अन्तर्राष्ट्रिय नारी दिवसया लसताय् स्वम्ह पत्रकारपिन्त सम्मान
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ फाल्गुण २३, सोमबार वर्गीकृत
नेवाः पत्रकार राष्ट्रिय दबू मिसा विभागया ग्वसालय् ११२ क्वगु अन्तर्राष्ट्रिय नारी दिवसया लसताय् तःजिक हःगु दु।
“सन्चार जगतय् मिस्त“ विषय छगु अन्तरक्रियायासे स्वम्ह पत्रकारपिन्त सम्मान याउगु खः। येँ महानपालिकाया मेयर बिद्यासुन्दर शाक्य व उपमेयर हरिप्रभा खड्गी श्रेष्ठं छगु ज्याझ्वः दथुइ पत्रकारपि मन्जु बज्राचार्य, पुर्णिमा शाक्य व अनिता गुरुङपिन्त सम्मान यानादीगु खः।
सन्चार जगतय् उगु ज्याझ्वलय् येँ महानगरया मेयर शाक्यं आः याउगु ब्यवस्थां मिसापिन्त आरक्षणबिया पालिका स्तय् यक्को मिसापि उप्र प्रमुख व दुजःपि थ्यःगु दु। लिपा देय्या प्रमुख पदय् न याउक थ्यनिइगु भलसा कयादीगु खः।
अथेहे उप मेयर खड्गी श्रेष्ठं देशय् राजनैतिक ह्यूपाः हयेगु निति तक मिसापिनिगु भुमिका यक्को दु धयादिसे वयकलं वहे कारणं थौं मिसापि देय् या थीथी पदय् प्रमुख पदय् मिसापि थ्यंगु दु धका धयादीगु खः।
“सन्चार जगतय् मिस्त“ बिषय वरिष्ठ पत्रकार सुभेच्छा बिन्दुं न्ववानादीगु खः। ज्याझ्वःया कजि रचना श्रेष्ठया सभाध्यक्षताय् जुगु उगु ज्याझ्वलय नेपाल पत्रकार महासंघया न्वकु बाला अधिकारी, मधेशी पत्रकार समाजया नायः मोहन सिंह व दबूया केन्द्रिय अध्यक्ष सुरजबीर बज्राचार्यपिन्स पत्रकार ख्यलय् मिसा पत्रकारपिनिगु भुमिका बिषय न्ववानादीगु खः।
दबूया सहसचिव प्रेरणा शाक्यं लसकुस यानादीगु उगु ज्याझ्वलय् सल्लाहकारपिं रमेश काजी स्थापित, विजयरत्न असंबरे व किरण शाक्यपिनिगु न उपस्थिति दुगु खः।
प्रेस चौतारी लुम्बिनी प्रदेशको अध्यक्षमा शोभाखर पन्थी
Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ फाल्गुण २२, आइतबार वर्गीकृत
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा शोभाखर पन्थी सर्वसहमत चयन भएका छन् ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा शनिबार भएको प्रथम अधिवेशनले पन्थीको अध्यक्षतामा ४६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा दशरथ घिमिरे, लक्ष्मी तिमिल्सेना, महासचिवमा निरा गौतम, सचिवमा वेनी माधव बस्याल, ओपेन्द्र बस्नेत र कोषाध्यक्षमा एलवी थापा चयन भएका छन् ।
त्यस्तै चौतारीले ११ बुँदे घोषणा पत्र जारी गरेको छ । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले अधिवेशनको उट्घाटन गरेका थिए ।
सम्पदा संरक्षणमा सरकार छ भन्ने महसुस गराउन चाहन्छौँ—मेयर शाक्य
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ फाल्गुण २२, आइतबार वर्गीकृत
काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले धर्मकीर्ति महाविहारको विस्तारित भवन उदघाटन गर्नुभएको छ । वडा २५ स्थित श्रीघः, नघलमा पुननिर्माण सम्पन्न भएको भवनको मेयर शाक्यले उदघाटन गर्नुभएको हो । भवन पुननिर्माण गर्न २०७७ मंसिर २० गते मेयर शाक्यले शिलान्यास गर्नुभएको थियो । भवन उदघाटन अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, वडाध्यक्ष नीलकाजी शाक्यसहित पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।
भवन उदघाटन गरिसकेपछि मेयर शाक्यले, क्वाःपा, द्यःछेँ, बहाल, बही, सत्तल जस्ता गुठीले सञ्चालन गरेका सांस्कृतिक सम्पदा संरक्षण गर्न सरकार भएको महसुस गराउने प्रयास गरेको बताउनुभयो । गुठी परम्परालाई जीवन्त बनाउन समुदायको कामलाई राज्यकातर्फबाट महानगरले साथ दिन्छ । यस्ता सांस्कृतिक सम्पदा पुननिर्माण गरेर सञ्चालन व्यवस्थापनका लागि हामीले गुठीलाई नै हस्तान्तरण गर्ने गरेका छौँ । गुठीको स्वामित्व र क्रियाकलापमा हाम्रो कुनै हस्तक्षेप छैन । मेयर शाक्यको भनाइ थियो ।
‘बुद्ध दर्शनको प्रवर्धनका लागि हामीले बज्रयानी, थेरवादी र महायानी विहारको पुननिर्माण तथा त्यहाँ हुने कार्यक्रमका लागि सहयोग गरिरहेका छौँ । महानगरको सहयोगमा निर्माण भएको अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रमा धम्महल भवन उदघाटन गरिसकेका छौँ । बागबजारको बुद्ध विहार पुननिर्माण भइसकेको छ । यसको उदघाटन हुँदैछ ।’ मेयर शाक्यको भनाइ थियो ।
स्थानीय सरकार भनेको स्थानीय स्तरमा भएका सानातिना समस्या समाधान गर्न र स्थानीय पहिचान बचाउनका लागि हो । कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘सम्पदा संरक्षण गर्ने कुनै पनि योजना प्रस्तावका रुपमा आउँदा बैठकमा मतभेद हुँदेन । सर्वसम्मतले स्वीकृत गछौँ । वुद्ध दर्शनले हामीलाई विश्वभर चिनाएको छ । यो हाम्रो सम्भावना हो ।’
सम्पदाको निरन्तरताका लागि गुठीयारहरुसँग जग्गा भए काठमाडौँ महानगरपालिकाले भौतिक संरचना निर्माण गरिदिन्छ । योजना लिएर आउनोस् । उपमेयर खड्गी श्रेष्ठको भनाइ थियो ।
विहारको विस्तारित भवनको लागत ४ करोड २८ लाख रुपैयाँ हो । त्यसमध्ये पहिलो चरणमा करिब १ करोड लागतमा काम भएको थियो । यस चरणमा लागेको ९९ लाख ९९ हजार १६५ रुपैयाँमध्ये १५ प्रतिशत अर्थात् १४ लाख ९९ हजार ८७४ रुपैयाँ उपभोक्ता समितिले व्यहोरेको थियो । बाँकी ८५ प्रतिशत अर्थात् ८४ लाख ९९ हजार २९० रुपैयाँ महानगरको सहयोग हो ।
त्यसपछि गएको पुस १८ गते थप २ करोड १८ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराइएको थियो ।
महानगरले २०७७ साउन महिनामा विहारको सभा कक्षलाई आवश्यक पर्ने ध्वनी र उज्यालो व्यवस्थापन गर्न ६८ थान सामान तथा उपकरण र १ रोल केबल प्रदान गरेको थियो । यसरी उपलब्ध गराइएका सामानमा साउण्ड मिस्क्चर, माइक, बेबी लाइट लगायत थिए । महानगरले उपलब्ध गराएका यी सामानको प्रयोगले प्रवचनमा आउने स्थानीयलाई प्रवचन कक्षमा बस्न, बोलेको कुरा सुन्न सजिलो भएको छ
हामीले नेतृत्व लिएका छौँ, गुठीयार र सरोकारवालाको सहभागितामा सांस्कृतिक सहरको जीवन्तता बचाउने काम गरिरहेका छौँ — मेयर शाक्य
Swoniga Online – स्वनिगः संवाददात | २०७८ फाल्गुण २०, शुक्रबार वर्गीकृत
अन्नपूर्ण देवी (असं भलु अजिमा) को देवघर पुननिर्माणका लागि शिलान्यास भएको छ । काठमाडौँ महानगरको वडा २७ भोटाहिटीमा रहेको देव घर बनाउन आज महानगरका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको हो । यस देव घरमा असन चोकमा रहेकी अन्नपूर्ण अजिमाका गरगहना, देवीको जात्रामा निकालिने मूर्तिहरु, त्यससँग सम्बन्धित बाजागाजा र सामग्री राख्ने गरिन्छ । यस्तै बाजा प्रशिक्षण, सम्बन्धित गुठीयारहरुको बैठकलगायतका काममा घरको प्रयोग हुने गरेको छ । महानगरले यसको पुननिर्माणका लागि पहिले नै प्रयास गरेको थियो । गुठीयारविच भएको मतभेदका कारण काम अघि बढ्न सकेको थिएन ।
शिलान्यासपछि बोल्दै मेयर शाक्यले, सांस्कृतिक सम्पदाहरुको मर्मत सम्भार र पुननिर्माणका लागि गुठीयारको स्रोतले नपुग्ने देखेपछि राज्यकातर्फबाट महानगरले सहयोग गरेको उल्लेख गर्नुभयो । ‘हामीले सम्पदा पुननिर्माण गर्न लगानी गर्छौँ भनेर कार्यकालको सुरुदेखि नै भनेका थियौँ । त्यसबेला महानगरले लगानी गरेपछि सांस्कृतिक संरचना आफैँ लिन्छ भनेर भ्रम फैलियो । हामीले त्यसो भनेका थिएनौँ । पुननिर्माण गरेर सञ्चालन व्यवस्थापनका लागि सम्बन्धित गुठीयारलाई नै जिम्मा लगाउँछौँ भनेका थियौँ । गुठीयारहरुले अहिले कुरा बुझ्दै हुनुहुन्छ । त्यसैले मागको चाप पनि बढेको छ ।’
सम्पदा पुननिर्माण गर्न आफूले लगानी गर्न खोजेर पनि काम गर्न नपाएको प्रसङ्गमा मेयर शाक्यले, यिटा चपाः (सार्वजनिक घर) को उदाहरण दिनुभयो । ‘हामीले कोविड आएपछि आइसोलेसनको कुरालाई महत्व दियौँ । तर, नेपाल मण्डलमा बाहिरबाट आउने जानेले आइसोलेसनमा बस्ने परम्परा पहिले देखि थियो । यिटा चपा यसको जीवन्त प्रमाण हो । हामीले यसको पुननिर्माण गर्न चाह्यौँ तर सकेनौँ । यसको कारण भनेको स्वामित्व गुठी संस्थानसँग हुनु हो । गुठी संस्थान न आफूले बनायो न हामीलाई बनाउन सहमति दियो । त्यसैले अहिले महत्वपूर्ण ठाउँमा भएर पनि वेवारिसे जस्तो भएको छ ।’
‘सम्पदा पुननिर्माणमा हाम्रो कार्यकालमा जति अरु समयमा काम भएको छैन । भित्री र बाहिरी सहरी बस्तीको अवस्था, सामाजिक परिवेशअनुसार नवनिर्माण र पुननिर्माणमा काम गरेका छौँ ।’ शाक्यले भन्नुभयो, ‘काठमाडौँको इतिहास सम्पदासँग जोडिएको छ । यसलाई बचाएर पर्यटन व्यवस्थापनसँग अन्तरसम्बन्धित गराउँछौँ ।’
तहगत सरकारका जिम्मेवारीमध्ये संस्कृति, सम्पदा, भाषा, कला, साहित्य बचाउने जिम्मा स्थानीय सरकारकै हो । उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘हामीले सम्पदा बचाउन लिएको नीति कार्यान्वयन भएको छ । यसका परिणामहरु आउन छन् । बाँकी रहेका सम्पदा बचाउनु र नासिएकालाई पुनस्र्थापना गर्नुलाई हामीले जिम्मेवारीका रुपमा लिएर काम गरिरहेका छौँ ।’
भित्री सहरी क्षेत्रमा काठमाडौँको मौलिक परम्परासँग जोडिएका बस्ती छन् । भौतिक संरचना छन् । तिनलाई जोगाउनु हाम्रो प्रमुख काम हो । वडाध्यक्ष चिनियाँमान बज्राचार्य भन्नुहुन्छ, ‘जीर्ण भएर बनाउनु पर्ने अवस्थामा पुगेका सबैजसोमा काम थालिएको छ । कतिपयको पुननिर्माण सकिएको छ भने कतिपय निर्माण सम्पन्नताको चरणमा छन् ।’
असं भलु अजिमासँग सम्बन्धित धार्मिक सांस्कृतिक गतिविधिहरु ज्यापू, तुलाधर, शाक्य र बज्राचार्यले सञ्चालन गर्छन्। देवघरको पुननिर्माण अन्नपूर्ण द्यः छेँ उपभोक्ता समितिले गर्नेछ । समितिका अध्यक्ष रमेश महर्जनकाअनुसार देव घरको पुननिर्माण २०७९ पुस मसान्तसम्ममा सक्ने लक्ष्य छ । २ आना २ दाम जग्गामा निर्माण हुने भवन ४ तलाको हुनेछ ।
यसको पुननिर्माणका लागि महानगरले करिब ७६ लाख रुपैयाँ उपलब्ध गराउने छ । यसमा जनसहभागिता थपिनेछ।महर्जनकाअनुसार नेपाल संवत ९३१ मा देवघर पुननिर्माण भएको शिलापत्र पाइएको छ । यसको निर्माण कहिले भएको हो, मिति पाउन सकिएको छैन।
लेखा व्यवस्थापन तालिम क्वचाल
Swoniga Online – स्वनिगः संवाददात | २०७८ फाल्गुण २०, शुक्रबार वर्गीकृत
किपू नगरपालिका वडा नं. ९ या ग्वसालय् लेखा व्यवस्थापन सम्बन्धी स्वन्हुयंकंया तालिम वंगु क्वचाःगु दु।
न्हापांगु चरणय् थ्वहे फागुन ३ गतनिसें ५ गतेतक नगांया सामुदायिक भवनय् जूगु उगु तालिम निगूगु पुचःया लागि फागुन १० गतेनिसें बादेगाः सामुदायिक भवनय् जूगु खः।
वडाया महिला सञ्जालया दुजःपिंत लेखा व्यवस्थापनय् ग्वाहालि जुइमा धकाः न्ह्याकूगु प्रशिक्षणय् सुभाष शर्मा व उमेशभक्त जोशीं प्रशिक्षण बियादीगु खः।
समापन ज्याझ्वलय् किपू नगरपालिकाया मेयर रमेश महर्जन, उप– मेयर सरस्वती खड्कालगायतं प्रशिक्षणय् ब्वतिकयादीपिंत दसि पौ लःल्हानादीगु खः।
खाली जग्गामा संरचना बनाउनेभन्दा पार्क बनाएर जोगाउने हाम्रो नीति हो — मेयर शाक्य
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ फाल्गुण २०, शुक्रबार वर्गीकृत
काठमाडौँ महानगरपालिका वडा ३ धारापाटीमा रहेको सिद्धेश्वर महादेव मन्दिरको उद्घाटन भएको छ । मंगलबार शिवरात्रीको अवसर पारेर महानगरका मेयर विद्यासुन्दर शाक्यले, मन्दिर उद्घाटन गर्नुभएको हो । महानगरको जनसहभागितामा आधारित कार्यक्रमअन्तर्गत निर्माण गरिएको मन्दिर बनाउन धारापाटी सामाजिक सेवा समितिले संयोजन गरेको थियो।
धारापाटी क्षेत्रमा साढे ३ रोपनी जग्गा संरक्षण गरेर पार्क निर्माण गरिदैछ । यही जग्गामा करिब २१ लाख ९४ हजार रुपैयाँ लागतमा मन्दिर निर्माण गरिएको हो।
मन्दिर उदघाटनपछि बोल्दै मेयर शाक्यले, सम्पदा पुननिर्माणको प्रगतिमा क्रमशः सुधार हुँदै गएको बताउनुभयो। ‘स्थानीय तह गठन भएपछि पहिलो कार्यकाल भएकोले स्थानीय सरकारको स्वरुप बनाउन कानून र अन्य प्रबन्धमा काम गर्नुपर्ने थियो । यति हुँदाहुँदै पनि हामीले सुरुदेखि नै सेवा प्रवाहका लागि सुविधा सम्पन्न पूर्वाधार र सम्पदा पुननिर्माणमा प्राथमिकता दिने नीति लियौँ। विकासका परिणामहरु विस्तारै आउँछन् । हामीले गरेका कामहरु धमाधम सकिँदैछन् । कतिपय कामहरु सम्पन्न हुने चरणमा छन्। यो प्रगतिलाई मैले सकारात्मक मानेको छु।’
मेयर शाक्यले खाली जग्गामा संरचना बनाएरभन्दा पार्क बनाएर संरक्षण गर्ने नीति लिएको बताउँदै समुदाय स्तरमा समान धारणा निर्माण गर्न आग्रह गर्नुभयो।
शैक्षिक, धार्मिक र स्वास्थ्य क्षेत्र वडा ३ को विशेषता हो। यो विशेषतालाई जोगाउने कामलाई महत्व दिएर हामीले काम गरिरहेका छौँ। कार्यक्रममा वडा ३ का अध्यक्ष दीपक के. सी. ले भन्नुभयो, हामीले २ सय रोपनी जग्गा संरक्षण गरेर पार्क बनाएका छौँ। ८ किलोमिटर सडक विस्तार गरेका छौँ। भैरव, नारायण, शिव, दक्षिणकाली र गणेश मन्दिर निर्माण, पुननिर्माण र मर्मत सम्भार गरेका छौँ।
त्यस अवसरमा सहभागी स्थानीयले महानगरले अघि सारेका योजनाबाट स्थानीयबासी लाभान्वित भएको प्रतिक्रिया दिएका थिए।
वडापाखे सम्पन्न ज्या एकीकृत संगालो महानगरको प्रगति हो — मेयर शाक्य
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ फाल्गुण १९, बिहिबार वर्गीकृत
काठमाडौँ महानगरको वडा ६ सिमलटार महामृत्युञ्जय मन्दिर परिसरमा किरियापुत्री भवन उदघाटन भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्य, संघीय संसद सदस्य कृष्ण राई, वडाध्यक्ष दीपेन्द्र लामाले किरियापुत्री भवन र जय गुरुदेव भवन उदघाटन गर्नुभएको हो ।
संसद विकास कोष, महानगरपालिका, बौद्धनाथ क्षेत्र विकास समिति, उपभोक्ता समितिको लागत सहभागितामा २ तले भवन निर्माण गरिएको हो । भवनमा एक पटकमा ५ वटा परिवारले किरिया गर्न सक्छन् । भवन उदघाटनपछि बोल्दै मेयर शाक्यले, वडा क्षेत्रमा पार्क तथा हरियाली प्रवर्धनका लागि धेरै काम भएको उल्लेख गर्नुभयो । ‘
वडाबाट सम्पन्न कामहरुको एकीकृत संगालो महानगरको प्रगति हो । हामीले वडा समितिबाट हुने कामका लागि सहजीकरण गरेका छौँ । माग भएका योजनाहरु प्राथमिकताका आधारमा स्वीकृत गरेका छौँ ।’ मेयर शाक्यले भन्नुभयो, ‘तत्काल नगरि नहुने कुनै काम छन् भने ती कामहरु गर्न अझै पनि समय छ । सार्वजनिक जग्गा संरक्षण गर्न र पार्क बनाउने कामलाई प्राथमिकता दिऔँ ।’
त्यस क्रममा संघीय संसद सदस्य कृष्ण राईले, सहभागिताबाट गरिने कामहरुबाट धेरैले स्वामित्व लिन सक्ने धारणा राख्नुभयो । महामृत्युञ्जय मन्दिर परिसरमा भएका संरचना र तिनको स्वामित्व यसको उदाहरण हो । संसद सदस्य राईको भनाइ थियो ।
सिमलटार क्षेत्र यस अघि पिछडिएको थियो । हामीले यस क्षेत्रको पूर्वाधार सुधारका लागि प्रयास गरेका छौँ । उदघाटन अवसरमा वडाध्यक्ष दीपेन्द्र लामाले, टोल टोलमा गएर विकासका माग सुनुवाई गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
२ तले भवन करिब १२ लाख रुपैयाँमा निर्माण गरिएको हो ।
येँ वइपिनिगु सकसिगु स्वास्थ्य व शिक्षाया जिम्मेवारी काये—मेयर बिद्यासुन्दर शाक्य
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ फाल्गुण १९, बिहिबार वर्गीकृत
राष्ट्रिय सभा गृहय् महानगरया मेयर विद्यासुन्दर शाक्य व उपमेयरया रोहवरय् प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालं सूर्य विनायक नगरया प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल व स्तुपा सामुदायिक अस्पतालया निर्देशक पेम्बा लामानाप सम्झौता पत्रय् हस्ताक्षर यासे उगु भेन्टिलेटर उपलब्ध याउगु खः।
येँ महानगरपालिका सूर्यविनायक नगरपालिकाय् सञ्चालन याउगु सूर्यविनायक नगर अस्पतालयात छगः व येँ महानगर वडा ६ य् सञ्चालित स्तुपा सामुदायिक अस्पतालयात निगः भेन्टिलेटर लल्हाःगु दु। महानगरया भगिनी सहर तिव्वतया ल्हासा नगरंं न्यागः भेन्टिलेटर उपलब्ध याना बिउगु खः। थुगु मध्ये स्वगः भेन्टिलेटर वितरण याउगु खः ।
भेन्टिलेटर लल्हाये धुका न्ववानादिसे मेयर शाक्यं धयादीगु दु, ‘जिमिसं महानगरबासीया जक मखु। महानगरय् वइपि दक्को जनताया स्वास्थ्य व शिक्षा जिम्मा काये। थन उपचार व शिक्षाया लागि वइपि उपचार मयास्ये सु न लिहा वनेम्वालेमाः।’ शाक्यं धयादीगु दु, ‘जिमिसं येँ जिल्लाया दक्को नगरनापा नगर—नगर साझेदारी कार्यक्रम यानागु दु। न्यागु प्रदेशय् न्याः नगरनाप भगिनी सम्बन्ध स्थापना यासे पार्क व हरियाली यायेगु योजनाया लागि १ करोड ५० लाख रुपैयाँया दरं ग्वाहालि यानागु दु। ख्वपया मध्यपुर थिमी व चाँगुनारायण नगरयात न ग्वाहालि यानागु दु। थ्वया लिपा यल महानगर व गोदावरी नगरनाप न साझेदारी ज्याझ्वःया विषय खँ जुइ धुकुगु दु।’
उगु ज्याझ्वलय् सूर्यविनायक नगरया मेयर बासुदेव थापां, सूर्यविनायक नगर अस्पतालयात महानगरं भेन्टिलेटर उपलब्ध याउगुलि आकस्मिक सेवाया लागि याउसे च्वंगु दु। ‘जिमिसं संघ व प्रदेश सरकारया ग्वाहालि १ सय वेडया अस्पताल दयकेगु योजना दु। महानगरं बिउगु भेन्टिलेटर व एचडीयु व आइसीयुया लागि सामाग्री व उपकरण वये धुका आः अत्यावश्यक सेवा कायेत विरामीपि मेथाय् अस्पताल वनेमालि मखु। थुकिइ मेगु अस्पतालया चाप घटे जुइ।’ मेयर थापां धाउगु दु।
कोविडया इलय् जक मखु मानव जीवनय् स्वास्थ्य संकट वंगु इलय् न भेन्टिलेटर मदक मगाः। महानगरया उपमेयर हरिप्रभा खड्गी श्रेष्ठं धयादीगु दु, ‘जिमिसं सरकारी व सामुदायिक अस्पतालया क्षमता थकायेत ग्वाहालि यानागु दु। कोविडया इलय् विकासया ज्या दीका न स्वास्थ्य सुरक्षाया लागि ज्या यानागु दु।’ उपमेयर खड्गी श्रेष्ठं आवश्यकता व मागया आधारय् ग्वाहालि यानागु दु धका धयादीगु खः।
अमूर्त सम्पदाको धेरै पक्ष छन्, ती सबै पक्षको अभिलेखीकरण र संरक्षणमा हाम्रो ध्यान छ — मेयर शाक्य
Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ फाल्गुण १८, बुधबार वर्गीकृत
काठमाडौँ महानगरको वडा २३ मा बस्ने ख्याल प्याखँ र दवूँ प्याखँका कलाकारलाई सम्मान गरिएको छ। वडाको आयोजनाले गरेको कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले सम्मान प्रदान गर्नुभएको हो ।
सम्मानपछि बोल्दै मेयर शाक्यले, अमूर्त सम्पदाको अभिलेखीकरण र संरक्षणमा महानगरले ध्यान दिएको बताउनुभयो। ‘मूर्त सम्पदा र अमूर्त सम्पदाविच अभिन्न सम्बन्ध हुन्छ । अमूर्त सम्पदा आफैँभित्र पनि धेरै पक्ष हुन्छन् । मूर्त सम्पदाको क्षति देखिन सक्छ । अमूर्त सम्पदा क्षति तत्काल नदेखिन सक्छ। त्यसैले अमूर्त सम्पदा सम्बन्धी अभिलेखीकरण र संरक्षणमा हामीले कार्यक्रम सञ्चालन गरेका छौँ ।’
त्यस क्रममा वडाध्यक्ष मचाराजा महर्जनले, परम्परागत चालचलन जोगाउन आफूले काम गरिरहेको बताउनुभयो । पहिले मनोरञ्जनका लागि डवलीमा परम्परागत नाच देखाउने गरिन्थ्यो । प्रविधिको विकाससँगै परम्परागत मनोरञ्जनका विधिहरु ओझेलमा परेका छन् । यसलाई बचाउन कलाकारहरुलाई सम्मान गरेका हौँ । वडाध्यक्ष महर्जनको भनाइ थियो ।
त्यस अवसरमा ५५ जना कलाकारलाई सम्मान गरिएको थियो । ख्यालः प्याखँ र दबू प्याखँमा महिलाको भूमिकामा पुरुषहरुले नै अभिनय गर्ने चलन छ । बाद्यबादकले बजाएको बाजाको ताल र सुरमा नाच प्रस्तुत गर्ने गरिन्थ्यो । यसप्रकारका परम्परागत नाच, बाद्य सामाग्री, श्रृङ्गार, पोशाकको मौलिकता जोगाउन महानगरले कार्यक्रम सञ्चालन गरिरहेको छ।
रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषाको स्नातकोत्तर तह सञ्चालन गर्न १५ लाख रुपैयाँको चेक हस्तान्तरण
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ फाल्गुण १८, बुधबार वर्गीकृत
काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा नेपाल भाषाको स्नातकोत्तर तह सञ्चालन गर्न आर्थिक सहयोग थालेको छ । आज महानगरका मेयर विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा. डा. जीवनधर ज्ञवालीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । हस्ताक्षरपछि मेयर शाक्यले क्याम्पस प्रमुख ज्ञवालीलाई चालु शैक्षिक सत्रका लागि १५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
गएको कार्तिक १६ गते बसेको महानगरको ७० औँ कार्यपालिका बैठकले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन महानगरपालिकाले वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
संविधानले मौलिक अधिकारका रुपमा राखेको स्वास्थ्य र शिक्षाका क्षेत्रमा माग र आवश्यकताका आधारमा महानगरले लगानी गरेको छ । सम्झौता र चेक हस्तान्तरणपछि बोल्दै मेयर शाक्यले भन्नुभयो, ‘हामी सरकार हौँ । शिक्षाको प्रवर्धनका लागि जिम्मेवारी लिन्छौँ।
हामीसँग नेपाल भाषा अध्ययन गर्न छात्रवृत्तिका लागि माग भएको थियो । त्यो माग सुनेपछि हामीले सरकारकै शैक्षिक संरचनालाई सहयोग गरेर धेरै विद्यार्थीलाई लाभ पुग्ने गरी सहयोग गर्ने निर्णय ग¥यौँ । आधारभूत तहमा नेपाल भाषा पढाउन थालेपछि आकर्षण बढेर गयो । यसलाई माथिल्लो तहसम्म पु¥याउन हामीले पैसा दिएका छौँ । यसलाई नियमित र दिगो बनाउने जिम्मा क्याम्पसको हो ।’
स्थानीय भाषा जोगाउन स्थानीय सरकारको दायित्व पूरा गर्दै हामीले रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषा पढाउन सहयोग गरेका हौँ । सम्झौता अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, आधारभूत तहदेखि स्नातकोत्तर तहसम्म नेपाल भाषा अध्ययन अध्यापन गर्न महानगरको सहयोग रहेको बताउनुभयो । यसबाट स्थानीय चाडवाड, जात्रा पर्व, संस्कार, संस्कृति बुझ्न सहज हुने उहाँको विश्वाश थियो ।
स्नातक तह सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले सहयोग गरेको थियो । पछि विद्यार्थीहरु नभएपछि कार्यक्रम रोकिएको थियो । गएको ३ बर्ष अघि २५ जना विद्यार्थीले अध्ययन गर्न पाउन संयुक्त निवेदन दिएका थिए । क्याम्पसमा नेपाल भाषा अध्यापनको अवस्थाका विषयमा जानकारी गराउँदै क्याम्पस प्रमुख ज्ञवालीले भन्नुभयो, ‘विद्यार्थी आए तर कक्षा सञ्चालन गर्न पूर्वाधार भएन । त्यसपछि रोकिएको कक्षा चलाउन स्थानीय सरकारको जिम्मेवारी ठानेर महानगरसँग प्रस्ताव राख्यौँ । हाम्रो प्रस्तावमा महानगर सकारात्मक भएपछि रोकिएका कक्षा पुनः सञ्चालन हुन सकेका हुन् ।’ उहाँकाअनुसार अहिले स्नातकोत्तर तहमा २२ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।
महानगरले उपलब्ध गराएको रकम भवनको भौतिक संरचना निर्माण गर्ने, २ जना शिक्षकलाई तलब दिने, पुस्तकालय निर्माण गर्ने र प्रशासकीय काम गर्ने प्रयोजनमा खर्च गर्नुपर्नेछ ।


