हामीले अहिले गरेका काम स्थानीय सरकारको जग हुन् : मेयर शाक्य
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ आश्विन २५, सोमबार वर्गीकृत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सुविधासम्पन्न आफ्नै केन्द्रीय भवन बन्ने भएको छ । भूमिगत तलासहितको ८ तले सो भवनको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभयो । हालको वातावरण विभाग रहको जमिनको करीब ६ रोपनी क्षेत्रफलमा सो भवन भन्न लागेको हो । भवनको शिलान्यास गर्दै प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै उक्त भवन शिलान्यास गरेको जानकारी दिनुभयो ।
‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौ भनेर घोषणा गरेका थियौँ,’ शाक्यले भन्नुभयो, ‘सेवाग्राहीले सेवा लिने ठाउँ सेवाग्रही मैत्री हुनुपर्छ भनेर त्यहि अनुसार अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन चाहेका थियौँ । विभिन्न कारणले त्यहाँ केन्द्रीय भवन बनाउन सम्भव भएन । आज केन्द्रीय भवनको यहाँ शिलान्यास भयो । उद्घाटन हाम्रो यो कार्यकालमा हुँदैन । तर, अहिले हामीले गरेका काम स्थानीय सरकारको जग हुन् ।’ उहाँले हरिभवनलाई बागदरबार भनेर विवाद झिक्दै त्यहाँ भवन निर्माण गर्न नदिएकोप्रति पनि गुनासो गर्नुभयो । उहाँले राम्रो कामको सुरुवात गर्न समयसिमा नुहने भन्दै आफ्नै कार्यकालमा सिलान्यास हुँदा खुशी लागेको बताउनुभयो । ‘रुख रोप्नु ठूलो कुरा हो,’ उहाँले भन्नुभयो, ‘यो भवन हाम्रो यो कार्यकालमा सम्पन्न हुँदैन । त्यसैले हामीले रुख रोपेका हौँ । रुखको फल कस्ले खान्छ भन्ने ठूलो कुरा होइन ।’
उहाँले सेवाग्रहीले सेवा लिने ठाउँ सेवाग्राही मैत्री हुनुपर्छ भनेर नै सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण गरिरहेको जानकारी दिनुभयो । ‘अहिले महानगरपालिकाका कार्यालय धेरै ठाउँमा छरिएर रहेकाले सेवाग्राहीलाई सेवा लिन समस्या हँदै आएको छ,’ शाक्यले भन्नुभयो, ‘हामीले एउटै थलोबाट भोलि होइन आज, आज होइन अहिले नै सेवा दिनुपर्छ भन्ने प्रतिवद्धता अनुसार हामीले सेवा दिन सकिरहेका थिएनौँ । अब यो भवन निर्माणपछि सेवा सहज र सुलभ हुने र सबैले एउटै स्थानबाट सेवा प्राप्त गर्ने अपेक्षा गरेका छौँ ।’
उहाँले केन्द्रीय भवन पनि सुविधासम्पन्न हुने जानकारी दिनुभयो । ‘हामीले जिम्मेवारी सम्हाल्नु अघिसम्म अधिकांश वडा कार्यालय भवनबाट सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न समस्या हुने गरेको थियो,’ उहाँले भन्नुभयो, ‘अब सबै वडालाई समयानुकुल विकास गर्दै लैजान्छौँ । वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेका छौँ । हामीले निर्माण गरेका र निर्माण भैरहेका सबै वडा भवनको बाहिरी स्वरुप एकै खालको र मौलिकता झल्किने हुनेछ ।’ हरिभवनमै केन्द्रीय कार्यालय बनाउने योजना भए पनि केहीले व्यक्तिगत स्वार्थ राखेर गरेको विरोधका कारण सम्भव नभएको भन्दै उक्त भवनको शिलान्यास गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
उहाँले निरन्तर जनताको सेवामा रहने हो भने राजनीतिमा पूर्णविरामा नहुने नहुने पनि प्रष्ट पार्नुभयो । ‘म जनताको चाहनाले मेयर भनेको हुँ,’ उहाँले भन्नुभयो, ‘त्यसैले जनताको सेवा गर्दा केही विवाद आउँछन् । ती विवादबाट भागेर होइन व्यवस्थापन गरेर अघि बढ्नुपर्छ ।’
उहाँले विगतमा रानीपोखरी, धरहरा, दरबार हाइस्कुल, कमलपोखरी पुर्ननिर्माणका सिलसिलामा विवाद गर्नेहरुले पनि अहिले पश्चताप गरिरहेको बताउनुभयो । ‘अहिले महाराजगञ्जमा निर्माण गर्न लागेको दमकल भवनका सन्दर्भमा पनि केहीले विवाद गर्न खोजेका छन्,’ उहाँले भन्नुभयो, ‘हामी सबैसँग बसेर छलफल गरेर व्यवस्थापन गरेर अघि बढ्छौँ ।’
कार्यक्रममा संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलगायतले पनि सम्वोधन गर्नुभएको थियो ।
महानगरपालिकाले दिएको जनकारी अनुसार करीब ६ रोपनी क्षेत्रफलमा बन्ने सो भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकलका लागि पार्किङको व्यवस्था गरिएको छ । भूकम्प प्रतिरोधी सो भवनको भवन मापदण्ड अनुसार वरीपरी ५ मिटर छाडिएको छ भने भूमिगत तलामा भविष्यमा थप २५ वटा गाडी मेकानिकल प्रविधिबाट थप गर्न सकिने छ ।
काठमाडौँ महानगरपालिका सहरी योजना आयोगमा उपाध्यक्ष सरोज बस्नेतले काठमाडौँ महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई ध्यानमा राख्दै समय सापेक्ष ढंगबाट सो भवनको डिजाइन तयार गरिएको जानकारी दिनुभयो । ‘काठमाडौँ महानगरपालिकामा प्रचलित परम्परागत चोकको अवधारणामा आधारित डिजाइन तयार गरेका छौँ,’ बस्नेतले भन्नुभयो, ‘प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन÷ कर्मचारी÷ आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागी आवश्यक स्थान छुट्याइएको छ । त्यसैगरी पहुँचयोग्य शौचालयको सुविधा र विपदको समयमा प्रयोग गर्न सकिने गरि आपतकालीन मार्ग तथा सुरक्षित भर्याङ रहेका छन् ।’
त्यसैगरी आकाशे पानी संकलन तथा पर्याप्त फिल्टरेशन प्रणाली सहितको रिचार्ज पिट समावेश गरिएको पनि महानगरपालिकाले जानकारी दिएको छ । ‘भवनको जमिन तलादेखि सता तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौँ तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै हल निर्माण गरिने छ,’ काठमाडौँ महानगरपालिकाका वरिष्ठ इन्जिनियर प्रेमबहादुर श्रेष्ठले भन्नुभयो, ‘भवनको मोहोडा आधुनिक शैलीको हुनेछ । यो भवन ९२ हजार ६८ वर्गफुटको निर्माण हुँदैछ ।’
उहाँले दिएको जानकारी अनुसार भवन अपाङ्ग र जेष्ठ नागरिकमैत्री हुनेछ । ‘अपाङ्गता भएका र जेष्ठ नागरिकका लािग १० जना क्षमताका दुई वटा लिफ्ट हुनेछ,’ उहाँले भन्नुभयो,’ ‘यो भवन २०८० असोज मसान्तासम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालीले पाएको छ ।’ उहाँका अनुसार भवनको कार्यादेश ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ । भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ प्रालीले तयार पारेको हो ।
काठमाडौँको विकास हेर्न, सुन्न र महसुस गर्न सक्ने ठाउँमा पुगेको छ — प्रमुख शाक्य
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ आश्विन २५, सोमबार वर्गीकृत
काठमाडौँ महानगरपालिकाले वडा ६ को रामहिटीमा साहित्यकारहरुका लागि सुविधा सम्पन्न भवन निर्माण गरिदिने भएको छ । त्यसका लागि सदन नेपालको परिसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन शिलान्यास गर्नुभयो ।
यो भवन साहित्यकारहरुका लागि आवासीय सुविधासहितको हुनेछ । भवन शिलान्यासपछि बोल्दै प्रमुख शाक्यले, काठमाडौँको विकास हेर्न, सुन्न र महसुस गर्न सकिने ठाउँमा पुगेको बताउनुभयो । ‘हामी स्थानीय निर्वाचनको दौरानमा हिँड्दा बेलुका कपडा हेर्नै नहुने गरी मैला भएको हुन्थ्यो । ननुहाई हुँदै हुँदैनथ्यो । अहिले त्यो अवस्था छैन । कोविडको महामारीमा हामीले धेरै समय त्यत्तिकै खर्च गर्नु प¥यो । नत्र काठमाडौँ अर्कै भइसक्ने थियो ।’ शाक्यको भनाइ थियो ।
हामीले पैसा हेरेर विकास योजना बनाएका छैनौँ । योजना तर्जुमा गरेर त्यसअनुसारको पैसा छुट््याएका छौँ । पैसा जति छ त्यतिको योजना बनाउँदा जनताका आवश्यकता पूरा हुँदैनन् । प्रमुख शाक्यले, मूर्त अमूर्त सम्पदाको ममर्त सम्भार र जीर्णोद्धार, शिक्षा र स्वास्थ्यका क्षेत्रमा थप लगानी हुँदै गरेकाले काठमाडौँ बस्न र हेर्न लायक सहर बन्दै गएको बताउनुभयो ।
त्यस क्रममा संघीय संसद सदस्य कृष्ण राईले, योजनाहरु शिलान्यास हुने तर उद्घाटन गर्न नपाइने उदाहरुण सुनाउँदै साहित्य सदनको भवन समयमा निर्माण सम्पन्न हुने अपेक्षा गर्नुभयो । जुन प्रयोजनका लागि भवन निर्माण हुने हो, त्यही प्रयोजनका लागि प्रयोग हुनुपर्ने बताउँदै उहाँले, कुनै पनि कारणले काम रोकिनु नहुने बताउनुभयो ।
त्यस क्रममा वडा ६ का अध्यक्ष दीपेन्द्र लामाले, आफ्नो वडामा दमकल भवन स्थापना भइसकेको, साहित्य सदन शिलान्यास भएको, ठूला पार्क केही निर्माण सम्पन्नताको चरणमा पुगेको र केही निर्माणाधीन अवस्थामा रहेको उल्लेख गर्दै, स्थानीयका माग सम्वोधन गर्न वडाबाट प्रशस्त बजेट विनियोजन भएको बताउनुभयो । ठूलो वडा भएकोले लगानी गर्ने ठाउँ पनि प्रशस्तै छन्, लामाको भनाइ थियो ।
त्यस क्रममा वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोललले, साहित्य सदनको निर्माणपछि साहित्य र सिर्जनाका क्षेत्रमा ठूलो आयाम थपिने उल्लेख गर्नुभयो । त्यस्तै सदनका उपाध्यक्ष प्रा. डा. हेमनाथ पौडेलले महानगरले साहित्यकारहरुको सम्मानमा लगानी बढाएपछि आफूहरुले परिवर्तनका लागि गरेको योगदान सरकारले स्मरण गरेको आफूहरुले अनुभूति गरेको उल्लेख गर्नुभयो ।
महानगरका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भूमिगतसहित भवन ५ तलाको हुनेछ । साहित्य सदन रहेको भवन परिसरको कि. नं. ११५ को २ रोपनी ११ आनामध्येको पश्चिमतर्फ भवन निर्माण हुनेछ । भवनको भूमिगत तला पार्किङ्का लागि प्रयोग गरिनेछ । जमिन र पहिलो तला कार्यालय प्रयोजनका लागि प्रयाग गरिनेछ । दोस्रो र तेस्रो तलामा अतिथि आवास गृहका रुपमा सञ्चालन हुनेछ । त्यस्तै ८० जनासम्म अट्ने क्षमताको बैठक कक्ष पनि हुनेछ ।
इञ्जिनियर श्रेष्ठकाअनुसार भवनको भूमिगत, जमिन र पहिलो तला २ हजार ४० दशमलव ५३ बर्गफुटका हुनेछन् । दोस्रो तला २ हजार १२४ दशमलव ५६ बर्गफुट र तेस्रो तला १ हजार ६८७ दशमलव ४९ वर्गफुटको हुनेछ । भवन जम्मा ९ हजार ९७६ दशमलव ९१ वर्गफुटको हुनेछ ।
भ्वनमा ६ जना अट्ने लिफ्ट जडान हुनेछ । भवन अपाङ्गतामैत्री र जेष्ठनागरिक मैत्री हुनेछ ।
आउँदा बर्षको भदौ मसान्तभित्र (१२ महिनामा) निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण थालिएको भवनको सम्झौता रकम भ्याटसहित ४ करोड ३ लाख ५८ हजार ९९४ रुपैयाँ रहेको छ । यसको निर्माण सुनकोशी प्रजिल जे. भी. ले गर्दैछ।
काठमाडौँले महानगरबासीका लागि उपचार दिएर पुग्दैन, त्यसअनुपातमा हामीले स्वास्थ्य क्षेत्रमा लगानी बढाएका छौँ — प्रमुख शाक्य
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ आश्विन २४, आइतबार वर्गीकृत
काठमाडौँ महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालकातर्फबाट कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीले हस्ताक्षर गर्नुभयो ।
हस्ताक्षरपछि बोल्र्दै प्रमुख शाक्यले महानगरले स्वास्थ्य क्षेत्रमा गरेको लगानीको विषय उल्लेख गर्दै, कोविड उपचार र रोकथामका लागि काठमाडौँ महानगरको लगानी स्थानीय सरकारकातर्फबाट एकै पटक गरिएको सबैभन्दा धेरै भएको बताउनुभयो । ‘काठमाडौँबाहिर कसैलाई विशेषज्ञ स्वास्थ्य सेवा आवश्यक प¥यो भने काठमाडौँ आउनु पर्छ । यसरी उपचारका लागि आउनेहरुको सहजताका लागि हामीले अस्पतालको क्षमता बढाउन लगानी गरिरहेका छौँ । हामी चाहन्छौँ, उपचारका लागि कसैले पनि काठमाडौँ आउन नपरोस् । उपचार आफ्नै ठाउँमा पाउन सक्नुहोस् । यसले गर्दा विरामीका परिवारको आर्थिक बोझ कम हुन्छ । यसका लागि काठमाडौँ महानगरले जिल्ला बाहिरको स्वास्थ्य सेवा सुधारमा सहयोग गरिरहेको छ ।’ प्रमुख शाक्यको भनाइ थियो ।
यसरी सहयोग गर्दा चिकित्सक र विरामी दुवैको आत्मविश्वाश बढेको पायौँ । यो आत्मविश्वाशले रोग छिटो निको हुन सहयोग पुग्ने प्रमुख शाक्यको भनाइ थियो । त्यस क्रममा उहाँले दक्षिणकाली नगरमा पर्ने प्रसिद्ध धार्मिक दक्षिणकाली मन्दिर क्षेत्रको सुधारका लागि १ करोड रुपैयाँ र सार्वजनिक ठाउँमा हरियाली पार्क बनाउन १ करोड रुपैयाँ महानगरले आर्थिक सहयोग गरेको बताउनुभयो।
त्यस क्रममा अस्पतालका कार्यवाहक अध्यक्ष शाहीले, मनमोहनको क्षमता विकास भएपछि काठमाडौँसहित ललितपुर र मकवानपुरका विरामीलाई उपचारमा सहज हुने बताउनुभयो । अक्सिजन प्लान्ट स्थापना भएपछि अस्पतालले दिने उपचारको स्तर र खर्चमा सहयोग पुग्ने बताउनुभयो।
सम्झौताबमोजिम महानगरले प्लान्ट चलाउन १५ लाख रुपैयाँ अनुदान दिनेछ । अस्पतालले अन्य स्रोतबाट रकम थपेर प्लान्ट स्थापना गर्नेछ । सम्झौताबमोजिम सञ्चालन हुने प्लान्टमा ‘काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित’ लेख्नुपर्नेछ ।
म्हानगरले उपलब्ध गराएको रकमको प्रचलित व्यवस्थाबमोजिम लेखापरीक्षण गराएर अन्तिम प्रतिवेदन अस्पतालले महानगरलाई बुझाउनुपर्नेछ।
नेवाः जातीय महासंघ गठन
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ आश्विन २४, आइतबार वर्गीकृत
नेवाः जातिय महासंघको तदर्थ कार्य समिति गठन गरिएको छ । नेवाः समुदायका विभिन्न १८ वटा जातीय संगठनको भेलाबाट आज महासंघको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । भेलाले खड्गी सेवा समितिका संरक्षक मनोज नेवाःलाई समितिको अध्यक्ष चयन गरेको छ । त्यस्तै स्यस्यः समाजका दानदास श्रेष्ठलाई उपाध्यक्ष चयन गरेको छ ।
त्यसैगरी, राजोपाध्याय समाजका बिराजकाजी राजोपाध्याय महासचिव पदमा चुनिएका छन् भने रजक समाजका किरण मघैयालाई सचिव पदमा बसेका छन् । कोषाध्यक्षको जिम्मेवारी पुतुवार नगरकोटी राजवाहक विकास समाजका सागर पुतुवारले पाएका छन् । चार जना सदस्यमा नेपाल तण्डुकार समाजका सुरेश तण्डुकार, बलामी समाजका बेखराम वलामी, कपाली समाजका श्यामकृष्ण दर्शनधारी र नेपाल माली समाजका अमर मालीलाई राखिएको छ ।
१८ वटा जातिय संगठनका प्रतिनिधि साथै संचारकर्मी, नेवाः अभियानकर्मीसमेतको भेलाले महासंघ तदर्थ कार्य समितिको चयन गरेको हो । तदर्थ कार्य समिति चयन पछि नेवाः देय् दबूका पूर्व सचिव साथै अध्येता जितेन्द्र विलास बज्राचार्यले समितिका पदाधिकारी र सदस्यलाई खादा ओढाउनुभयो ।
महासंघ तदर्थ समितिका अध्यक्षमा चयन भइसकेपछि बोल्दै नेवाःले नेवाः समाजको शक्तिको रुपमा रहेको जातिय समाजको शक्ति एकै ठाउँमा संचय गर्दै थप उर्जाशील भएर समग्र समाजको उत्थानको लागि अघि बढ्ने बताउनुभयो । ‘हरेक गतिविधि, आन्दोलनमा यहि जातिय संगठनहरु नेवाः समुदायको शक्ति बनेर अग्रपंक्तिमा उभिएको छ, तर जातिय संगठनहरुलाई जहिल्यै कार्यकर्ताकै दर्जामा मात्र राखियो । अब हामी सबै संगठित हुँदै थप उर्जाका साथ आफ्नो हक अधिकारको लागि अघि बढ्नेछौं’ नेवाःले भन्नुभयो । महासंघमा हाल १८ वटा जातिय संगठनको संलग्नता रहेकोमा आवश्यकता अनुसार अन्य जातीय समाज पनि थप्ने र आवश्यक प्रकृयामा अघि बढ्ने बताउनुभयो ।
महासंघले आउँदो कार्तिक ६ गते तिहार र नेपाल सम्वतको नयाँ वर्ष ११४२ को शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
बागमती प्रदेशले ल्यायो एग्रिगेटर सूचना बैंक
Swoniga Online – स्वनिगः संवाददात | २०७८ आश्विन २३, शनिबार वर्गीकृत
बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उदेश्यले एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा आएको छ । उक्त सूचना बैंकको आज आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर अजयक्रान्ति शाक्यले हेटौँडामा उद्घाटन गर्नुभयो । उद्घाटनपछि सम्वोधन गर्दै मन्त्री शाक्यले बागमती प्रदेशको सूचना बैंकमा अब प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट उपलब्ध हुने जानकारी दिनुभयो । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम सञ्चार रजिष्ट्रार कार्यालयमार्फत एग्रिगेटर सूचना बैंक सञ्चालनमा आएको हो । मन्त्री शाक्यले नेपालमा पहिलो पटक बागमती प्रदेशमा सूचना बैठक सञ्चालनमा आउनु गर्वको बिषय भएको बताउनुभयो । ‘१४ वटा कार्यालयको सूचना अब सूचना बैंकमा आउनेछ,’ मन्त्री शाक्यले भन्नुभयो, ‘बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहका सूचना आउने सक्ने गरी यसको विकास गरिनेछ।’
उहाँले सूचना बैंकलाई व्यवस्थित गर्न निर्देशक समितिले निर्देशन दिने पनि बताउनुभयो । ‘अब बागमती प्रदेशको सूचना प्राप्त गर्न एउटै सूचना बैंकबाट सम्भव हुन्छ,’ मन्त्री शाक्यले भन्नुभयो, ‘बागमती प्रदेशले सूचना प्रविधिलाई आत्मसाथ गर्दै अघि बढिरहेको छ भन्ने यो एउटा सफल उदाहरण हो।’
मन्त्री शाक्यले मन्त्रालयले बागमती प्रदेशका सबै ऐन कानून एपमा राखेर चाँडै ल्याउने गृहकार्य गरिरहेको पनि जानकारी दिनुभयो । ‘त्यसका लागि मन्त्रालय निरन्तर लागिरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामीले जिम्मेवारी सम्हालेदेखि नै यो मन्त्रालय अन्तरगर्तका काममा निरन्तर लागिरहेका छौँ ।’ आन्तरिक मामिला तथा कानून मन्त्रालय सचिव मदन भुजेलले सूचना बैंकको प्रभावकारीता र उपयोगितालाई बढाउनु पर्नेमा जोड दिनुभयो । बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले सूचनाका उपभोक्ताले सूचना प्राप्त गर्न सम्बन्धित कार्यालयको वेवसाइट सर्च गर्नु नपर्ने भन्दै सूचना बैंकको पोर्टलमा सर्च गरेपछि १४ वटै कार्यालयका वेवसाइटमा राखिएका सूचना पाउन सक्ने गरी सूचना बैंक बनाइएको बताउनुभयो।
गभर्नेस अटोमेसन सोलुसनले तयार गरेको सूचना बैंकमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय,भौतिक पूर्वाधार बिकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय,प्रदेश नीति तथा योजना आयोग, सञ्चार रजिष्ट्रारको कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, यातायात पूर्वाधार निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वेवसाइटमा राखिएका सूचना सूचना बैंकमा संग्रहित गराइएको छ।
प्रदेश सूचनाको हक सम्बन्धी ऐन, २०७६ को दफा ३, ४ र ५ बमोजिम प्रदेश सरकारले सरकारी तथा सार्वजनिक निकायबाट प्रकाशित नागरिकसँग सरोकार राख्ने र सार्वजनिक महत्वको सूचनाहरु संकलन, भण्डारण र वितरण गर्न सूचना बैंक उपयोगी हुने भएकोले सूचना बैंकको स्थापना गरिएको जानकारी दिइएको छ।
सूचना बैंकको सुरुवातसँगै आधिकारिक सार्वजनिक सूचनाहरु छिटो तथ सहज रुपमा प्राप्त गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्न, डिजिटल नेपाल र डिजिटल बागमती प्रदेश बनाउने सरकारको उद्देश्यलाई साकार पार्न प्रदेशका सबै मन्त्रालय र अन्तर्गतका कार्यालयका सूचनालाई एक ठाउँमा केन्द्रित गरी सूचनाका उपभोक्तासम्म पुरयाउन उपयोगी हुनेछ।
हाल प्रदेशका १४ वटा कार्यालयका वेवसाइटमा राखिएका सूचना तथा अन्य महत्वपुर्ण सामग्री सूचना प्रविधिको प्रयोग मार्फत तत्कालै सूचना बैंकमा संग्रहित हुने पनि जानकारी दिइएको छ।
काठमाडौँलाई मानवीयताको सहर बनाउँछौँ, यहाँ कोही भोकै पर्दैन, भोकले कोही मर्दैन — प्रमुख शाक्य
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ आश्विन २०, बुधबार वर्गीकृत
सडकमा वेसहारा जीवन विताइरहेका व्यक्तिहरुको व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माण हुने भएको छ । नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराउने, जग्गामा भवन निर्माणको काम काठमाडौँ महानगरपालिकाले गरिदिने र सेवा सञ्चालन मानव सेवा आश्रमले गर्नेगरी त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुृभएको हो । यसका लागि काठमाडौँ महानगरपालिकाले २०७८ असोज १२ बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको थियो । यसैगरी नागार्जुन नगरपालिकाको गएको असार २१ ग्ते सम्पन्न नगरसभाले निर्णय गरेको थियो ।
नागार्जुन नगरपालिका वडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि. नं. ८२ र १८९ को करीब १८ रोपनी जग्गामा नगरपालिकाकै नाममा आश्रम निर्माण गरिनेछ । भवनको नाम ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ हुनेछ । यहाँ रहने व्यक्तिहरुको लिंग, उमेर समूह, शारीरिक तथा मानसिक अवस्था, आवश्यकता र प्रकृतिजस्ता अवस्थाका आधारमा छुट््याएर अधिकतम मानवीयताको प्रवद्र्धन गर्ने गरी सेवा सञ्चालन र व्यवस्थापन गर्ने काम मानव सेवा आश्रमले गर्नेछ । विभिन्न कारणहरुबाट घरवारविहिन भएर काठमाडौं जिल्लाभित्रका विभिन्न सडक किनाराहरु तथा मठ मन्दिरजस्ता सार्वजनिक ठाउँका खुल्ला आकाशमुनि कष्टपूर्ण जीवनयापन यापन गर्ने व्यक्तिहरुलाई उद्धार गरेर यस आश्रममा राखिनेछ ।
उद्धार, उपचार, पालन पोषण त्यसपछि पारिवारिक पुनर्मिलन गराउनु कार्यक्रमको लक्ष्य हो । उपत्यकालाई सहयोगापेक्षी सडक मानवरहित सहर बनाउन र मानवता प्रवर्धनको कामलाई दिगो बनाउन यस अघिदेखि नै सडकका मानिसहरुलाई उद्धार, उपचार र पारिवारिक पुनमिलन गराउने काम भइरहेको छ ।
सम्झौतापछि महानगरका प्रमुख शाक्यले, सहरका कुनै पनि ठाउँमा खुल्ला आकाशमुनि कसैले पनि कष्टकर जीवन विताउनु नपरोस् भन्नका लागि आश्रम बनाउन लागिएको बताउनुभयो । ‘काठमाडौँ मानवीयताको सहर हो । यहाँ शारीरिक तथा मानसिक रुपमा अशक्त, मनोरोगी, अनाथ, अपाङ्गता भएका, अशक्त तथा सहयोगापेक्षी कसैले पनि भोकै बस्नु पर्दैन । वेसहारा हुनु पर्दैन । जसको कोही हुँदैन । उसका लागि सरकार छ ।’ शाक्यले जोड्दै भन्नुभयो, ‘कोही नहुने वेसहारालाई उद्धार, उपचार, पालन पोषण र आवश्यक भए शिक्षादीक्षाजस्ता आधारभूत मानवीय आवश्यकताको परिपूर्ति यसै आश्रमबाट हुनेछ ।’
त्यस क्रममा नागार्जुन नगरका प्रमुख बस्नेतले, अहिले काठमाडौँ महानगर र नागार्जुन नगरविचबाट थालिएको सहकार्य विस्तारै जिल्लाका सबै नगरसँग जोडिने विश्वाश व्यक्त गर्नुभयो ।
मानवीयता जोगाउने प्रयासका लागि गरिएको यो महत्वपूर्ण सम्झौता हो । महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘योजना निर्माण हुनु र क्षेत्रगत सहकार्य थालिनु आफैँमा नमूना काम हो ।’
सम्झौताबमोजिम सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माण र निर्माणपछि भवनका लागि चाहिने फर्निचरका लागि निर्धारण हुने सबै रकम बहुबर्षिय योजनाअन्तर्गत काठमाडौँ महानगरपालिकाले व्यहार्नेछ । प्रक्रियाबाट माग भएको रकम काठमाडौँ महानगरपालिकाले नागार्जुन नगरपालिकालाई उपलब्ध गराउनेछ । जग्गामा भवन निर्माण गर्न आवश्यक प्रक्रिया पूरा गर्ने, आफ्नो नाममा नक्सा तथा भवनको स्वामित्व कायम गर्ने, निर्माण गर्न ठेक्का लगाउने, निर्माण अवधिभर नियमित अनुगमन, सुपरीवेक्षण तथा गुणस्तर नियन्त्रण गर्ने काम नागार्जुन नगरपालिकाले गर्नेछ ।
उद्देश्यअनुसारको प्रयोजनमा प्रयोग गर्न भवन हस्तान्तरण योग्य भएपछि सञ्चालनका लागि मानव सेवा आश्रमलाई जिम्मा दिइनेछ । सेवा सञ्चालनमा रहँदा भवनको संरक्षण तथा सदुपयोग गर्ने विषयमा महानगरसँग आवश्यक समन्वय गर्ने काम नागार्जुन नगरपालिकाको दायित्वमा राखिएको छ ।
भवनको मुल प्रयोजन विपन्न, अशक्त, असहाय, सडक सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनमा प्रयोग गर्नका लागि हुनेछ । यस्ता व्यक्तिको उद्धार, उपचार र पालनपोषण गरेका सहयोगापेक्षीको परिवारसँग पुर्नमिलन गराउँदा सञ्चालक मानव सेवा आश्रमले काठमाडाँै महानगरपालिका र नागार्जुन नगरपालिकाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, स्थानीय सुरक्षाकर्मीको रोहवरमा गर्नु पर्नेछ । यदि उद्देश्यअनुसार मानव सेवा आश्रमले भवनको व्यवस्थापन तथा प्रयोग नगरेमा वा हुन नसकेमा महानगर र नगरको संयुक्त निर्णयबाट सम्झौता भंग हुन सक्ने सर्त तथा बन्देजमा उल्लेख छ ।
सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न र भविष्यमा मानव सेवा आश्रम संचालन व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन आवश्यक नीति तर्जुमा गर्ने, निर्णय गर्ने तथा कामकारवाहीलाई निर्देशन गर्ने उद्देश्यले काठमाडौँ महानगरका प्रमुखको संयोजकत्वमा ४ सदस्यीय निर्देशक समितिको व्यवस्था गरिएको छ । समितिको सदस्यमा नागार्जुन नगरपालिकाका प्रमुख, मानव सेवा आश्रमका अध्यक्ष र काठमाडौँ महानगरपालिका वा नागार्जुन नगरपालिकाले तोकेका कार्यालयका विषयसम्वद्ध पदाधिकारी १÷१ जना रहनुहुनेछ ।
निर्देशक समितिले तोकेका पदाधिकारीहरु रहेको एक भवन निर्माण तथा व्यवस्थापन उपसमिति गठन हुनेछ । उपसमितिले निर्देशक समितिले तोकेबमोजिम काम गर्नेछ ।
यसै बर्ष निर्माण कार्यको थालनीकाठमाडौँलाई मानवीयताको सहर बनाउँछौँ, यहाँ कोही भोकै पर्दैन, भोकले कोही मर्दैन — प्रमुख शाक्य
सडकमा वेसहारा जीवन विताइरहेका व्यक्तिहरुको व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माण हुने भएको छ । नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराउने, जग्गामा भवन निर्माणको काम काठमाडौँ महानगरपालिकाले गरिदिने र सेवा सञ्चालन मानव सेवा आश्रमले गर्नेगरी त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुृभएको हो । यसका लागि काठमाडौँ महानगरपालिकाले २०७८ असोज १२ बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको थियो । यसैगरी नागार्जुन नगरपालिकाको गएको असार २१ ग्ते सम्पन्न नगरसभाले निर्णय गरेको थियो ।
नागार्जुन नगरपालिका वडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि. नं. ८२ र १८९ को करीब १८ रोपनी जग्गामा नगरपालिकाकै नाममा आश्रम निर्माण गरिनेछ । भवनको नाम ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ हुनेछ । यहाँ रहने व्यक्तिहरुको लिंग, उमेर समूह, शारीरिक तथा मानसिक अवस्था, आवश्यकता र प्रकृतिजस्ता अवस्थाका आधारमा छुट््याएर अधिकतम मानवीयताको प्रवद्र्धन गर्ने गरी सेवा सञ्चालन र व्यवस्थापन गर्ने काम मानव सेवा आश्रमले गर्नेछ । विभिन्न कारणहरुबाट घरवारविहिन भएर काठमाडौं जिल्लाभित्रका विभिन्न सडक किनाराहरु तथा मठ मन्दिरजस्ता सार्वजनिक ठाउँका खुल्ला आकाशमुनि कष्टपूर्ण जीवनयापन यापन गर्ने व्यक्तिहरुलाई उद्धार गरेर यस आश्रममा राखिनेछ । उद्धार, उपचार, पालन पोषण त्यसपछि पारिवारिक पुनर्मिलन गराउनु कार्यक्रमको लक्ष्य हो । उपत्यकालाई सहयोगापेक्षी सडक मानवरहित सहर बनाउन र मानवता प्रवर्धनको कामलाई दिगो बनाउन यस अघिदेखि नै सडकका मानिसहरुलाई उद्धार, उपचार र पारिवारिक पुनमिलन गराउने काम भइरहेको छ ।
सम्झौतापछि महानगरका प्रमुख शाक्यले, सहरका कुनै पनि ठाउँमा खुल्ला आकाशमुनि कसैले पनि कष्टकर जीवन विताउनु नपरोस् भन्नका लागि आश्रम बनाउन लागिएको बताउनुभयो । ‘काठमाडौँ मानवीयताको सहर हो । यहाँ शारीरिक तथा मानसिक रुपमा अशक्त, मनोरोगी, अनाथ, अपाङ्गता भएका, अशक्त तथा सहयोगापेक्षी कसैले पनि भोकै बस्नु पर्दैन । वेसहारा हुनु पर्दैन । जसको कोही हुँदैन । उसका लागि सरकार छ ।’ शाक्यले जोड्दै भन्नुभयो, ‘कोही नहुने वेसहारालाई उद्धार, उपचार, पालन पोषण र आवश्यक भए शिक्षादीक्षाजस्ता आधारभूत मानवीय आवश्यकताको परिपूर्ति यसै आश्रमबाट हुनेछ ।’
त्यस क्रममा नागार्जुन नगरका प्रमुख बस्नेतले, अहिले काठमाडौँ महानगर र नागार्जुन नगरविचबाट थालिएको सहकार्य विस्तारै जिल्लाका सबै नगरसँग जोडिने विश्वाश व्यक्त गर्नुभयो ।
मानवीयता जोगाउने प्रयासका लागि गरिएको यो महत्वपूर्ण सम्झौता हो । महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘योजना निर्माण हुनु र क्षेत्रगत सहकार्य थालिनु आफैँमा नमूना काम हो ।’
सम्झौताबमोजिम सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माण र निर्माणपछि भवनका लागि चाहिने फर्निचरका लागि निर्धारण हुने सबै रकम बहुबर्षिय योजनाअन्तर्गत काठमाडौँ महानगरपालिकाले व्यहार्नेछ । प्रक्रियाबाट माग भएको रकम काठमाडौँ महानगरपालिकाले नागार्जुन नगरपालिकालाई उपलब्ध गराउनेछ । जग्गामा भवन निर्माण गर्न आवश्यक प्रक्रिया पूरा गर्ने, आफ्नो नाममा नक्सा तथा भवनको स्वामित्व कायम गर्ने, निर्माण गर्न ठेक्का लगाउने, निर्माण अवधिभर नियमित अनुगमन, सुपरीवेक्षण तथा गुणस्तर नियन्त्रण गर्ने काम नागार्जुन नगरपालिकाले गर्नेछ ।
उद्देश्यअनुसारको प्रयोजनमा प्रयोग गर्न भवन हस्तान्तरण योग्य भएपछि सञ्चालनका लागि मानव सेवा आश्रमलाई जिम्मा दिइनेछ । सेवा सञ्चालनमा रहँदा भवनको संरक्षण तथा सदुपयोग गर्ने विषयमा महानगरसँग आवश्यक समन्वय गर्ने काम नागार्जुन नगरपालिकाको दायित्वमा राखिएको छ ।
भवनको मुल प्रयोजन विपन्न, अशक्त, असहाय, सडक सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनमा प्रयोग गर्नका लागि हुनेछ । यस्ता व्यक्तिको उद्धार, उपचार र पालनपोषण गरेका सहयोगापेक्षीको परिवारसँग पुर्नमिलन गराउँदा सञ्चालक मानव सेवा आश्रमले काठमाडाँै महानगरपालिका र नागार्जुन नगरपालिकाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, स्थानीय सुरक्षाकर्मीको रोहवरमा गर्नु पर्नेछ । यदि उद्देश्यअनुसार मानव सेवा आश्रमले भवनको व्यवस्थापन तथा प्रयोग नगरेमा वा हुन नसकेमा महानगर र नगरको संयुक्त निर्णयबाट सम्झौता भंग हुन सक्ने सर्त तथा बन्देजमा उल्लेख छ ।
सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न र भविष्यमा मानव सेवा आश्रम संचालन व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन आवश्यक नीति तर्जुमा गर्ने, निर्णय गर्ने तथा कामकारवाहीलाई निर्देशन गर्ने उद्देश्यले काठमाडौँ महानगरका प्रमुखको संयोजकत्वमा ४ सदस्यीय निर्देशक समितिको व्यवस्था गरिएको छ । समितिको सदस्यमा नागार्जुन नगरपालिकाका प्रमुख, मानव सेवा आश्रमका अध्यक्ष र काठमाडौँ महानगरपालिका वा नागार्जुन नगरपालिकाले तोकेका कार्यालयका विषयसम्वद्ध पदाधिकारी १÷१ जना रहनुहुनेछ ।
निर्देशक समितिले तोकेका पदाधिकारीहरु रहेको एक भवन निर्माण तथा व्यवस्थापन उपसमिति गठन हुनेछ । उपसमितिले निर्देशक समितिले तोकेबमोजिम काम गर्नेछ ।
यसै बर्ष निर्माण कार्यको थालनी गर्ने र ०८० सालमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता गरिएको हो ।
सम्झौता अवसरमा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, दुवै नगरका कार्यपालिका सदस्यहरु, नागार्जुन नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरसहित पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
गर्ने र ०८० सालमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता गरिएको हो ।
सम्झौता अवसरमा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, दुवै नगरका कार्यपालिका सदस्यहरु, नागार्जुन नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरसहित पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
काठमाडौँ महानगरले सम्पदा पुननिर्माण गरेर समुदायलाई हस्नान्तरण गर्दै आएको छ — प्रमुख शाक्य
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ आश्विन १०, आइतबार वर्गीकृत
काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ सम्मानित हुनुभएको छ । काठमाडौँ महानगरभित्र भएका खड्गी समुदायका बाजा खल र गुठी गरी ७५ वटा समूहले संयुक्त रुपमा उहाँहरुलाई सम्मान गरेका छन् । कार्यक्रम नेपाल खड्गी सेवा समितिले आयोजना गरेको थियो । कार्यक्रममा हरेक गुठीयारले प्रमुख र उपप्रमुखलाई वुद्ध मूर्ति, नाट््येश्वर मूर्तिसहित छुट्टाछुट्टै सम्मान सामाग्री प्रदान गर्नुभएको थियो ।
काठमाडौँ महानगरका मूर्त अमूर्त सांस्कृतिक सम्पदा, नेपाल भाषाको संरक्षण र प्रवर्धन, बाजा गुरुहरुलाई प्रोत्साहन तथा आर्थिक अभावमा परम्परागत क्रियाकलाप बन्द हुने अवस्थामा रहेका गुठीलाई संस्कृतिको निरन्तरताका लागि आर्थिक अनुदान जस्ता कामको कदर गर्दै सम्मान गरेको हो ।
सम्मानपछि बोल्दै प्रमुख शाक्यले, काठमाडौँ महानगरभित्रका मौलिकता जोगाउन पैसाको कमी नहुने बताउनुभयो । ‘सम्पदाको संरक्षण र प्रवर्धन गर्न पैसाको अभाव छैन । महानगरले लगानी गर्छ । हामीले निर्विवाद सबै मागहरु सम्बोधन गरेका छौँ । विवादमा महानगरले लगानी गर्न सक्दैन ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘सम्पदा पुननिर्माण महानगरले गर्छ । सञ्चालनको जिम्मा समुदायले लिनुपर्छ । हामी सम्पदालाई पर्यटन जोडेर स्थानीयबासीको जीवन स्तर उकास्ने कार्यक्रम चलाउँछौँ ।’
त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, संस्कृति बचाए मात्र उपत्यकाको मौलिकता बच्न सक्ने बताउनुभयो । ‘यसका लागि महानगरको योजना र स्थानीयको सहभागिता आवश्यक पर्छ । यस प्रकारको सहकार्य हुन सक्यो भने सम्पदा पनि बच्छ । दिगो पनि रहन्छ ।’ उपप्रमुख खड्गी श्रेष्ठले पछिल्लो समय नेवार समुदायका संस्कारमा महिला सहभागिता बढेकोमा खुशी व्यक्त गर्दै संस्कृति र सम्पदामा समावेशीपन विकास हुनु सकारात्मक भएको उल्लेख गर्नुभयो ।
हामी ५ करोड रुपैयाँको ‘नाय संस्कृति विकास कोष’ स्थापनाको योजनामा छौँ । खड्गी समुदायको उत्थान र सांस्कृतिक विकासका लागि यो कोषमा काठमाडौँ महानगरपालिकाले १ करोड रुपैयाँ योगदान गरोस् भन्ने समुदायको चाहना छ । कार्यक्रममा खड्गी सेवा समितिका संरक्षक मनोज नेवाले समुदायको उत्थानका लागि साझा सोच लिएर अघि बढ्नु पर्ने बताउनुभयो । अहिले खड्गी समुदायका युवायुवतीहरु विभिन्न पेशामा आवद्ध हुन थालेपछि क्षेत्रगत नेतृत्व बढ्दै गएको उहाँको टिप्पणी थियो ।
खड्गी समुदायलाई कहिलेकाही बाजाको नामसँग जोडेर कहिलेकाहीँ पेशासँग जोडेर अपमानजनक शव्दको प्रयोग हुने गरेकोप्रति टिप्पणी गर्दै समितिकी अध्यक्ष अञ्जिता खड्गीले, राजनीतिक, प्रशासनिक वा अन्य जुनसुकै क्षेत्रका लागि प्रतिस्पर्धी बन्दै जानुपर्ने धारणा राख्नुभयो । खड्गी समुदायको उत्थानका लागि सेवा समितिले ४२ जिल्लामा शाखा विस्तार गरिसकेको छ । समितिका महासचिव ले युवाहरु समूहगत कार्यमा उत्साहित भइरहेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाले खड्गी गुठीका ४ वटा भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गरेको छ । यसमध्ये श्री कंग अजिमा तंडं गुठी सबैभन्दा ठूलो संरचना हो । यससँगै मेहरसिंह गुठी, शान्त गुठी र नरसिंह गुठी पनि निर्माण हुनेछन् । यी संरचना पुननिर्माणको लागत करीव ५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।
समितिले आउँदो मंसिर महिनामा काठमाडौँको बसन्तपुरमा नाय खिँ बाजाको वृहत प्रदर्शनी आयोजना गर्ने बताएको छ।
महर्जनको पत्रकारितालाई जनसेवाश्री पदकबाट कदर
Swoniga Online | २०७८ आश्विन ३, आइतबार वर्गीकृत
स्वनिगः अनलाईन, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विगत १९ वर्षदेखि पत्रकारितामा क्रियाशील ललितपुरका पत्रकार सुनील महर्जनलाई जनसेवाश्री पदवीबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ ।
गृह मन्त्रालयले राष्ट्रपति भण्डारीबाट विभिन्न विभूषण, अलङकार र पदक पाउन ९ सय ३ जनाको नाम आईतबार गोरखापत्रमा सार्वजनिक गरेको छ । त्यस मध्ये जनसेवाश्री पदवी पाउने सूचीमा पत्रकार महर्जनको नाम समावेशी गरिएको थियो । २०५९ सालमा महानगर दैनिकमा प्रशिक्षार्थी पत्रकार हुँदै महर्जनले २०६० साल श्रावणदेखि नेपाल समाचारपत्र दैनिक मार्फत पत्रकारिता शुरु गर्नुभएको थियो । महर्जनले पत्रकारिता मार्फत बुद्धधर्मको विकास, मूर्त र अमूर्त संस्कृति, सम्पदाको संरक्षण र ललितपुरका बृहत सरोकारको विषयमा योगदान पु¥याउँदै आउनुभएको छ । हाल नेपाल समाचारपत्र दैनिकमा सहायक सम्पादक समेत रहनुभएका महर्जनले निजामती प्रशासन, संघीयता, स्थानीय तह विषयमा निरन्तर रिपोटिङ गर्दै आउनुभएको छ ।
यसका अतिरिक्त महर्जन नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रीय महासचिवको रुपमा समावेशी पत्रकारिता र मातृभाषाको पत्रकारिता विकासमा क्रियाशील हुनुहुनुहुन्छ । बौद्ध युवा कमिटी ललितपुरका पूर्वअध्यक्ष समेत रहनुभएका महर्जन मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको महासचिव,बुद्ध विहार पुनःनिर्माण समितिको सहसचिव समेत रहनुभएको छ । राष्ट्रिय युवा महासंघ नेपाल, ललितपुर मार्फत युवा परिचालन र नागरिक मैत्री प्रहरी प्रशासन निर्माणको अभियानमा पनि महर्जन सक्रिय रहँदै आउनुभएको छ ।
सम्पदालाई पर्यटनसँग जोड्न सकिएन भने दिगो संरक्षणमा समस्या हुन्छ — प्रमुख शाक्य
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ भाद्र ३१, बिहिबार वर्गीकृत
काठमाडौँ । सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ। वडा १२ मा पुखुसी महादेव मन्दिरको उद्घाटन गर्दै उहाँले, मूर्त सम्पदालाई जीवन्त बनाउन अमूर्त सम्पदासँग र यसको प्रवर्धनका लागि पर्यटनसँग सम्बन्ध जोड्न जरुरी रहेको बताउनुभयो । ‘सांस्कृतिक पर्यटनबाट सम्पदा क्षेत्रको व्यवस्थापनका लागि आवश्यक पर्ने रकम संकलन हुने र स्थानीयको आयमा वृद्धि हुने भएकोले सम्पदा क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्छ।’ शाक्यले, पहिले बैङ्कले ऋण नदिने ठाउँमा अहिले ऋण दिन थालेको बताउँदै सानातिना प्रयासबाट गरिने परिवर्तनले समृद्धि ल्याउने बताउनुभयो।
त्यस क्रममा वडा १२ का अध्यक्ष विकास डंगोलले, पुखुसी महादेवको चर्चा फैलिँदै गएको उल्लेख गर्नुभयो भने वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यले विकासको विरोध गर्नेहरुको पहिचान गर्ने बेला आइसकेको उल्लेख गर्नुभयो।
मन्दिर वडाले पुननिर्माण गराएको हो।
उपाकु, पचली भैरवको जात्रा, गथु प्याखँजस्ता जात्रा र सांस्कृतिक उत्सवहरुमा यो महादेवको मन्दिरको परिक्रमा गर्ने चलन छ । यो मन्दिर कति पुरानो हो भन्ने शिलालेख भेटिएको छैन । स्थानीय निरोज खड्गीकाअनुसार ०३९ साल अघिसम्म सडकका किनारामा शिवलिङ्ग थियो । सडक विस्तार हुँदै गएपछि यो सडकको विचतिर पुग्यो । यसपछि मन्दिर बनाइयो र नन्दी स्थापना गरियो ।
अहिले पुखुसी टोलसुधार समितिले मन्दिरको संरक्षण गरिरहेको छ।
सवैले आ–आफ्नो कर्तव्य पालना गरौँ, अपराध स्वतः न्यून हुन्छः मन्त्री शाक्य
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ भाद्र २८, सोमबार वर्गीकृत
हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले २०७८ सम्मको बस्तुस्थिति प्रतिवेदन प्रस्तुत गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी प्रकाशजगं कार्कीको नेतृत्वमा बागमती प्रदेशका एसपी नवराज अधिकारी र अर्का एसपी ईश्वर थापाले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजयक्रान्ति शाक्य समक्ष सोे प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
प्रतिवेदन प्रस्तुतपछि सम्वोधन गर्दै मन्त्री शाक्यले भौतिक संरचनाले सुसज्जित हुंँदैमा अपराधमा कमी नआउने भन्दै अपराध मानिसको मानसिकतासँग, मानिसको व्यवहारसँग र वातावरणसँग निर्भर हुने कुरा भएको बताउनुभयो । ‘मानसिकरुपमै चेतनशील, विवेकशील, करुणा र मैत्री भावनाले भरिपूर्ण अब्बल नागरिक बनाउन सबै लाग्नुपर्छ,’ मन्त्री शाक्यले भन्नुभयो, ‘त्यसो भयो भने मात्रै सुखी नेपालीको अभियान सफल हुनेछ ।’
मन्त्री शाक्यले आन्तरिक ममिला मन्त्रालयले आगामी दिनमा बजेट निर्माण गर्दा प्रदेश प्रहरीसँग सम्वन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्दै अपराध न्यूनिकरण गर्ने र आदर्श समाज निर्माण गर्ने सन्र्दभमा प्रदेश प्रहरीलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।
‘नैतिक शिक्षा र नागरिक चेतना अभिबृद्धि गर्ने शिक्षा विद्यालयस्तर देखिनै पढाउने सिकाउने गर्नुपर्दछ,’ मन्त्री शाक्यले भन्नुभयो, ‘नैतिक आचरण राम्रो भयो र मेरो कारणले अरुलाई दुःख÷अप्ठेरो हुनु दिनु हुंदैन भन्ने भावना, आचरण र व्यवहार अभिबृद्धि गर्न सकियो भयो भने मात्रै समाजमा अपराध, विकृतिजन्य व्यवहार जस्ता कुराहरु आफैँ कम भएर जान्छन् ।’
उहाँले स्रोत साधनको पर्याप्तता नभए पनि भएको स्रोत साधन उपयोग गरेर अपराध न्यूनीकरण गर्न, दूर्घटना न्यूनीकरण गर्न र कानुन कार्यान्वयन गर्न बागमती प्रदेश प्रहरीलाई निर्देशन दिनुभयो ।
सोही अवसरमा डिआईजी कार्कीले बागमती प्रदेश प्रहरी कार्यालयको बस्तुस्थिति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बस्तुस्थिति प्रतिवेदन प्रस्तुत गर्दै उहाँले अपराध रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम गर्न स्रोत परिचालनको व्यवस्था गर्नुपर्ने, अत्याधुनिक डिजिटल चेकपोइन्ट निर्माण गर्नुपर्ने, प्राकृतिक स्रोत–साधनको अबैध दोहन रोक्न सरकोकारवालासँग समन्वय गरी नियन्त्रण गर्ने जस्ता कुरामा मन्त्रालयबाट उल्लेख्य सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
उहाँले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललिलपुर बाहेक बाँकी १० जिल्ला आफ्नो कार्यक्षेत्र रहेको भन्दै बागमती प्रदेश प्रहरीको दश वटै जिल्लामा पूर्वाधार विकास विस्तार गर्दै गरेको बताउनुभयो । ‘२०७६ सालदेखि बागमती प्रदेशले बजेट दिंदै आएको छ,’ कार्कीले भन्नुभयो, ‘बागमती प्रदेशले यसपाली पनि प्रहरी कार्यालयहरु निर्माणका लागि रु.४८ करोड बजेट छुट्याएको छ । भौतिक पूर्वधार पूर्णरुपमा निर्माण गर्न थप बजेटको अवश्यकता छ ।’
उहाँले सीसी क्यामरा जडान गर्न, सुरक्षाका विभिन्न उपकरणहरु खरीदलगायतका लागि बजेट राखेको व्यवस्थापन भएको जानकारी गराउनुभयो । कार्कीले बागमती प्रदेशमा प्रहरीको दरबन्दी ७ हजार ९ सय ८१ रहेकोमा हाल ५ हजार ३ सय २४ मात्रै रहेको कार्यरत रहेको बताउनुभयो । ‘कारागारको अवस्था मजबुत नभएकाले समय–समयमा कारागारबाट कैदीबन्दी भाग्ने गरेको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘कैदीबन्दीको आचरण सुधारका लागि व्यवसायिक सीपमुलक तालिमको व्यवस्था गर्नुपर्ने, कारागारको भैतिक संरचना पुनर्निर्माण तथा मर्मत गर्नुपर्ने अवस्था छ ।’
गत वर्ष भन्दा अपराधका घटनामा न्युनिकरण हुँदै गएको भन्दै उहाँले थप उपकरणहरु, स्रोत–साधन भए अपराधलाई अझै न्यूनिकरण गरेर जान सकिने उल्लेख गर्नुभयो । लागुऔषध, मानव बेचविखन जस्ता संगठित र सामाजिक अपराधमा न्युनिकण हुँदै गएको भन्दै उहाँले आन्तरिक मामिला मन्त्रालयको मातहतमा पुर्नस्थापन केन्द्र खोल्न सकेको अवस्थामा दूव्यसनी न्युनिकरणमा थप सहज हुने बताउनुभयो । कोराना करहका कारण आत्महत्याको घटनमा वृद्धि भएको, जबरजस्ती करणीको घटना बढेको बस्तुस्थिति प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्कीले आफन्त, छरछिमेक र नातेदारबाट नै जबरजस्ती करणीका घटना बढेको भन्दै त्यसलाई न्युनिकरणका लागि पनि परिवार भित्रै छिरेर सचेतना कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो
उहाँले ०७५–०७६ मा ८ सय २३ ले आत्महत्या गरेको र ०७६–०७७ मा ९ सय ३५ ले आत्महत्या गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । तथ्याङ्कमा ०७७–०७८ मा १ हजार ३६ ले आत्महत्या गरेका छन् ।
त्यसैगरी तथ्याङ्क अनुसार २०७७–०७८ मा बागमती प्रदेशमा चक्काजाम २५, नेपाल बन्द २, धर्ना १०, विरोध जुलुस तथा प्रदर्शन २ सय १६, मशाल जुलुस ३६ रहेको देखिएको छ । बागमती प्रदेशमा कुनै पनि भूमिगत समूह नरहेको, पछिल्लो राजनीतिक अवस्थामा परिवर्तन देखिए पनि अवस्था सामान्य रहेको पनि तथ्याङ्कमा उल्लेख छ ।


