि २० करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ । चाँगुनारायण नगरपालिकाको १ वडा देखि ९ वडा ४ र ६ बाहेक जोड्ने उक्त मार्गका लागि दोस्रो चरणको कामका लागि बागमती प्रदेश सरकारबाट बहुवर्षिय योजना पारित गर्दै २० करोडको स्रोत सुनिश्चितता गरेको हो ।
बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ ,मुख्यमन्त्री सालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको पहलमा पहलमा उक्त स्रोत सुनिश्चित भएको हो ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चाँगुनारायण फास्ट ट्र्याकलाई २० करोड श्रोत सुनिश्चित गरी पढाएको प्रस्तावलाई आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वीकृति दिएको छ ।
चाँगुनारायण फास्ट ट्र्याकलाई पहिलो प्राथमिकता पी वान सडकका रूपमा बहु वर्षीय परियोजनाको रूपमा अगाडि बढाउन रु २० करोडको स्रोत सुनिश्चितता गरिएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले चाँगुनारायण नगर क्षेत्रको गौरवको योजनाका रूपमा रहेको उक्त योजना कार्यान्वयनमा बागमती प्रदेशका मुख्य मन्त्री, भौतिक योजना मन्त्री तथा आर्थिक मामिला मन्त्रीले पुञ्याउनुभएको योगदानका लागि धन्यवाद समेत दिनुभयो ।
उक्त सडकको पहिलो चरणमा वडा नम्वर ९ देखि ८ सम्मको ८० प्रतिशत सडक कालोपत्रे भई सकेको छ भने वडा नम्वर ८ को केही भाग देखि अन्य क्षेत्रमा आगामी बजेटमा काम हुने छ ।
चाँगुनारायण १ को सरस्वती खेल देखि वडा नम्बर ९ को ताथली सम्म करिब १९ किमी लम्बाई हुने यो फास्ट ट्र्याक ४ र ६ बाहेक चाँगुनारायणको सबै वडामा पुग्नेछ भने यसले ४ र ६ का शाखा बाटो पनि छुनेछ र चाँगुनारायणको सबै वडालाई एक आपसमा जोड्ने छ । यसले काठमाडौँसँग चाँगुनारायणको दुरी पनि घटाउने छ । यो सडक भौतिक सुविधाको दृष्टिले मात्र नभई कृषि उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनमा समेत कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ ।


