add
Display Style: 
Column Style

झिल्टुङ सम्पदा गाउँ सामुदायिक भवन शिलन्यास

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ७, शनिबार वर्गीकृत

नुवाकोटको बेलकोटगढी नगरपालिका देउरालीमा सम्पदा संरक्षणको अभियानअन्तर्गत सामुदायिक भवन शिलन्यास गरिएको छ । वडा नं ६ नेपालथोकमा झिल्टुङ नेपाल समाजको पहलमा झिल्टुङ सम्पदा गाउँ सामुदायिक भवन निर्माण गर्न लागिएको हो ।

बुधबार भवन शिलन्यास गर्दै बाग्मती प्रदेश सांसद केशवराज पाण्डेले झिल्टुङ क्षेत्रको सम्पदा संरक्षणका लागि सामुदायिक भवनले ठूलो योगदान गर्ने विस्वास व्यक्त गर्नुभयो ।

ऐतिहासिक महत्व बोकेको झिल्टुङ क्षेत्रको विकास, संरक्षण र सम्बद्र्धनका लागि स्थानीयले गरेको प्रयास सह्रानिय रहेको उल्लेख गर्नुभयो ।
 
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपाल, नेपाल वंशज परिषद्का केन्द्रिय अध्यक्ष तथा कृषि विकास बैंकका सिइयो अनिल उपाध्याय, नेपाल नेपाल वंशज परिषद्का केन्द्रिय उपाध्यक्ष तथा प्रोफेसर डा. शैलेन्द्र प्रकाश नेपाल, नेपाल वंशज परिषद्का केन्द्रिय महासचिव समिर नेपाल, केन्द्रीय सदस्य कुवेरमणी नेपाल लगायतले भवन निर्माणका लागि स्रोत साधन जुटाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भवन निर्माण समितिको आयोजनामा भएको कार्यक्रममा स्थानीय कला संस्कृति झल्किने झाँकी तथा साँस्कृतिक प्रस्तुती गरिएको थियो ।
 
 

आज काठमाण्डौका विभिन्न ठाउँमा केही समय बिजुली नआउने

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ७, शनिबार वर्गीकृत

नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारण बत्ती जाने जानकारी दिदैं आज काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा केही समय बिजुली नआउने भएको छ ।

बत्तीसपुतली क्षेत्रमा बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म ८ घण्टा बिजुली नआउने प्राधिकरणले जनाएको छ । पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगङ्गा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा पनि लाइन मर्मत गर्न बिजुली काट्न लागिएको सूचनामा उल्लेख छ । 

यस्तै, बानेश्वर वितरण केन्द्र अन्तर्गतकाे कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कुल, सीसीआरसी कलेज, सूर्यकोट गेटसम्म बिजुली जाने प्राधिकरणले जनाएकाे छ । 

यी ठाउँमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ । सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काट्न लागिएको प्राधिकरणले जनाएको छ।

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ७, शनिबार वर्गीकृत

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो ।

त्यसअघि संसदीय दलको बैठक बोलाइएको छ ।

माधव नेपाल र झलनाथ खनाल समूह भने बैठकमा नजाने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि बोलाउनुभएको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा पनि नेपाल-खनाल समूह गएको थिएन । 

उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा बैठकमा सहभागी हुन सकिने नेपाल–खनाल समूहको भनाइ छ ।

महिला पत्रकार सगरमाथा आरोहीको परिचयसहित नाम लेखाउन सफल

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ६, शुक्रबार वर्गीकृत

विश्वको सर्वोच्च शिखर सगरमाथाको दुवै मोहडा(दक्षिणी २०७५ ज्येष्ठ ९ गते) र तिब्बती मोहडा (उत्तरी २०७६ ज्येष्ठ ९ गते) दिन आरोहण गर्न सफल ललितपुरकी पत्रकार कल्पनाले विश्वको पहिलो महिला पत्रकार सगरमाथा आरोहीको परिचयसहित नाम लेखाउन सफल भएकी छिन् ।

उनले सन् २०१९ मे २३  (उत्तरी २०७६ ज्येष्ठ ९ गते) का दिन शिक्षाको माध्यमबाट बालविवाह रोकथाम अभियानको उद्घोष सगरमाथाको शिखरबाट गरेका थिए ।

सगरमाथा आरोही कल्पना महर्जनलाई बुधवार ललितपुर महानगरपालिकाले नगर प्रमुख चिरिबाबु महर्जनको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र वर्ल्ड बुक अफ नेपालका अध्यक्ष सागर कटवालले संयुक्त रूपमा विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

पूर्वराष्टिपति रामवरण यादवले कल्पना नेपाल र नेपालीको लागि गौरव भएको बताए । शिक्षा मार्फत बालबिवहा  रोकथामको लागि कल्पनाले गरेको कामको प्रशंसा गर्दै उनले वातावरण संरक्षणमा पनि काम गर्नुपर्ने धारणा राखे । उनले भने, ग्लोबल वार्मिड.ले हिमालहरू पंग्लिदै गएर काल पत्थर हुँदै गएका छन् । हिमालको हिउँ जोगाउन के गर्न सकिन्छ, त्यस तर्फ काम गर्नु अत्यावश्यक छ ।

 सगरमाथा आरोही कल्पना महर्जनले सबैको सद्भाव, शुभेच्छा र सगरमाथा आरोहण व्यवस्थापन ऐक्स्पेरियन्स आउटसोर्स नेपालको कुशल ब्यवस्थापनले मात्र सफल आरोहण सम्भव भएको बताइन् । विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरे पनि सामाजिक सगरमाथा चढ्न कठिन भइरहेको बताइन । उनले ललितपुरको सामुदायिक विद्यालय शिक्षा र बालबिवहा विरुद्ध काम गरिरहेको जानकारी दिइन् ।

त्यसै गरी ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले ललितपुरकी चेली कल्पनाले हिमाल चढेर विश्वमा नेपाल र ललितपुरको नाम उच्च बनाएको बताए । उनले ललितपुर महानगरपालिकाको खुल्ला क्षेत्र र हरियालीको लागि पार्कहरू निमार्ण गरिरहेको बताए । उपप्रमुख गीता सत्यालले महिलाले अवसर पाए चुनौतीपूर्ण भनिएका काम गर्न सक्छ भन्ने ज्वलन्त उदाहरण कल्पना महर्जन भएको बताइन् । सगरमाथा चढेर कल्पनाले ललितपुरलाई विश्व सामु चिनाएको उनले दाबी गरिन् ।

कमलपोखरीमा साढे दुई करोड लिटर पानी हाल्दै काठमाडौँ महानगर, चैत मसान्तासम्म पुननिर्माण सम्पन्न हुन्छः मेयर शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ५, बिहिबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाले कमलपोखरीको पहिलो चरणको पुननिर्माण चैत मसान्तासम्ममा सम्पन्न गर्ने गरी तिव्र गतिमा कार्य भैरहेको जानकारी दिएको छ । पोखरीमा केही दिनमै लबालब (टनाटन) पानी भर्ने पनि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिनुभयो । ‘पोखरी पुननिर्माणको काम ७० प्रतिशत भन्दा बढी सम्पन्न भएको छ । केही दिनमै हामी कमलपोखरीमा साढे दुई करोड लिटर पानी भर्ने तयारीमा छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘हामीले पुननिर्माणकै क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौँ । अब केही दिनमै पहिलो चरणमा पोखरीमा टनाटन पानी भर्छौ ।’ 

प्रमुख शाक्यले केही व्यक्तिले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भनी अनावश्यक विरोध गरेको भन्दै  उनीहरुलाई डिजाइनका बारेमा सामान्य जानकारी समेत नलिई हचुवाका भरमा विरोध नगर्न र विकास निर्माणमा अवरोध नगर्न पनि आग्रह गर्नुभयो । उहाँले पोखरीको बिचमा पनि हल्ला गरे जस्तो कंक्रिटको कमलको फूल नरहेको जानकारी दिनुभयो । पोखरी सत प्रतिशत बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि उहाँले स्मरण गराउनुभयो । 

उहाँले केही व्यक्तिहरुले भ्रम छर्न खोजेको आरोप समेत लगाउनुभयो । शाक्यले कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने पनि जानकारी दिनुभयो । ‘पोखरी पुननिर्माण गर्दा पोखरीको आकारमा एक इन्च पनि नमिचिने गरी डिजाइन तयार पारिएको छ,’ ‘पहिला बेबारिसेर र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक  र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएका छौँ । हामीले डिजाइन पनि ती सबै कुरालाई ध्यान दिएर बनाएका छौँ । संघीय र प्रदेश सांसद तथा स्थानीयको सल्लाह अनुसार नै हामीले कमलपोखरीमा कंक्रिट प्रयोग भएका भौतिक संरचना भत्काएका हौँ । त्यसकारण पोखरीमा कंक्रिट प्रयोग गर्ने भन्ने कुरा भ्रम फैलाउने प्रयास मात्रै हो ।’  

त्यसैगरी शाक्यले काठमाडौँमा मानव निर्मित सम्पदा रहेको भन्दै ती सम्पदा क्षेत्रलाई पर्यटनसँग जोड्दै आएको पनि स्मरण गराउनुभयो ।  ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका सबै पोखरीहरुको प्रवद्र्धन र संरक्षण गर्ने महानगरपालिकाले अभियान हो,’ उहाँले भन्नुभयो, ‘त्यहि अन्तरगत वर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई मास्टरप्लान बनाएर पुननिर्माण गर्ने अभियान अघि बढाएको हौँ । यो अभियान अघि बढाउँदा संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएका हौँ ।’ 

उहाँले आफ्नो कार्यक्षेत्र भित्र रहेका सम्पूर्ण सम्पदा निर्माण–पुननिर्माण गर्ने कार्यलाई तिव्रताका साथ अघि बढाइरहेको र  त्यहि अनुरुप मुर्त–अमूर्त सम्पदाको संरक्षण गर्दै अघि बढ्ने कुरालाई प्राथमिकता दिएको उहाँको भनाई छ ।  ‘अहिले धेरै गुठियारले हजारौँ वर्षदेखि संरक्षण गर्दै आएका मूर्त– अमूर्त सम्पदाहरु पनि काठमाडौँ महानगरपालिकाले संरक्षण गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘बहाः, बहिः, पाटी–पौवा, मठ–मन्दिरदेखि जात्रा, चाड–पर्वलाई पनि संरक्षण गरेर अघि बढेको कुरा पनि सबैलाई विदितै छ । त्यो बाहेक पनि सार्वजनिक जग्गाहरुको संरक्षण गरेर हरियाली प्रवदद्र्धन गर्ने कार्य अन्तरगत काठमाडौँ महानगरपालिकाले पार्कहरु निर्माण कार्यलाई पनि अघि बढाइरहेको छ ।’ 

कतिपय स्थानमा व्यक्तिहरुले अतिक्रमण गरेर व्यक्तिगत रुपमा प्रयोग गरेका जग्गाहरुलाई पनि सार्जजनिक गरेर त्यो ठाउँमा समेत महानगरपालिकाले पार्कहरु बनाई रहेको उहाँले जानकारी दिनुभयो । ‘विगतमा भएका पोखरीहरुलाई समेत संरक्षण गरेर मौलिक रुपमा पुर्ननिर्माण गर्दै रहेक सम्पदालाई पर्यटनसँग जोड्ने अभियानमा हामी लागिरहेका छौँ,’ उहाँले भन्नुभयो । 

कसैले व्यक्तिगत स्वार्थ राख्दै अवरोध नगर्ने हो भने यहि चैत भित्रमा पोखरी पुननिर्माणको पहिलो चरण सम्पन्न हुने उहाँले बताउनुभयो ।  ‘दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात कमलपोखरी प्रहरी बीट जुन भत्काइसकेका छौँ त्यो क्षेत्रमा दोस्रो चरणमा कमलपोखरीको क्षेत्र विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्छौ,’ उहाँले भन्नुभयो, ‘कमलपोखरीमा केहीले राजनीतिक मिसन चलाउने ढंगले महानगरपालिकाले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्यो भनी आरोप लगाए । म फेरि भन्न चाहन्छु । त्यो आरोप मिथ्या हो । अरुलाई भ्रमित पार्न चलाएको राजनीतिक मिशन बाहेक केही होइन । कंक्रिटको पोखरी बनाउने भन्ने महानगरपालिकाको कुनै योजना छैन र डिजाइनमा पनि त्यस्तो कतै छैन ।’ 

काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले अब बन्ने कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने जानकारी दिनुभयो । 

काठमाडौँ महानगरपालिका वडा नम्बर–१ मा पुर्ननिर्माण भैरहेको कमलपोखरी करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको भन्दै काठमाडौँ महानगरपालिकाका इञ्जिनियर प्रेम श्रेष्ठले उक्त पोखरी निर्धारित समय भित्रै सम्पन्न गर्ने गरी कामलाई दु्रतरुपमा अघि बढाएको बताउनुभयो ।

करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने दाबी महानगरपालिकाको दाबी छ । कमलपोखरी  नौ वटा चैत्य रहने छन् भने पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ  । पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी  विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण गर्ने पनि महानगरपालिकाको तयारी छ ।

काभ्रेमा भूकम्पको धक्का

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ५, बिहिबार वर्गीकृत

काभ्रेमा भूकम्प गएको छ । 

भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।

बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए।

एउटै विधालयमा दुईटा प्रधानाध्यापक

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ५, बिहिबार वर्गीकृत

एउटै विधालयमा दुईटा प्रधानाध्यापक  छ भनेर  सुन्दा तपाँईलाई अचम्म लाग्न सक्छ त्यस्तै भएको छ। सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर– १ को कचनारीमा रहेको एक बिधालयमा बिवाद उग्ररूप लिएका छन् ।

कचनारीमा रहेको श्री आधारभुत विधालयमा करिब आठ महिना देखी प्रधानाध्यापकको बिषयमा आपसी बिबाद हुँदा बिधार्थीको भबिष्य अन्यौलमा रहेको छ । कक्षा ८ सम्म संचालनमा रहेको सो विधालयमा २०७७ भदौ १७ गते देखी  प्रधानाध्यापकको बिषयमा आपसि बिबाद चल्दै आईरहेको छ ।

प्रधानाध्यापकको बिषयमा आपसी बिबादका कारण उच्च आदालत जनकपुर राजबिराजमा मुद्दा दायर भएको छ । ४ वटा शिक्षक मात्र रहेको सो बिधालयमा २ टा शिक्षक बिच निमित प्रधानाध्यापकको बिषयमा आपसी बिबाद हुँदा सो विधालयको पुर्ण रुपमा अध्ययन अध्यापनमा प्रभाबित परेको स्थानियहरुले बताएका छन् ।निमित प्रधानाध्यापक रामनाथ भगत यादवले मिति २०७७ बैशाख १० गतेदेखी बिधालयमा प्रधानाध्यापकको रुपमा कार्यभार सम्हाल्दै आईरहेको थियो ।

 

आदालतको फौसलाको सुनवाई चैत्र ८ गते छ । सहदेव यादवलाई  काज फिर्ताको लागी शिक्षा विकास तथा समन्वय ईकाई सिरहाबाट मिति २०७७ माघ २० गते  आधिकारीक रुपमा  चिठ्ठी आईसकेको भएपनी उनले  स्कुल नछोडेको बताए । उनले भने साउन महिना देखि मलाई गाउँपालिकाले तलब दिएको छैन् । स्कुलमा राजनीतिक हावी छ राजनीतिक हिसाबले गाउँपालिकाले उनलाई न्युक्ती गरेको निमित्त प्रधानाध्यापक यादवले बताएका छन् ।

 

शिक्षा विकास तथा समन्वय ईकाई , सिरहा कार्यालयले बरिष्ठताको आधारमा  प्रअ रामनाथ भगत यादबलाई मान्यता दिईरहेको बेला गाउँपालिकाले मिति २०७७ भदौ १७ गतेका दिन सोही बिधालयमा काजमा  बिन्देश्वर प्रसाद यादबलाई निमित प्रधानाध्यापकको रुपमा पठाएर बिबाद चुलिएको छ ।  पहिलाको निमित प्रधानाध्यापक रामनाथ भगत यादबले गाउँपालिकाले  काजमा पठाएका  बिन्देश्वर प्रसाद यादबलाई सहमती दिएको छैन ।

यता अर्काे प्रधानाध्यापक बिन्देश्वर प्रसाद यादवले भने मलाई गाउँपालिकाले मिति २०७७ भदौ १७ गते  निमित प्रधानाध्यापकको लागी  चिठी दिएको छ । गाउँपालिकाले काज फिर्ता पठाएको खण्डमा म स्कुल छेडने छु ,‘ शिक्षा विकास तथा समन्वय ईकाईको चिठी मैले बुझेकै छैन उनले भने ।’  

 

३ सय ९६ बिधार्थी अध्यनरत रहेको बिधालयमा एउटा कार्यालय सहयोगी र प्रअ लगायत ४ जना शिक्षकको भरमा विधालयमा कक्षा संचालन भैरहेको छ । कक्षा कोठाको आभाव छन् कक्षा कोठाको आभावका कारण कक्षा १ देखि ३ सम्मका बिधार्थीहरु एउटै कोठामा अध्ययन गरिरहेको छ भने कक्षा ४ र ५ , र  ६,७ का बिधार्थीहरु एउटै कक्षा कोठामा अध्ययन गरिरहेको बिधार्थीहरुले बताएका छन् । पाठयक्रम अनुसारको अध्यापन नहुने , बिषयहरु पुर्ण रुपमा पढाई नहुने बिधार्थीहरुले गुनासो गरे ।

करिब ४ साल देखि सो बिधालयमा ब्यबस्पान समिति छैन ब्यबस्थापन समिति नहुदा खाजा कार्यक्रम पनी संचालनमा छैन । बेन्च डेस्को आभाबको कारण तल्लो तह कक्षाका बिधार्थीहरु भुईमै बसेर  अध्ययन गर्न बाध्य छन् ।  विधालयमा खानेपानी र शैचालय समेत नरहेको  बिधार्थीहरुले गुनासो गरेका छन् 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ५, बिहिबार वर्गीकृत

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

अध्यक्ष ओलीले संसदीय दलको बैठक बोलाउनु भए पनि माधवकुमार नेपाल र झलनाथ खनाल समूह भने बैठकमा सहभागी नहुने भएको छ । राष्ट्रिय कार्यकर्ता भेला जारी रहेकाले संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने माधव नेपाल समूहका नेता योगेश भट्टराईले जानकारी गराउनुभएको छ ।

यो समूहले हिजोदेखि ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ । हिजो भेलाको पहिलो दिन वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो । आजका लागि डाकिएको संसदीय दल र चैत ७ मा डाकिएको केन्द्रीय कमिटी बैठकमासमेत आफूहरु सहभागी नहुने नेता भट्टराईको भनाइ रहेको छ ।

काठमाडौँ महानगरपालिकाबाट पाँच नगरपालिकालाई पाँच करोड सहयोग

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ चैत्र ४, बुधबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत आज उपत्यकाका पाँच ओटा नगरपालिकालाई ती नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । दुई ओटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको छ ।

कार्यक्रमपछि महानगरपालिकाले पाँच ओटा नगरपालिकालाई सम्झौतापत्र अनुरुपको चेक समेत हस्तान्तरण गरेको छ । आज काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका ती नगरपालिकासँग सम्झौतासहित चेक हस्तान्तरण गर्नुभएको हो ।  

काठमाडौँ महानगरपालिकाले २०७७÷०७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम नगर–नगर साझेदारी कार्यक्रम शीर्षकमा कागेश्वरी मनोहरा, दक्षिणकाली, ताराकेश्वर, किर्तिपुर र मध्यपुर ठिमी नगरपालिकासँग धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोग गर्ने सम्झौता गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले जानकारी दिनुभयो ।  

सम्झौता अनुसार दक्षिणकाली नगरपालिका क्षेत्र भित्र रहेको वडा–५ गोरखनाथ डाँडामा अवस्थित बहुदेश्यीय उद्यान निर्माणका लागि थप एक करोड रकम हस्तान्तरण गरिएको छ । यस अघि पनि सोही उद्यान निर्माणका लागि महानगरपालिकाले रु एक करोड सहयोग गरेको थियो ।  त्यसैगरी ताराकेश्वर नगरपालिकाको भौगोलिक क्षेत्र भित्र रहेको वडा–५ को भ्युटावर र वडा–२ को ताराकेश्वर राष्ट्रिय झण्डा पार्क निर्माणका लागि जम्मा एक करोड सहयोग प्रदान गरेको छ । यस अघि ताराकेश्वर धाम निर्माणका लागि रु एक करोड सहयोग गरेको थियो ।  

त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाको भौगोलिक कार्यक्षेत्र भित्र रहेको वडा–१ मा अवस्थित प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरीको क्षेत्रलाई समेटी कागेश्वरी धाम निर्माणका लागि पनि रु एक करोड नै सहयोग गरेको छ । यस अघि पनि सो नगरपालिकालाई रु एक करोड सहयोग गरेको थियो ।  

त्यसैगरी किर्तिपुर नगरपालिकामा युद्धस्मारक पार्क निर्माणका लागि पनि आजै सम्झौतापत्रमा हस्ताक्षर गरी काठमाडौँ महानगरपालिकाले रु एक करोड प्रदान गरेको छ । उक्त नगरपालिकाको भौगोलिक क्षेत्र भित्र रहेको वडा १,२ र १० लाई समेटी त्यहाँ करीब ५५ रोपनी क्षेत्रफलमा युद्ध स्मारक पार्क निर्माण भैरहेको छ ।  

त्यस्तै मध्यपुर ठिमी नगरपालिकाको वडा नम्बर–४ मा निर्माणधिन शंखधर पार्क  निर्माणका लागि पनि आजै काठमाडौँ महानगरपालिकाले रु थप एक करोड सहयोग गरेको छ ।  यस अघि पनि महागनरपालिकाले सो उद्यान निर्माणका लागि रु एक करोड सहयोग गरेको थियो ।  त्यहाँ पनि करीब १० रोपनी क्षेत्रफलमा मण्डला, एम्पिथिएटर चिः बहालगायत निर्माण हुँदैछ । भक्तपुरकै चाँगुनारायण नगरपालिकालाई पनि काठमाडौँ महानगरपालिकाले ताथलीमा उद्यान निर्माणका लागि रु एक करोड नै दिने भएको छ ।

आज सो नगरपालिकाका प्रमुख उपत्यका बाहिर रहेकाले छिट्टै सो सम्झौतामा पनि हस्ताक्षर गर्ने प्रमुख शाक्यले जानकारी दिनुभयो ।  काठमाडौँ महानगरपालिकाले चन्द्रागिरी नगरपालिकालाई पनि मातातिर्थ पार्क निर्माणका लागि रु एक करोड सहयोग गर्ने भएको छ ।  उक्त नगरपालिकाका प्रमुख पनि कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपछि सो नगरपालिकासँग पनि छिट्टै सम्झौतापत्रमा हस्ताक्षर हुने महानगरपालिकाले जानकारी दिएको छ । यस अघि पनि सो नगरपालिकालाई मदन भण्डारी पार्क निर्माणका लगि रु एक करोड नै सहयोग गरेको थियो । 

केही समय अघि भगिनी सम्बन्ध स्थापना गरेको मेलम्ची नगरपालिकालाई पनि आजै प्रमुख शाक्यले सो क्षेत्रमा मेलम्ची सिटी पार्क निर्माणका लागि रु एक करोड पचास लाख सहयोगको चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा ती सबै नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको पनि सहभागिता रहेको थियो ।  

चेक हस्तान्तरण कार्यक्रमपछि सम्वोधन गर्दै प्रमुख शाक्यले कोही एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको सहकार्यमा मात्रै काठमाडौँ उपत्यका र समग्र देशको विकास गर्न सकिन्छ भन्ने सन्देश दिन यस्तो कार्यक्रम अघि बढाएको बताउनुभयो  । ‘हामीले जुन–जुन नगरपालिकासँग सम्वन्ध कायम गरेका छौँ ती–ती नगरपालिकासँग आत्मियता बढेको छ,’ उहाँले भन्नुभयो, ‘त्यहाँका स्थानीयमा पनि महानगरपालिका हाम्रो पनि हो हामीले पनि मायाँ गर्नुपर्छ महानगरलाई महानगर बनाउन हामीले सहयोग गर्नुपर्छ भन्ने भावना जागृह हुने अपेक्षा गरेका छौँ ।’ 

शाक्यले सम्पदा, पर्यटन र पर्यापर्यावरणलाई ध्यानमा राखेर सहयोग गरेको स्मरण पनि गराउनुभयो ।  ‘यहाँ मानव निर्मित सम्पदा छन् । विश्व सम्पदा सूचिमा सूचिकृत चार ओटा सम्पदा छन् । अन्य नगरपालिकामा हेर्ने हो भने प्रकृति निर्मित सम्पदा छन्,’ उहाँले भन्नुभयो, ‘हामी यी दुई बीचको सम्वन्ध स्थापना गर्ने र आन्तरिक र वाह्र पर्यटन प्रर्वद्ध गर्ने उदेश्यले पनि यो सम्झौता गरिरहेका छौँ ।’ 

काठमाडौँ महानगरपालिकाले यस अघि काठमाडौँका १० नगरपालिका र भक्तपुरको मध्यपुर ठिमीलाई नगर–नगर साझेदारी अन्तरगर्त सहयोग गरेको थियो । महानगरपालिकाले पहिला सहयोग गरेका परियोजना सफल भएको अवस्थामा मात्रै थप सहयोग गर्ने नीति लिएका छ।

पाँचखालमा मदिरा सेवन गर्न अनुमति लिनुपर्ने

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ चैत्र ४, बुधबार वर्गीकृत

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ 

‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

मदिरा उत्पादन, बिक्री वितरण र सेवनका लागि अनुमति लिनुपर्ने तथा मदिरा सेवनकर्ताले वार्षिक शुल्क तिरेर ‘सेवन कार्ड’ लिनुपर्ने व्यवस्था नगरपालिकाले गरेको छ।सो ऐनले १८ वर्षको उमेर पूरा नगरेका व्यक्तिले मदिरा बिक्री वितरण गर्न नपाउने व्यवस्था गरेको छ ।

नगर क्षेत्रभित्र सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्दै सभ्य, शान्त र सकारात्मक बाटोमा समुदायलाई अग्रसर गराउन तथा घरेलु हिंसा न्यूनीकरणका लागि नगरपालिका क्षेत्रभित्र मदिरा उत्पादन, बिक्री वितरण र सेवन कार्यको नियमन तथा व्यवस्थापन गर्न यस्तो व्यवस्था लागू गरिएको नगरपालिकाले जनाएको छ ।

विद्यालय, स्वास्थ्य केन्द्र, सार्वजनिकस्थल, पार्क, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालयभन्दा कम्तीमा २०० (दुई सय) मिटर टाढा मदिरा पसल खोल्न पाउने व्यवस्था रहेको छ । ओसारपसार गर्ने बिक्रेताले बिक्री गरेको मदिराको लगत राख्नुपर्ने व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।

जाती विशेषका पर्व, उत्सव, परम्परा र संस्कृतिको समयमा नगरपालिकासँग पूर्वस्वीकृति लिई तोकिएको समय, स्थान र संख्यामा मदिरा लैजान सकिने व्यवस्था ऐनले गरेको छ । सेवनकर्ताले नगरपालिकाबाट सेवन कार्ड लिनुपर्ने र सो वापत वार्षिक एकमुष्ट रु ५०० तथा नवीकरण र कार्डबापत रु ५०० बुझाउनुपर्ने व्यवस्था छ। अतिथि कार्डबापत प्रत्येक दिन रु १०० का दरले तिर्नुपर्ने व्यवस्था ऐनले गरेको छ ।

 

ऐन विपरित कार्य गरेबापत सङ्कलन भएको रकममध्ये २५ प्रतिशत सुरक्षा व्यवस्थापनमा, २५ प्रतिशत शिक्षा र स्वास्थ्य क्षेत्रमा, १५ प्रतिशत सुराकीलाई, १५ प्रतिशत सूचनामा र २० प्रतिशत रकम नगरपालिकाको सञ्चित कोषमा जम्मा गरिने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।

Pages