add
Display Style: 
Column Style

ऊर्जा मन्त्री पम्फा भुसालले छत्रपाटी चिकित्सालयमा अक्सिजन प्लान्ट ऊर्जा समुदघाटन

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ पौष ३, शनिबार वर्गीकृत

आज काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको अक्सिजन प्लान्ट ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले समुदघाटन गर्नु भइको छ।

उक्तm कार्यक्रममा मन्त्री भुसालले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत् पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पुर्याउन पनि सबै क्षेत्रलाई आग्रह गरेकी छन् । मन्त्री भुसालले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्दै लैजान सरकार लागि परेको पनि बताइन् । सरकारले विद्युतको खपत बढाउन विद्युतको महशुल दर समेत घटाएको उनको भनाइ छ।

चिकित्सालयका अध्यक्ष डा.मनोजमान श्रेष्ठको सभापतित्वमा  भइको उक्तm कार्यक्रममा काठमाडौ महानगरपालिका १७ वडाध्यक्ष नबिन मानन्धरको पनि उपस्थिति थियो।

मनकामना केबलकार भोलीदेखी चारदिन बन्द

Swoniga Online | २०७८ पौष ३, शनिबार वर्गीकृत

मनकामना केबलकार मर्मतसम्भार गर्नुपर्ने भएकाले चार दिन बन्द हुने भएको छ। स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो।

मनकामना केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ। मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सञ्चालन हुनेछ।

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो।

बस दुर्घटना हुदा एकको मुत्यु पाँच घाइते

Swoniga Online | २०७८ पौष ३, शनिबार वर्गीकृत

धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी०३३०पी१३७५ नम्बरो बस पलियामा दुर्घटना भएको हो।

उक्तm बस दुर्घटना हुँदा चार वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी दुर्घटना पाँच जना घाइते भइको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा परेर अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ वर्षीय विष्णु थापाको मृत्यु भएको हो । अन्य पाँच जना घाइते छन् ।

घाइतेहरूको भारतमै उपचार भइरहेको छ भने मृतकको शव पनि भारतमै छ।

सहज र सरल स्वास्थ्य सेवाका लागि हामीले लगानी बढाएका छौँ — मेयर शाक्य

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ पौष २, शुक्रबार वर्गीकृत

२७ औँ महानगर दिवसका अवसरमा काठमाडौँ महानगरले आयोजना गरेको वृहत स्वास्थ्य शिविरबाट २ हजार २६९ जनाले सेवा लिएका छन् । यसमध्ये १ हजार ४१० जनाले साधारण स्वास्थ्य परीक्षण गराएका छन् । शिविरबाट ४३ जना जेष्ठ नागरिकलाई निमोनियाँको खोप दिइयो। यस्तै ७८८ जनाको ल्याव परीक्षण गराइयो। यसमा व्लड सुगर, एल्बोमिन, हेमोग्लोविन, टीजी, कोलेस्ट्रोललगायतका परीक्षण गराइएको थियो।

महानगर दिवसको मूल समारोहसँगै चलाइएको शिविरमा २८ जनाको कोविड परीक्षणका लागि पिसीआर गरिएको थियो।

शिविरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्यकर्मीलाई खोप प्रदान गर्दै निमोनियाँ खोप कार्यक्रम सुरु गर्नुभएको थियो। त्यसपछि उहाँले रगतबाट मधुमेहको परीक्षण गराउनुभएको थियो। शिविरमा महानगरको स्वास्थ्य कार्यक्रमका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाक्यले, सरल, सहज स्वास्थ्य सेवाका लागि महानगरले यस क्षेत्रमा लगानी बढाएको बताउनुभयो । महानगरले सञ्चालन गर्ने सेवासँगै विशेषज्ञ स्वास्थ्य सेवाका लागि सरकारी र सामुदायिक अस्पतालको क्षमता विस्तारमा हाम्रो लगानी छ। यो लगानीबाट महानगरबासीलाई लाभ हुन्छ नै । उहाँहरुसँगै देशका विभिन्न ठाउँबाट उपचारका लागि काठमाडौँ आउनु हुने विरामी र परिवारलाई पनि सहज हुनेछ।

निमोनिया विरुद्धको खोप कार्यक्रम वडा स्तरबाट चल्नेछ । अहिले हामी खरिद प्रक्रियाबाट खोप प्राप्त गर्ने चरणमा छौँ । जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर भन्नुहुन्छ, ‘खोप प्राप्त गर्न करीव १ महिना अवधि चाहिएला । त्यसपछि हाम्रो कार्यक्रम चल्नेछ।’

कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित

Swoniga Online | २०७८ पौष १, बिहिबार वर्गीकृत

नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएको छ।

निर्वाचन समितिका अनुसार थापाले ३,०२३ र विश्वप्रकाश शर्माले १,९८४ मत पाएर निर्वाचित भएको हो।

अरु महामन्त्री पदका उम्मेदवारमा डा. प्रकाशशरण महतले १,५५०, प्रदीप पौडेलले १,४०९, डा. मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत पाए । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन।

कांग्रेसको महामन्त्रीमा गगन थापाको अग्रता

Swoniga Online | २०७८ पौष १, बिहिबार वर्गीकृत

नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा गगनकुमार थापाले सुरुदेखि नै अग्रता लिइरहनु भएको छ । अहिले सम्म १५ सय मत गन्दा थापाले ९५५ मत प्राप्त गर्नु भएको छ।

त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको ६६० र डा. प्रकाशशरण महत ४९१, प्रदीप पौडेल ४४९, डा.मिनेन्द्र रिजाल २७५ र डा.राजाराम कार्कीको ४६ मत छ ।

अग्रता लिइरहेका थापा डा. शेखर कोइराला समूहबाट र शर्मा प्रकाशमान सिंहको समूहबाट महामन्त्रीको उम्मेदवार हुनुहुन्छ ।

महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना चयन हुनेछन् । सभापतिमा देउवा र उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित हुनुभएको छ।

रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा घोषणा

Swoniga Online | २०७८ पौष १, बिहिबार वर्गीकृत

रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन्।

नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका रिजालले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।

सर्लाहीमा आगोमा जलेर दुई बालिकासहित तीन जनाको मृत्यु

Swoniga Online – स्वनिगः संवाददात | २०७८ पौष १, बिहिबार वर्गीकृत

कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा उनकी दुई छोरीको मृत्यु भएको छ ।

आगलागीमा जलेर उनका ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया छोरी सोगन्धी कुमारीको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । जलेर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाउने क्रममा बाटोमै मृत्यु भएको हो ।सुधा कुमारी स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भई घर फर्केको प्रहरीले जनाएको छ ।

सर्लाहीको मलंगवा नगरपालिका–६ खुटौना बस्ने ७० वर्षीय नसिर खाँको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगो ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किएको थियो । त्यसपछि नालीमा खसेर छटपटाइरहेको अवस्थामा प्रहरीले उद्धार गरी उनलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्लाहीका आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

एमसीसी बोर्ड बैठकमा नेपालको हालसम्म प्रगतिबारे समीक्षा

Swoniga Online | २०७८ पौष १, बिहिबार वर्गीकृत

अमेरिकी अनुदान सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बोर्ड बैठकमा नेपालको हालसम्मको प्रगतिबारे समीक्षा भएको छ ।

हालै प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाललाई एमसीसी संसदमा लैजाने तयारी गर्न निर्देशन दिएको समाचारहरू सार्वजनिक भएका छन् ।

एमसीसीको बोर्ड बैठकमा एमसीसी–नेपाल कम्प्याक्टको हालसम्मको प्रगतिबारे छलफल भएको थियो । त्रैमासिक बोर्ड बैठकपछि जारी विज्ञप्तिमा नेपालको समीक्षा गर्दै निकट भविष्यमा ५ सय मिलियन अमेरिकी डलर अनुदान सहयोगलाई अनुमोदन गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई ध्यानमा राखेको उल्लेख छ ।

नेपालले एमसीसीको पाँच वर्षे अनुदान कार्यक्रम स्वीकार गर्ने कि नगर्ने भनेर निर्णय गर्न ढिलाइ गरेकाले एमसीसीले अब नेपाललाई सहायता दिने निर्णय रद्द गर्ने अनुमान थियो । तर निर्णय नगरेकाले नेपाल सरकारले अनुदान सहायता स्वीकार गर्नेमा एमसीसी बोर्ड आशावादी भएको देखिन्छ।

सामुदायिक संस्थाको क्षमता विकास गरेर गुणस्तरीय शिक्षा प्रवर्धन गर्न लगानी गरेका हौँ — प्रमुख शाक्य

Swoniga Online | २०७८ मङ्सिर २८, मंगलबार वर्गीकृत

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले मदन भण्डारी कलेज भवनको शिलान्यास गर्नुभएको छ । आज महानगरको वडा १० देवीनगरमा कलेज परिसरमा नयाँ भवन निर्माणका लागि शिलान्यास भएको हो । त्यस अवसरमा प्रदेश सभा सदस्य दीपक निरौलासहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 

शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख शाक्यले, शैक्षिक गुणस्तर सुधारका लागि महानगरले लगानी बढाएको बताउनुभयो । महानगर आफैँले दायित्व निर्वाह गर्नु पर्ने, संघ र प्रदेश सरकारका शैक्षिक संस्था र सामुदायिक शैक्षिक संस्थाहरुलाई आवश्यकताका आधारमा सहयोग गरेका छौँ । प्रमुख शाक्यको भनाइ थियो ।

सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाकाअनुसार, चालुृ आर्थिक बर्षमा कार्यक्रम सकिने गरी महानगरले ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्नेछ । यसको पहिलो किस्ता प्रदान गरिसकिएको छ । बाँकी रकम कामको प्रगतिका आधारमा दिइनेछ ।

कलेजका अनुसार भवन निर्माणको लागत १० करोड रुपैयाँ हो । यो यसै बर्षको असार मसान्तभित्र निर्माण सम्पन्न हुनेछ ।

Pages