माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने
Swoniga Online | २०७८ माघ २, आइतबार वर्गीकृत
सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
पिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश
Swoniga Online | २०७८ माघ २, आइतबार वर्गीकृत
सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ।
सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने भएको छ ।मार्क अनिवार्य गरिएको छ ।
साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् ।
हामीले जिम्मा नपाउँदा टेका अडिएका भौतिक संरचना व्यवस्थापन गर्न सकेनौँ —मेयर शाक्य
Swoniga Online – स्वनिगः संवाददात | २०७८ माघ २, आइतबार वर्गीकृत
१९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभा आयोजना गरियो । कोविड संक्रमण बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै सभामा २५ जना विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिएको थियो । यसैअनुसार बस्ने कुर्सीको प्रबन्ध गरिएको थियो । सभामा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, महानगरको कार्यपालिका सदस्यसहित अधिकारी सहभागी हुनुहुन्थ्यो ।
सभामा बोल्दै गृहमन्त्री बालकृष्ण खाँडले, विपद क्षति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार आफैँमा सशक्त र अन्तर सरकार र आन्तरिक समन्वयमा बलियो बनाउँदै लानु पर्ने बताउनुभयो । ‘नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिन्छ । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन् । त्यसैकारण कहिलेकाहीँ अप्रत्यासित जोखिम व्यहोर्नु पर्ने अवस्था छ ।’ मन्त्री खाँडले, भुकम्पीय क्षति कम गराउन सुरक्षित भवन निर्माण र कोविड १९ को संक्रमणबाट बच्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
त्यस क्रममा बोल्दै काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले, सम्भावित विपत पूर्व तयारीका लागि काठमाडौँ महानगरपालिकाले भवन निर्माण मापदण्ड कार्यान्वयनलाई कडाइ गरिएको बताउनुभयो । भूकम्पले भौतिक संरचनामा पु¥याएको क्षति व्यवस्थापन गर्न महानगरले पूर्ण क्षमतामा काम गर्न नपाएको सन्दर्भ उठाउँदै मेयर शाक्यले भन्नुभयो, ‘काठमाडौँमा अझै पनि टेकाका भरमा सांस्कृतिक संरचना अडिएका छन् । यी संरचना पुरातत्व विभाग र गुठी संस्थानको स्वामित्वमा छन् । महानगरको स्वामित्वमा भएका सबै भौतिक संरचना पुननिर्माण भएको वा निर्माणाधीन अवस्थामा छन् । टेका लगाएका भौतिक संरचना पुननिर्माण गर्न हामीलाई दिनोस्, हामीले अनुरोध गरेका हौँ । तर, जिम्मेवारी पाएनौँ।’
स्मृति सभामा महानगरको विपद व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले, वडा स्तरीय विपद व्यवस्थापन समितिमार्फत टोल टोलमा भएका जोखिमको पहिचान गर्ने र सम्भावित विपत्तिका सामना गर्न क्षमता बढाउने काम भइरहेको उल्लेख गर्नुभयो । २०७२ सालको भूकम्पलको धक्काले सिकाएको पाठ विर्सियो भने भोलि क्षतिको परिमाण झन् बढ्न सक्छ । यसलाई कम गराउन महानगरले सुरक्षित बस्ती विकासको कार्यक्रमलाई जोड दिएको संयोजक शाक्यको भनाइ थियो।
स्मृति सभामा फायर हवल्दार बद्रीप्रसाद अधिकारी, नगर प्रहरी हवल्दार विशेश्वर पण्डित, सशस्त्र प्रहरी सहायक हवल्दार उत्तमहरि श्रेष्ठलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार, आगलागी नियन्त्रणका लागि उहाँहरुले पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ । त्यस बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
यस बर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारासहित दिवसका कार्यक्रम मनाइँदैछन् । गएको बर्ष “बहु प्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा” नारा राखिएको थियो ।
यस बर्षको मुल समारोह स्वास्थ्य मापदण्ड अपनाएर ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गर्ने तालिका छ ।
दमकल भवनको अवलोकन
भूगोल पार्कको स्मृति सभापछि गृहमन्त्री खाँडलाई मेयर शाक्यले, जुद्ध बारुण यन्त्र कार्यालय भवनको निरीक्षण अवलोकन गराउनुभएको थियो । ‘दमकल भवन पुरानो र जीर्ण छ । मन्त्री खाँडलाई मेयर शाक्यले भवनको माथिल्लो र तल्लो तलामा अग्नि नियन्त्रक बस्ने कक्ष र खाना बनाउने कक्ष देखाउँदै भन्नुभयो, ‘अरुलाई बचाउन २४ सै घण्टा तैनाथमा रहने अग्नि नियन्त्रकहरुलाई भने असुरक्षित भवनमा राख्नु परेको छ । यसलाई पुननिर्माण गरेर व्यवस्थित बनाउन हामीले पुरातत्व विभागलगायत निकायलाई धेरै पटक अनुरोध ग¥यौँ । तर अहिलेसम्म काम गर्न पाइएन । भवनका कक्षहरु चर्किएर बस्न नमिल्ने अवस्थाका छन् । २०७२ सालको भूकम्पको कम्पनले जीर्ण बनेको भवन पुननिर्माण गर्न पाएनौँ । यसका लागि मन्त्रीज्यूले सहयोग गरिदिनु प¥यो । महानगरले यो भवन पुननिर्माण गर्ने योजना बनाएको छ । तर पुरातत्व बिभागको सहमति प्राप्त गर्न नसकेर योजना अड्किएको छ ।’
भवन अवलोकनका क्रममा दमकलहरुको पनि अवलोकन गरिएको थियो । काठमाडौं बारुण यन्त्र कार्यालय (जुद्ध बारुण यन्त्र कार्यालय) मा चालु अवस्थाका नयाँ दमकल, १९९४, २००१ र २०१५ सालका ३ वटा पुराना दमकल, २ वटा ल्याडर, १ वटा मिनी दमकल, एउटा हलुका र एउटा हेभी रेस्क्यु ट्रक, एउटा पानी ट््याङ्की र एउटा लाइट पोर्टेवल पम्पलगायत आगलागी नियन्त्रण तथा उद्धार कार्यमा प्रयोग हुने उपकरण तथा साधन छन् । महानगरले नयाँ सडकको बारुण यन्त्र सेवालाई विस्तार गरेर वडा ६ को रामहिटीबाट पनि सञ्चालन गरेको छ।
प्रेस चौतारी काठमाडौं जिल्लाको अध्यक्षमा मुकुन्द भुसाल सर्वसम्मत
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ पौष २८, बुधबार वर्गीकृत
प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिको अध्यक्षमा मुकुन्द भुसाल सर्वसम्मत चयन भएका छन् ।
मंगलबार सम्पन्न पाँचौं अधिवेशनले भुसालको नेतृत्वमा ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा श्रीराम तिवारी, समावेशी उपाध्यक्षमा सुभद्रा धिताल र सचिवमा लक्ष्मण शर्मा चयन भएका छन् । त्यस्तै सह-सचिवमा पुष्पा अपधकारी र जीपी पौडेल साथै कोषाध्यक्षमा रामचन्द्र कार्की छानिएका छन् ।
सदस्यहरूमा रामेश्वर ढकाल, श्रीकृष्ण ढकाल, केशव घिमिरे, सुजित पुडासैनी, आशीष केसी, शर्मिला सुवेदी, सावित्री बस्नेत, सावित्री लुईंटेल, विकल सापकोटा, चिलराम भण्डारी र चेतनारायण पण्डित चयन भएका छन् ।
राजाराम न्यौपाने, राजेन्द्र तामाङ, सुशील पुरी, जनक पोखरेल, प्रवेश पाण्डे, मेनुका कार्की, मिना अर्याल, रूपचन्द्र महर्जन, रुपा निरौला र विनोद ढकाल, कमल पन्थी, भरत बुढाथोकी, उत्सव बजगाईं, रुपा घिमिरे, सुव्रत मनु, विपिन पोखरेल, मेनुका श्रेष्ठ, सुवास थापा, विनोद दंगाल र राजकुमार सिलवाल पनि सदस्य छन् ।
सदर चिडियाखाना अवलोकने मास्क अनिवार्य
Swoniga Online | २०७८ पौष २८, बुधबार वर्गीकृत
सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रूपमा सरकारले जारी गरेको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने भएको छ।
अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन÷छुन नपाउने, स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्ने छ ।
आउँदा दिनमा कोरोना सङ्क्रमण बढ्दै गए थप स्वास्थ्य सुरक्षा पालना गरिने भएको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै यसअघि झैँ हरेक दिन बिहान १० देखि बेलुकी ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ।
ज्यापु महागुथि येँ महानगर समितिको अध्यक्षमा पंचनारायण महर्जन
Swoniga Online | २०७८ पौष २६, सोमबार वर्गीकृत
ज्यापु महागुथि नेपाः येँ महानगर समितिको एकीकृत अधिवेशन सम्पन्न नयाँ नेतृत्वका लागि अध्यक्ष, उपाध्यक्ष २, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षका साथै १४ जना सदस्यहरुको लागि निर्वाचन गरिएकोमा दुई उपाध्यक्ष, सहसचिव, सहकोषाध्यक्ष तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए भने अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि निर्वाचन गरिएको थियो ।
अध्यक्ष पदका लागि नरदेवीका न्हुछेकाजी महर्जन, गोफः त्वाःका पंचनारायण महर्जन र वतु त्वाःका सुरेन्द्र महर्जनको उम्मेदवारी परेको थियो । जसमा अध्यक्ष पदमा पंचनारायण महर्जन ३६० मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी न्हुछेकाजी महर्जनले १७१ मत र सुरेन्द्र महर्जनले ८ मत प्राप्त गरेका थिए ।
यसैगरी सचिव पदमा किलाघः त्वाःका मचाराजा महर्जन ३२४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी शर्मिला सुवाल डंगोलले २०६ मत प्राप्त गरेका थिए । यस्तै कोषाध्यक्ष पदमा भिमसेनस्थानका जुजुकाजी महर्जनले ३६१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी राजु रत्न महर्जनले १२४ मत प्राप्त गरेका थिए ।
महागुथिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष कृष्ण नारायण महर्जन र उपाध्यक्ष (महिला), नानी हेरा महर्जन, सहसचिव रजिना डंगोल, सहकोषाध्यक्ष नानी हेरा डंगोल चयन भएका छन् ।
यसैगरी खुल्ला सदस्यमा श्याम कृष्ण प्रजापति, राजन महर्जन, श्रीकृष्ण महर्जन, कृष्ण महर्जन, मचाराजा महर्जन, श्याम महर्जन, कुलनारायण डंगोल, सूर्यमान महर्जन, दिनेश महर्जन चयन भएका छन् भने महिला सदस्यमा विद्यालक्ष्मी डंगोल, बिमला महर्जन (डंगोल), कमला महर्जन, सजनी महर्जन र सुनिता महर्जन डंगोल चयन भएका छन् ।
फोनिजको बागमती प्रदेश अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ पौष २३, शुक्रबार वर्गीकृत
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको बागमती प्रदेश अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। बिहीबार हेटौँडामा सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट श्रेष्ठ नेतृत्वको नयाँ समिति सर्वसम्मत चयन गरेको हो।
उपाध्यक्षहरूमा राजेश रुम्बा र डोल्मा शेर्पा, महासचिवमा श्याम राना मगर, सचिवहरुमा राजु नापति र शिशिर दोङ, कोषाध्यक्षमा शंकर श्रेष्ठ निर्वाचित भएका छन्। सदस्यहरुमा पासाङ शेर्पा, मीना श्रेष्ठ, कमला तामाङ, पुर्णबहादुर मगर, उद्दवकुमार श्रेष्ठ, अर्बिन्द्रमान सिंह, सरोज लामा, पासाङ घिसिङ चयन भएका छन्।
यस्तै, रवीन्द्र सिन्जाली मगर, दिक्की डोल्मा शेर्पा, फुर्वा तामाङ, सन्जय चौधरी र हिरालाल गुरुङ सदस्य चयन भए। लेखा संयोजकमा राजेन्द्र मानन्धर, सदस्यहरुमा दोलख गुरुङ र राकेश चौधरी चयन भएका हुन्।
अनुशासन समिति संयोजकमा बाबुकाजी श्रेष्ठ निर्वाचित भए भने सदस्यहरूमा रिदेन महर्जन र रसिया श्रेष्ठ रहेका छन्।
मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई सम्मान
Swoniga Online | २०७८ पौष १७, शनिबार वर्गीकृत
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई आज सम्मान गरिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय पाठ््यक्रमका रुपमा नेपाल भाषाको पठनपाठन सुरु गरेर नेपाल भाषा, लिपी र संस्कृतिको जगेर्नामा योगदान पु¥याएकोले उहाँहरुलाई सम्मान गरिएको हो । उहाँहरुको सम्मानमा नेवाः स्यनामि दबू, नेपाल मण्डलले कार्यक्रम आयोजना गरेको थियो ।
नेपाल भाषा पठनपाठन सुरु गर्ने निर्णय ऐतिहासिक हो । यसले स्थानीय चालचलन, रीतिरिवाज, धर्म संस्कृति, जात्रा पर्व र ठाउँको यथार्थ जान्ने वातावरण बनेक छ । सही सूचना दिने ठाउँ नभएर यस अघि नेपाल भाषा अपभ्रंस हुँदै मौलिक बस्तु र ठाउँको पहिचान नै परिवर्तन हुने अवस्थामा पुगिसकेको थियो । सम्मान कार्यक्रमका आयोजकले, महानगरले पठनपाठन गराउन थालेको स्थानीय पाठ्य पुस्तक ‘येँ दे म्हसीके’, भाषा प्रशिक्षणका लागि सहायक प्रशिक्षकको नियुक्ति, संस्थागत विद्यालय पनि स्थानीय पाठ्यक्रम लागु गर्नका लागि मेयर उपमेयरको नेतृत्वमा भएको नीतिगत निर्णयले स्थानीयको भाषिक अधिकारलाई सुनिश्चित गराएको भन्दै प्रशंशा गरेका थिए ।
सम्मानपछि बोल्दै मेयर विद्यासुन्दर शाक्यले स्थानीय भाषा, कला, संस्कार, संस्कृति, सम्पदा, साहित्य र सिर्जना जोगाउन सरकारकोतर्फबाट जिम्मेवारी पूरा गरेको बताउनुभयो । यसबाट काठमाडौँका मौलिक ठाउँ, खाना र चलनको यथार्थ ज्ञान थाहा हुनेछ । मेयर शाक्यले थप्दै भन्नुभयो, ‘नेपाल भाषाको अध्ययनका लागि आधारभूत तहमा पाठ््यक्रम कार्यान्वयनमा आइसकेको छ । यसलाई माध्यमिक तहसम्म पु¥याउँछौँ । यस्तै विश्वविद्यालयको स्नातकोत्तर तहमा अध्यापन गराउन त्रिभुवन विश्वविद्यालयलाई सहयोग गरेका छौँ ।
हामी निर्वाचित भएपछि स्थानीय भाषा, लिपी, सम्पदा र संस्कृति जोगाउन गरिएका प्रयासमध्ये स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याउनु एउटा महत्वपूर्ण काम हो । कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘हामीले धेरै काम गरेका छौँ । काठमाडौँ संघीय राजधानी भएकोले साना र नियमित काम देखिँदैनन् । हामी सरकार भएको अनुभूति गराउने प्रयास गरिरहेका छौँ ।’
कार्यक्रममा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले संस्थागत विद्यालयहरुमा नेपाल भाषा पढाउन सहायक प्रशिक्षकहरु तयार भइरहेको बताउनुभयो । त्यस्तै जनकवि दुर्गालाल श्रेष्ठले, नेपाल भाषा विग्रिनबाट बचाउन महानगरले गरेको प्रयास चर्चा योग्य भएको बताउनुभयो । नेवाः स्यनामिका उपाध्यक्ष कृष्णभक्त मानन्धर, सचिव बरुणप्रसाद वैद्य, महानगरको सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठलगायत वक्ताले विद्यालयहरुमा नेपाला भाषा पठ्न विद्यार्थीहरुमा उत्साह देखिएको बताउनुभयो ।
त्यस क्रममा नेपाल भाषाको पाठ््यक्रम लागु गर्ने निर्णय कार्यान्वयनमा उल्लेखनीय भूमिका खेल्नु भएका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी, शिक्षा अधिकृत मोती खनाल, सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, सहायक विज्ञ सुरेशकिरण मानन्धरलाई सम्मान प्रदान गरिएको थियो ।
काठमाडौँ महानगरको १० औँ नगरसभा पुस २८ गते
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ पौष १६, शुक्रबार वर्गीकृत
काठमाडौँ महानगरपालिकाको १० औँ नगर सभा पुस २८ गते हुने भएको छ । आज मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७२ औँ कार्यपालिका बैठकले अधिवेसनको मिति तोकेको हो। स्थानीय सरकार सञ्चालन ऐन ०७४ को दफा १९ को उपदफा ४ मा गाउँ र नगरसभा सम्बन्धी व्यवस्था छ। यो ऐनसँगै बागमती प्रदेशको कानून र महानगरको नगर सभा सञ्चालन सम्बन्धी कार्यविधि ०७४ का आधारमा अधिवेसनको मिति तय गरिएको हो।
बैठकले ‘काठमाडौँ महानगरपालिका संक्षिप्त वातावरण अध्ययन तथा प्रारम्भिक वातावरणीय अध्ययन कार्यविधि २०७८’ लाई संशोधनसहित स्वीकृत गरेको छ । यसै गरी ‘बाल अधिकार संरक्षण तथा सम्बर्धन सम्बन्धी कार्यविधि २०७८’ तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ।
बैठकमा मेयर शाक्यले, मतदाता नामावली संकलन कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन निर्वाचन आयोगलाई जनशक्ति तथा भौतिक सहयोग उपलब्ध गराउन तयार रहेको बताउनुभयो । यस अघि नामावली संकलन गर्दा वडास्तरबाट गरिएको र यसपटक पनि यसैगरी गर्नुपर्ने कार्यपालिका सदस्यहरुले धारणा राखेपछि बैठकका अध्यक्ष एवं महानगरका मेयर शाक्यले यस्तो बताउनुभएको हो । ‘मैले जिल्ला निर्वाचन अधिकृतसँग र प्रमुख निर्वाचन आयुक्त दुवैजनासँग कुरा गरेको छु । यही कुराकानीकै आधारमा सभा गृहमा महानगरबासी मतदाताको नामावली संकलन भइरहेको हो । अहिले दैनिक १ सय जनाको मात्र नाम संकलन भएको खवर पाएको छु । यसलाई व्यापक र सबैको पहुँचमा पु¥याउन महानगरकातर्फबाट दिनुपर्ने सहयोग दिन तयार रहेको कुरा आयुक्तसँग भनेको छु । उहाँहरुले माग नगरी दिन नसकिने भएकोले पर्याप्त हुन नसकेको हो।’
त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, स्थानीय निर्वाचन २०७४ बाट निर्वांचित भइसकेपछि काठमाडौँ महानगरका नीति र कार्यक्रम निर्विवाद कार्यान्वयनमा आएको बताउँदै संस्थागत र व्यक्तिगत उचाइ बढाउँदै जाने प्रयास भइरहेको बताउनुभयो।
त्यस्तै कार्यपालिका सदस्यहरु मचाराजा महर्जन, नीलकाजी शाक्य, शुद्धकुमार डंगोल, दलबहादुर कार्कीले विविध विषयमा बोल्दै, नगर सभाबाट जारी भएका ऐन, कार्यविधि र मार्गदर्शन तथा कार्यपालिका बैठकबाट भएका निर्णय कार्यान्वयनको समीक्षा गर्नुपर्ने, ‘काठमाडौँ महानगरपालिका सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि २०७८’ लाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनु पर्ने, खानेपानी र विद्युत जस्ता भौतिक विकासमा काम गर्ने साझेदारसँग निर्माण कार्यमा समन्वय गर्नुपर्ने, कोविड भ्याक्सिन खोपको विद्युतीय प्रमाणिकरणको चाप व्यवस्थापन गर्नुपर्ने, वडास्तरमा मतदाता नामावली संकलन व्यवस्था गर्नुपर्नेलगायत विषय उठाउनु भएको थियो।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतसहित पदाधिकारीहरु हुनुहुन्थ्यो।
एमसीसी राष्ट्रिय हित अनुकुल बनाएर पारित गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड
Swoniga Online | २०७८ पौष १६, शुक्रबार वर्गीकृत
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे धेरै बोल्न नपर्ने बताएका छन्।
आठौं राष्ट्रिय महाधिवेशन प्रज्ञा भवनमा जारीे बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले भनेका छन्, ‘एमसीसीबारे धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ, त्यही रुपमा बुझ्नु होला ।’ उनले भनेका छन्। प्रचण्डले परिमार्जनसहित राष्ट्रिय हित अनुकुल बनाएर पारित गर्ने भनेका थिए।
बन्दसत्रमा भएको छलफलमा अधिकांश सहभागीले एमसीसी खारेज गर्नुपर्ने मत राखेका थिए।


