add
Display Style: 
Column Style

स्वास्थ्यमा कसैलाई पनि पक्षपात भएको छैन : स्वास्थ्य मन्त्री बस्नेत

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १५, मंगलबार वर्गीकृत

काठमाडौं/ १५ फागुन : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कुनै पनि कर्मचारीमाथि पक्षपात नगरेको बताउनु भएको छ । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले आफुले कुनै पनि कर्मचारीलाई आस्थाका भरमा पक्षपात नगरेको तर कामका आधारमा भने मूल्यांकन गरेर अवसर दिएको बताउनु भएको हाे ।
"कर्मचारीमा आफुले अवसर पाए पक्षपात नहुने?  अरुले पाउँदा मात्र पक्षपात हुने गरेको छ।सीमित सिटका कारण एकै पटक सबैलाई अवसर दिन भसकिंदैन ।" मन्त्री बस्नेतले भन्नुभयाे। 

मन्त्रालय भित्र केही कर्मचारीतिर इंगित गर्दै मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयका निर्णय मन्त्रीपरिषद्मा पास हुन नपाउँदै समाचारमा आइसक्ने गरेको स्मरण गर्दै आफुले यस बिषयमा थाहा पाएको तर त्यस्ता कर्मचारीलाई सुध्रन मौका मात्र दिएको बताउनु भयाे । आफुले स्वास्थ्य मन्त्रीको पदलाई काम गर्ने अवसरको रुपमा लिएको बताउँदै मन्त्री बस्नेतले काजमा बसेका कर्मचारीको काज फिर्ता गरेको, विदेश भ्रमणमा दुर्गमका काम गरेकालाई पनि अवसर दिएको र विभिन्न अस्पतालका कामचोर कर्मचारीलाई कारवाही गरेको दावी गर्नुभयाे। केही सरकारी अस्पतालमा कर्मचारी युनियन र बिचौलियाका रुपमा कार्यरत तल्लो तहका कर्मचारीहरुलाई समेत कारवाही गर्न त्यहाँका प्रशासक डराउनु बिडम्बना भएको मन्त्री बस्नेतले बताउनुभयाे । वीर अस्पतालको फार्मेसीमा विरामीले किन्न चाहेको २० प्रतिशत औषधि समेत पाउने नगरेको र कमिसनको चक्करमा विरामीलाई बाहिरका फार्मेसीबाट औषधि किनाउने प्रवृति तत्काल बन्द गर्नु पर्नेमा बस्नेतले जोड दिनुभयाे।  बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताउनुभयाे ।

"स्वास्थ्य मन्त्रालयमा अराजकता छ । यो मन्त्रालयको विकृति र विसंगतिलाई राफसाफ गर्न अझै दुई वर्ष लाग्छ । अहिले केही हदसम्म भएको छ ।" मन्त्री बस्नेतले भन्नुभयो । मन्त्रीले बस्नेतले स्वास्थ सेवा दिवसका अवसरमा अवसरमा स्वास्थ्य सेवामा उत्कृष्ठ काम गर्ने १ जना स्वास्थ्यकर्मीलाई नगद पुरस्कार सहित उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार र चार जनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्नुभएकाे छ । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले एकिकृत स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताउनुभयाे ।

दार्चुला अस्पतालकी नर्सिङ निरीक्षक बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १५, मंगलबार वर्गीकृत

काठमाडौं/ १५ फागुन : दार्चुला अस्पतालमा कार्यरत नर्सिङ निरीक्षक बबिता विष्टलाई यस वर्षको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विष्टलाई एकलाख नगद पुरस्कार सहित उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्नुभएकाे हाे। बबिता नर्सिङ निरीक्षक कार्यरत हुनुहुन्छ। सोही अवसरमा ४ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । ५० हजार नगद राशी सहितको स्वास्थ्य सेवा पुरस्कार पाउनेहरुमा कालिकोटका सिनियर अहेव दीर्घबहादुर नेपाली, बाराकी सिनियर अनमी किरण कुमारी, सुर्खेतका डा. केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक शुष्मा थपलिया हुनुहुन्छ । पुरस्कृत सबै स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेत र सचिव डा. पोखरेलले नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । हरेक वर्ष स्वास्थ्य मन्त्रालयले एक जना स्वास्थ्यकर्मीलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार र चार जनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्दै आइरहेको छ । पुरस्कृत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य मन्त्री बस्नेतले धन्यवाद दिदै भविश्यमा पनि जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई व्यवहारमा उतार्न लाग्नु पर्ने बताउनुभयाे। स्वास्थ्य सेवा दिवसमा अवसरमा स्वास्थ्य मन्त्रालय परिसरमा अंगदान सिविरका साथ रक्तदान लगायतका कार्यक्रम सञ्चालन गरिएको छ ।

किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १५, मंगलबार वर्गीकृत

काठमाडौं/ १५ फागुन: दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत् किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरून्त दिन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ। 

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो। 

सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरून्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन दिनुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, ''किसानहरूले महिनौंसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्। निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस्।''

लुम्बिनीमा फागुन २० गतेदेखि त्रिपिटक पाठ

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १५, मंगलबार वर्गीकृत

भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा यही फागुन २० गते आइतबारदेखि त्रिपिटक पाठ हुने भएको छ ।
अखिल नेपाल भिक्षुमहासंघको आयोजनामा तीन दिनसम्म सो पाठ गरिने बानेश्वरस्थित विश्वशान्ति विहारमा आयोजित पत्रकार भेटघाटमा बताइयो।
तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ – २०८० को नाम दिएर हुन लागेको सो पाठमा नेपालका भिक्षुसंगै भारत, थाईल्याण्ड, म्यानमार (बर्मां) का भिक्षुहरुको समेत सहभागीता रहने महासंघका सचिव भिक्षु निग्रोधले जानकारी दिए।
बुद्धजन्मभूमी लुम्बिनी विश्व शान्तिको मुहानको रुपमा प्रवद्र्धन गरी संसारभरि चिनाउने, लुम्बिनीको धार्मिक वातावरण अक्षुण्ण राख्दै सबैको मैत्री, करुणा र शान्तिको कामना गरी सो पाठ आयोजना गरिएको पनि सचिव भिक्षु निग्रोधको भनाई रहेको छ ।
त्रिपिटक बुद्धधर्मको मूल प्रमाणिक ग्रन्थ हो। २५ सय वर्ष अघि मागधि(पाली भाषा ) मा लेखिएको सो ग्रन्थ सुत्र पिटक सैद्धान्तिक, व्यावहारिक जनजीवन सम्बन्धी), विनय पिटक (विनय नियम) र अभिधम्म पिटक (चितसम्बन्धी) गरी तीन भागमा वर्गीकरण गरिएको छ ।
भिक्षु महासंघको आयोजनामा यस अघि दुई पटक त्रिपिटक पाठको आयोजना गरिएको थियो।

सेटिङमा महंगो औषधि भिडाउने बिरुद्व स्वास्थ्य मन्त्रीको एक्सन, वीर र कान्ति अस्पतालमा अनुगमन

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १४, सोमबार वर्गीकृत

काठमाडौं/१४ फागुन : सरकारी अस्पतालमा उपचारका लागि जाने बिरामीलाई सेटिङमा महंगो ओैषधि किन्न बाध्य पार्ने बिरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत कडा रुपमा प्रस्तुत हुनुभएकाे छ। अस्पतालका फार्मेसीमा ओैषधि नराखेर बाहिर महंगो औषधि किन्न बाध्य बनाउने सरकारी अस्पताल प्रमुख विरुद्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत कडा रुपमा प्रस्तुत हुनुभएकाे हाे।

वीर अस्पतालका निर्देशकले अस्पताल भित्र सञ्चालित फार्मेसीमा औषधि नराखेर विरामीलाई बाहिर महंगो औषधि किन्न बाध्य बनाएको व्यापक गुनासो आएपछि मन्त्री बस्नेतले मन्त्रालय, औषधि व्यवस्था विभाग र सञ्चारकर्मी सहितको टोली पुगेर फागुन ३ गते वीर अस्पतालको फार्मेसीको निरीक्षण गर्नुभएकाे थियाे । निरीक्षणका क्रममा वीर अस्पतालको फार्मेसीमा उपलब्ध हुनु पर्ने औषधिको २० प्रतिशत औषधि मात्र फेला परेको थियो । बाहिरका फार्मेसीहरुबाट सेटिङमा आर्थिक लाभ लिएर विरामीलाई महंगोमा औषधि किन्न बाध्य बनाएको र टेन्डरमा नकिनेर सिधै औषधि खरिद गरेर नियम विपरित काम गरेको पाइए पछि मन्त्री बस्नेतले वीरको नयाँ सर्जिकल भवन अगाडिको खाली ठाउँमा टहरा राखेर भए पनि अस्पतालको फार्मेसी चलाएर विरामीलाई सर्वसुलभ ढंगले औषधि उपलब्ध गराउन निर्देशन दिनु भएको थियाे । त्यही दिन वीर अस्पताल वरिपरि रहेका निजी फार्मेसीहरुको अनुगमन गर्दा औषधि विभागमा दर्ता नभएका औषधि विक्री वितरण  गरेको, मिति गुज्रिएका औषधि विक्री गरेको र अत्यधिक महंगोमा औषधि वितरण गरेको भेटिएपछि दुई वटा फार्मेसी सिल गरिएको थियो । सोमबार पनि स्वास्थ्य मन्त्री बस्नेतको निर्देशनमा मन्त्रालय र औषधि विभागका महानिर्देशक सहितको टोलीले वीर अस्पतालको फार्मेसीको खरिद प्रकृया र कान्ति बाल अस्पतालको फार्मेसीको अनुगमन एवं निरीक्षण गरेको हो । स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्ररमण सिंह, अतिरिक्त सचिव डा. टंक बारोकोटी, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा वीर र कान्तिका फार्मेसी अनुगमन निरीक्षण गरिएको थियो । अनुगमनका क्रममा वीर अस्पतालमा नियम विपरित टेण्डर नै नगरि  सेटिङमा औषधि खरिद हुने गरेको पाइएको छ । कान्ति बाल अस्पतालमा प्रयोग हुने औषधिको ८० प्रतिसत अस्पतालकै फार्मेसीमा रहेको पाइएको औषधि विभागका महानिर्देशक ढकालले जानकारी दिनुभयाे । कान्तिको फार्मेसीमा जनशक्ति अभावका कारण समस्या भएको देखिएको ढकालले बताउनुभयाे । वीर अस्पतालको नयाँ सजिर्कल भवन अगाडिको खाली ठाउँमा टहरा निर्माण गरेर सर्वसुलभ ढंगले विरामीले औषधि किन्न सक्ने गरि फार्मेसी सञ्चालन गर्न स्वास्थ्य मन्त्री बस्नेतले दिएको निर्देशन अनुसार काम अगाडि बढेको वीर अस्पताल प्रसाशनले जानकारी दिएको छ ।

प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १३, आइतबार वर्गीकृत

काठमाडौँ/ १३ फागुन, राष्ट्रपति रामचन्द्र पौडेलले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई प्रदान गर्नुभएकोछ । वर्तमान संविधान निर्माणक्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले बनाएको संविधान जारी गर्ने महत्वपूर्ण योगदान पुर्याएवापत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. यादवलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले जनाएको  छ । 

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्धारा आइतबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित १०३ औँ महेन्द्रनारायण निधि जन्मजयन्ती पुरस्कार तथा सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले प्रथम राष्ट्रपति डा यादवलाई सो पुरस्कार प्रदान गर्नुभएको हो । 

यस्तै, महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९, लोकतान्त्रिक आन्दोलनका अग्रज योगप्रसाद उपाध्याय, प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० समाजसेवी दुर्गा घिमिरे तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९ संगीत साधक सरिता मिश्रलाई सो अवसरमा राष्ट्रपति पौडेलले प्रदान गर्नुभयो । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीति शासन र सुशासनलाई सुदृढ, व्यवस्थित र विधिसम्मत बनाउँदै देश, जनता र समाजको सर्वोत्तम हितमै केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । 

“परिवर्तनको अनुभूति वास्तविकरुपमा गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गले पाउन नसक्दासम्म संविधान र गणतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुन सक्दैन”, उहाँले भन्नुभयो । 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले निर्दिष्ट गरेका कामप्रति हाम्रो ध्यान अझै जान नसक्दा कतै जनतामा निराशा आएको हो कि भनेर पनि यतिबेला चिन्ता प्रकट भइरहेको उहाँले उल्लेख गर्नुभयो । 

राष्ट्रपति पौडेलले कतिपय सन्दर्भमा कतै हाम्रा आफ्नै राजनीतिक र शासकीय कमजोरीले त यस्तो अवस्था आएको होइन भन्दै कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन भन्ने प्रश्न गर्नुभयो । “मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् । तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नुपर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो । 

संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखा पर्ने यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपालको निर्माण गर्न निधिजस्ता अग्रज नेताहरूको अटल विश्वास रहेको कल्याणकारी राज्य प्रणालीको अवधारणा, सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको उहाँले उल्लेख गर्नुभयो । 

“२००७ सालको क्रान्तिदेखि नै लोकतन्त्र स्थापना र पुनस्र्थापनाका आन्दोलनहरूमा अग्रपंतिmमा रहेर सदैव सक्रिय रहनुभएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्ष तथा गान्धीवादी नेता हुनुन्थ्यो, निधिजीको स्मृति दिवसमा म उहाँंप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो । 

उहाँले करिव पाँच दशक अहिंसा, शान्ति, लोकतन्त्र र सर्वसाधारण नागरिकसँग रहेर समुदायबीच सद्भावका पक्षमा, सामाजिक न्यायका पक्षमा निधिले गर्नुभएको काम हामी सबैका लागि सँंधै प्रेरणाको स्रोत हो, राजनीतिमा सिद्धान्त तथा निष्ठाप्रतिको समर्पण भाव तथा व्यवहारिक जीवनमा सादगी र उच्च विचार अनुकरणीय र प्रेरणादायी पक्ष हुन् भन्ने मलाई लाग्दछ भन्नुभयो । यस्ता अग्रज र आदरणीय व्यक्तिको स्मृति र सम्मानमा स्थापित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले उहाँको योगदानलाई चीरस्थायी र जीवन्त बनाउन रचनात्मक काम गरेकोमा राष्ट्रपति पौडेलले सराहना व्यक्त गर्नुभयो ।

स्वास्थ्य मन्त्री बस्नेतद्वारा दादुरा–रुबेला खोप राष्ट्रिय अभियान भक्तपुरबाट शुभारम्भ

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १३, आइतबार वर्गीकृत

भक्तपुर/ १३ फागुन: स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको मध्यपुर थिमिस्थित आदर्श माध्यमिक विद्यालयबाट दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको आईतबार शुभारम्भ गर्नुभएकाे छ मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरकी अस्मिता ओझालाई भ्याक्सिन बक्स हस्तान्तरण गर्दै शुभारम्भ गर्नु भएको हाे । आदर्श माध्यमिक विद्यालयमा आयोजना गरिएको शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नेपाल सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्न प्रतिवद्व रहेको बताउदै प्रदेश सरकार र स्थानिय सरकारको सहकार्यमा यो अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयाे। गत वर्ष समेत दादुराको महामारी देखिएको स्मरण गर्दै देशका ७७ वटै जिल्लामा सञ्चालित हुने खोप अभियानमा एक जना बालबालिका पनि छुट्न नहुनेमा स्वास्थ्य मन्त्री बस्नेतले जोड दिनुभयाे। यो अभियान सफल बनाउन जनचेतनाको पनि भूमिका रहेकाले स्वास्थ्य मन्त्रालयले यसको शुभारम्भ भक्तपुरको आदर्श स्कुलबाट गरेको मन्त्री बस्नेतले बताउनुभयाे । कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर २ का सांसद दुर्लभ थापाले स्थानीय सरकारको सहकार्यमा सञ्चालन गरिएको खोप अभियानले पूर्ण सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयाे मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन श्रेष्ठले स्थानीय सरकारले प्राथमिकताका साथ खोप लगायतका स्वास्थ्यका कार्यक्रम सञ्चालनमा सहकार्य गरिरहेको जानकारी दिनुभयाे। विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले देशका ७७ वटै जिल्लाबाट एकै पटक शुभारम्भ गरिएको दादुरा–रुबेला खोप राष्ट्रिय अभियानले नेपालबाट दादुरा र रुबेला निवारणमा कोशे ढुंगा सावित हुने बताउनुभयाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्ररमण सिंहले संसारबाटै विफर उन्मुलन भएजस्तै दादुरा र रुवेला पनि उन्मुलन गर्न सकिने दावी गर्दै यसमा सबैको इमान्दार प्रयास आवश्यक रहेको बताउनुभयाे । स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रले यस अभियानमा तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिना देखि १५ वर्ष मुनीका र बाकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनीका बालबालिकालाई यो खोप दिइने जानकारी दिनुभयाे । परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले ५७ लाख भन्दा बढि बालबालिकालाई यो अभियान अन्तर्गत खोप लगाइने बताउनुभयाे । डा. लालका अनुसार देश भरि स्थापना गरिएका ४९ हजार खोप केन्द्रमार्फत ६० हजार महिला स्वास्थ्य स्वयं सेविका र ४४ हजार स्वास्थ्यकर्मी मार्फत खोप अभियान सञ्चालन हुने छ । यो अभियान सञ्चालमा १ अर्ब ३६ करोड खर्च लाग्ने छ । जसमध्ये ८४ प्रतिसत रकम (ग्लोवल भ्याक्सिनेशन अलाइन्स) गाभीले अनुदान दिएको छ भने बाँकी नेपाल सरकारले बेहोर्ने छ ।

जापान नेपालको एक हितैषी मित्र -राष्ट्रपति पाैडेल

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १३, आइतबार वर्गीकृत

काठमाडौँ/१३ फागुन, राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको एउटा दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताउनुभएको छ । 

नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५० औं वार्षिक समारोहको आइतबार यहाँ उदघाट्न गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासका क्षेत्रमासमेत जापानले पुर्याएको योगदानको नेपालले सदैव उच्च मूल्यांकन गरेको बताउनुभयो । 

 

“मुलुकमा भएको राजनीतिक परिवर्तनपछि नेपालमा सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रहरूमासमेत प्रगति भैरहेको छ । यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव विगतमा जस्तै आगामी दिनमा हाम्रा लागि महत्वपूर्ण रहने छन्”, उहाँले भन्नुभयो । उहाँले नेपाल र जापानबीच परम्परागत रुपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै एसियाको एक समृद्घशाली प्रजातान्त्रिक मुलुक जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक क्षेत्रका साथै समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताउनुभयो ।

 

विगत छ दशकदेखि नेपाल जापानको सम्बन्धलाई जनतासम्म पु¥याउन र जापानमा सिकेको ज्ञान, सिप र प्रविधिलाई नेपालको विकासमा लगाउन एशोसियसनले गरेको योगदान सराहनीय रहेको उल्लेख गर्दे राष्ट्रपति पौडेलले जानले ग्रामिण क्षेत्रमा जनताको जीवनस्तर उकास्न सामुदायिक विकासका कामहरू गरिरहेको र यस्तो कार्यलाई थप ग्रामिण क्षेत्रमा विस्तार गर्न सुझाव पनि दिनुभयो ।उहाँले नेपाल जापानबीचको मित्रतालाई अझै घनिभुत बनाउन र जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्ने काममा यस्ता कार्यक्रमबाट महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

औषधि व्यवस्था विभागको अर्धवार्षिक समिक्षा सम्पन्न

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ११, शुक्रबार वर्गीकृत

काठमाडौं/ ११ फागुन, औषधि व्यवस्था विभागले आर्थिक वर्ष २०८०/०८१ मा आफू र मातहतका कार्यालयहरुले सम्पन्न गरेका कामहरुको शुक्रबार अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । विभागले बिगत ६ महिनाको अवधिमा एक हजार १ सय ९३ वटा नयाँ फार्मेसी दर्ता गरेको, ७ हजार २ सय ९३ वटा नविकरण गरेको र १२६ वटा औषधि पसल निलम्बन गरेको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । त्यसैगरि ६ महिनाको अवधिमा ४ वटा नयाँ औषधि उद्योग स्थापनाका लागि सिफारिस गरिएको, ३९१ लाई नयाँ औषधि उत्पादन अनुज्ञापत्र प्रदान गरेको, ४ हजार ३९ लाई उत्पादन अनुज्ञापत्र नविकरण गरेको र एक हजार ४ सय ११ लाई बजार बिक्रिवितरण प्रमाणपत्र नविकरण गरेको जनाएको छ । 

समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्ररमण सिंहले सिमित साधन श्रोत र न्युन जनशक्ति भए पनि औषधि व्यवस्था विभागले औषधिको गुणस्तर नियन्त्रण र अनुगमनमा उल्लेखनीय कार्य गरिरहेको बताउनुभयाे ।  औषधि उद्योग र फार्मेसीहरुको संख्याको तुलनामा विभागसँग भएको न्युन जनशक्तिले मनैदेखि चाहेर काम गरेको आफुले पाएको स्मरण गर्दै डा. सिंहले नेपाली जनतालाई गुणस्तरीय औषधि उपलब्ध होस भन्ने एक मात्र ध्येयका साथ विभागका कर्मचारीहरुले काम गर्नु पर्नेमा जोड दिनुभयाे । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य सल्लाहकार विश्वरुप खड्काले अर्धवार्षिक समिक्षाले विगतबाट पाठ सिक्दै भविश्यमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने मार्गनिर्देश गर्ने बताउनुभयो । उहाँले विभागले औषधिको गुणस्तर कायम राख्न अझै बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता औल्याउनुभयाे । स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले सीमित साधन स्राेतकाबीच पनि जे जति सकिन्छ इमान्दार प्रयास गर्नु हरेक कर्मचारीको जिम्मेवारी भएको बताउदै औषधि विभागका कर्मचारीहरुको गहन जिम्मेवारी रहेको जनाउनुभयाे । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले औषधि व्यवस्था विभागको संरचना परिवर्तन आवश्यक रहेकोमा जोड दिदै विसं २०३६ सालको संरचना परिवर्तन गरेर अहिलेको युग सुहाउदो बनाउन ४५ वर्ष पुरानो औषधि ऐन परिवर्तन गर्न लागेको बताउनुभयाे । विसं २०३५ सालमा बनेको औषधि ऐन र २०३६ सालमा स्थापना भएको औषधि व्यवस्था विभागको समय र अहिलेको समय पूर्ण रुपमा परिवर्तन भइसकेकोले समयको माग अनुसार विभागलाई अगाडि बढाउन नयाँ औषधि ऐनलाई छिट्टै संसदमा लगेर पारित गराउने वातावरण बनाउनु पर्नेमा ढकालको जोड थियो । कानून आयोगले औषधि ऐनको मस्यौदा तयार गरेर कानून मन्त्रालय पठाउन लागेको बताउदै ढकालले  यसलाई आउदो संसदको अधिवेशनबाट पास गर्ने वातावरण बनाउन स्वास्थ्य मन्त्रालयले विशेष पहल हुने विश्वास व्यक्त गर्नुभयाे । स्वास्थ्य विमाका कार्यक्रम प्रभावकारी बनाउन पनि स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि भित्र्याउनु आवश्यक रहेको महानिर्देशक ढकाले बताउनुभयाे । स्वास्थ्य मन्त्रालयका फर्मास्विटिकल्स सम्बन्धी हेर्ने छुट्टै साखा आवश्यक रहेको ढकालको भनाई थियो । कार्यक्रममा औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक पान बहादुर क्षेत्रीले विभाग मातहतका विभिन्न कार्यालयबाट आएका कर्मचारीहरुलाई स्वागत गरेका थिए भने अर्का वरिष्ठ औषधि व्यवस्थापक प्रमोद केसीले विभागले ६ महिनाको अवधिमा गरेका कामहरुको प्रस्तुतिकरण गर्नुभएकाे थियो । कार्यक्रममा विभाग मातहतका कार्यालयहरुले गरेको कामको समिक्षा गरिएको थियो ।

सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा नै समाजवादको यात्रा : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ११, शुक्रबार वर्गीकृत

 काठमाडौँ/ ११ फागुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा भनेर सुरु गरिएको यात्रा समाजवादको यात्रा भएको बताउनुभएको छ । 

तेइसौं मजदुर बलिदान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गरेर मात्र समाजवादको आधार तयार हुने बताउनुभयो । “गरीब एवं किसानको हकअधिकार स्थापित नहुँदासम्म समाजवाद आउन सक्दैन, सबैले आफ्नो क्षमताअनुसारको काम गर्ने कामअनुसारको दाम पाउने अवस्था आउनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “त्यसकारण सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा एकअर्कामा अभिन्न रुपले जोडिएका अवयव हुन्, समाजवादको आधार तयार पार्ने कुरा हो ।”

मजदुर–किसानको एकता एवं सही विचार र नेतृत्वको बलमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हाम्रा सहिद, बेपत्तायोद्धाको त्याग र बलिदान खेर गयो कि भनेर सोच्न हुन्न, समावेशिता एवं महिलाको प्रतिनिधित्व छ, उत्पीडित जाति, जनजाति एवं मधेसी र मुस्लिमले जेजति अधिकार पाएका छन्, त्यो महान सहिद र बेपत्ताको त्याग र बलिदानबाटै प्राप्त भएको हो ।”

समाजवादी क्रान्तिको नेतृत्व मजदुर–किसानकै हुने भएकाले अबको आन्दोलनमा उहाँहरूको भूमिका बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मजुरलाई अझ राम्रोसँग सङ्गठित हुने र विचारमा अझ बढी स्पष्टता हासिल गर्न सुझाव दिनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिक्रियावादीले धावा बोल्न खोजेको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो । 

शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले सबै सहिद तथा बेपत्ता परिवारले राज्यको तर्फबाट पाउनुपर्ने परिपूरण एवं सम्मान पाउन नसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालिन न्यायसम्बन्धी ऐन संसद्ले पारित गरेपछि बलिदानप्रति गर्व हुने विश्वास व्यक्त गर्नुभयो । 

Pages