add
Display Style: 
Column Style

manmohan

खाेला मापदण्ड सम्वन्धि जातीय खलःपुचःहरूकाे भेला

Swoniga Online – स्वनिगःअनलाइन रिपाेर्टर | २०८१ मङ्सिर ४, मंगलबार वर्गीकृत

खोला मापदण्ड सम्वन्धि सर्वोच्च अदालतको आदेशलाई लिएर जातीय संघसंस्थाहरु भेला भई छलफल गरेका छन् । शनिबार भूमि अधिकार संरक्षण संघर्ष समितिले काठमाडौंमा जातीय खलःपुचःसँगको छलफल कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमका वक्ताहरुले विभिन्न कथित विकासे योजना र मापदण्डहरुको नाममा राज्यले काठमाडौं उपत्यकाका आदिवासी र रैथाने समुदायको उठिबास गर्न लागिपरेको दावी गरेका थिए ।

समितिका संयोजक श्यामकृष्ण प्रजापतिले राज्यले भूमिहीनलाई भूमिपति बनाउने कुरा पनि गर्दै गर्दा यहाँका आदिवासी र रैथाने समुदायलाई अहिले आएर खोला मापदण्डको नाममा भूमिहीन बनाउन लागेको बताए ।

राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिका अध्यक्ष समेत रहिसकेका संयोजक प्रजापतिले संविधानले दिएको नीजि सम्पत्ति र भूमिको अधिकार राज्यले कुनै हालतमा खोस्न नपाउने ठोकुवा गरे ।

‘राज्यले विभिन्न मापदण्ड र विकासे याेजनाको नाममा जनताको संवैधानिक सम्पत्तिको हकसँगै भूमि र संस्कृतिसमेत खोस्न खोजिरहेकाे छ । संविधानले दिएको सम्पत्ति र आवासको हकको विरुद्ध आएको यो मापदण्ड विरुद्ध हामी एकजुट भई उभिनै पर्छ’ प्रजापतिले भने ।

पचासौं वर्ष पुरानो नापनक्साको आधारमा अहिले जनताको घर भत्काउन आउनु मिल्छ र भन्ने प्रश्न पनि प्रजापतिले राखे ।

‘समयसापेक्ष अध्ययन अनुसन्धान केही नगरी २१ सालको नापनक्सालाई अहिले आधार मान्नु कत्तिको सान्दर्भिक होला ? अहिले रावल आयोगको प्रतिवेदनको कुरा गर्नु सान्दर्भिक होला र ?’ प्रजापतिको प्रश्न हो ।

कार्यक्रममा स्यस्यः समाज, तण्डुकार समाज, रजक समाज, शिख्राकार समाज, राजोपाध्याय समाज, ज्यापु महागुथि केन्द्र, ज्यापु महागुथि काठमाडौं महानगर समिति, ताम्राकार समाज, यल नेवाः समाजका अध्यक्ष, प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले जनताले विरोध जनाइरहेको खोला मापदण्डकै नाममा काठमाडौं महानगरपालिकाले अदालतबाट निषेधाज्ञा जारी रहेको घरमा डोजर चलाएकोमा भत्सर्ना गरेका छन् ।

काठमाडौं महानगरपालिकाले जनतासँग समन्वय गरेर जानुपर्नेमा दमन गर्न खोजे सशक्त विरोधमा उत्रिन आफुहरु बाध्य हुने कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

सोही कार्यक्रममा सहभागी कानून व्यवसायीहरुले संविधानको दिएको नीजि सम्पत्ति र आवासको हक विपरित खोला मापदण्ड आएको विचार राखेका थिए । 

द मिस्टिक किचेन अफ नेपाल विमोचित

Swoniga Online – Surendra Bhakta Shrestha | २०८१ मङ्सिर ३, सोमबार वर्गीकृत

लामो समयदेखि खानाको अध्ययनमा जुटीरहनु भएका शेफ विक्रम वैद्यको पाककला सम्बन्धी पुस्तक “द मिस्टिक किचेन्स अफ नेपाल” शनिवार एक कार्यक्रमका बीच कीर्तिपुरको ससः त्वाः रेष्टुरेण्टमा विमोचन गरिएको छ ।

नेपालका लोकप्रिय र प्रचलित खानाका परिकारहरुका साथै नेपाली संस्कृति र इतिहासलाई पनि कोट्याइएको पुस्तक विमोचन वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको थियो । 

कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले नेवार परिकार आफूलाई अत्यन्त मनपर्ने परिकारहरु मध्येमा पर्ने र नेवार समुदायको परिकारलाई नै पुस्तकमा विशेष महत्वका साथ प्रस्तुत गर्नुभएकोले लेखक एवम् शेफ वैद्यलाई धन्यवाद दिनुभयो । उहाँले नेवार परिकार खाना मात्र नभई नेवार संस्कृतिको अभिन्न अंग भएको र यसको सुन्दर प्रस्तुति पुस्तकमा गरिएको चर्चा गर्नुभयो । 

यसैगरी गोरखा दक्षिणबाहुबाट सम्मानित शेफ गोविन्द नरसिंह केसीले २० वर्ष अगाडि बज्र होटलमा लेखक वैद्यसँग भेट भएको र सोही भेटलाई स्मरण गरेर आफूलाई कार्यक्रममा बोलाएकोले आफू कृतज्ञ भएको बताउनु भयो । उहाँले आफूले पनि नेवार परिकार बनाउने भएता पनि खानाको वास्तविक स्वाद आफूले दिन नसक्ने बताउनु भयो । उहाँले यो पुस्तकले नेपालका विविध खानाहरुको जानकारी लिन सकिने बताउनुभयो । 

आफ्नो पुस्तकको बारेमा बोल्दै शेफ वैद्यले आफ्नो पुस्तक २० वर्षभन्दा लामो समयदेखि यस क्षेत्रमा गरेको गहन अध्ययन, अनुसन्धान र अभ्यासको परिणाम भएको बताउनु भयो । “दि मिस्टिक किचेन्स अफ नेपाल” भनेको कुकबुक मात्र होइन – यो माटो र समुदायको आत्माको माध्यमबाट खाना, संस्कृति र समुदाय बीचको गहिरो सम्बन्धको संगम हो,” वैद्यले भने । सोही अवसरमा उहाँले प्रतिष्ठित जेम्स ब्रेड अवार्डका लागि आफ्नो पुस्तकको मनोनयन स्वीकृत भएको पनि जानकारी दिनु भयो । 

बा फाउण्डेशनको आयोजना र रमाइलो इभेन्ट्सको व्यवस्थापनमा भएको कार्यक्रममा ससः त्वाःका संचालक फिरोज सिंहको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा लेखकका बुबा हरिहरानन्द वैद्य, सडक पीडित संघर्ष समितिका संयोजक सुमन साय्मि, गुथि संस्थानका प्रशासकीय प्रमुख शैलेश राज कुँवर, सांस्कृतिक अभियन्ता जेबी तुलाधर, लोकप्रिय गायक रोजमान महर्जन, रोमिन श्रेष्ठ लगायतले पुस्तक र लेखकका बारेमा मन्तव्य राख्नुभएको थियो । 

पुस्तकमा नेपालको विविध परिदृश्य र संस्कृतिसँग सम्बन्धित १४० भन्दा बढी मौलिक रेसिपीहरु समावेश गरिएको छ जसमा परिकारहरूको सांस्कृतिक र ऐतिहासिक महत्त्वमा अन्तरदृष्टिपूर्ण टिप्पणी छ ।

दुई दशकको अनुभवका साथ सम्मानित पाक शिक्षाविद् शेफ वैद्यले नेपाली क्लासिक र विभिन्न जातीय समुदायका लुकेका व्यञ्जनहरूलाई सम्मान गर्नको लागि यस संग्रहलाई धेरै मेहनतका साथ प्रस्तुत गर्नुभएको छ । 

शेफ वैद्यले संयुक्त राज्य अमेरिकाको Le Cordon Bleu र Oregon Culinary Institute जस्ता संस्थाहरूमा आफ्नो काम मार्फत अरूलाई सिकाउन र प्रेरणा दिन आफ्नो क्यारियरको धेरैजसो समय बिताउनु भएको छ । 

बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्न प्रधानमन्त्रीको जोड

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ भाद्र ९, आइतबार वर्गीकृत

काठमाडौँ/ ९ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १६ औं सभा बैठकमा कुलपति  ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको   यस  विश्वविद्यालयले महत्त्वपूर्ण  भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालीको चेतना, गौरव र इतिहाससँग यो विश्वविद्यालय जोडिएकोले बुद्धले सिकाएका सकारात्मक र मैत्रीचेत अहिले पनि सामयिक भएको बताउनुभयो । "बुद्ध दर्शनको अनुयायी र भिक्षु हुन वस्त्र लगाएर मात्रै हुँदैन । यस्का लागि ज्ञान र मन चाहिन्छ ।" प्रधानमन्त्री ओलीले भन्नुभयो, "हामीले बौद्ध दर्शनको शिक्षा सुरु गरेका छौँ  । हामीले जीवनलाई सपार्ने गुणस्तरीय शिक्षा दिनुछ । दृढ़ अठोट र निरन्तर प्रयासबाट हामी विकास हासिल गर्न सक्छौ र सफलतामा पुग्न सक्छौ ।"

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई सहभागी बैठकले आगामी मंसिरमा हुने तेस्रो दीक्षान्तका लागि २८५ विद्यार्थीको ग्रेस लिष्टका साथै यस आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।

ऐतिहासिक सम्पदकाे संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी - पूर्वराष्ट्रपति भण्डारी

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ भाद्र ९, आइतबार वर्गीकृत

ललितपुर/ ९ भदौ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्त्विक एवम् ऐतिहासिक सम्पदकाे संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हाे भन्नुभएको छ । भक्तपुर विकास सहयाेग संघकाे शनिबार ललितपुरमा आयाेजित ३० ओैं वार्षिक साधारणसभा तथा ३० ओैं खाेपृङ सम्मान कार्यक्रममा मन्तव्य राख्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले मुर्त तथा अमुर्त कला, सम्पदाले सजिएकाे सांस्कृतिक रुपमा संरक्षित ऐतिहासिक दरवार क्षेत्र र यहाँका सांस्कृतिक सम्पदाका कारण भक्तपुर जीवित शहरकाे रुपमा परिचित भएको बताउनुभएको हाे ।
"सांस्कृतिक धराेहर, ऐतिहासिक सम्पदाले सजिएकाे भक्तपुर पूर्खाकाे पाैरखबाट सृजित उन्नत शहरकाे रुपमा स्थापित भएको छ, हाम्रा पुर्खाले सृजना गरेका ऐतिहासिक सम्पदकाे संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हाे।" उहाँले भन्नुभयो।
उहाँले भक्तपुर विकास सहयाेग संघले सम्पदा संरक्षणका अतिरिक्त सामाजिक सेवाका क्षेत्रमा गरेकाे काम उल्लेखनीय काम गरेको भन्नुभयाे ।
संघले प्रकाशन गरेको खाेपृङ पत्रिकामा विषय बिज्ञहरुद्वारा लिखित लेख रचनाले नेपाली वाङ्मयका क्षेत्रमा उल्लेखनीय याेगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

संघले गरेका कार्यहरूबाट पर्यटनको प्रचारप्रसारका साथै स्थानीयहरुकाे आयआर्जनमा महत्त्वपूर्ण काम भैरहेकाे बताउनुहुँदै प्रसिद्ध जुजु धाैले देशभर प्रसिद्धि कमाएकाे स्मरण गर्नुभयाे ।
कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले दार्शनिक एवम् सांस्कृतिक चिन्तक जगमान गुरुङ, बरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठ, संस्कृति शिराेमणि हरिराम जाेशी, बरिष्ठ वाङ्मय साधन तथा भाषासेवी तेजेश्वर बाबु ग्वंग: र बरिष्ठ गायक याेगेश्वर अमात्यलाई सम्मान गर्नुभएको थियाे ।
कार्यक्रममा बागमती प्रदेशका सदस्य दिपेन्द्र श्रेष्ठले समाजले सामाजिक क्षेत्रमा उत्कृष्ट कार्यहरू गर्दै आइरहेको बताउँदै समाजले गरेकाे काम प्रति आभार व्यक्त गर्नुभयाे । उहाँले समाजकाे भवन निर्माणका लागि जग्गाकाे व्यवस्थापन गर्न आग्रह गर्दै भवन निर्माणका लागि प्रदेश सरकारबाट वजेट विनियोजन गराउन लागि पर्ने बताउनुभयो ।
समाजका अध्यक्ष राजु मृगेन्द्र जाेशीले सामाजिक कार्यका लागि गरिएकाे सानाे कार्यले ठूलाे परिवर्तन हुनसक्ने बताउनुभयाे । 

प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय : शाक्य

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ भाद्र ४, मंगलबार वर्गीकृत

काठमाडौँ/ ४ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यले नेपाल प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय भएको बताउनुभएको छ । सो सङ्घको ४० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रथम महिला शाक्यले मानवीय सेवाको कार्य सबैभन्दा पवित्र भएको र प्रहरी सङ्गठनको गरिमा कायम राख्न प्रहरी र तिनका परिवारको उत्तिकै भूमिका हुने बताउउनुभयो । जुनसुकै समयमा राष्ट्रका लागि समर्पित हुने प्रहरीहरु सम्मानका हकदार भएको उहाँको भनाइ थियो ।
“प्रहरी श्रीमानहरुलाई अगाडि बढाउन श्रीमतीहरुको महत्वपूर्ण योगदान हुुन्छ । त्यस्तै महिला प्रहरीहरुलाई श्रीमानको सहयोग बिना कार्यक्षेत्रमा खट्न गाह्रो हुन्छ । एकापसमा सहयोग आदान–प्रदानबाट नै मानवीय सेवाबाट प्रहरीले उत्कृष्टता प्रदर्शन गर्न सक्छ ।”, प्रथम महिला शाक्यले भन्नुभयो, “प्रधानमन्त्री ओली गृहमन्त्री भएदेखि नै आफू र प्रहरी सङ्गठन तथा प्रहरी परिवारसँग भावनात्मक सम्बन्ध रहँदै आएको छ । वास्तवमा प्रहरीलाई राष्ट्रको जिम्मेवारीलाई बुझेर संयम, शान्ति र धैर्यका साथ कार्यक्षेत्रमा लाग्न परिवारको अहं रहेको हुन्छ । यो भूमिकाको निरन्तरता रहोस् भन्ने शुभकामना दिन चाहान्छु ।” उहाँले सङ्घमा जवानहरुका श्रीमतीलाई पनि जोडेर मानवीय सेवामा लाग्ने थप अवसर दिन आग्रह गर्नुभयो ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलगायत सहभागी कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सफल हुने प्रहरी परिवारका छोराछोरीलाई सम्मान गरिएको थियो ।

वातावरण संरक्षणमा तीन वटै तह जिम्मेवार बन्न आवश्यक - वातावरणमन्त्री ठकुरी

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ भाद्र २, आइतबार वर्गीकृत

ललितपुर/ २ भदौः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै वातावरण संरक्षणका लागि तीन वटै तह जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री शाही ठकुरीले वातावरण संरक्षणका क्षेत्रमा तीनै तहका सरकारको जिम्मेवारीबोध गराउँदै प्रभावकारी कदम चाल्न गतिविधि स्थानीय तहसम्म पु¥याएर काम पनि आवश्यक रहेको उल्लेख गर्नुभयो ।
“वातावरणको क्षेत्र ठूलो छ, काम गर्नका लागि पर्याप्त जनशक्ति छैन । छुट्टै वातावरण मन्त्रालय गठनको सम्भावना पनि छैन, अब यसैलाई स्रोत सम्पन्न बनाएर वातावरणका गतिविधिलाई स्थानीय तहसम्म फैल्याउनुपर्छ भन्ने मेरो मान्यता छ”, उहाँले भन्नुभयो ।

उहाँले शक्तिशाली राष्ट्रहरुले गरेको प्रदूषणका कारण नेपालले दुःख पाएको उल्लेख गर्दै क्षतिपूर्तिको लागि पहल गर्ने सरकारको तयारी रहेको जानकारी गराउनुभयो । “सदावहार हिउँ देखिने ठाउँमा हिउँ देख्न पाइँदैन, अन्य मुलुकले गरेको प्रदूषणका कारणले हामीले दुःख पाइरहेका छौँ । यसको क्षतिपूर्तिका लागि हाम्रो प्रयास रहनेछ”, उहाँले भन्नुभयो ।

मन्त्री शाही ठकुरीले चुरे संरक्षण र विकासमा परेको असर न्यूनीकरणमा आफ्नो प्रयास रहने प्रतिबद्धता जनाउनुभयो । कानुन निर्माण र कार्यान्वयनमा पहल भइरहेको र सिंहदरबारमा प्लास्टिक निषेध अभियान अगाडि बढिसकेको उहाँले बताउनुभयो ।

मन्त्री ठकुरीले वन्यजन्तुको बासस्थान र आहारको व्यवस्थापन नहुँदा मानव–वन्यजन्तुबीचको द्वन्द्व बढेकाले त्यसतर्फ सरकारले ध्यान दिने बताउनुभयो । उहाँले वातावरण संरक्षणका क्षेत्रमा हुने हरेक कार्यमा मन्त्रालय तहबाट नेफेज र रेडियो सगरमाथासँग निरन्तर समन्वय र सहजीकरण हुने बताउनुभयो ।

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष रोशनी अधिकारीले मन्त्री शाहीको नेतृत्वमा वातावरण संरक्षणमा उल्लेखनीय सकारात्मक काम सम्पादन हुनुका साथै वातावरण संरक्षणका लागि प्रभावकारी ऐन तथा नीति नियमहरु बन्नेछन् भन्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले वातावरणका मुद्दामा काम गर्नका लागि वन तथा वातावरण मन्त्रालयबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरिएको बताउनुभयो ।

समूहका महासचिव सविन शर्माले समूहको स्थापना, समूहले गरेका काम, कार्यक्षेत्र, जलवायु परिवर्तनका कारण परेको असर, अहिलेको अवस्था र दीर्घकालीन सोचलगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

वैदेशिक रोजगारीमा जाने युवा ठगिएका छन् - सांसद दाहाल

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ भाद्र २, आइतबार वर्गीकृत

काठमाडौँ/ २ भदौ, सांसद तुलसाकुमारी दाहालले वैदेशिक रोजगारीमा जाने युवा ठगिएकाे बताउनुभएको छ । उहाँले काठमाडौँका विभिन्न म्यानपावर कम्पनीबाट साउदी अरब पुगेका नेपालीले त्यहाँ जानुभन्दा पहिला तोकिएको काम नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले भन्नुभयो, “फ्रि टिकट र फ्रि भिसामा पठाएको भनिए पनि म्यानपावर कम्पनीले एक जनाबाट एक लाख ६० हजारसम्म लिएको पीडितको गुनासो छ, तर उनीहरूले विदेशमा पुगेर काम पनि पाएका छैनन्, यसबारे सरकारले सत्य तथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्नुपर्छ ।”

सांसद इन्दिरादेवी गौतमले सोलुखुम्बुको थामेमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनबाट जोखिम बढ्दो रूपमा देखिन थालेको छ, जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरण गर्न ‘हिमाल जोगाउँ अभियान’लाई प्रभावकारी बनाउनुपर्छ ।” सांसद जगप्रसाद शर्माले देशको ठुलो समस्याका रूपमा भूमि समस्या रहेको भन्दै त्यसको जतिसक्दो चाँडो सरकारले समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । 

“यो समस्यालाई समाधान गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय छ, हाम्रो देशमा रहेको भूमिको समस्या समाधान गर्न प्रत्येक बन्ने सरकारले विभिन्न आयोग बनाउने गर्छन्, ती आयोगमा राजनीतिक हस्तक्षेप हुनाले राम्ररी काम नगरेको अवस्था छ, भूमि आयोग गत चैत ८ गते विघटन भएपछि हालसम्म बन्न सकेको छैन, भूमि आयोगलाई अगाडि बढाएर प्रतिजग्गामा सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न सरकारले सोच्नुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद तारामान सुनुवारले बाढीपहिरो, सडक दुर्घटना, हवाई दुर्घटना र हिमताल फुट्दा  ठुलो जनधनको क्षति भएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । “पछिल्लो समयमा दुर्घटना हुँदा सयौँले ज्यान गुमाएका छन्, दुर्घटनाका कारण खोजी गर्नुपर्छ साथै समयमै रोकथाम गर्न सरकारसँग आग्रह गर्छु”, उहाँले भन्नुभयो । 

सञ्चार सम्बद्ध संस्थालाई समावेशी चरित्रको बनाउनुपर्छ - मन्त्री गुरुङ

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ भाद्र २, आइतबार वर्गीकृत

काठमाडौं/ २ भदौ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्थालाई समावेशी चरित्रको बनाउन आफूले पहल गर्ने बताउनुभएको छ । 

नेवाः पत्रकार राष्ट्रिय दवु सम्बद्ध पत्रकारको आज ज्ञापनपत्र बुझ्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्था समावेशी चरित्रको बन्न नसक्दा सबै समुदायको आवाजको प्रतिनिधित्व हुन नसकेको भन्दै उहाँले त्यसका लागि आफूले पहल गर्ने विश्वास दिलाउनुभयो । 
दबूले आज नौ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सञ्चार सम्बद्ध संघ संस्थाको संरचना समावेशी चरित्रको बनाउन माग गरेको छ । प्रेस काउन्सिल, सूचना विभाग, न्यूनतम पारिश्रमिक निर्धारण समितिसहित सरकारी सञ्चार माध्यमको नेतृत्वमा समानुपातिक सहभागिताका आधारमा समावेशी बनाउन दबूले माग गरेको छ ।
सरकारले लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउँदा मातृभाषामा पनि सन्देश प्रवाह गर्न दबूले मन्त्री गुरुङको ध्यानाकर्षण गराएको छ । त्यस्तै, सञ्चार मन्त्रालयको तर्फबाट पत्रकार सम्बद्ध संघ संस्थालाई उपलब्ध गराइने अनुदानमा जातीय पत्रकार संघलाई पनि समेट्न दबूले माग गरेको छ । 
सो अवसरमा दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जगतमान वैद्य (धर्मादित्य धर्माचार्य) को नाममा हुलाक टिकट प्रकाशन गर्न माग गर्नुभयो । वि.सं. १९८२ सालमा पहिलो पटक वैद्यले नेवारी भाषामा ‘बुद्ध धर्म’ पत्रिका प्रकाशन गरेको इतिहास रहेको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष अमरध्वज लामा, दबूमा आवद्ध पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । 

Pages