add
Display Style: 
Column Style

महामारी विरुद्धको अभियान सबैको हो, आपसी सहकार्यबाट यसलाई नियन्त्रण गरौँ — मेयर शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७८ जेठ २०, बिहिबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाले आज छत्रपाटी निःशुल्क चिकित्सालय (महानगरको विशेष कोविड अस्पताल) लाई थप २ थान भेन्टिलेटर प्रदान गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा. मनोजमान श्रेष्ठलाई उपकरण हस्तान्तरण गर्नुभएको हो । यसअघि गएको जेठ ८ गते भीजी ७० मोडलका २ वटा भेन्टिलेटर दिइएको थियो । यी भेन्टिलेटर महानगरलाई भगिनी सहर ल्हासाबाट प्राप्त भएका थिए । आज हस्तान्तरण गरिएका भेन्टिलेटर महानगरको अनुदानमा अस्पतालले खरिद गरेको हो । जर्मनमा उत्पादन भएका यी उपकरणको मूल्य प्रतिगोटा करीब २६ लाख ५० हजार रुपैयाँ रहेको अस्पतालले जनाएको छ । 

उपकरण हस्तान्तरण गरिसकेपछिको प्रतिक्रियामा प्रमुख शाक्यले, अहिले कोविड नियन्त्रणको अभियानमा समुदायदेखि सरकारसम्मका सबै संयन्त्र एकै ठाउँमा भएको बताउनुभयो । जसरी हुन्छ, संक्रमण घटाउने र उपचार गर्नुपर्ने व्यक्तिलाई गुणस्तरीय सेवा दिनेमा महानगर केन्द्रीत छ । प्रमुख शाक्यले भन्नुभयो, ‘कोविड नियन्त्रणका लागि कम लगानीमा धेरै प्रतिफल प्राप्त गर्न महानगरले सरकारी र सामुदायिक अस्पतालहरुसँग सहकार्य गरेको छ । यसबाट संक्रमणमा परेका हरेक व्यक्तिले सहज उपचार पाउन सक्ने हामीले अपेक्षा गरेका छौँ । हाम्रा सहकार्यमा रहेका अस्पतालहरुले यसलाई मनन गर्नुहुनेछ ।’

कोविड संक्रमणमा परेका विरामीको व्यवस्थापनका लागि महानगरका प्रयासका बारेमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘महानगरका मातहतमा रहेका १४ वटा आइसोलेसन सेन्टरका ५ सय ७४ वटा वेडमध्ये आज विहानसम्ममा १ सय ४३ वेडमा विरामी हुनुहुन्छ । बाँकी खाली नै छन् । आवश्यक पर्नेले आफ्नो वडाध्यक्षलाई सम्पर्क गरेर निःशुल्क खाना र उपचारसहितको सेवा लिन सक्नुहुनेछ ।’

महामारीमा आफू बाँच्न जति कठिन छ । अरुलाई बचाउन उति नै कठिन छ । यसकालागि मानवीय र भौतिक स्रोतको समान परिचालन आवश्यक पर्ने रहेछ । त्यस अवसरमा वडा १७ का अध्यक्ष नविन मानन्धरले भन्नुभयो, महामारी नियन्त्रण गर्न अहिलेको महामारी नियन्त्रण गर्न प्रभावकारी प्रतिकार्य गर्नुपर्छ र सिकाईबाट भावी पुस्तालाई उपयोग हुने संयन्त्र तयार पार्नुपर्छ ।

अस्पतालमा अहिले कोविड भएर अक्सिजन दिनुपर्ने ५ जना विरामी एचडीयूमा र ९ जना विरामी साधारण वेडमा उपचार गराइरहनु भएको छ । महानगरको कोविड अस्पतालका बारेमा जानकारी दिँदै अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भन्नुभयो, ‘कोविड उपचारका लागि नर्सिङ् स्टाफहरु धेरै आवश्यक पर्ने भयो । यसका लागि हामीले अनुभवी नर्सहरुलाई साथमा लिएका छौँ ।’

त्यस अवसरमा महानगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडा सदस्यहरु सहभागी हुनुहुन्थ्यो । 

अस्पताललाई एनेस्थेसिया मेसिन प्राप्त 

आजै अरनिको समाजले अस्पतालाई १ थान एनेस्थेसिया मेसिन र आकस्मिक उपचारका लागि आवश्यक पर्ने सामान तथा उपकरण प्रदान गरेको छ । यसमध्ये एनेस्थेसियाको मूल्य करीब २६ लाख ५० हजार रुपैयाँ हो । 

यी सामाग्री तथा उपकरण नेपाल र चीनको दौत्य सम्बन्धबाट प्राप्त भएका हुन् । सामान प्रदान गरिसकेपछि बोल्दै समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले भन्नुभयो, ‘चीनबाट महामारी नियन्त्रणमा सघाउन निरन्तर सहयोग प्राप्त भइरहेको छ ।’

होम आइसोलेसनमा बस्न उपयुक्त वातावरण नभएका संक्रमितलाई राख्ने व्यवस्था महानगरले गर्छः मेयर शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७८ जेठ १९, बुधबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले होम आइसोलेसनमा बस्न उपयुक्त वातावरण नभएका र अक्सिजनसहितको आइसोलेसन आवश्यकता पर्ने कोभिड संक्रमित विरामीलाई काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको आइसोलेशन सेन्टरमा बस्न आग्रह गर्नुभएको छ ।

कोभिड–१९ को रोकथाम र नियन्त्रण क्षमता अभिवृद्धिका निम्ति जनसरोकार ट्रष्ट (काठमाडौँ मोडेल अस्पताल) र हेल्पिङ्ग ह्याण्ड्स अस्पताललाई आज चार थान आइसीयु भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा सम्वोधन गर्दै यस्तो आग्रह गर्नुभएको हो । ‘कोभिड संक्रमण भैहाल्यो र घरमा बस्न समस्या छ भने तपाईँहरु जुन वडामा बस्नु भएको छ, त्यही वडामा सम्पर्क गर्नुहोला,’ काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भन्नुभयो, ‘निशुल्क भोजन र अक्सिजनसहितको आइसोलसन सेन्टरमा राख्ने व्यवस्था हामी गर्छौ ।’

उहाँले संक्रमण भैहाल्यो भनेर बढी आत्तिने वा उपचार गर्न डराउने अवस्था भयो भने त्यसले थप जटिल बनाउने स्मरण गराउनुभयो ।  उहाँले आफुलाई संक्रमणको शंका भयो र केही असहज भयो भने तत्काल उपचारको व्यवस्था गर्न पनि आग्रह गर्नुभयो । ‘हामी सबै मिलेर कोभिडसँगको लडाईँमा विजय प्राप्त गरौँ,’ उहाँले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले कार्यपालिकाको बैठक बसेर कोभिड संक्रमण दरलाई न्युनिकरण गर्ने र सजगता अपनाउँदा–अपनाउँदै संक्रमण भैहाल्यो भने उपचारका लागि अस्पतालसम्म पुगेपछि सहज उपचारको व्यवस्था होस भन्ने हेतूले सरकारी र सामूदायिक अस्पतालसँग सहकार्य गरेको स्मरण गराउनुभयो ।

‘महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रि.वि. शिक्षण अस्पताललाई १०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई आजसहित २, जनस्वास्थ्य सरोकार ट्रष्ट (काठमाडौं मोडल अस्पताल) लाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरिसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘त्योसँगै सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने सर्तसहित क्षत्रपाटीको निशुल्क चिकित्सालयलाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गरेर सेवा प्रदान गरिरहेका छौँ । एक सय वर्ष भन्दा पनि पुरानो अस्पताल नरदेवी आर्योवेदिक अस्पताललाई पनि आइसोलेसन सेन्टरका रुपमा विकास गरेका छौँ ।’

काठमाडौँ महानगरपालिकाकाका उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले पहिलो लहर भन्दा दोस्रो लहरको कोभिडले बढी संक्रमण बढाएको भन्दै तत्काल महानगरपालिका आफैँले अस्पताल खोल्न नसक्ने अवस्था भएकाले सरकारी र सामूदायिक अस्पतालसँग सहकार्य गरेर अघि बढेको बताउनुभयो । ‘कोभिड निर्मूल पार्न सबै अस्पतालमा अक्सिजनको कमी हुन नदिने र घर–घरमा पुगेर खोप लगाउने अभियान चलाउनुपर्छ,’ उहाँले भन्नुभयो।

हेल्पिङ हेन्सका कार्यकारी प्रमुख गुप्तबहादुर श्रेष्ठले ७७ जिल्लाकै विरामी उपचार गर्न आउने अस्पतालमा महानगरपालिकाले गरेको सहयोग अतुलनीय भएको बताउनुभयो । काठमाडौँ मोडल अस्पतालका कार्यकारी निर्देशक डाक्टर राजेशध्वज जोशीले काठमाडौँ महानगरपालिकाले गरेको सहयोगको सदुपयोग गर्दै धेरै भन्दा धेरै विरामीलाई सेवा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

काठमाडौँ महानगरबाट ३ सय ९ बेडको आइसोलेसन र ३५ बेडको विषेश अस्पताल सञ्चालनमा

Swoniga Online – स्वनिगः संवाददात | २०७८ जेठ १५, शनिबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाले ४५ थान भेन्टिलेटर महानगरपालिका क्षेत्र भित्र र उपत्यकाका विभिन्न ९ अस्पतालहरुलाई उपलब्ध गराइएको जानकारी दिएको छ । कोभिड–१९ को संक्रमण बढेसँगै अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने उदेश्यले ती भेन्टिलेटर विभिन्न अस्पताललाई उपलब्ध गराएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । जानकारी अनुसार महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रि.वि. शिक्षण अस्पताललाई १०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, छत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौं मोडल अस्पताललाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरेको छ ।

‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई वीर ५० वटा मनिटर उपलब्ध गराएका छौ भने आजै मात्र पनि हामीले महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २ थान भेन्टिलेटर उपलब्ध गराएका छौँ । महानगरपालिकामार्फत गरेको यो सहयोगले राजधानीवासी मात्र नभई ७७ वटै जिल्लाका कोभिड संक्रमित नागरिकहरुको सघन उपचारमा सहयोग पुग्ने अपेक्षा लिएका छौँ,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका प्रमुख शाक्यले भन्नुभयो, ‘सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र कान्ति बाल अस्पताललाई महानगरपालिकाले उपलब्ध गराएको ५ करोड बराबरको सहयोग रकमले निर्माण गरिएको अक्सिजन प्लान्टमध्ये गंगालालले प्लान्ट संचालनमा ल्याइसकेको छ ।

कान्ति अस्पतालमा प्लान्ट असार महिनादेखि संचालन हुनेछ ।’  प्रमुख शाक्यले  महानगरपालिकाले ६ वटा विभिन्न सरकारी र सामुदायिक अस्पतालहरुलाई पीसीआर मेसिन, मनिटर, भ्हतचबअतष्यल मेसिन र बेड उपलब्ध गराएको पनि जानकारी दिनुभयो । विभिन्न अस्पताललाई उपलब्ध गराएका मध्ये केही भेन्टिलेटर, पीसीआर मेसिनलगायतका सामग्री भगिनी सम्वन्ध स्थापित गरेका चीनका विभिन्न नगरले महानगरपालिकालाई सहयोग स्वरुप उपलब्ध गराएका हुन् । 

‘कोभिड संक्रमित बिरामी तथा आफन्तहरुलाई उपचारमा सहज होस भन्ने हेतुले नागरिक हट लाइन ११८० बाट २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएका छौँ,’ उहाँले भन्नुभयो, ‘बिरामीहरुलाई अस्पतालमा पुग्न सहज होस भनी कोभिड १९ का बिरामीका लागि फोन नं. १०२ मार्पmत १० वटा र नन् कोभिड बिरामीका लागि १० वटा गरी कूल २० वटा निःशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याइएका छौँ । जसबाट हालसम्म २२ हजार कोभिड संक्रमित बिरामी र १२ हजार नन् कोभिड बिरामीहरुले सेवा प्राप्त गरिसकेका छन् ।’ 

४४ हजारको निशुल्क पीसीआर

हालसम्म महानगरपालिका क्षेत्रभित्र ४४ हजार बढीले निःशुल्क पीसीआर जाँचको सुविधा लिइसकेको महानगरपालिकाले जानकारी दिएको छ । ‘कोभिड–१९ को संक्रमणको परीक्षण बढाउन महानगरपालिकाको ३२ वटै वडामा केन्द्र तोकी पीसीआर सँगसँगै स्वास्थ्य सेवा विभागको समन्वयमा समुदायस्तरमा एन्टीजेन परीक्षण संचालन गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘पाँच दिनसम्म सञ्चालन हुने यो कार्यक्रममा कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रमोर्चामा रहेर काम गर्ने व्यक्ति, कोभिडको लक्षण देखिए पनि परीक्षण नगरेकालगायतलाई समेट्छौँ ।’ 

महानगरपालिकाले अहिलेसम्म महानगरपालिका क्षेत्रभित्र ६५ वर्ष माथि उमेरका ६७ हजारलाई कोभिशिल्ल खोपका साथै भेरोसेल पहिलो चरणमा १ लाख ३० हजार र दोस्रो चरणमा १ लाख बढीलाई लगाएको पनि जानकारी दिएको छ ।  

प्रमुख शाक्यले जनचेतना अभिवृद्धिका लागि ४ वटा शिविर मार्पmत २४ हजारलाई प्रत्यक्ष सेवा उपलब्ध गराइएको,  । जात्रापर्व (शिवरात्री र सेतो मछिन्द्रनाथ लगायत) मा घुम्ती स्वास्थ्य शिविर संचालन गरिएको र ५ वटा गाडीमार्पmत टोल टोलमा माइकिङ्ग गरी स्वास्थ्य मापदण्डको पालना गराउन जनचेतना अभिवृद्धि गर्ने जस्ता कार्य गरेको पनि जानकारी दिनुभयो ।  

कोभिड नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी माध्यम बनेका खोप सेवा नेपाल सरकारको निर्देशन अनुसार ६५ वर्षमाथिका करिब ६६ हजार जेष्ठ नागरिकलाई कोभिशिल्ड खोप, १८ देखि ५९ वर्ष समूहका १ लाख ३० हजारलाई भेरोसेल खोपको पहिलो डोज र १ लाखलाई दोस्रो डोज महानगरपालिकाकै व्यवस्थापनमा लगाउने कार्य सम्पन्न भइसकेको छ । 

३ सय ९ बेडको आइसोलेसन र विषेश अस्पताल सञ्चालनमा 

त्यसैगरी काठमाडौँ महानगरपालिकाले अस्पतालमा अक्सिजनको चरम अभावको कारण उत्पन्न असहज अवस्थालाई ध्यानमा राखेर अक्सिजनकै कारण अस्पतालमा हुने बिरामीको चापलाई कम गर्न ३ सय ९ बेडको आइसोलेसन र विषेश अस्पताल सञ्चालनमा ल्याएको पनि जानकारी दिएको छ ।  ‘महानगरपालिकाको आर्थिक सहयोगमा सामाखुशी स्थित राधास्वामी सत्संग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजन सहित १ सय ७४ बेडको कोभिड–१९ आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका छौँ,’ शाक्यले भन्नुभयो, ‘नरदेवी आयुर्वेद अस्पतालमा ५० अक्सिजन सहित १ सय बेडको कोभिड–१९ आइसोलेन केन्द्र र छत्रपाटी निःशुल्क चिकित्सालयमा आइसीयु र भेन्टिलेटर सहितको ३५ बेडको कोभिड–१९ विशेष अस्पताल संचालनमा ल्याइसकेका छौँ

गायक दीप श्रेष्ठ अस्पताल भर्ना

Swoniga Online – स्वनिगः संवाददात | २०७८ जेठ १५, शनिबार वर्गीकृत

गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका छन्।

शरीरमा अक्सिजनको मात्रा कमी भएपछि श्रेष्ठलाई शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको हो ।

अस्पतालका अनुसार गायक श्रेष्ठलाई निमोनियाको समस्या देखिएको छ ।

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका श्रेष्ठलाई कोभिड समस्या पनि देखिएको गायिका तृष्णा गुरुङले जनाएकी छन् ।

प्रजातन्त्र मात्रले मातृभाषा पत्रकारिताको विकास नहुनेमा मातृभाषी पत्रकारहरुको जोड

Swoniga Online – स्वनिगः संवाददात | २०७८ जेठ १२, बुधबार वर्गीकृत

प्रजातन्त्र मात्रले मातृभाषा पत्रकारिताको विकास नहुनेमा मातृभाषी पत्रकारहरुको जोड

मातृभाषा पत्रकारिता क्षेत्रका विकासको लागि प्रजातन्त्र मात्र आएर नपुग्ने सरोकारवालाहरुले बताएका छन् । छैठौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा आज आयोजित भच्र्युअल कार्यक्रमका वक्ताहरुले नेपालमा मातृभाषा पत्रकारिताको विकासका लागि राज्यले विशेष प्याकेज नै ल्याउनुपर्नेमा जोड दिए । छैठौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गरेको भच्र्युअल अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार सुरेश किरण मानन्धरले देशमा धेरै पल्ट राजनीतिक परिवर्तन भएपनि मातृभाषा पत्रकारिता क्षेत्रमा कुनै परिवर्तन महसूस गर्न नसकिएको बताउनुभयो । ‘मातृभाषा पत्रकारिता क्षेत्रको लक्षित समूह नै सानो हुन्छ, यसको बजार सानो हुन्छ, त्यसैले यो क्षेत्रमा व्यावसायिक पत्रकारिता निकै चुनौतीपूर्ण छ’, मानन्धरले भन्नुभयो, ‘मातृभाषा पत्रकारिताको विकासका लागि राज्यबाट नै विशेष सुविधाको प्याकेज ल्याइनुपर्छ । 

पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले दुई वर्ष अघि मातृभाषा पत्रकारिता सम्मेलनबाट पत्रकारिता सम्वद्ध सरकारी निकायहरुमा समानुपातिक, समावेशी प्रतिनिधित्व, संचारगृहमा विषयवस्तुको साथमा व्यक्तिको समावेशी उपस्थिती, मातृभाषी पत्रकारको क्षमता विकास लगायतका विषयहरु समावेश गर्दै घोषणा पत्र जारी गरेको स्मरण गर्नुभयो । घोषणापत्रबाट उठाइएका मागहरु पूरा गराउन पत्रकार दबू लगायत मातृभाषा पत्रकारिता सम्वद्ध सम्पूर्ण संघसंस्था एकजुट भई राज्यलाई दबाब दिनुपर्ने बज्राचार्यको भनाई हो । ‘मातृभाषा पत्रकारिताको विकासका लागि हामीले सुझावहरु राज्यसमक्ष राखेका छौं, यी मागहरुको कार्यान्वयन सम्वन्धमा राज्य कहाँ छ भन्ने प्रश्न राख्नुपर्ने अवस्था छ । यो प्रश्न बारम्बार दोहो¥याइ रहन नपरोस्, यहि आशा गरौं’ बज्राचार्यले भन्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नारायण किलम्बुले मातृभाषा पत्रकारिता दिवस सरकारबाटै मनाइनुपर्ने माग राख्नुभयो । मातृभाषा नै देशको पहिचान बनेको अवस्थामा मातृभाषा पत्रकारिताको विकास पनि राज्यकै दायित्व भएको किलम्बुले भन्नुभयो । यसको लागि राज्यलाई दबाब दिन आफुले महासंघबाट सक्दो पहल गर्ने प्रतिवद्धता पनि किलम्बुले व्यक्त गर्नुभयो ।

त्यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले मातृभाषा पत्रकारिताले सय वर्ष पूरा गर्न लाग्दा पनि मातृभाषाबाट संचालन भइरहेका संचारमाध्यमले मौलिक विषयवस्तु पस्किन नसकेको विचार राख्नुभयो । ‘हामीले अरुको सामग्री अनुवाद मात्रै गर्यौं, हामीले नै आफ्नो समुदायको सूचना, मुद्दालाई समाचारको विषय बनाउन सकेनौं भने अरुबाट आश गर्न सकिन्छ र ?’ गुरुङले प्रश्न राख्नुभयो । मातृभाषा पत्रकारिता भनेको समुदायको भाषा, संस्कृति र संस्कारको संरक्षणसँग पनि जोडिएकोले यो निकै चुनौतीपूर्ण र गम्भीर विषय भएको गुरुङको भनाई थियो । 

त्यसैगरी मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले मातृभाषा पत्रकारितालाई अलगधार र खस नेपाली भाषाको पत्रकारितालाई मूलधार भन्दै विभेद भइरहेको गुनासो गर्नुभयो । सम्वन्धित समुदायको लागि मातृभाषा पत्रकारिता नै मूलधार भएको दावी गर्दै सिंहले मूलधार वा अलगधार खालको विभेदपूर्ण विचारलाई चिर्नुपर्ने विचार राख्नुभयो ।

पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले २०७५ सालमा प्रथम मातृभाषा पत्रकारिता सम्मेलनको आयोजना गरेको स्मरण गर्दै यस वर्ष दोश्रो सम्मेलनको आयोजना गर्ने योजना रहेपनि महामारीको अवस्थामा गर्न नसकिएको जानकारी दिनुभयो । समयानुकुल सम्मेलनको आयोजना गरिने पनि श्रेष्ठले बताउनुभयो ।

आजभन्दा ९६ वर्ष अघि नेपाल सम्वत १०४५ (वि.सं. १९८२) मा ललितपुर चिकंबहिका धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले कलकत्ताबाट ‘बुद्ध धर्म’ नामक नेपालभाषाको पत्रिका प्रकाशन गरेका थिए । यहि पत्रिकालाई नेपालको पहिलो मातृभाषी पत्रिकाको रुपमा लिइन्छ । इतिहासकै पहिलो मातृभाषी पत्रिका ‘बुद्ध धम्र्म’ दोश्रो बर्षमा ‘बुद्ध धम्र्म व नेपालभाषा’ नामले प्रकाशित भएको थियो । राणाकालीन कठोर समयमा ५ बर्षसम्म यो पत्रिका प्रकाशन भएको थियो । यही पत्रिका प्रकाशनलाई आत्मसात् गर्दै धर्मादित्य धर्माचार्यको जन्मदिन बैशाख शुक्ल चतुर्दशीको दिनमा पत्रकार दबूले प्रथम मातृभाषा पत्रकार धर्माचार्यको जन्मजयन्ती तथा मातृभाषा पत्रकारिता दिवसको मनाउने गरेको छ । यसै क्रममा मंगलवार छैठौं मातृभाषा पत्रकारिता दिवस मनाइएको हो ।

दिवसको अवसरमा दबूले पुल्चोकस्थित धर्मादित्यको सालिकमा माल्यार्पण, ¥याली, जन्म जयन्ती समारोह तथा मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्दै आएकोमा यस वर्ष भने कोरोना महामारीका कारण उक्त कार्यक्रमहरु स्थगित भएको छ । धर्मादित्य धर्माचार्यको जन्म ने.सं. १०२२ बछलाथ्व १४ (वैसाख शुक्ल चतुर्दशी) मा सप्तपुर महाविहार, चिकंबही, ललितपुरमा भएको थियो भने ने.सं. १०८३ मा उनको निधन भएको हो ।

काठमाडौँ महानगरको सहयोगमा आजदेखि छत्रपाटी चिकित्सालयमा कोविड अस्पताल सञ्चालन

Swoniga Online – स्वनिगः संवाददात | २०७८ जेठ १२, बुधबार वर्गीकृत

 

 

काठमाडौँ महानगरको सहयोगमा आजदेखि छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोविड अस्पताल सञ्चालनमा आएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा आज अस्पताल सञ्चालन शुभारम्भ गर्नुभएको हो ।

यसका लागि महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन खर्चवापत् करीब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ व्यहार्नेछ । यसका लागि गएको बैशाख ३१ गते सम्झौता भएको थियो । यो सम्झौता महानगरले अर्को निर्णय नगरेसम्मका लागि हो ।

महानगरलाई भगिनी सहर ल्हासाले उपलब्ध गराएका भेन्टिलेटरमध्ये २ वटा छत्रपाटी चिकित्सालयलाई दिएको छ । यसैगरी अस्पतालले खरिद गर्ने थप ३ वटा भेन्टिलेटरको रकम महानगरले भुक्तानी गरिदिनेछ ।

अस्पतालको क्षमता बढाएर कोविड संक्रमणमा परेका विरामीलाई सहज उपचारको वातावरण मिलाउन महानगरले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गरेको बताउँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, अहिले जनताको जीवन रक्षाका आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकता राखेको बताउनुभयो । अस्पतालको क्षमता बढाउन र संक्रमणको दर घटाउन दुवै कामलाई सँगै लिएर गए मात्र कोविडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन, प्रमुख शाक्यको भनाइ थियो ।

कोविड नियन्त्रण गर्न बैज्ञानिक आधार खोजी भइरहेको छ । जुनदिनसम्म यसको नियन्त्रणका लागि वज्ञानमा आधारित समाधान आउँदेन, त्यतिञ्जेलसम्म अहिलेसम्म प्राप्त भएका उपलब्धी र सामुहिक प्रयासको प्रयोग गर्नुपर्छ । शुभारम्भपछि राज्यमन्त्री मानन्धरले, महामारीले अस्पतालहरुको अवस्था बुझ्न मद्दत गरेको बताउनुभयो । महानगरले स्वास्थ्य क्षेत्रमा बढाउँदै लगेको लगानीको प्रशंशा गर्दै उहाँले, स्वास्थ्य सम्बन्धि कार्यक्रम व्यक्ति वा समूहकोभन्दा माथि हुने भएकोले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

यस अस्पतालको पूर्वाधार सुधारका लागि हामीले करीब ३० लाख रुपैयाँ खर्च गरेर लिफ्ट जडान गरिदिएका छौँ । नयाँ भवन निर्माण गर्न करीब ५ करोड रुपैयाँ विनियोजन गरेका छौँ । यसको लाभ जनतामा प्रत्याभूत हुने महानगरको अपेक्षा छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो, पूर्वाधार विकासमा गरिने लगानी रोकेर महानगरले स्वास्थ्य क्षेत्रको सुधारका लागि बढाएको छ ।

महानगरबाट प्राप्त सहयोगबाट धेरैभन्दा धेरै जनताको सेवा गर्नेछौँ । हामीले गरेके सेवा सम्बन्धि विवरण हरेक दिन महानगरमा पठाउनेछौँ । अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भन्नुभयो, हामीलाई अक्सिजन व्यवस्थापनमा भने अझै डर लागिरहेको छ । यसको जोहो गर्न प्लान्ट स्थापना गर्ने योजनामा छौँ । अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीकाअनुसार अस्पतालमा ७ वटा आइसीयू, ४ वटा भेन्टिलेटर ६ वटा एचडीयूसहित ३५ वेडको कोविड अस्पताल सञ्चालन भएको हो ।

बैशाख २८ गते महानगरले सरकारी र सामुदायिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर बढ्दो कोविडको संक्रमणविरुद्ध लड्न कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको थियो । यसपछि अस्पतालहरुले आफ्नो क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनका लागि सहयोग सम्बन्धि माग गरेका थिए । अस्पतालहरुको मागअनुसार विभिन्न मितिमा १२ वटा अस्पतालहरुसँग सम्झौता भएका छन्।

यसरी गरिएका सम्झौताबमोजिम आजबाट कोविड अस्पताल सञ्चालनमा आएको हो । यससँगै ८८ अक्सिजनसहित २०० वेडको राधास्वामी कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पतालमा २५ वेडको एचडीयू र २५ वेडको गरी ५० वेडको आइसोलेसन सञ्चालनमा आइसकेका छन् । यस्तै विभिन्न अस्पतालहरुमा ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप), १० थान वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप) सहित उपकरण जडान हुँदैछन् । यस्तै अस्पतालको भौतिक सुधारका क्षेत्रमा पनि काम भइरहेको छ ।

महानगरलाई भगिनी सहर ल्हासाबाट प्राप्त भएका ४ थान भेन्टिलेटरमध्ये २ वटा छत्रपाटी चिकित्सालयलाई र २ थान शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई वितरण गरिसकेको छ ।

विशेष कोविड अस्पताल शुभारम्भ अवसरमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।

 

वरिष्ठ गायक स्वयम्भूराज रहेनन्

Swoniga Online – स्वनिगः संवाददात | २०७८ जेठ १२, बुधबार वर्गीकृत

वरिष्ठ गायक स्वयम्भूराज शाक्यको ६४ बर्षका उमेरमा निधन भएको छ । गत वैशाख २६ गतेदेखि उहाँ विपि स्मृति अस्पतालमा उपचार गराइरहनु भएको थियो । कोरोना संक्रमण देखिएका कारण उपचारका लागि अस्पताल भर्ना भएका शाक्यको पछिल्लो समय भने पीसीआर नेगेटिभ आएको परिवारले जानकारी गराएको छ । 

नयाँ नयाँ शैली र सृजनामा तल्लीन वरिष्ठ गायक शाक्य आफ्नै टोलमा आयोजित एकल साँझको सफलता पछि अर्को एकल प्रस्तुतिको योजनामा हुनुहुन्थ्यो । 

रेकर्डिङ सहज र सुलभ नभएको बेला एउटा कोठामा वाद्यवादक तथा गायक÷गायिका र अर्को कोठामा प्रविधि र प्राविधिकका साथ ३ दशक अघि नेपालभाषाको ‘मतिना’ रेकर्ड गराएका थिए । नेपालको सांगीतिक विकासमा कोशेढुंगाका रुपमा लिइने यस गीति संग्रहमा संग्रहित उनका सबै गीतहरु हालसम्म पनि जनजिब्रोमा झुण्डिएको छ । 

सांस्कृतिक संस्थानबाट सेवानिवृत वरिष्ठ गायक शाक्य रेडियो नेपालका विशिष्ट श्रेणीका गायक हुनुहुन्थ्यो । विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित शाक्यले तिब्बत, श्रीलंका, बंगलादेश, साउदी अरेबिया, जापान, हङकङ, बैंङ्ककमा सांगीतिक प्रस्तुति दिइसक्नु छ । ५ वटा गीति संग्रहसहित २५० भन्दा बढी गीत गाउनु भएका वरिष्ठ गायक शाक्यले ४ वटा एकल शोहरु समेत गरिसक्नु भएको छ ।

नरदेवी आयुर्वेदिक अस्पतालमा ५० वेडको आइसोलेसन सुरु

Swoniga Online – स्वनिगः संवाददात | २०७८ जेठ ८, शनिबार वर्गीकृत

काठमाडौँ महानगरको अनुदान सहयोगबाट नरदेवी आयुर्वेदिक अस्पतालमा ५० वेडको आइसोलेसन सञ्चालनमा आएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, महानगरका प्रमुख विद्यासुन्दर शााक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले संयुक्त रुपमा आइसोलेसनको शुभारम्भ गर्नुभएको हो । आइसोलेसन सञ्चालन गर्न काठमाडौँ महानगर र अस्पतालविच गएको बैशाख २७ गते सम्झौता भएको थियो ।  

एकपटक खरिद गरेर पुग्ने उपकरण तथा सामाग्रीका लागि र नियमित खर्च गर्नु पर्ने कामका लागि महानगरले अनुदान उपलब्ध गराउने छ । अस्पतालको क्षमता ११८ वेडको हो । शुरुवात्मा २५ वेडको एचडीयू र २५ वेडको आइसोलेसन बाट सेवा थालिएको हो । 

सेवा सुरु गरिसकेपछि प्रतिक्रिया दिँदै राज्यमन्त्री मानन्धरले भन्नुभयो, ‘अस्पतालमा सञ्चालनमा अक्सिजन अनिवार्य हो । विगतमा भएका कमजोरीका कारण अहिले अक्सिजनको अभाव देखियो । अब सरकारले यसलाई सुधार गर्नेछ ।’ स्वस्थ्य जीवनका लागि परम्परागत सीपको प्रयोग उपयोगी हुने बताउँदै राज्यमन्त्री मानन्धरले वरिपरिका अस्पतालहरुकाविचमा सञ्जाल विस्तार गरेर विरामीहरुको उपचार प्रक्रियालाई व्यवस्थित गर्दै जानुपर्ने बताउनुभयो । 

अस्पतालको क्षमता बढाउँदै जाऔँ । यससँगै संक्रमणको मात्रा घटाउनमा ध्यान दिनुपर्छ । आइसोलेसन सञ्चालनपछि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘जनताको जीवन रक्षाका लागि महानगरले स्वास्थ्य क्षेत्रमा लगानी बढाएको छ ।’

जनताको जीवन बचाउनु स्थानीय सरकारको जिम्मेवारी हो । यो दायित्वलाई बोध गरेर हामीले विकास खर्च रोकेर स्वास्थ्य क्षेत्रमा खर्च बढाएका छौँ, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘देशभरिका जनता काठमाडौँमा भएकाले हामीले अलि धेरै दायित्व बहन गर्नुपर्नेछ ।’

अस्पतालहरुमा विरामीले पाएका फरक फरक खालका दुृःख झेलेका छन् । ती दुःख वडामा आएर जनप्रतिनिधिलाई सुनाउँछन् । हामी चाहन्छौँ, उपचारका लागि कसैले पनि कुनै खालको समस्या झेल्नु नपरोस् । वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले प्रतिक्रिया दिँदै भन्नुभयो, सबै मिलेर सकेसम्म अस्पताल जानु नपर्ने, गए पनि सहज उपचार पाउने व्यवस्था मिलाऔँ । 

अस्पतालले भर्ना भएका विरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि वितरण गर्ने, अक्सिजन थेरापी गराउने, ध्यान योग र मनोसामाजिक परामर्श गर्ने, श्वाशप्रश्वाश अभ्यास र छातीको थेरापी गराउने, चिकित्सा एवं मानसिक स्वास्थ्य प्रर्वधनका लागि  सत्वावजय (आध्यात्मिक प्रवचन, उत्प्रेरणामूलक प्रवचन, हास्यासन लगायत विधि अपनाउने छ । 

दैवब्यापाश्रय चिकित्साअन्तर्गत (मन्त्र चिकित्सा–महामृत्युञ्जय मन्त्र, विष्णु सहस्रनाम, हनुमान चालिसा, संकटमोचन मन्त्र, नवग्रह मन्त्र) गराउने, संगीत चिकित्सामा राग, भजन, वाद्यवादन गराउनेछ । 

आधुनिक चिकित्साअन्तर्गत कन्सल्टेन्ट फिजिसियन तथा मेडिकल अफिसरहरूले बिरामीको स्वास्थ्य जाँच र उहाँहरुको शिफारिसअनुसारको उपचार गरिनेछ । 

अस्पतालले आयुर्वेदतर्फ ७ जना कन्सल्टेन्ट र आधुनिक चिकित्सातर्फ २ जना कन्सल्टेन्टसहित  १२ जना आयुर्वेद चिकित्सक, ४ जना मेडिकल अफिसर, २२ जना नर्सिंङ् स्टाफ, २ जना फिजियो थेरापिस्ट, १५ जना आयुर्वेद स्वास्थ्यकर्मी, लेखा प्रशासन ५ जना र सफाइ तथा सहयोगी कर्मचारी २५ जनालाई आइसोलेसनका लागि खटाएको छ ।

महानगरको अनुदानबाट राधास्वामी भवनमा कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सुरु

Swoniga Online – स्वनिगः संवाददात | २०७८ जेठ ८, शनिबार वर्गीकृत

काठमाडौँको सामाखुशीमा आजदेखि राधास्वामी कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सुरु भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सेन्टरको शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य, प्रधान सेनापति पूर्णचन्द्र थापा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित अधिकारीहरु उपस्थिति हुनुहुन्थ्यो । 

सेन्टर सञ्चालन गर्न गएको बर्ष २०७७ साल कार्तिक १४ गते मन्त्री परिषद्ले निर्णय गरेको थियो । त्यसपछि कोविडको संक्रमण घट्दो क्रममा गएकाले आइसोलसन निर्माण कार्यान्वयनमा डिलाइ भएको थियो । जब कोविडको दोस्रो लहर सुरु भयो त्यसपछि काठमाडौँ महानगरले कोविड रोकथाम र नियन्त्रणका लागि छलफल गर्न २०७८ बैशाख १४ गते विशेष कार्यपालिका बैठक बोलाएर राधास्वामी भवनमा आइसोलेसन सेन्टर सञ्चालन गर्नेलगायत विभिन्न निर्णय ग¥यो । 

काठमाडौँ महानगरपालिकाको आर्थिक अनुदानमा सुरु भएको सेन्टर नेपाली सेनाले सञ्चालन गर्नेछ । नेपाल सरकार, कोविड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र, काठमाडौँ महानगरपालिका, नेपाली सेना उपत्यका पृतना, हेड क्वाटर, वीरेन्द्र अस्पताल छाउनी, राधास्वामी सत्संग व्यास र अमेरिका नेपाल मेडिकल फाउन्डेसन सेन्टरका सरोकारवाला हुन् । अहिले ८८ वेड अक्सिजन र ९६ साधारण सामान्यबाट सुरु भएको हो । आवश्यकताका आधारमा ९६ वेडलाई पनि अक्सिजनसहितको बनाउँदै लगिनेछ । 

सेन्टर सञ्चालनका लागि छलफल गर्न महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ बैशाख २२ गते उपत्यका पृतना हेडक्वाटर गएर अधिकारीहरुसँग छलफल गर्नुभएको थियो । त्यसपछि बैशाख ३१ गते वीरेन्द्र सैनिक अस्पतालसँग सम्झौता भएको थियो । सम्झौताबमोजिम काम थालनी गर्न महानगरले पहिलो किस्तास्वरुप २ करोड रुपैयाँ उपलब्ध गराएको छ । त्यसपछिको खर्च सेन्टर सञ्चालनमा भएको लागतका आधारमा महानगरले अनुदान स्वरुप उपलब्ध गराउनेछ । 

सेन्टर सुरु गरिसकेपछि उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘अक्सिजनको सहज व्यवस्थापन र भ्याक्सिन ल्याउने कुरालाई सरकारले जसरी पनि पूरा गर्नेछ । महामारी नियन्त्रण गर्नका लागि सरकारले नेतृत्व गर्छ, अभिभावकत्व निर्वाह गर्छ । यसबाट छुट्कारा पाउन सबैको सामुहिक प्रयत्न चाहिन्छ ।’ अहिलेको चुनौती सामना गर्न क्षमता बढाउँदै लानु पर्छ । उपत्यकाका अक्सिजन उद्योगले दैनिक करीव ८ हजार लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्छन् । अहिलेको माग करीब १६ हजार लिटर हो । यसलाई घटाउनु हाम्रो दायित्व हो । उपप्रधानमन्त्रीको भनाइ थियो । 

‘अहिले हाम्रा दुईवटा प्राथमिकता छन् । एउटा कोविडको संक्रमण घटाउनु र दोस्रो अस्पतालमा विरामीको चाप घटाउनु ।’ त्यस क्रममा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महामारी रोक्न सबै पक्षलाई सहभागिताका लागि अपिल गर्नुभयो । 

कोविडका विरामीको प्रभावकारी उपचारका लागि अस्पतालहरुलाई अक्सिजन उपलब्ध गराउनु पहिलो काम हो । त्यस क्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, हामीले विकास बजेट कटाएर नागरिकलाई महामारीबाट बचाउनमा खर्च गरिरहेका छौँ।

महामारीविरुद्धको लडाइँँमा सरकारसँग काम गर्न पाएकोमा हामीलाई खुशी लागेको छ । अमेरिका नेपाल मेडिकल फाउन्डेसनकातर्फबाट डा. भुपेन्द्र बस्नेतले परिणाम आउने गरी काम गर्ने बताउनुभयो।

लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प

Swoniga Online – स्वनिगः संवाददात | २०७८ जेठ ५, बुधबार वर्गीकृत

लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ ।

 

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिकका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।

Pages