कार्यपालिका बैठकमा नीति प्रस्तावमाथि छलफल
Swoniga Online | २०७८ आषाढ २, बुधबार वर्गीकृत
काठमाडौँ महानगरले पर्सि (असार ३) गते नवौँ अधिवेसनमा आ. व. ०७८÷०७९ को बार्षिक नीति प्रस्तुत गर्ने भएको छ । आज बसेको कार्यपालिका बैठकमा चालु आर्थिक बर्षको समीक्षा गर्दै आगामी बर्षको नीति प्रस्तावमाथि छलफल गरेको छ ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आज बसेको बैठकमा विगत बर्षमा लिइएका नीति र तिनको कार्यान्वयनको विश्लेषण गरेको छ । यसैका आधारमा आगामी बर्षको नीति प्रस्ताव गरिनेछ ।
बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहित कार्यपालिका सदस्यहरु हुनुहुन्थ्यो ।
कार्यपालिका सदस्यहरुबाट भोलिसम्म प्राप्त हुने सुझावलाई समेटेर बार्षिक नीतिको प्रस्ताव अधिवेशनमा पेश गरिने बैठकका अध्यक्ष तथा महानगरका प्रमुख शाक्यले जानकारी दिनुभयो । अधिवेसनमा गरिने प्रस्तावमाथि नगर सभा सदस्यहरुले सुझाव दिनुहुनेछ । त्यसपछि अधिवेशनको अर्को बैठकले नीति पारित गर्ने।
पत्रकार दबूको कोरोना कोषमा मन्त्री श्रेष्ठद्वारा १ लाख रुपैयाँ हस्तान्तरण
Swoniga Online | २०७८ आषाढ २, बुधबार वर्गीकृत
स्वनिगः अनलाईन, काठमाडौं ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबूको कोरोना दु्रत प्रतिकार्य कोषको लागि १ लाख रुपैयाँ प्रदान गर्नुभएको छ ।
मन्त्री श्रेष्ठले पुल्चोक, हरिहरभवनस्थित मन्त्री निवासमा कोषका संयोजक सुरेन्द्रभक्त श्रेष्ठलाई सो रकम बुधबार हस्तान्तरण गर्नुभयो । कोरोना महामारीको समयमा पत्रकारहरुलाई सहयोग गर्न पत्रकार राष्ट्रिय दबूले कोरोना दु्रत प्रतिकार्य समूह गठन गरेको थियो । समूह मार्फत रकम जुटाउने कार्य भइरहेको समयमा मन्त्री श्रेष्ठबाट सो रकम प्रदान गरिएको थियो ।
सो अवसरमा मन्त्री श्रेष्ठले पत्रकारिता मार्फत समुदायको अधिकार, भाषा, संस्कृतिको उत्थानमा पत्रकार राष्ट्रिय दबूले पु¥याउँदै आएको योगदानको सराहना गर्दै त्यस कार्यमा हौसला प्रदान गर्न आफूले व्यक्तिगत रुपमा यथोचित सहयोग गरेको बताउनुभयो ।उहाँले पत्रकारिता क्षेत्रलाई समावेशी बनाउने पत्रकार राष्ट्रिय दबूको अभियानमा आफ्नो साथ सधै रहने पनि बताउनुभयो ।
प्रत्येक नागरिकलाई खोप सुनिश्चित गर्न सरकारले पहल गरिरहेको बताउँदै मन्त्री श्रेष्ठले अहिलेको विषम परिस्थितिमा भ्रम र अफवाहले थप नकारात्मक असर पु¥याउन सक्ने भन्दै सत्यतथ्यमा आधारित समाचार लेख्न आग्रह गर्नुभयो ।
काठमाडौं महानगरपालिकाले नेपालभाषामा शिक्षा दिन गरेको गरेको पहल सकारात्मक रहेको बताउँदै मन्त्री श्रेष्ठले विभिन्न भाषाभाषी र जातजाति बसोबास रहेको क्षेत्रमा त्यहाँको स्थानीय भाषाबाट शिक्षा दिनुपर्ने पक्षमा आफू रहेको बताउनुभयो ।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले पत्रकार राष्ट्रिय दबूले नेपाली सञ्चार क्षेत्रलाई समावेशी बनाउने अभियानमा अघि सारेका योजना र कार्यक्रमबारे जानकारी दिँदै यस कार्यमा संघीय सरकारको सहयोगको खाँचो औल्याउनुभयो ।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका कोषाध्यक्ष एवं समूहका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले कोरोना संक्रमणको जोखिम कारण लागू निषेधाज्ञाले थुप्रै सञ्चारकर्मीहरु बेरोजगार बनेको, साना तथा स्वरोजगार मिडिया संकटमा परेको, पत्रकार र तिनका परिवार संक्रमित भएको लगायत अनेक समस्यामा फसेको बताउँदै ति सञ्चारकर्मीहरुलाई यथासक्दो सहयोग गर्न कोष खडा गरेको जानकारी दिनुभयो । अहिलेसम्म कोषमा करिब ३ लाख रुपैयाँ जम्मा भइसकेको पनि संयोजक श्रेष्ठले बताउनुभयो ।
पहिलो दिनको खोप अभियानमा ८ हजार ७ सय सहभागी, निसङ्कोच भएर लगाउन मेयर शाक्यको आग्रह
Swoniga Online | २०७८ जेठ २६, बुधबार वर्गीकृत
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोविडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन आग्रह गर्नुभएको छ । मोड्सा डु मोन्ड फ्रान्ससँग वातावरणीय स्वास्थ्य परियोजना सञ्चालनमार्फत काठमाडौँका अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन वडा १९ को सहरी स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा स्तरोन्नति गर्ने सम्बन्धि सम्झौता कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
हिजोबाट काठमाडौँ महानगर क्षेत्रका ३२ स्थानमा ६० देखि ६४ बर्ष उमेरसमूहका नागरिकलाई सुरु गरेको खोप अभियानमा लक्ष्य अनुरुपको सहभागिता नभएको भन्दै उहाँले भन्नुभयो– ‘काठमाडौँमा स्थायी बसोबास गरेका र काम विशेषले काठमाडौँमा बसोबास गर्दै आएका ६० देखि ६४ बर्ष उमेरसमूहका एक लाख नागरिकलाई यो चरणको खोप अभियानमा सहभागी हुने हाम्रो लक्ष्य हो । तर, हिजो र आजको अवस्थालाई हेर्दा लक्ष्य अनुसारको सहभागिता नदेखिएको हो कि भन्ने लागेको छ । म पुनः सो समूहका नगरिकलाई पायक पर्ने ठाउँमा पुगेर खोप अभियानमा सहभागी हुन आग्रह गर्छु ।’
उहाँले खोप अभियानबारे अझै पनि नागरिकको मन जित्न नसकेका कारण यस्तो भएको हो कि भन्ने आशंका समेत व्यक्त गर्नुभयो । ‘पहिलो दिनको सहभागिता लक्ष्य अनुरुप न्युन भएको हो कि भन्ने हामीलाई लागेको छ । हामीले पहिलो दिन १५–२० हजार जतिको सहभागिता होला भन्ने ठानेका थियौँ । तर, ८ हजार ७ सय ४७ जनाले मात्रै खोप लगाएको जानकारी प्राप्त भएको छ,’ उहाँले भन्नुभयो, ‘लक्षित समूहका नागरिकमा अझै पनि खोपबारेको त्रास हट्न नसकेको हो वा हामीले सबै नागरिकको मन जित्न नसकेर हो । सहभागिता न्युन देखियो । दोस्रो डोज खोपको सुनिश्चितता नहुने लगायतका त्रासले पनि नागरिक खोप लगाउन डराएका हुन कि भन्ने लागेको छ । उहाँहरुलाई यी सबै त्रासबाट मुक्त गराएर खोप अभियानमा सहभागी गराउन हामी सबै लाग्नुपर्छ । म सबैसँग आग्रह गर्छु ।’
उहाँले खोप कार्यक्रममा सहभागी नागरिकलाई खोप लगाउन बाँकी नागरिकलाई पनि सहभागी हुन आग्रह गर्न सुझाव दिनुभयो ।
महानगरका प्रमुख शाक्यको उपस्थितिमा काठमाडौँ महानगरपालिका र फ्रान्सको मेड्सा डु मोन्डबिच भएको सम्झौता महानगरकातर्फबाट वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठ र मेड्सकातर्फबाट नेपालका लागि देशीय प्रतिनिधि डा. गियोम फेबोलले हस्ताक्षर गर्नुभएको थियो । एक अर्काको आचारसंहिता, पारदर्शिता तथा ववाफदेहिता, गोपनीयता, सञ्चार, सहभागितामुलक निर्णयमा समानता, मानवीय कार्य, स्वतन्त्रता र तटस्थताका सिद्धान्तको सम्मान र पालना गर्ने गरी सम्झौता भएको हो ।
सम्झौतापछिकै सम्वोधनमा प्रमुख शाक्यले, परियोजनाबाट लक्षित समूहमा कार्यक्रम पु¥याउन सहज हुने प्रतिक्रिया दिनुभयो । ‘स्वास्थ्य सेवामा सबैको समान पहुँच विस्तार गर्न हामीले लगानी बढाएका छौँ । पूर्वाधार सुधार, उपकरण खरिद र जनशक्तिको समुचित परिचालनबाट हामी लक्ष्य पूरा गर्नेछौँ ।
सम्झौताबमोजिम काठमाडौँ महानगरपालिकाले १ करोड ५ लाख ४० हजार रुपैयाँ व्यहार्नेछ । परियोजना सञ्चालन गर्न समन्वय समिति र रणनीतिक र व्यवस्थापन समिति गठन गरिनेछन् । सम्झौताबमोजिमकाृे स्वास्थ्य प्रवर्धन केन्द्र वडा १९ मा स्थापना भए पनि अन्य वडा र नुवाकोटको ल्याण्डफिल साइट क्षेत्रमा रहेको स्वास्थ्य चौकीबाट समेत सेवा दिइनेछ । सम्झौता अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, स्वास्थ्य विभागका अधिकारी तथा विभागीय प्रमुखहरु सहभागी हुनुहुन्थ्यो
युनाइटेड नेवाःबाट छत्रपाटी चिकित्सालय लाई सहयोग
Swoniga Online | २०७८ जेठ २५, मंगलबार वर्गीकृत
अमेरिकी राज्य टेक्सासको ड्यालस शहरका नेवारहरूको संगठन युनाइटेड नेवाः युएसएले कोभिद संक्रमणबाट ग्रसित विरामीहरूको निःशुल्क उपचारको लागि छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) लाई सहयोग स्वरुप रु. १५ लाख ६३ हजार ८७५ तका ९० पैसा प्रदान गरेको छ ।
हालै एक संक्षिप्त कार्यक्रमकाबिच चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो ।
सहयोग हस्तान्तरणमा आफ्नो सन्देश दिँदै युनाइटेड नेवाः युएसएका अध्यक्ष महेन्द्र मानन्धरले नेपालका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई युनाइटेड नेवाःबाट सहयोग गर्ने माध्यमका रुपमा छत्रपाटी चिकित्सालयलाई उक्त रकम हस्तान्तरण गरिएको बताउनुभयो ।
त्यस्तै उपाध्यक्ष शैलेन्द्र मानन्धरले पूर्ण सेवाभावले सञ्चालित चिकित्सालयलाई उक्त रकम हस्तान्तरण गर्न पाउँदा हर्ष लागेको बताउँदै भविष्यमा पनि यस्तो सेवा गर्न प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले चन्दा संकलन कार्यमा सहयोग गर्नुहुने संस्थाका सदस्यहरू सचिन्द्र शाक्य, रवि महर्जन, प्रज्वल महर्जन र नरेश महर्जनलाई पनि धन्यवाद दिनुभयो ।
वरिष्ठ चित्रकलाकार एकाराम सिंको कोरोना कारण निधन
Swoniga Online | २०७८ जेठ २५, मंगलबार वर्गीकृत
वरिष्ठ चित्र कलाकार एकाराम सिंको कोरोना भाइरसको सङ्क्रमणका कारण निधन भएको छ।
उहाँको ५९ वर्षको उमेरमा सोमवार काठमाण्डाै बूढानीलकण्ठ नगरपालिका चुनिखेल कपनको करुणा अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
इतिहास संस्कृतिमा विशेष अध्ययन र अनुसन्धानमा क्रियाशील उहाँ बाल साहित्यमा सक्रिय हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय काठमाण्डौ महानगरपालिकाबाट लागू गरेको नेपालभाषाको पाठ्यक्रम ‘येँ देय् म्हसीका’ १ कक्षादेखि ८ कक्षासम्मको पाठ्यपुस्तकका लागि चित्र कोर्नु भएको थियो।
चित्रकला विधामा पनि इलस्ट्रेसनमा दक्षता राख्नु हुने उहाँले वर्ल्ड भिजन, आइयूसीएनलगायत सङ्घसंस्थामा आबद्ध भएर पनि काम गर्नु भएको थियो।
वैशाख ३१ गते अस्पतालमा भर्ना गरिएका उहाँको आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
६० देखि ६४ बर्ष उमेर समूहका एक लाख महानगरवासीलाई भेरोसेल खोपः मेयर शाक्य
Swoniga Online – स्वनिगः संवाददात | २०७८ जेठ २५, मंगलबार वर्गीकृत
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आजबाट सुरु ६० देखि ६४ बर्ष उमेरसमूहका करीब १ लाख नागरिकलाई कोविडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने लक्ष्य लिएको बताउनु भएको छ । ‘काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा आजबाट खोप अभियान सञ्चालन भएको छ,’ शाक्यले भन्नुभयो, ‘हामीले नेपाल सरकारसँग समन्वय गरेर महानगरपालिकाको व्यवस्थापनमा सुरु गरेको यो चरणको खोप एक लाखलाई दिने लक्ष्य राखेका छौँ ।’
यसअघि पहिलो मात्राको खोप लगाउन छुटेका ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई यस पटक यो खोप दिन लागिएको हो । ‘विगतका दिनमा अस्पतालहरुमा केन्द्र बनाएर खोप अभियान सञ्चालन गर्दा भिडभाड हुने, त्यही भिडभाडबाट संक्रमण फैलिने डर हुने लगायतका विभिन्न खाले गुनासो आएपछि त्यसलाई सम्वोधन गर्ने गरी भेरोसेल खोप लगाउँदा काठमाडौँ महानगरपालिका आफैँले व्यवस्थापन गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘अघिल्लो चरणको खोप पनि महानगरपालिककै व्यवस्थापनमा सञ्चालन गरेका थियौँ । त्यो बेला पनि धेरै सहज भयो भन्ने पनि प्रतिक्रिया प्राप्त भएपछि यो पटक पनि हामीले ३२ वटै वडामा ३२ वटा केन्द्र बनाएर अभियान सञ्चालन गरेका छौँ ।’
उहाँले अस्पतालमा अनावश्यक भिड गर्दा त्यहिबाट संक्रमण फैलिने हो कि भन्ने जनगुनासोलाई ध्यानमा राखेर ६० देखि ६४ वर्ष उमेर समुहका नागरिकलाई खोप लगाउने अभियान काठमाडौँ महानगरपालिकाकै व्यवस्थापनमा सञ्चालन भैरहेको भन्दै त्यो उमेर समूहका आम महानगरवासी नागरिकलाई सेवा लिन आग्रह गर्नुभयो ।
‘हामीले ३२ वटै वडालाई निर्देशन नै जारी गरेर ६० देखि ६४ वर्ष उमेर समूहका नगरिकलाई एकै दिन खोप लगाउँदा भीड हुने भएकाले उमेर समूह अनुसार फरक–फरक दिन गरी पाँच दिनसम्म लगाउने व्यवस्था गरेका छौँ’ उहाँले भन्नुभयो, ‘यो अभियान काठमाडौँ महानगरका नागरिकलाई मात्रै होइन ७७ जिल्लाबाटै राजधानीमा बसोवास गर्ने सो उमेर समूहका नागरिकलाई हो । तपाईँहरु आफूलाई पायक पर्ने स्थानमा नागरिकतासहित खोप लगाउन जानु होला । ’
उहाँले भीडभाड कम गर्न पाँच समूह विभाजन गरी खोप अभियान सञ्चालन गरेको भए पनि श्रीमान–श्रीमती वा जेष्ठ नागरिकलाई खोप लगाउन साथैमा लिएर खोप केन्द्र पुगेका त्यो उमेर समुह भित्रका नागरिकलाई भने खोप लगाउने दिन होइन रहेछ भने उसलाई समेत त्यसैदिन खोप लगाएर पठाउने व्यवस्था गरेको बताउनुभयो । ‘व्यवहारिक पक्षलाई समेत ध्यानमा राखेर हामीले उहाँहरु दुई–दुई पटक आउनु नपरोस भनेर त्यस्तो व्यवस्थापन गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘हामीले सबै खोप केन्द्रमा खोप लगाएपछि केही समय आराम गर्ने र आराम गर्ने क्रममा दिक्क नहोस भनेर चिया–कुकिजको पनि व्यवस्थापन गरेका छौँ ।’
सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले पनि २६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ बर्षका लागि, जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गर्नुभयो । ‘खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ,’ उहाँले भन्नुभयो, ‘यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर शिफारिस लिएर जानुपर्नेछ ।’
वडा खोप केन्द्रको नाम
१. नन्दी रात्री स्कुल, नक्साल
२. वडा कार्यालय, लाजिम्पाट
३. वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र
४. वडा कार्यालय, वालुवाटार
५. वडा कार्यालय, हाँडीगाउँ
६. महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध
७. वडा कार्यालय, मित्रपार्क, चावहिल
८. गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी
९. अनुपम फुडल्याण्ड, बत्तीस पुतली
१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर
११. विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर
१२. बुद्ध माई अस्पताल, टेकु
१३. जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी
१४. वडा कार्यालय, भुवनेश्वरी कलंकी
१५. भुइँखेल चौर, स्वयम्भू
१६. बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार
१७. पब्लिक युथ क्याम्पस, धोवी चौर
१८. पुष्पलाल पार्क, विष्णुमती किनार
१९. वडा १९ कार्यालय परिसर,
२०. शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी
२१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल
२२. वडा कार्यालय, टेवहाल
२३. नव आदर्श विद्यालय, बसन्तपुर
२४. इतुमबहाल, तारणीबहाल
२५. कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी
२६. वडा कार्यालय परिसर, लैनचौर
२७. महावौद्ध चोक
२८. कार्यालय परिसर, सिटी मार्केट
२९. विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार
३०. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक
३१. इ.पी.एस. स्कूल, मीनभवन
३२. वडा कार्यालय परिसर, पाल्पाकोट
वडा–वडामै पुगेर नीति तथा कार्यक्रम र बजेट निर्माणबारे राय–सुझाव लिन्छु : मेयर शाक्य
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ जेठ २४, सोमबार वर्गीकृत
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा ३२ वटै वडाका जनप्रतिनिधिसँग वडा–वडामै पुगेर राय–सुझाव लिने बताउनु भएको छ । राष्ट्रिय सभागृहमा बसेको ६१ औँ कार्यपालिका बैठकलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । ‘हाम्रो कार्यकालको यो अन्तिम नीति तथा कार्यक्रम र बजेट हो,’ शाक्यले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र भएका विकास निर्माणका कामको अनुगमन र मतदाताका गुनासा सुन्ने र सुझाव लिने सिलसिलामा म धेरै पटक वडा–वडामा पुगेको छु । यो पटक बजेट निर्माणका सन्दर्भमा पनि सबै वडाका जनप्रतिनिधिको राय–सुझावसहितको आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणको योजना बनाएको छु ।’
प्रमुख शाक्यले सबै वडाध्यक्षलाई वडा समितिका बैठकमा आफूलाई समय मिलाएर बोलाउन आग्रह समेत गर्नुभयो । ‘असार २ गतेबाट काठमाडौँ महानगरको नवौँ अधिवेसन सुरु हुन्छ । त्यस अघि नै आ–आफ्ना वडाको विकास निर्माणका लागि नीति तथा कार्यक्रम र बजेटमा के–के समावेश गर्नुपर्ने हो त्यो विषय वडावासीसँग व्यापक छलफल गरी योजना बनाएर ल्याउनुहोस । सबै वडामा एकै पटक पुग्न सम्भव हुँदैन । त्यसैले वडाका बैठकमा समय मिलाएर मलाई निम्ता दिनुहोला म सबै जनप्रतिनिधि र वडावासीसँग गहन छलफल गरेर सकेसम्म सबैको चित्त बुझ्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन तयार छु ।’
शाक्यले अहिले योजना नल्याउने अनि पछि मेरो वडामा योजना परेन भनेर गुनासो गर्ने अवस्था नहोस भनेर यस्तो योजना बनाएको पनि बताउनुभयो । शाक्यले वडाका अन्य महत्वपूर्ण बैठकमा पनि आवश्यकताका आधारमा उपस्थित भएर छलफल गर्न तयार रहेको जानकारी दिनुभयो ।
प्रमुख शाक्यको अध्यक्षतामा बसेको ६१ औँ कार्यपालिका बैठकले कोभिडको संक्रमण न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि गरिएका कामका बारेमा पनि समीक्षा गरेको थियो । बैठकमा कोभिडको महामारी व्यवस्थापनका लागि गरिएका कामका विषयमा कार्यपालिका सदस्यहरुबाट उठेका जिज्ञासाको उत्तरमा प्रमुख शाक्यले भन्नुभयो– ‘मानवीयता र मानव जीवन रक्षाका सवाल गरिने कुनै पनि काम सशर्त हुँदैनन् । हामीले यो पटक सरकारी र सामुदायिक अस्पतालको क्षमता विकासमा सहयोग ग¥यौँ । यो निशर्त सहयोग हो ।’
बैठकले सिटी लाइव्रेरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि र सम्पदामैत्री भवन निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि–२०७८ तर्जुमा गर्न सहमति दिएको छ । यी कार्यविधिहरु विधायन समिति मार्फत कार्यपालिका बैठक हुँदै नगर सभामा पेश हुनेछन् ।
बैठकले जुडो हलमा सौर्य बत्ती जडान कार्यका लागि म्याद थप गर्ने, त्रिलोक संरचनाले राखेका ३९ वटा बस स्ट््याण्डको ५ बर्षका लागि ९० लाख रुपैयाँ रोयल्टी निर्धारण गरेर म्याद थप गर्ने निर्णय गरेको छ । यसैगरी पूर्वाधार क्षेत्रअन्तर्गत विभिन्न वडाका ढल र सडक निर्माणका लागि गरिएको बोलपत्रमा नभएका काम सम्बन्धि भेरिएसन र वडा ८ को खरीबोट सडक मार्गमा सडक र ढल दुवै कामका लागि बोलपत्र भएकोमा स्थानीयबाट सडक मात्र निर्माण गर्ने माग भएपछि ढल निर्माण नगर्दाको कम रकम सम्बन्धि भेरिएसन स्वीकृत गरेको छ ।दशी ११४१,जेष्ठ २४ सोमवाः
बजेट कार्यान्वयन गर्न मन्त्रीद्धारा निर्देशन
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ जेठ २४, सोमबार वर्गीकृत
शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्ष २०७८÷२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ ।
बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यबिध योजना तयार गर्न ढिला गर्न नहुने बताउदै मन्त्री श्रेष्ठले साउन १ गतेदेखि बजेठ कार्यन्वयन गर्ने विषयमा अघि बढ्नुस
उहाले बजेटको विषयमा कुनै कसर बाकी राख्नु हँुदैन कार्यान्वयनमा हुनेगरी काम अघि बढाउनुस–मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । उहाले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाले भन्नुभयो–असार १ गतेबाट भर्ना प्रकृया शुरु गर्नेछौ , त्यसको निम्ति सबै कार्यक्र कार्यान्वयन गर्नुस
कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यबिधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताउनुभयो । उहाले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यन्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारी गराउनुभयो । उहाले भन्नुभयो–बजेट तत्काल कार्यान्वयन गर्नुपर्छ ।
छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा. तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम कार्यान्वयन गर्न तत्काल कार्यँविधि निर्माण गनेर्् बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुननिर्माण हुने बताउर्दै त्यसको लागि योजना निर्माण भैरहेको जानकारी गराउनुभयो ।
उहाका अनुसार विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने , सहुलियत दरमा २५ लाख रुपिया सम्म ऋण दिने, कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपुर्ण योजना कार्यन्वयउन गर्न मन्त्रालयले योजना तयारी गरिरहेको बताउनुभयो ।
छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले बजेटमा उल्लेख भएका सबै तोकिएकै समयमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताउनुभयो । उहाले भन्नुभयो–गत वर्षकै आधारमा एसइईईको परीक्षाफल प्रकाशित गर्नेछौ ।
सचिव थपलियाले बजेटमा उल्लेख भए अनुसार करिब १३ हजार ििवद्यालयमा स्काउट निर्माण गर्ने, विद्यार्थीलाई खेलकुद गतिविधिमा अघि बढाउने विषलाई लागु गरिने जानकारी दिनुभयो ।
बैठकमा मन्त्री श्रेष्ठले सबै शिक्षक र कर्मचारीलाई को्रोना विरुद्धको खोप उपलब्ध गराउन स्वाथ्य मन्त्रालयलाई पुनः आग्रह गर्ने बताउनभभयो ।म न्त्री श्रेष्ठले मन्त्रालयका अधिकारीलाई निर्देशन दिदै भन्नुभयो–करिब एक महिना अघि तत्कालिन स्वाथ्य मन्त्री हृदयश त्रिपाठी समक्ष अग्रपंतीमा खटिने शिक्षकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन आग्रह सहितकाmे पत्र दिनुभएको थियो । सो पत्र कार्यान्वयन गर्न पुन मन्त्रालयलाई आग्रह गर्दै पत्र पठाउन मन्त्री श्रेष्ठले निर्देशन दिनभएको छ ।
बैठकमा जनक शिक्षा सामाग्री संस्थान लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झाले शैक्षिक सत्र अगाबै पुस्तक ढुवानीगर्न खुला गर्न आग्रह गर्नुभएको थियो , लगत्तै मन्त्री श्रेष्ठले सो विषयमा सिसिएमसीमा पत्रचार गर्ने बताउनभुाये ।
शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुष्ठ अर्यालले असार १ गतेबाट भर्ना प्रकृया अघि बढाउने, शैक्षिकसत्र अगाबै सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तथक पु¥याउने व्यवस्था गर्र्न प्रकृया अघि बढाउनुपर्ने बताउनुभयो ।
बैठकमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बजेटमा उल्लेख भएको विषय कार्यान्वयन गर्ने विषयमा मन्त्रालयले कार्ययोजना निर्माण गर्नुपर्ने बताउनुभयो । उहाले मन्त्रालले सबै निकायको सहयोगमा बजेट कार्यान्वयन गर्न योजना तयार पार्नुपर्ने उल्लेख गर्नुभयो ।
मन्त्री श्रेष्ठले अन्य मन्त्रालयको तुलनामा शिक्षा मन्त्रालयले बजेट कार्यान्वयन गर्न अघि बढ्न निर्देशन दिनुभयो । भन्नुभयो–हाम्रो मन्त्रालयले तोकिएकै समयमा बजेट कार्यन्वयन गर्नुपर्छ , साउन १ गतेबाट सबै प्रकृया अघि बढाउनुस ।
आनन्दकुटी आइसोलेशनलाई चु जी फाउण्डेशनको सहयोग
Swoniga Online – स्वनिगः संवाददात | २०७८ जेठ २४, सोमबार वर्गीकृत
चु जी फाउण्डेसन, ताइवान -TZU CHI FOUNDATION_ ले आनन्दकुटी बिद्यापीठ, स्वयम्भुलाई Auto clave machine एक थान, portable X– ray machine, एक थान, ECG machine एक थान हस्तान्तरण गरेको छ । फाउण्डेशनको तर्फबाट मैत्रीमहास्थवीर र मुकुन्द बिष्टले आनन्दकुटी आईशोलेसन सेन्टरलाई उक्त सामग्री हस्तान्तरण गरेको हो भने सेन्टरको तर्फबाट सांसद जीवन रामश्रेष्ठले ग्रहण गर्नुभएको हो ।
५० बेड क्षमताको आइसोलेशन सेन्टरमाहाल २३ जनाउपचारका क्रममा हुनुहुन्छ भने २५ जना कोभिड १९ जितेर स्वास्थ्यलाभ गरी डिस्चार्ज भइसकेका छन् ।
काठमाडौं क्षेत्र नं ८ का सांसद जीवनरामश्रेष्ठको संरक्षकत्वमा काठमाडौं महानगरपालिका १५ वडा तथास्थानियवासीको सहयोगमा संचालन भइरहेको यस अक्सिजनसहितको आइसोलेशनका लागिआनन्दकुटी बिद्यापीठले स्थान उपलब्ध गराएको छ ।मोडेल हस्पिटल नर्सिङ्ग कलेजबाट मेडिकल टिमले २४ सै घण्टा डाक्टर, नर्सको सेवा प्रदान गरिरहेको छ भने X–RAY, ECG, कोभिड बिरामीको सम्पुर्ण परिवारलाई PCR टेस्टको ब्यवस्था पौष्टिक खाजाखाना लगायत सम्पूर्ण सुबिधाहरु निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको छ ।
यस आइसोलेशनबाट स्वास्थ्यलाभ गरी घर फर्कनेहरुलाई अक्सिमिटर, थर्मोमिटर, सेनिटाइजर, मास्क, कोभिड बुकलेट तथाआवश्यकऔषधीहरु निःशुल्क प्रदान गर्दै आएकोे संरक्षण सांसद श्रेष्ठले जानकारी गराउनु हुँदै फाउण्डेशनको निरन्तर साथ र सहयोगकालागि कृतज्ञ रहेको बताउनु भएको छ ।
यसअघि पनि यसै फाउण्डेशनलेले ५थान oxygen concentrator विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिसकेको छ।
महानगरका वडा स्तरमा भेरोसेल खोप दिइने
Swoniga Online – स्वनिगः संवाददात | २०७८ जेठ २२, शनिबार वर्गीकृत
जेठ २५ गतेदेखि ६० बर्षदेखि ६४ बर्षसम्मका व्यक्तिलाई दिइने कोविड विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन काठमाडौँ महानगरको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले वडा खोप समन्वय समितिलाई पत्र पठाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा जिल्ला स्वास्थ्य कार्यालय र विभागविच बैठक बसेर हरेक वडामा एक÷एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो।
यो उमेर समूहका व्यक्तिका लागि भेरो सेल (चाइनीज खोप) को पहिलो मात्रा दिन लागिएको हो । सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्र पङ्तिमा खटिनेहरुका लागि त्यसपछि ६५ बर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ बर्षदेखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई खोप दिएको थियो ।
यी व्यक्तिहरुलाई उपलब्धताका आधारमा कसैलाई कोभिसिल्ड –भारतीय खोप) र कसैलाई भेरोसेल (चाइनीज) खोप दिइएको हो । यसरी खोप पाएकामध्ये धेरैले दुवै डोज लगाएका छन् भने कोभिसिल्डको पहिलो मात्रा लगाउने केहीले दोस्रो मात्रा लगाउन पाएका छैनन्।
यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोविड १९ विरुद्धको चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाइएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करीब १ लाख व्यक्तिले लगाएका थिए।


