add
Display Style: 
Column Style

प्रहरीलाई प्रतिकारमा उत्रिन मेयर महर्जनको आग्रह

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २७, सोमबार वर्गीकृत

ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले सामाजिक संञ्जालमा निस्किएको कुरामा प्रतिकार गर्न आग्रह गर्नुभएको छ। रातो मच्छिन्द्रनाथको यस वर्षको रथयात्राका विषयमा छलफल गर्न ज्यापू समाजको संयोजनमा आईतबार भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा आयोजना गरेको सरोकारवालाको भेलामा सो आग्रह गर्नुभएको हो ।

यद्पि प्रतिकार कुन रूप र स्तरमा हो, उहाँले त्यो खुलाउनु भएन। यहाँ कुनै कुनै खेल्ने तत्वहरू छन् । ती खेल्ने तत्वले अहिलेको सामाजिक संञ्जाल प्रयोग गरेर नचाहिने किसिमले खेल्न सक्छ उहाँले भन्नुभयो । फेसबुक, ट्विटर वा अन्य सामाजिक संञ्जालमा यताउति कुनै कुरा निस्कियो भने त्यसमा प्रतिकार गर्न मेयर महर्जनले सिडियो कार्यालय, प्रहरी कार्यालय र १९ जातीय समाजसहित खलःपुचःको नामै तोकेर आग्रह गर्नुभयो ।

सो बैठकमा स्थानीय प्रशासन, प्रहरी र गुठी संस्थान, रथयात्रा सम्बद्घ सरोकारहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यहाँहरू सबैलाई अनुरोध के हो त भन्दाखेरी हाम्रो सिडियो कार्यालयदेखि प्रहरी कार्यालय खलः पुचःहरूले फेसबुकका वालहरूमा यताउति कुनै कुरा निस्कियो भने त्यसमा प्रतिकार गर्नुपर्दछ ।गत वर्ष भदौ १८ गते विहीवार स्वतःस्फूर्त रथ तान्ने र त्यसपछि प्रहरी र स्थानीयबीच झडपलाई मेयर महर्जनले सरोकारवालारू रथयात्राको विषयमा अनिर्णयको बन्दी रहेको र हामी जाग्नुपर्याे भन्ने आशयले फेसबुक, ट्विटरहरू पोष्टिङ्ग गरिएपछि भएको घटनाको चित्रण गर्नुभयो ।

मेयर महर्जनले यहाँ कुनै, कुनै खेल्ने तत्वहरू रहेको भन्दै ती खेल्ने तत्वहरूले गत वर्ष पनि सामाजिक सञ्जाल प्रयोग गरेर त्यसरी खेलिएको भन्दै उहाँले भन्नुभयो सबैले आ आफ्नो क्षेत्रमा बसेर, आफ्नो ल्याकत र तागतले भ्याएसम्म काम गरिराखेको थियो । तर यसको समाचार मात्र बाहिर बजारमा गएको थिएन । तर खेल्ने तत्वले यो समाजले, खलः पुचःले केही पनि गरेन, तसर्थ हामी जाग्नुपर्याे भनेर फेसबुकमा, अन्य सामाजिक सञ्जालमा पोष्टिङ्ग गर्याे। फेसबुकका वालहरू यसरी भरियो, त्यो बेलासम्म पनि हामी  कसैको ध्यान गएन । त्यो घटना घट्न गयो । 

गत वर्ष प्रहरी र स्थानीयबीच झडप भएपछि मेयर महर्जन रथ बनाउन, तान्न  ललितपुर महानगरपालिकाको कुनै पनि भूमिका नहुने भन्दै विज्ञप्ति प्रकाशित गरेको थियो । रथ बनाउनेदेखि र तान्ने सम्म अवधिमा भएका कयौ बैठकमा सहभागी , कतिपय बैठक महागरपालिको हलमा भएको पृष्ठभूमिमा सो विज्ञप्ति निकालिएको थियो ।

सो घटनापछि उत्पन्न असहज परिस्थितिमा स्वतः स्फूर्त रथ तान्न संलग्न भएकालाई उच्छृंखल र अराकताको संज्ञा दिँदै मेयर महर्जन कारवाही गर्न माग गर्नुभएको थियो । त्यस क्रममा करिब १५ जना बढी मानिसहरू खोजी खोजी प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाईएको थियो ।

संक्रमणबाट बचेर मातातीर्थ औंशी मनाउन राजाेपाध्याय समाजकाे अपिल

Swoniga Online – Bikesh Sharma | २०७८ बैशाख २७, सोमबार वर्गीकृत

भोलि मातातीर्थ औंशीको सन्दर्भमा सिदादान आदि कर्म आफ्ना कुलपुरोहितको सरसल्लाहमा संक्रमणको जोखिमबाट बच्दै गर्नको लागि राजोपाध्याय समाजले आग्रह गरेको छ ।

समाजले आज अपिल जारी गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी आफ्ना कुलपुरोहितको सल्लाहमा कर्म पुरा गर्न आग्रह गरेको हो ।

‘आजको विषम परिस्थितीलाई मनन गर्दै आफ्ना कुलपरम्परा (कुलाचार) अनुसार साथै कुलपुरोहितसँग सरसल्लाह गरेर संक्रमणबाट बचेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी गर्नुहुन यो समाज सबै संस्कारप्रेमीहरुमा विनम्र अनुरोध गर्दछ’ विज्ञप्तीमा लेखिएको छ ।

अध्यक्ष संजय शर्मा राजोपाध्याय र महासचिव बिराजकाजी राजोपाध्यायबाट हस्ताक्षरित अपिलमा प्रविधिको सहयोगबाट कर्म पूरा गर्न समेत आग्रह गरिएको छ ।

अनलाईनमाध्यमबाट पुरोहितको उपस्थिती र मन्त्रोच्चारण गर्न सकिने सुविधालाई सदुपयोग गर्न सकिने विकल्प पनि अपिलमार्फत समाजले दिएको छ ।

काठमाडों उपत्यकाका आदिवासी देव ब्राम्हण राजोपाध्याय नेवार समाजमा हिन्दु संस्कारका गुरु पुरोहित हुन् ।

समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले यस वर्ष पनि औंशीको कर्मलाई औपचारिकतामा सिमित गर्नु नै राम्रो हुने सुझाव दिनुभयो ।

‘भाइरस आफैं यताउति सर्दैन, हामी यताउति सरेपछि हामीसँगै भाइरस सर्ने हो । यहि कुरालाई मनन गर्दै यो वर्षको मातृऔंशीको औपचारिकता पूरा गर्नु राम्रो हुनेछ’ अध्यक्ष शर्माले भन्नुभयो ।

माइतीमा आमाको मुख हेर्न जाने दिदीबहिनीले पनि अहिलेको अवस्थालाई बुझेर काम गर्नको लागि शर्माले सुझाव दिनुभयो । 

महानगरको निःशुल्क एम्बुलेन्स सेवाबाट १३०१ जना विरामीले सेवा लिए

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २६, आइतबार वर्गीकृत

काठमाडौँ महानगरले बन्दाबन्दीका समयमा कोविडको संक्रमण भएका र नभएका विरामीलाई अस्पताल ल्याउन लैजान छुट्टाछुट्टै एम्बुलेन्स सेवाको व्यवस्था गरेको छ । जसमा नेपाल एम्बुलेन्स सेवा (महानगरको सहयोगमा सञ्चालित) ले कोविडको संक्रमण भएका वा शंका भएका विरामी बोक्छ भने संघबाट (१५ दिनको लागि सम्झौता गरेर सञ्चालन गरेका) सञ्चालित १० वटा एम्बसलेन्सले कोविड नभएका विरामीलाई निःशुल्क सेवा दिन्छन् ।

बैशाख १६ गते यता महानगरको निःशुल्क एम्बुलेन्स सेवाबाट १ हजार ३०१ जना विरामीले सेवा लिएका छन् । जसमध्ये नेपाल एम्बुलेन्स सेवाबाट ९८८ जनाले र संयुक्त एम्बुलेन्स चालक संघबाट सञ्चालित १० वटा एम्बुलेन्सबाट ३१३ जनाले सेवा लिएका हुन् । यो संख्या नेपाल एम्बुलेन्स सेवाको बैशाख २५ गतेसम्मको र संयुक्त एम्बुलेन्स चालक संघको बैशाख २३ गतेसम्मको हो । 

नेपाल एम्बुलेन्स सेवाले बैशाख १६ गते ४६ जना पोजेटिभ र ४ जना शंकास्पद विरामीलाई अस्पताल पु¥यायो । यस्तै १७ गते ७० जना पोजेटिभ र ६ जना शंकास्पद, १८ गते ८८ जना पोजेटिभ र ७ जना शंकास्पद, १९ गते ९९ जना पोजेटिभ, २० गते ९८ जना पोजेटिभ र १ जना शंकास्पद, २१ गते  १०८ जना पोजेटिभ, २२ गते ९३ जना पोजेटिभ, २३ गते ८७ पोजेटिभ र १ जना शंकास्पद, २४ गते ६३ जना पोजेटिभ र १ जना शंकास्पद, २५ गते ८० जना पीसीआर पोजेटिभ विरामीलाई अस्पताल पु¥याएको छ । 

यसै गरी चावहिल, वडा ७ परिसरमा राखिएका एम्बुलेन्समध्ये वा ३ च २७६६ ले ३२ जना र बा १० च ७८५६ ले ३५ जना विरामीलाई सेवा दिएका छन् । 

स्वयम्भूस्थित वडा १५ परिसरमा राखिएको ना २ च ७७५४ ले २८ जनालाई र बा १० च ४३७३ ले २७ जनालाई सेवा दिएका छन् । महाराजगञ्जस्थित, वडा ३ परिसरमा भएको बा १२ च २३६० ३९ जनालाई र बा ६ च २८२ ३८ जनालाई, ट्रली बस मीनभवनमा रहेको बा १८ च ५६५७ १८ जनालाई र ना २ च ४१२० ले ३० जनालाई सेवा दिएका छन् । यसैगरी सभा गृह, प्रदर्शनी मार्गमा राखिएको बा ६ च ९१०० ले ३६ जनालाई र बा ५ च ५७५९ ३१ जनलाई अस्पताल पु¥याएका छन् ।

यी एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन ११८० वा सिधै एम्बुलेन्सका चालकलाई सम्पर्क गर्न सकिन्छ । कोविड जाँच गर्दा पोजेटिभ रिपोर्ट आएका र शंकास्पद आपतकालीन विरामीलाई अस्पताल लानु परे १०२ मा सम्पर्क गर्न सकिन्छ ।

भेन्टिलेटर बढाउनभन्दा संक्रमण घटाउनमा काम गर्नुपर्नेछ — मेयर शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २५, शनिबार वर्गीकृत

काठमाडौँ महानगरले त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टलेटर प्रदान गरेको छ । कोविड संक्रमणबाट विरामीको संख्या बढ्दै गएपछि मानवीय जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो । आज अस्पताल पुगेर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा. डा. दिनेश काफ्लेलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियोे । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. दिव्या सिंह शाह, वडा ३ का अध्यक्ष दिपक के. सी. लगायत अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 

सामाग्री हस्तान्तरण गरिसकेपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले महानगरले संक्रमण रोकथाम र नियन्त्रणमा गरेका प्रयासको चर्चा गर्दै, समुदाय स्तरमा संक्रमण घटाउने र उपचारका लागि अस्पताल जानेका लागि सुविधा बढाउने कामलाई सँगै अघि बढाउँदै लगेको बताउनुभयो । ‘हाम्रा योजनाहरु अस्पतालमा भेन्टिलेटर र आइसियु बढाउनुभन्दा व्यक्ति—व्यक्तिलाई संक्रमण हुनबाटै बचाउनेतिर केन्द्रीत गरिनुपर्छ । यतिले मात्र प्रयास नपुग्न सक्छ ।’

उहाँले थप्दै भन्नुभयो, ‘हामी सरकारी र सामुदायिक अस्पतालमा सरकारले गरेको काममा नपुगेको क्षेत्रमा सहयोग उपलब्ध गराउँछौँ । त्रि. वि. शिक्षण अस्पतालसँगै अन्य अस्पतालबाट पनि प्रस्ताव आएका छन् । हाम्रो सहयोग अस्पतालको क्षमता बढाउनका लागि हुनेछ ।’ प्रमुख शाक्यले चिकित्सकहरुको कामको प्रशंशा गर्दै भन्नुभयो, ‘तपाईँहरुको उत्साहले व्यक्तिलाई बाँच्ने आशा आउँछ । त्यसैले सहास बढाउनोस् । आवश्यक पर्ने सहयोग हामी गछौँ ।’

त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले, महानगरले अहिले पूर्वाधार निर्माणका काममाभन्दा महामारी नियन्त्रणमा केन्द्रीत गरेको बताउनुभयो । ‘पहिले जीवनको सुरक्षा त्यसपछि विकासका योजना ।’ खड्गी श्रेष्ठको भनाइ थियो । 

अस्पतालमा आएका विरामीलाई फिर्ता पठाउनु नपरोस् भन्ने चाहना राखेर हामीले क्षमता र जनशक्ति व्यवस्थापनमा लागेका छौँ । त्यस क्रममा डीन प्रा. डा. सिंह शाहले महानगरको सहयोगबाट उत्साहित भएको बताउनुभयो । त्यस्तै अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. काफ्लले महानगरका प्रमुख र उपप्रमुख अस्पतालमै आएर सहयोग गरेपछि आफूहरु महामारी विरुद्ध लड्न थप उत्साहित भएको बताउनुभयो ।

अस्पतालमा अहिले दैनिक ५ हजार लिटर अक्सिजन खपत भइरहेको छ । जसमध्ये २ हजार लिटर आन्तरिक प्रणाली र ३ हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको छ । यसको माग अझै बढ्दै गएको छ । महानगरको सहयोग यहाँ पनि आवश्यक छ । कार्यकारी निर्देशक कफ्लेको भनाइ थियो । 

जीवन रहेपछिका लागि अरु भौतिक सुविधा उपयोग हुन्छन् । त्यसैले महानगरले महामारीविरुद्धको लडाइँलाई प्राथमिकता साथ कार्यान्वयन गरिरहेको वडा ३ का अध्यक्ष के. सी. को भनाइ छ । 

अस्पतालका सूचना अधिकृत रामविक्रम अधिकारीकाअनुसार अस्पतालमा कोविड संक्रमण भएका विरामीको संख्या बढ्दै गएको छ । यसपछि सघन उपचार कक्षमा कोविडका विरामीको संख्या धेरै हुने सम्भावना छ ।  

मुल्य अभिवृद्धि कर र भन्सारसहित भेन्टलेटरको मुल्य २ करोड ९ लाख रुपैयाँ हो । 

बन्दाबन्दीमा सडक कालोपत्रे, पूर्वाधार निर्माणका काम नियमित

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २५, शनिबार वर्गीकृत

बन्दाबन्दीका समयमा महानगरले पूर्वाधार निर्माणका केही कामहरुलाई नियमितता दिएको छ । निषेध आदेश जारी हुँदाका बखत थालनी भइसकेका र सीमित जनशक्तिबाट सुरु गर्न सकिने कामलाई महानगरले नियमित गरेको हो । 

जिल्ला प्रशासन कार्यालयबाट जारी निषेध आदेश र स्वास्थ्य मन्त्रालयबाट जारी स्वास्थ्य मापदण्डको पालना गराएर पूर्वाधारका कामलाई नियमित गरेका हौँ । सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापा भन्नुहुन्छ, ‘वडा १६ को ज्ञानदीप मार्ग, सिद्धार्थ मार्ग र जमाचो मार्गमा ढल निकास तथा  सडक कालापत्रे भइरहेको छ ।

वडा १३ को जिलेट मार्ग र वडा १४ को त्रिभुवन विश्वविद्यालयको परिसरमा पर्खाल निर्माण र सडक कालोपत्रे भइरहेको छ । वडा ३१ को सिर्जना नगर सडक सुधारको काम भइरहेको छ । 

महानगरको वडा २१ कार्यालय भवन पुननिर्माण गर्न अहिले भत्काउने काम भइरहेको छ भने वडा ३१ कार्यालय भवन निर्माण भइरहेको छ । 

यसअन्तर्गत नयाँ सडक गेट मर्मत तथा रंग रोगनको काम भइरहेको छ भने वडा ६ को बागमती नगर र शान्ति नमूना पार्क, वडा ३ को इको पार्क र वडा ४ को धुम्वाराही पार्क  निर्माण भइरहेका छन् ।

यससँगै सडक सुधार, स्तरउन्नति र ढल निकासका वडास्तरीय कामहरु पनि भइरहेका छन् ।

अस्ताए ज्ञानुराज शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २४, शुक्रबार वर्गीकृत

अस्ताए ज्ञानुराज सुनचाँदी व्यवसायको उत्थानमा महत्वपूर्ण योगदान पु¥याउनुभएका ज्ञानुराज शाक्यको शुक्रबार निधन भएको छ ।

ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा बिहान ४ बजे उहाँको निधन भएको हो । उहाँ ६१ वर्षको हुनुहुन्थ्यो। एक वर्ष अघिदेखि साताको दुई पटक मृगौलाको डायलिसिस गराइरनुभएका शाक्यलाई उच्च रक्तचाप कारण थप समस्या आएपछि गत फागुण ११ गते अस्पताल भर्ना गरिएको थियो ।

त्यसको दुई दिनपछि शाक्य अस्पतालमा लडेर बहोस हुनुभएको थियो। दुई महिना बढी समय भेन्टिलेटरमा राखेर शाक्यलाई उपचार गराइराखेको श्रीमती सुनीता धाख्वा (शाक्य) ले जानकारी दिनुभयो ।

शाक्यको जीवनको महत्वपूर्ण समय नेपालका मौलिक व्यवसायका रुपमा रहेको सुनचाँदी व्यवसायको प्रर्वद्धनमा बितेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको विभिन्न पदमा बसेर शाक्यले काम गरिसक्नुभएको छ । पुस्तौदेखि गर्दै आएको सुनचाँदी व्यवसायमा अनेक समस्याहरु देखिएपछि त्यसको समाधानका लागि जिल्लाका सुनचाँदी व्यवसायीहरुलाई संगठित गरी वि सं २०५१ मा ललितपुर सुनचाँदी व्यवसायी संघको स्थापना गर्नमा शाक्यको अग्रणी भूमिका रहेको ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यले बताउनुभयो ।

‘उहाँको निधनले संघले एक संरक्षक गुमाएको छ।संघलाई अप्ठ्यारो पर्दा सल्लाह र सहयोग प्रदान गर्न उहाँ सधै तल्लीन हुनुहुन्थ्यो । उहाँको योगदान सबैका लागि प्ररेणादायी रहने छ । ’ संघका उपाध्यक्ष बिजेन्द्र बज्राचार्यले भन्नुभयो ।

जीवनको उत्तराद्र्धमा शाक्यले व्यवसायिक सामाजिक उत्तरदायीत्वको सिद्धान्त अन्तर्गत पत्रकारिता तालिम सञ्चालन गर्न टेवा पु¥याउनुभएको थियो । सामाजिक उत्तरदायीत्व सिद्धान्त अन्तर्गत पत्रकारिता तालिम सञ्चालन गर्नु नेपालको सन्र्दभमा एउटा फरक र नौलो अभ्यास रहेको नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यको भनाई रहेको छ ।

शाक्यकै अगुवाईमा ललितपुरमा तीन वर्ष लगातार गोल्डेन डायमण्ड ज्वेलरी मेला आयोजना गरिएको थियो । नेपाल प्रहरीले अघि सारेको प्रहरी मेरो साथी अभियानलाई प्रभावकारी बनाउन पनि शाक्यले आफ्नो तवरबाट भूमिका निर्वाह गर्नुभएको स्मरणीय रहेको राष्ट्रिय महासंघ नेपाल, ललितपुरका संस्थापक अध्यक्ष राजेश बज्राचार्यले बताउनुभयो ।

एक व्यवसायीका अतिरिक्त शाक्य समाजको विकासमा सधै चिन्तित हुने गरेको ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी सम्झिनुहुन्छ । शाक्यको शंखमुलमा नेवाः परम्परा दाहसंस्कार गरियो । उहाँको पार्थिव शरीरमा छोरा समिक शाक्यले दागबती दिनुभयो । यस अघि ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकार, ललितपुर महानगरपालिका – १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्य, महानगरीय प्रहरी प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठ लगायत विविध पेशाकर्मी, उद्यमी व्यवसायी र पत्रकारहरु शंखमुल पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

अक्सिजनभन्दा सिलिन्डर अभावप्रति संवेदनशील हुन मेयर शाक्यको अपिल

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ बैशाख २४, शुक्रबार वर्गीकृत

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोविडको उपचारका लागि अक्सिजनभन्दा सिलिन्डर अभाव भएकोप्रति संवेदनशील हुन सम्बद्धमा आग्रह गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, ‘यतिखेर अस्पतालहरुमा अक्सिजनको होइन, सिलिन्डरको अभाव छ ।

व्यक्ति, संस्था र उद्योगहरुले आवश्यकताभन्दा धेरै सिलिन्डर संचित गरेर राखेको पाइएको छ । यस्तो महामारीका बेला विरामीलाई अति आवश्यक पर्ने अक्सिजनका आपूर्ति सहजताका लागि व्यक्ति तथा संस्थासँग भएको संचित सिलिन्डर अस्पताल वा सम्बन्धित उद्योगमा बुझाएर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’ 

कोविड संक्रमण न्युनीकरण, रोकथाम र नियन्त्रणका कामसँगै उपचार पद्धतिलाई समेत सहज बनाउनु पर्ने बर्तमान अवस्था उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यतिवेला अस्पतालमा उपचाररत धेरै विरामीलाई प्लाज्मा चाहिएको छ । यसका लागि प्लाज्मा दान गर्न सक्ने व्यक्तिहरुले प्लाज्मा दान गरिदिनुहुन बिनम्र अपिल गर्दछु ।’

दोस्रो लहरका रुपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी हो । यसका लागि महानगरपालिकाले आइसोलेसन सेन्टर सञ्चालन गर्ने, अस्पतालहरुको क्षमता विकास गरेर धेरैभन्दा धेरै विरामीको उपचार गराउने, कोभिडबाट सक्रमित भएका र नभएका दुवै थरीका विरामीलाई अस्पताल आवतजावत गर्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, जोखिमपूर्ण ठाउँलाई निसंक्रमण गराउने लगायतका काम गरिरहेको छ । विज्ञप्तिमार्फत प्रमुख शाक्यले भन्नुभएको छ, ‘हामी संघीय सरकार, प्रदेश सरकार तथा अन्य नगरपालिकाहरुसँग समन्वय गरेर ठूला अस्पतालहरुमा विरामीको चाप घटाउने प्रयास गरिरहेका छौँ ।’ 

कोविडका विरामीको चाप रफ्तारमा बढ्दै गइरहेको बर्तमान परिस्थितिमा हाम्रो उद्देश्य विरामीको चाप घटाउने, सकुञ्जेल विरामी हुनै नदिनेतर्फ केन्द्रीत हुन जरुरी छ । अस्पतालको क्षमता र संख्या बढाउनु अहिलेको आवश्यकता हो तर यही नै निर्विकल्प समाधान होइन । विज्ञप्तिमा भनिएको छ, जसरी पानीको मुल सफा नगरी नदी सफाइ हुँदैन । त्यसैगरी स्वास्थ्य मापदण्ड पालना नगरी विरामीको संख्या घटाउन सकिँदैन ।

विरामीको चापले आइसोलेसन सेन्टर तथा अस्पतालहरुमा स्वास्थ्य सेवा व्यवस्थापनका भार सिर्जना हुन्छ । महामारी व्यवस्थापनका कोणबाट यो जटिल अवस्था हो । त्यसैले यसप्रकारको जटिलता आउनु अघि सबैले कडाइका साथ स्वास्थ्य मापदण्डको पालना गरौँ । अति आवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कौँ । मास्कको अनिवार्य र सही प्रयोग गरौँ । साबुन पानीले नियमित हात धोऔँ । साबुन पानी नभए सेनिटाइजरको प्रयोग गरौँ । भाइरसको सम्पर्कबाट बच्न अधिक सजगता अपनाऔँ । 

महामारीविरुद्धको अभियानमा सबै नागरिक सहभागिताका लागि प्रमुख शाक्यले अपेक्षा गर्नुभएको छ । 

जाहिदको निर्णायक गोलले ललितपुरको पहिलो जित

Swoniga Online – अनुप प्रधान | २०७८ बैशाख २४, शुक्रबार वर्गीकृत

ललितपुर सिटी एफसीले फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ । बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुरले पाँचौ मिनेटमा स्ट्राइकर नुर्लान नोभ्रुजुभ जाहिदको निर्णायक गोल प्रतियोगितामा पहिलो जित निकालेको हो । 

कप्तान अन्जन बिष्टको हेडर पासमा अनमार्क रहेका नुर्लानले डाइभ हेडमार्फत गोल गरेका थिए । मैदानको बायाँ भागबाट डिफेन्डर निरज बस्नेतको बाईसाइकल प्रहारमा अन्जनले नुर्लानलाई हेडिङ पास उपलब्ध गराएका थिए ।

खेलको ३२ औं मिनेटमा ललितपुरका भिलिम पोसिन्कोभिचले गोलको सुनौलो अवसर खेर फाले । अन्जनको पासमा पेनाल्टी बक्स भित्रबाट भिलिमले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

त्यस्तै इन्जुरी समयको अन्तिम मिनेटमा ललितपुरका विमल रानाको प्रहारलाई बुटवलका गोलकिपर विशालले क्लियर गर्न खोजेको बल पोलमा लाग्दै फर्केको बलमा कप्तान अन्जनले गोल गरेका थिए । तर, लाइन रेफ्रीले अफसाइडको इशारा गरेपछि ललितपुर अग्रता दोब्बर बनाउन चुकेको थियो।

फोटो अनुप प्रधान

नरदेवी आयुर्वेदिक अस्पतालमा जेठ १ गतेदेखि ५० वेडको आइसोलेसन सञ्चालन हुने

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २४, शुक्रबार वर्गीकृत

नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा जेठ १ गतेदेखि ५० वेडको आइसोलेसन सञ्चालन हुने भएको छ ।

यसका लागि  महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु न्हुच्छेकाजी महर्जन, चिनीकाजी महर्जनसहितको टोलीले अस्पताल पुगेर निर्देशक डा. प्रदीप के.सी.सँग कुरा गर्नुभएको थियो ।

‘हामी मिलेर महामारीको सामना गरौँ । तपाईँहरुसँग भौतिक संरचना छ । जनशक्तिको प्रबन्ध छ । यसलाई थप व्यवस्थित गर्न महानगरले सहयोग उपलब्ध गराउँछ ।’ भेटका क्रममा प्रमुख शाक्यले भन्नुभयो, ‘आइसोलेसनमा भएका विरामीलाई थप उपचार आवश्यक भए अस्पताल पठाउन र अस्पतालमा भर्ना भएका  अक्सिजन थेरापी मात्र गरे पुग्ने विरामीलाई यता सार्न मिल्ने पद्धतिको आइसोलेसन बनाऔँ । यसबाट अस्पतालको चाप घटाउन सकिन्छ ।’

भेटका क्रममा अस्पतालका निर्देशक डा. के. सी. ले, एकपटक खरिद गरेर पुग्ने उपकरण तथा सामाग्रीका लागि र नियमित खर्च गर्नु पर्ने कामका लागि महानगरले स्रोत उपलब्ध गराए अस्पतालमा आइसोलेसन सञ्चालन गर्न सकिने बताउनुभएको थियो । अस्पतालको क्षमता ११८ वेडको हो । शुरुवात्मा हामी ५० वेडबाट सेवा थाल्न सक्छौँ । आवश्यकताका आधारमा यसलाई विस्तार गर्न सकिन्छ । 

अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले संयोजन गर्नुहुनेछ ।

स्वास्थ्यकर्मीलाई फस्ट एड बक्स

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २३, बिहिबार वर्गीकृत

ललितपुर महानगरपालिका–३ नम्बरले ३५ जना स्वास्थ्यकर्मीलाई फस्ट एड बक्स वितरण गरेको जनाएको छ ।

३ नम्बर वडाध्यक्ष श्रीगोपाल महर्जनले घरदैलोमा खटिरहनेहरुलाई प्राथमिक सहायता बक्स वितरण गरेको बताए ।

‘७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने चार थरिका औषधी पनि वितरण थालेको छु,’ उनले भने, ‘उमेर ढल्किसकेका एकल महिलालाई मास्क, स्यानिटाइजर, झोल साबुन जस्ता सरसफाइका सामान वितरण सुरु गरेको छु ।’

सहायता बक्समा माक्स, ग्लोब्स, ब्यान्डेज, कपास, पट्टि, घाउ सफा गर्ने आषैधी, टेप, कैची, ड्रेसिङ प्याडलगायत छन् ।

३ नम्बरले कोभिड–१९ स“ग सम्बन्धित एप्स पनि सञ्चालनमा ल्याउने तयारी थालेको छ ।

एप्समार्फत शरीरको अक्सिजन, मुटुको चाल, ज्वरो, तापक्रम, श्वासप्रश्वास बारेमा थाहा पाउन सकिने वडाध्यक्ष महर्जनले भने, ‘यो एप्स सरकारी मान्यता प्राप्त हो ।’

Pages