मातृभाषा पत्रकारिता सम्मेलनमा १० बुँदे घोषणापत्र जारी
Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ आषाढ २२, बुधबार वर्गीकृत
मातृभाषामा पत्रकारिता गर्ने पत्रकारको पहिचान हुन नसकिरहेको अवस्थामा नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासघको सहजीकरणमा मंगलबार राजधानीमा आयोजित दोस्रो मातृभाषा पत्रकारिता सम्मेलनमा १० बुँदे घोषणापत्र जारी गर्दै सो माग गरेको हो ।
सो अवसरमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले मातृभाषा पत्रकारिताको संरक्षणमा राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । सरकारले व्यवस्थापकीय काम गर्ने हो, बाँकी काम मातृभाषी समुदायले नै गर्नुपर्ने हुन्छ उहाँले भन्नुभयो । भाषाको विकाससँगै सम्बन्धित समुदायको लीपिको संरक्षणमा लाग्न पनि आवश्यक रहेको उहाँले सुझाव दिनुभयो । मातृभाषाको संरक्षणबाटै समुदायको भाषा, संस्कृति, संस्कारको संरक्षण हुने र त्यसले सम्बन्धित समुदायको पहिचान जोगाउने काम गर्नेहुनाले मातृभाषालाई जोगाउन अनिवार्य रहेको उहाँले बताउनुभयो ।
मातृभाषी पत्रकारले आफ्नो समुदायको विषयमा मात्र खुम्चिनु उचित नहुने भन्नुहुँदै उहाँले मातृभाषा पत्रकारिताको माध्यमबाट देशको अवस्था, राजनीतिको विषय तथा अन्य पक्षलाई पनि उजागर गर्नुपर्ने उहाँले सुझाउनुभयो । उपप्रमुख डंगोलले मातृभाषा विकासका लागि राज्यमा रहेका जिम्मेवार निकाय र प्रतिनिधिले सकारात्मक भएर देशको मातृभाषालाई जोगाउन योगदान दिनुपर्ने उहाँले बताउनुभयो । देश बहुभाषिक, बहुसांस्कृतिक भएकाले यो पहिचान जोगाउन भाषाको संरक्षण अनिवार्य हुने उहाँले चर्चा गर्नुभयो ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)का वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले संस्कार, संस्कृतिको संरक्षण गर्न भाषाको संरक्षण अनिवार्य शर्त भएकाले मातृभाषा पत्रकारिता जोगाउन सरकारले आवश्यक सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । नेपालको पहिचान नै बहुभाषिक, बहुसांस्कृतिक, धर्मनिरपेक्ष मुलुक बनिसकेकाले त्यो पहिचान जोगाउन पनि राज्यले मातृभाषा संरक्षणमा जोड दिनुको विकल्प नरहेको उहाँले बताउनुभयो । मातृभाषा पत्रकारिताले एकातर्फ भाषाको संरक्षण गरिरहेको र अर्कोतर्फ सम्बन्धित समुदायको आवाज सरकारसँग लग्ने र सम्बोधनमा पैरवी गर्ने तथा राज्यको नीति, नियम तथा निर्णयलाई मातृभाषी नागरिकबीच प्रवाह गर्ने काम गरिरहेको उहाँले बताउनुभयो ।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले मातृभाषाको पत्रकारिताको संरक्षण र पत्रकारको विकासको लागि सरकारले विशेष नीति ल्याउनुपर्ने माग गर्नुभयो । मुलुक संघीयता गइसकेपछि सो कार्यमा प्रदेश र स्थानीय तह अझ बढी जिम्मेवार हुनुपर्ने पनि अध्यक्ष बज्राचार्यको भनाई रहेको छ ।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक नृपेन्द्रलाल श्रेष्ठले सरकारले हरेक वर्ष प्रदान गरिने पत्रकारिता पुरस्कारमा मातृभाषाका पत्रकारहरुलाई पनि प्राथमिकतामा राख्न माग गर्नुभयो ।
सम्मेलनले आवश्यक कानुन बनाई राष्ट्रिय रुपमा मातृभाषा पत्रकारिताको विकासका लागि वातावरण बनाउन आग्रह पनि गरेको हो । वि.सं १९८२ नेपाल संवत १०४५ बुद्ध जयन्तिका दिन शुरु भएको नेवा मातृभाषाको पत्रकारिताको आगामी २०८२ सालमा सय वर्ष पुरा हुनेहुनाले २०८२ सालको शताब्दी वर्षका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ ।त्यस्तै, सम्मेलनले मातृभाषाको पत्रकारिता शुरु भएको सय वर्ष पुगेको अवसरमा पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको हुलाक टिकट प्रकाशित गर्न माग गर्दै त्यसका लागि पहल गर्ने निर्णय गरेको छ ।
मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकारको क्षमता विकासका लागि सरकारी तहबाट “धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान” अविलम्ब गठन गर्न माग गर्दै सरकारी स्तरबाट स्थापित प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, न्यूनतम पारिश्रमिक निर्धारण समिति, लगायत सरकारी सञ्चार माध्यममा मातृभाषी पत्रकारको समेत अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
सो अवसरमा अजितमान तामाङ र सुरेशकिरण मानन्धरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमाथि विभिन्न मातृभाषी पत्रकारले टिप्पणी तथा धारणा राख्नुभएको थियो । कार्यक्रममा मधेसी पत्रकार समाजका मोहन सिंह, लिम्बु मातृभाषी पत्रकार विष्णु लिम्बु, मैथिली भाषाी प्रतिनिधि रुपा झा, तामाङ पत्रकार संघका बुद्ध योन्जन तामाङ,उपेन्द्र प्रधान, शेर्पा सञ्चार समूहका पाशाङ शेर्पा लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
दोस्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन–२०७९ काठमाडौं घोषणा पत्र( पूर्ण पाठ)
१. आज भन्दा ९७ वर्ष पहिले वि।सं १९८२ साल ९नेपाल संवत १०४५० बुद्ध जयन्तिका दिन शुरु भएको मातृभाषाको पत्रकारिताको आगामी २०८२ सालमा सय वर्ष पुरा हुँदैछ । यस ऐतिहासिक अवसरमा २०८२ सालको शताब्दी वर्षका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने यो सम्मेलन घोषणा गर्दछ ।
२. विगत ८ वर्षदेखि हरेक वर्ष बुद्ध जयन्तिको अघिल्लो दिन मनाउँदै आइरहेको “मातृभाषा पत्रकारिता दिवस” लाई शताब्दी वर्षदेखि राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गर्दछ ।
३. मातृभाषाको पत्रकारिता शुरु भएको सय वर्ष पुगेको अवसरमा पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको हुलाक टिकट प्रकासित गर्न सरकार समक्ष माग गर्दै त्यसका लागि पहल गर्ने घोषणा गर्दछ ।
४. वि.सं १९८२ सालमा पहिलो पटक नेपालभाषामा बुद्धधर्म पत्रिका प्रकाशन गरी मातृभाषाको पत्रकारिता मार्फत भाषा, कला, साहित्य, संस्कृतिको विकासमा योगदान पु¥याएका इतिहास पुरुष धर्मादित्य धर्माचार्य ९जगतमान वैद्य० लाई मातृभाषाको पत्रकारिताको प्रेरक व्यक्तिका रुपमा हरेक वर्ष धर्मादित्य धर्माचार्य जन्मजयन्ती मनाउने परम्परा अब सम्पूर्ण मातृभाषी पत्रकार संघसंंस्थाले राष्ट्रिय उत्सवका रुपमा मनाउने यो सम्मेलन घोषणा गर्दछ ।
साथै, यो दोश्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन सरकार समक्ष निम्न मागहरु राख्दछस्
५. मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकारहरुको क्षमता विकासका लागि सरकारी तहबाट धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान” अविलम्ब गठन गर्न यो सम्मेलन माग गर्दछ ।
६. मातृभाषामा प्रकाशितरप्रसारित हुने पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन माध्यमका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट लोक कल्याणकारी विज्ञापनको विशेष व्यवस्था गर्न यो सम्मेलन माग गर्दछ ।
७. नेपाल सरकारद्वारा प्रदान गरिने विभिन्न पत्रकारिता पुरस्कारको सवालमा विशेष मापदण्ड बनाई मातृभाषामा पत्रकारिता गर्ने समुदायका पत्रकारलाई अनिवार्य समेट्न यो सम्मेलन सरकारसँग आग्रह गर्दछ ।
८. सरकारी स्तरबाट स्थापित प्रेस काउन्सिल, नेपाल विज्ञापन बोर्ड, न्यूनतम पारिश्रमिक निर्धारण समिति, लगायत सरकारी सञ्चार माध्यममा मातृभाषी पत्रकारको समेत अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था मिलाउन यो सम्मेलन जोडदार माग गर्दछ ।
९. भाषा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अबिलम्ब आवश्यक कानुन बनाई राष्ट्रिय रुपमा मातृभाषा पत्रकारिताको विकासका लागि वातावरण बनाउन सरकार समक्ष माग गर्दछ ।
१०. नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको विभिन्न तथ्यहरुबाट पुष्टि भइसकेको सन्दर्भमा श्री श्रेष्ठलाई अबिलम्ब महासंघको संस्थापक अध्यक्ष घोषणा गर्दै इतिहास, तथ्य र प्रमाणहरुको सम्मान गर्न पत्रकार महासंघ, नेपाल सरकार लगायत सम्बन्धित सरोकारवाला समक्ष यो सम्मेलन जोडदार माग गर्दछ ।
नेवाः पहिचानया विविध आयाम विषय राष्ट्रिय गोष्ठी जुइगु
Swoniga Online – स्वनिगः संवाददाता | २०७९ आषाढ १७, शुक्रबार वर्गीकृत
वल्र्ड नेवाः अर्गनाईजेशन, नेपाः च्याप्टरया ग्वसालय् थौंनिसे नेवाः पहिचानया विविध आयाम विषय राष्ट्रिय गोष्ठी जुइत्यंगु दु।
नेपाल भाषा व संस्कृति नाप समसामयिक विषययात कया जनमत दयकेगु, विचार विमर्श शुरुवात यायेगु उद्देश्यं थुगु ज्याझ्वः यायेत्यनागु धका नेपाः च्याप्टरया अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठं म्हिगः छगु पत्रकार याना जानकारी बियादीगु खः। उगु गोष्ठीइ न्हापागु दिं डा.मिलन शाक्यं नेवाः पहिचानया विविध आयाम विषय न्ह्यःब्बइ।
नेवाः शिक्षा व सञ्चार विषय न्हापागु सत्रय् प्रा.डा.चुन्दा बज्राचार्य न नेपाःया शिक्षाप्रणालीइ नेपालभाषा, वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरं नेपाल भाषाया पत्रकारितां ज्वनेमाःगु लँ व लिपि अध्येयता शरद कसाः न नेपाल लिपिया बारे कार्यपत्र न्ह्यब्बयादीगु ज्याझ्वः दु। न्हापागु सत्रया अध्यक्षता प्राडा ओमकारेश्वर श्रेष्ठ न यानादी।
अथेहे निगुगु सत्रय् किरण के रञ्जितं विश्वय् नेवाः, प्रेमराज शिल्पकारंण् पहिचानया लागि जुयाच्वंगु आन्दोलन व श्याम मानन्धरं नेपाल संवत् व शंखधर साख्वाया विषयय् कार्यपत्र प्रस्तुत न्ह्यब्बयादी निगुगु सत्रया अध्यक्षता डा. विजयप्रकाश सैंजु न यानादी।
अथेहे शनिबाः जुगु स्वगुगु सत्रय् जितेन्द्र बज्राचार्य न नेवाः संस्कृति गणेश, शोभा श्रेष्ठं हाकु पटासी व वरिष्ठ पत्रकार पुष्करभक्त माथेमा न नेवाः पहिचानय् अतिक्रमण विषय कार्यपत्र प्रस्तुत यानादी। उगु सत्रया अध्यक्षता इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठं यानादी।
प्यगुगु सत्रय् राजनलाल जोशीया अध्यक्षताय् नेवाः अमूर्त संस्कृति अन्तर्गत पत्रकार रत्न मनं येँया पून्हि, विराजकाजी राजोपाध्यायं ख्यः संगः व त्रिरत्न मानन्धरं दाफा बारे कार्यपत्र प्रस्तुत यानादी। अथेहे लिपागु दिं लोककवि राजभाई जकःमीं संकलन यानादीगु नेवाः पुर्खा विषय सचित्र सफू लोकापर्ण जुइगु धका पत्रकार सम्मेलनपाखे धयादीगु खः।
उगु गोष्ठीइ वंगु विषय व उकिया टिप्पणी, बहस व न्ह्यसःया आधारय् घोषणापत्र जारी जुइ धका नेपाल च्याप्टरया उपाध्यक्ष रमेशमान मुनिकारं धयादीगु खः।
‘जनताको सेवा गर्न पद हुनु र नहुने तात्विक अन्तर राख्दैन। पद भनेको अस्थायी हो –पूर्व मेयर विद्यासुन्दर शाक्य
Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ आषाढ ९, बिहिबार वर्गीकृत
काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले लहना मिडियाले विहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै आफ्नो कार्यकालमा नेपाल भाषा, संस्कृति, सम्पदा लगायत विविध क्षेत्रमा भएका राम्रा कामहरुलाई निरन्तरता नपाएमा सडकमा उत्रिने उद्घोष गरेका छन् ।
पूर्व मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा पाठयक्रम स्थानीय भाषामा पढाउने नीति अन्तर्गत झिगु येँ देय् म्हसिके (काठमाडौं चिनौं) पाठयक्रम नेपाल भाषामा कक्षा १ देखि ८ सम्म सामुदायिक र संस्थागत विद्यालयमा पढाउन शुरु गरिएको थियो । त्यस्तै परम्परागत बाजागाजाका गुरुलाई वार्षिक ३० हजार रुपैयाँ प्रदान गर्ने, मातृभाषाको पत्रकारिताको विकास, मूर्त र अमूर्त संस्कृति र सम्पदा जोगाउने जस्ता कामलाई निरन्तरता दिनुपर्ने बताउँदै मेयर शाक्यले भने।
‘मेरो कार्यकालमा नीतिगत रुपमा लागू गरिएका राम्रा विषयहरुलाई खारेज गरेर नभई भएगरेका राम्रा कामहरुलाई टेकेर अहिलेको जनप्रतिनिधिले अझ धेरै राम्रा काम गर्न सकोस् ।’
आफू पनि सानैदेखि भाषिक समानता, सांस्कृतिक समानताको लागि सडकमा आवाज उठाउने कार्यकता रहेको बताउँदै उनले भने ‘पदमा पुग्ने बितिक्कै आफूले राज्यसँग जुन जुन कुरा माग गर्दै आएको थिए, त्यही विषयलाई नीतिगत रुपमा सम्बोधन गर्न आफूले कुनै कसर बाँकी राखिनँ।’
स्थानीय पाठयक्रम स्थानीय भाषामा पढाउने बन्दोबस्तो उपत्यकाबासीले दशकौंदेखि संघर्ष र आन्दोलन मार्फत अभिव्यक्ति गर्दै आएको भावनालाई उच्च सम्मान गर्दै लागू गरिएको बताउँदै पूर्व मेयर शाक्यले भने, ‘त्यसलाई सकिन्छ भने अझ समृद्ध गरेर निरन्तरता दिइयोस् । त्यस्ता धेरै कामहरु छन् । जसले निरन्तरता पाउनै पर्दछ ।’ आफ्नो कार्यकालमा जनताका भावना, माग र एजेण्डालाई सम्बोधन गर्न आफ्नो बलबुत्ताले भ्याएसम्म अधिकत्तम प्रयास गरेको उल्लेख गर्दै अहिले पनि जनताको हितका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे। ‘जनताको सेवा गर्न पद हुनु र नहुने तात्विक अन्तर राख्दैन। पद भनेको अस्थायी हो । हिजो निर्णय गर्ने ठाउँमा थिए ।
अहिले निर्णय कार्यान्वयनको लागि सहजीकरण गर्ने, परि आएमा रचनात्मक दबाब दिन सक्छु ।’ महानगरपालिकाको मेयरको पाँच वर्षको पदावधि गत जेठ ५ गते सकिएपछि पूर्व मेयरको हिसाबले सार्वजनिक रुपमा शाक्यले बोलेको यो नै पहिलो पटक हो।
फोहोर व्यवस्थापन विषय कन्ह्यः छलफल जुइगु
Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ जेठ २६, बिहिबार वर्गीकृत
येँया फोहोर व्यवस्थापन विषय कन्ह्यः शुक्रबाः स्थानीय वासिन्दापि नाप छलफल याइगु जुगु दु।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीया प्रेस संयोजक विष्णु राईगाई न स्थानीय वासिन्दा, जनप्रतिनिधि, सुरक्षा निकायया प्रतिनिधिपि नाप सर्वपक्षीय छलफल जुइ त्यःगु दु धका धाउगु दु। ‘मन्त्री रामकुमारी झाँक्री नाप मन्त्रालयया सचिव, महाशाखा प्रमुखपि न वार्ताय् च्वनेत्यःगु खः।
येँ महानगरपालिका नाप स्वनिगया स्थानीय तह, धादिङया धुनिवेशी नगरपालिका व नुवाकोटया ककनी गाउँपालिका प्रतिनिधिपि नाप स्थानीयपि छलफलय् सहभागीताय् शहरी विकास मन्त्रालयं धाउगु दु।कन्ह्यःया बैठकं छु ठोस निर्णय याइ’ धका वयकलं धाउगु दु।
थ्व स्वया न्ह्यः वंगु सोमबाः शहरी विकास मन्त्रालय, उपत्यकाया स्थानीय तहया जनप्रतिनिधि व बञ्चरेडाँडा क्षेत्र लाउगु धादिङया धुनीवेशी नगरपालिका व नुवाकोटया ककनी गाउँपालिकाया प्रतिनिधि दथुइ सहमति जुगु खः। तर उगु सहमतिइ स्थानीयपिन्सं माने मयायेवं फोहोर ज्वना वंगु ट्रकय् अवरोध याउगु खः।
नविल र काठमाडौँ महानगरविच शौचालय सार्वजनिक प्रयोगमा ल्याउनसम्झौता
Swoniga Online | २०७९ जेठ २६, बिहिबार वर्गीकृत
नविल बैङ्कको कार्यालयमा भएका शौचालय सार्वजनिक प्रयोगमा आउने भएका छन्। यस सम्बन्धी काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहविच सम्झौता पत्रमा हस्ताक्षर भयो। सम्झौताबमोजिम बैङ्कले सार्वजनिक शौचालय लेखेको संकेत चिन्ह स्पष्ट देखिने गरी राख्नेछ । यस बोर्डमा बैङ्कले सार्वजनिक उत्तरदायित्वअन्तर्गत काठमाडौँ महानगरपालिका र नविल बैङ्क लिमिटेडको सहकार्यबाहेक अन्य कुनै पनि प्रकारका प्रचार सामग्री राख्न पाउनेछैन।
सम्झौता आउँदो ५ बर्षका लागि हो। यस अवधिमा वैङ्कले केन्द्रीय कार्यालय र शाखा कार्यालयका शौचालय सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछ। यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा बैङ्ककै हुनेछ। वैङ्कले सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्नेछैन।
यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मुल्याङ्कन गर्न दुवै पक्षबाट १÷१ जना प्रतिनिधि तोक्नेछ। उनीहरुले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन्।
सम्झौतापछि बैङ्कका प्रतिनिधि मण्डलले महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग भेटेर आफू महानगरसँग नजिक रहेर दायित्व बहन तत्पर रहेको बताउनुभएको थियो।
काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको संकेत चिन्ह तयार पारेको छ । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको हो।
गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बिच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ। संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ।
कार्यपालिका सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ
Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ जेठ २५, बुधबार वर्गीकृत
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ गराउनुभएको छ । आज राष्ट्रिय सभा गृहमा उहाँले शपथ गराउनुभएको हो ।
त्यस अवसरमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््यालसँगै राजनीतिक दलका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।
शपथ लिनुअघि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचित कार्यपालिका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित हुनुभएको छ । जेठ २४ गते राष्ट्रिय सभा गृहमा सम्पन्न निर्वाचनबाट उहाँहरु निर्वाचित हुनुभएको हो ।
नगरकार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजबादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ ।
यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट नेपाली कांग्रेका उम्मेदवार बिनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित हुनुभएको छ ।
ललितपुरका उपमेयरलाई सत्यमोहनको सुझाव
Swoniga Online | २०७९ जेठ १५, आइतबार वर्गीकृत
वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले संस्कृति अध्ययन कार्यलाई प्राथमिकतामा दिन आग्रह गर्नुभएको छ । ललितपुर महानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि आईतबार आफूलाई भेट्न आएका मञ्जली शाक्य ९आस्था० लाई शुभकामना दिँदै उहाँले सो आग्रह गर्नुभएको हो । अहिले मूर्त र अमूर्त संस्कृति संरक्षणको बहस तत् संस्कृति निरन्तरताको लागि अक्षयकोष स्थापनामा मात्र सीमित भएको स्थितिमा अब महानगरपालिकाले संस्कृति संरक्षणको बहस संस्कृति सम्बन्धी अध्ययन गर्न युवापुस्तालाई प्रोत्साहित गर्नुपर्नेस्तर सम्म पु¥याउनुपर्ने संस्कृतिविद् जोशीको भनाई थियो। वरिष्ठ संस्कृतिविद् जोशीले भन्नुभयो ‘ अमूर्त संस्कृतिको संरक्षणको लागि सो को महत्व, त्यसमा निहित दर्शन, संस्कृति संस्कार र श्रृजनशीलतालाई बुझ्नुपर्दछ ।
अत विविध कोणबाट त्यसको अध्ययन र अनुसन्धान गर्ने कार्यलाई प्रँथमिकतामा राखियोस्।त्यस सम्बन्धी नीति, कार्यक्रमहरु ल्याइयोस् ।’ भाषा, संस्कृति र सम्पदा सभ्यताको ज्यान रहेको उल्लेख गर्दै जोशीले त्यसको संरक्षणमा महानगरपालिका खरो उत्रिनको लागि प्रभावकारी र सशक्त भूमिका निर्वाह गर्न पनि जोड दिनुभयो । हरेक वर्ष ललितपुरमा सञ्चालन हुने कार्तिक नाचको मुख्य र आकर्षक रहेको नरसिंह नाच विश्वकै एउटा दुर्लभ वियोगान्त नाटक रहेको उल्लेख गर्दै त्यसबारे लेखिएको नाटकबारे जानकारी दिदै उहाँले भन्नुभयो ‘ विश्वमा अधिकाशं वियोगान्त नाटक ग्रीक साहित्यमा रहेको छ।कार्तिक नाच त्यस्तै वा सो भन्दा अनुपम र रहेको वियोगान्त नाटक हो ।त्यसको उचित प्रचारप्रसार गर्नुपर्दछ ।
सो अवसरमा उपमेयर शाक्यले ललितपुरको संस्कृति, सम्पदा संरक्षण र प्रर्वद्धन गर्न आफूले सशक्त र नतिजामुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।त्यसपछि उपमेयर शाक्यले ललितपुरका पूर्व मेयर बुद्धिराज बज्राचार्य, नेपालका अग्रणी वामपन्थी महिला नेतृ स्नेहलता श्रेष्ठसंग भेटघाट गर्नुभएको थियो । भेटमा पूर्वमेयर बज्राचार्यले आफ्नो अध्यक्षतामा रहेको ललितपुर विकासको लागि समाजले सम्पदा संरक्षणमा गर्दै आएको उल्लेख गर्दै अब अर्मूत संस्कृति संरक्षणमा लाग्ने बताउनुभयो। सम्पदा पुनःनिर्माणको आफ्नो अभियानमा उपमेयरको हैसियतले साथ र सहयोग दिन पनि उहाँले आग्रह गर्नुभयो। त्यस लगतै वामपन्थी महिला नेतृ स्नेहलता श्रेष्ठले जनताको हितलाई सधै सर्वोपरी ठानेर काम गर्न सल्लाह दिनुभयो।चुनाव जितेपछि आफूलाई भेट्न आएकोमा ९० वर्षीया नेतृ श्रेष्ठ निकै खुशी हुनुभएको थियो । उपमेयर शाक्यले निर्वाचन अघि उहाँहरु तीन जना सहित वामपन्थी नेता सिद्धिलाल सिंहको आशिर्वाद लिएर उम्मेदवारको मनोनयन दर्ता गर्नुभएको थियो।नेता सिहंलाई सोमबार भेट्न जाने बताइएको छ ।
युगकवि सिद्दीचरण युवा पत्रकारि पुरस्कार गजुर धन राइ , पारस नेपाल र लहनालाइ
Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ जेठ १४, शनिबार वर्गीकृत
युगकवि सिद्दीचरण श्रेष्ठको ११ औ जन्म जयन्ती एवं युगकवि सिद्दीचरण पुरस्कार सिस्नु पानी नेपाल तथा युगकवि सिद्दिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। युगकवि सिद्दिचरण प्रतिष्ठानले सोमबार योजना गरेको उक्त कार्येक्रममा सिस्नु पानी नेपाल तथा युगकवि सिद्दिचरण युवा पत्रकारिता पुरस्कार युवा पत्रकार गजुर धन राइ , पारस प्रकाश नेपाल र नेपाल भाषा पत्रिका लहना मिडियालाई प्रदान गरिएको हो।
उक्त अवसरमा उपराष्ट्रपति नन्द किसोर पुनबात पुरस्कृत हुनेहरुलाई सम्मान गर्नुका साथै डा। देवी नेपाल द्वारा लिखित युगकवि सिद्दिचरण कवितामा छन्द विधान पुस्तक बिमोचन गर्नु भयो।
उपराष्ट्र पति पुनले युगकवि श्रेष्ठलाई प्रगतिवादी साहित्यकार मात्र नभई क्रान्तिकारी नेताको रुपमा आफुले पाएको बताउनु भयो। सम्मानित हुने सबैमा उहाले आफ्नी जिम्मेवारीलाई अझ उचाइमा पुर्याउने आशा व्यक्त गर्नु भयो। यसै गरि नेपली सेनाका प्रधान सेनापति प्रभु राम शर्माले नेपाली साहित्य र वांगमयमा युगकविले दिएको अतुलनिय योगदानलाइ सदैब उच्च सम्मानका साथ् लिन पाएको बताउनु भयो।
जीवनका अन्तिम समयसम्म पनि नेपाली साहित्यमा कलम चलाई अमुल्य यॉगदान दिएर भावी पुस्ताका लागि प्रेरक बन्नु भएको बताउनु भयो। प्रतिष्ठानमा सम्रक्षक तथा युगकवि श्रेष्ठका ज्ष्ठ शुपुत्र रविचरण श्रेष्ठले आफ्नो पिताले समाजका बेथितिलाइ कविता मार्फत जनतामा संदेश दिएको संझेको बताउनु भयो। कार्यक्रममा युगकवि लेखिएको नेपालको प्रथम राष्ट्रिय गान , वृत्त चित्र , कवितार साहित्य वचन प्रस्तुत गरिएको थियो।
बालेनको विजय जुलुस सुरु, सुमन सायमी पनि सहभागी
Swoniga Online | २०७९ जेठ १३, शुक्रबार वर्गीकृत
काठमाडौंको मेयर जितेका स्वतन्त्र उम्मेदवार बालेन साहको विजय जुलुसमा धेरै भोट ल्याएका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी पनि सहभागी भएका छन् । राष्ट्रिय सभागृहबाट केहीबेरअघि जुलुस सुरु भएको हो ।
राष्ट्रिय सभागृहबाट सुरु भएको र्याली भद्रकाली, शहीदगेट, हुँदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्नेछ ।
त्यहाँबाट फेरि स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल, गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गरिने छ ।र्यालीमा सहभागीको संख्या ठूलो हुन सक्ने भएकाले काठमाडौंको सवारी आवागमन प्रभावित बन्ने देखिन्छ ।
६० जनालाई सत्यमोहन जोशी शताब्दी पदक
Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ जेठ ११, बुधबार वर्गीकृत
नेपाली वाङमयका शिखर व्यक्तित्व शताब्दी पुरुष डा।सत्यमोहन जोशीको योगदानलाई देशदेशान्तर पुर्याउन कुशल भूमिका निर्वाह गर्नका साथै त्रिमूर्ति निकेतनबाट गठित ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’को गरिमामय उचाइ अभिवृद्धिका लागि समेत विशिष्ट योगदान पुर्याएबापत ६० जना महानुभावलाई सत्यमोहन जोशी शताब्दी पदकु समर्पण गरिने भएको छ ।
आगामी जेठ २१ गते त्रिमूर्ति दिवसका अवसरमा निम्न लिखित महानुभावलाई ुसत्यमोहन जोशी शताब्दी पदकु समर्पण गरिने कार्यक्रम रहेको छ ।
श्री अजरमान जोशी
श्री अनुकृतिका
श्रीमती अनुराधा थापा
श्री अमर मिरिङचिङ
श्रीमती आभा श्रेष्ठ कर्ण
डा।कञ्चनजङ्घा प्रसाई
श्री कलाधर काफ्ले
श्रीमती कावेरी जोशी
श्री कृष्णगोपाल श्रेष्ठ
श्री केशवराज जोशी
श्रीमती गङ्गा मुल्मी
श्री गोपालनाथ योगी
श्रीमती चन्द्रा ओडारी
श्री जीवन आले
श्री जीवेन्द्र सिम्खडा
श्री ढण्डुराज घिमिरे
श्री तारानाथ दाहाल
श्री तुलसीहरि कोइराला
सुश्री दुर्गा वनवासी
श्रीमती देवकी श्रेष्ठ
श्री नरेन्द्रराज पौडेल
श्री नृपेन्द्रलाल श्रेष्ठ
श्री पूर्ण लामा
श्रीमती पूर्णकला लिम्बू विष्ट
श्री प्रमोद प्रधान
प्रा।प्रेमशान्ति तुलाधर
प्रा।डा।बालमानसिंह कार्की
श्री भरतमणि सुवेदी
श्री मणि लोहनी
श्री मनोज बर्मा
श्रीमती मीना बज्राचार्य
श्रीमती यमुना श्रेष्ठ
श्रीमती यशोदा अधिकारी
श्री युवराज नयाँघरे
श्री रमण घिमिरे
श्री राजकुमार रेग्मी
श्री राजितबहादुर श्रेष्ठ
प्रा।डा।राज्यश्री श्रेष्ठ
डा।लेखप्रसाद निरौला
श्रीमती लोग्सरी कुँवर
श्री वसन्त चौधरी
श्री विन्दा रखाल
श्री विराजकाजी राजोपाध्या
प्रा।डा।वीणा पौड्याल
श्री शान्तराज शाक्य
श्री शान्ति शर्मा
डा।शैलेन्दुप्रकाश नेपाल
श्री सन्तोष देवकोटा
प्रा।डा।सावित्री कक्षपती
श्रीमती सिर्जना तिमिल्सिना
श्री सुनील महर्जन
प्रा।डा।सुरज बज्राचार्य
श्री सुरेन्द्रभक्त श्रेष्ठ
श्री सुशील अर्याल
श्रीमती सुशीला तामाङ
डा।हरिप्रसाद पोखरेल ९मानसाग्नि०
श्रीमती हेमा मानन्धर
श्री ज्ञान उदास
श्रीमती ज्ञानु अधिकारी
श्री ज्ञानेन्द्र विवस ।
सत्यमोहन जोशी शताब्दी पदकु यसअघि २२६ जना महानुभावले ग्रहण गरिसक्नु भएको थियो । जेठ २१ गते नै श्री गोविन्दराज विनोदीलाई ुलेखनाथ पौड्याल पुरस्कारु, श्रीमती मिथिला शर्मालाई ुबालकृष्ण सम पुरस्कारु, श्री शैलेन्द्र साकारलाई ुदेवकोटा काव्य पुरस्कारु तथा प्रा।डा।उषा ठाकुर र श्री तारानाथ दाहाललाई ुभद्र घले पदकु पनि समर्पण गरिने कार्यक्रम रहेको छ ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो ।


