add
Display Style: 
Column Style

बन्दाबन्दीमा सडक कालोपत्रे, पूर्वाधार निर्माणका काम नियमित

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २५, शनिबार वर्गीकृत

बन्दाबन्दीका समयमा महानगरले पूर्वाधार निर्माणका केही कामहरुलाई नियमितता दिएको छ । निषेध आदेश जारी हुँदाका बखत थालनी भइसकेका र सीमित जनशक्तिबाट सुरु गर्न सकिने कामलाई महानगरले नियमित गरेको हो । 

जिल्ला प्रशासन कार्यालयबाट जारी निषेध आदेश र स्वास्थ्य मन्त्रालयबाट जारी स्वास्थ्य मापदण्डको पालना गराएर पूर्वाधारका कामलाई नियमित गरेका हौँ । सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापा भन्नुहुन्छ, ‘वडा १६ को ज्ञानदीप मार्ग, सिद्धार्थ मार्ग र जमाचो मार्गमा ढल निकास तथा  सडक कालापत्रे भइरहेको छ ।

वडा १३ को जिलेट मार्ग र वडा १४ को त्रिभुवन विश्वविद्यालयको परिसरमा पर्खाल निर्माण र सडक कालोपत्रे भइरहेको छ । वडा ३१ को सिर्जना नगर सडक सुधारको काम भइरहेको छ । 

महानगरको वडा २१ कार्यालय भवन पुननिर्माण गर्न अहिले भत्काउने काम भइरहेको छ भने वडा ३१ कार्यालय भवन निर्माण भइरहेको छ । 

यसअन्तर्गत नयाँ सडक गेट मर्मत तथा रंग रोगनको काम भइरहेको छ भने वडा ६ को बागमती नगर र शान्ति नमूना पार्क, वडा ३ को इको पार्क र वडा ४ को धुम्वाराही पार्क  निर्माण भइरहेका छन् ।

यससँगै सडक सुधार, स्तरउन्नति र ढल निकासका वडास्तरीय कामहरु पनि भइरहेका छन् ।

अस्ताए ज्ञानुराज शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २४, शुक्रबार वर्गीकृत

अस्ताए ज्ञानुराज सुनचाँदी व्यवसायको उत्थानमा महत्वपूर्ण योगदान पु¥याउनुभएका ज्ञानुराज शाक्यको शुक्रबार निधन भएको छ ।

ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा बिहान ४ बजे उहाँको निधन भएको हो । उहाँ ६१ वर्षको हुनुहुन्थ्यो। एक वर्ष अघिदेखि साताको दुई पटक मृगौलाको डायलिसिस गराइरनुभएका शाक्यलाई उच्च रक्तचाप कारण थप समस्या आएपछि गत फागुण ११ गते अस्पताल भर्ना गरिएको थियो ।

त्यसको दुई दिनपछि शाक्य अस्पतालमा लडेर बहोस हुनुभएको थियो। दुई महिना बढी समय भेन्टिलेटरमा राखेर शाक्यलाई उपचार गराइराखेको श्रीमती सुनीता धाख्वा (शाक्य) ले जानकारी दिनुभयो ।

शाक्यको जीवनको महत्वपूर्ण समय नेपालका मौलिक व्यवसायका रुपमा रहेको सुनचाँदी व्यवसायको प्रर्वद्धनमा बितेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको विभिन्न पदमा बसेर शाक्यले काम गरिसक्नुभएको छ । पुस्तौदेखि गर्दै आएको सुनचाँदी व्यवसायमा अनेक समस्याहरु देखिएपछि त्यसको समाधानका लागि जिल्लाका सुनचाँदी व्यवसायीहरुलाई संगठित गरी वि सं २०५१ मा ललितपुर सुनचाँदी व्यवसायी संघको स्थापना गर्नमा शाक्यको अग्रणी भूमिका रहेको ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यले बताउनुभयो ।

‘उहाँको निधनले संघले एक संरक्षक गुमाएको छ।संघलाई अप्ठ्यारो पर्दा सल्लाह र सहयोग प्रदान गर्न उहाँ सधै तल्लीन हुनुहुन्थ्यो । उहाँको योगदान सबैका लागि प्ररेणादायी रहने छ । ’ संघका उपाध्यक्ष बिजेन्द्र बज्राचार्यले भन्नुभयो ।

जीवनको उत्तराद्र्धमा शाक्यले व्यवसायिक सामाजिक उत्तरदायीत्वको सिद्धान्त अन्तर्गत पत्रकारिता तालिम सञ्चालन गर्न टेवा पु¥याउनुभएको थियो । सामाजिक उत्तरदायीत्व सिद्धान्त अन्तर्गत पत्रकारिता तालिम सञ्चालन गर्नु नेपालको सन्र्दभमा एउटा फरक र नौलो अभ्यास रहेको नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यको भनाई रहेको छ ।

शाक्यकै अगुवाईमा ललितपुरमा तीन वर्ष लगातार गोल्डेन डायमण्ड ज्वेलरी मेला आयोजना गरिएको थियो । नेपाल प्रहरीले अघि सारेको प्रहरी मेरो साथी अभियानलाई प्रभावकारी बनाउन पनि शाक्यले आफ्नो तवरबाट भूमिका निर्वाह गर्नुभएको स्मरणीय रहेको राष्ट्रिय महासंघ नेपाल, ललितपुरका संस्थापक अध्यक्ष राजेश बज्राचार्यले बताउनुभयो ।

एक व्यवसायीका अतिरिक्त शाक्य समाजको विकासमा सधै चिन्तित हुने गरेको ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी सम्झिनुहुन्छ । शाक्यको शंखमुलमा नेवाः परम्परा दाहसंस्कार गरियो । उहाँको पार्थिव शरीरमा छोरा समिक शाक्यले दागबती दिनुभयो । यस अघि ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकार, ललितपुर महानगरपालिका – १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्य, महानगरीय प्रहरी प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठ लगायत विविध पेशाकर्मी, उद्यमी व्यवसायी र पत्रकारहरु शंखमुल पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

अक्सिजनभन्दा सिलिन्डर अभावप्रति संवेदनशील हुन मेयर शाक्यको अपिल

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ बैशाख २४, शुक्रबार वर्गीकृत

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोविडको उपचारका लागि अक्सिजनभन्दा सिलिन्डर अभाव भएकोप्रति संवेदनशील हुन सम्बद्धमा आग्रह गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, ‘यतिखेर अस्पतालहरुमा अक्सिजनको होइन, सिलिन्डरको अभाव छ ।

व्यक्ति, संस्था र उद्योगहरुले आवश्यकताभन्दा धेरै सिलिन्डर संचित गरेर राखेको पाइएको छ । यस्तो महामारीका बेला विरामीलाई अति आवश्यक पर्ने अक्सिजनका आपूर्ति सहजताका लागि व्यक्ति तथा संस्थासँग भएको संचित सिलिन्डर अस्पताल वा सम्बन्धित उद्योगमा बुझाएर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’ 

कोविड संक्रमण न्युनीकरण, रोकथाम र नियन्त्रणका कामसँगै उपचार पद्धतिलाई समेत सहज बनाउनु पर्ने बर्तमान अवस्था उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यतिवेला अस्पतालमा उपचाररत धेरै विरामीलाई प्लाज्मा चाहिएको छ । यसका लागि प्लाज्मा दान गर्न सक्ने व्यक्तिहरुले प्लाज्मा दान गरिदिनुहुन बिनम्र अपिल गर्दछु ।’

दोस्रो लहरका रुपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी हो । यसका लागि महानगरपालिकाले आइसोलेसन सेन्टर सञ्चालन गर्ने, अस्पतालहरुको क्षमता विकास गरेर धेरैभन्दा धेरै विरामीको उपचार गराउने, कोभिडबाट सक्रमित भएका र नभएका दुवै थरीका विरामीलाई अस्पताल आवतजावत गर्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, जोखिमपूर्ण ठाउँलाई निसंक्रमण गराउने लगायतका काम गरिरहेको छ । विज्ञप्तिमार्फत प्रमुख शाक्यले भन्नुभएको छ, ‘हामी संघीय सरकार, प्रदेश सरकार तथा अन्य नगरपालिकाहरुसँग समन्वय गरेर ठूला अस्पतालहरुमा विरामीको चाप घटाउने प्रयास गरिरहेका छौँ ।’ 

कोविडका विरामीको चाप रफ्तारमा बढ्दै गइरहेको बर्तमान परिस्थितिमा हाम्रो उद्देश्य विरामीको चाप घटाउने, सकुञ्जेल विरामी हुनै नदिनेतर्फ केन्द्रीत हुन जरुरी छ । अस्पतालको क्षमता र संख्या बढाउनु अहिलेको आवश्यकता हो तर यही नै निर्विकल्प समाधान होइन । विज्ञप्तिमा भनिएको छ, जसरी पानीको मुल सफा नगरी नदी सफाइ हुँदैन । त्यसैगरी स्वास्थ्य मापदण्ड पालना नगरी विरामीको संख्या घटाउन सकिँदैन ।

विरामीको चापले आइसोलेसन सेन्टर तथा अस्पतालहरुमा स्वास्थ्य सेवा व्यवस्थापनका भार सिर्जना हुन्छ । महामारी व्यवस्थापनका कोणबाट यो जटिल अवस्था हो । त्यसैले यसप्रकारको जटिलता आउनु अघि सबैले कडाइका साथ स्वास्थ्य मापदण्डको पालना गरौँ । अति आवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कौँ । मास्कको अनिवार्य र सही प्रयोग गरौँ । साबुन पानीले नियमित हात धोऔँ । साबुन पानी नभए सेनिटाइजरको प्रयोग गरौँ । भाइरसको सम्पर्कबाट बच्न अधिक सजगता अपनाऔँ । 

महामारीविरुद्धको अभियानमा सबै नागरिक सहभागिताका लागि प्रमुख शाक्यले अपेक्षा गर्नुभएको छ । 

जाहिदको निर्णायक गोलले ललितपुरको पहिलो जित

Swoniga Online – अनुप प्रधान | २०७८ बैशाख २४, शुक्रबार वर्गीकृत

ललितपुर सिटी एफसीले फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ । बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुरले पाँचौ मिनेटमा स्ट्राइकर नुर्लान नोभ्रुजुभ जाहिदको निर्णायक गोल प्रतियोगितामा पहिलो जित निकालेको हो । 

कप्तान अन्जन बिष्टको हेडर पासमा अनमार्क रहेका नुर्लानले डाइभ हेडमार्फत गोल गरेका थिए । मैदानको बायाँ भागबाट डिफेन्डर निरज बस्नेतको बाईसाइकल प्रहारमा अन्जनले नुर्लानलाई हेडिङ पास उपलब्ध गराएका थिए ।

खेलको ३२ औं मिनेटमा ललितपुरका भिलिम पोसिन्कोभिचले गोलको सुनौलो अवसर खेर फाले । अन्जनको पासमा पेनाल्टी बक्स भित्रबाट भिलिमले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

त्यस्तै इन्जुरी समयको अन्तिम मिनेटमा ललितपुरका विमल रानाको प्रहारलाई बुटवलका गोलकिपर विशालले क्लियर गर्न खोजेको बल पोलमा लाग्दै फर्केको बलमा कप्तान अन्जनले गोल गरेका थिए । तर, लाइन रेफ्रीले अफसाइडको इशारा गरेपछि ललितपुर अग्रता दोब्बर बनाउन चुकेको थियो।

फोटो अनुप प्रधान

नरदेवी आयुर्वेदिक अस्पतालमा जेठ १ गतेदेखि ५० वेडको आइसोलेसन सञ्चालन हुने

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २४, शुक्रबार वर्गीकृत

नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा जेठ १ गतेदेखि ५० वेडको आइसोलेसन सञ्चालन हुने भएको छ ।

यसका लागि  महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु न्हुच्छेकाजी महर्जन, चिनीकाजी महर्जनसहितको टोलीले अस्पताल पुगेर निर्देशक डा. प्रदीप के.सी.सँग कुरा गर्नुभएको थियो ।

‘हामी मिलेर महामारीको सामना गरौँ । तपाईँहरुसँग भौतिक संरचना छ । जनशक्तिको प्रबन्ध छ । यसलाई थप व्यवस्थित गर्न महानगरले सहयोग उपलब्ध गराउँछ ।’ भेटका क्रममा प्रमुख शाक्यले भन्नुभयो, ‘आइसोलेसनमा भएका विरामीलाई थप उपचार आवश्यक भए अस्पताल पठाउन र अस्पतालमा भर्ना भएका  अक्सिजन थेरापी मात्र गरे पुग्ने विरामीलाई यता सार्न मिल्ने पद्धतिको आइसोलेसन बनाऔँ । यसबाट अस्पतालको चाप घटाउन सकिन्छ ।’

भेटका क्रममा अस्पतालका निर्देशक डा. के. सी. ले, एकपटक खरिद गरेर पुग्ने उपकरण तथा सामाग्रीका लागि र नियमित खर्च गर्नु पर्ने कामका लागि महानगरले स्रोत उपलब्ध गराए अस्पतालमा आइसोलेसन सञ्चालन गर्न सकिने बताउनुभएको थियो । अस्पतालको क्षमता ११८ वेडको हो । शुरुवात्मा हामी ५० वेडबाट सेवा थाल्न सक्छौँ । आवश्यकताका आधारमा यसलाई विस्तार गर्न सकिन्छ । 

अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले संयोजन गर्नुहुनेछ ।

स्वास्थ्यकर्मीलाई फस्ट एड बक्स

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २३, बिहिबार वर्गीकृत

ललितपुर महानगरपालिका–३ नम्बरले ३५ जना स्वास्थ्यकर्मीलाई फस्ट एड बक्स वितरण गरेको जनाएको छ ।

३ नम्बर वडाध्यक्ष श्रीगोपाल महर्जनले घरदैलोमा खटिरहनेहरुलाई प्राथमिक सहायता बक्स वितरण गरेको बताए ।

‘७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने चार थरिका औषधी पनि वितरण थालेको छु,’ उनले भने, ‘उमेर ढल्किसकेका एकल महिलालाई मास्क, स्यानिटाइजर, झोल साबुन जस्ता सरसफाइका सामान वितरण सुरु गरेको छु ।’

सहायता बक्समा माक्स, ग्लोब्स, ब्यान्डेज, कपास, पट्टि, घाउ सफा गर्ने आषैधी, टेप, कैची, ड्रेसिङ प्याडलगायत छन् ।

३ नम्बरले कोभिड–१९ स“ग सम्बन्धित एप्स पनि सञ्चालनमा ल्याउने तयारी थालेको छ ।

एप्समार्फत शरीरको अक्सिजन, मुटुको चाल, ज्वरो, तापक्रम, श्वासप्रश्वास बारेमा थाहा पाउन सकिने वडाध्यक्ष महर्जनले भने, ‘यो एप्स सरकारी मान्यता प्राप्त हो ।’

महामारी नियन्त्रण गर्न निसंक्रमण गरिरहेका छौ प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २३, बिहिबार वर्गीकृत

काठमाडौँ महानगरले अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता व्यक्तिहरु आवतजावत हुने ठाउँ, एम्बुलेन्सजस्ता सवारी साधनको नियमित निसंक्रमण गरिरहेको छ । यसका लागि ठूला जेट मेसिनको प्रयोग हुने गरेको छ । 

‘संक्रमण बढ्दो अवस्थामा छ । यसबेला सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु नै महामारी नियन्त्रणको भरपर्दो माध्यम हो ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली भन्नुहुन्छ, ‘बन्दाबन्दी भए पनि कतिपय मानिसहरु अत्यावश्यक कामले बाहिर निस्किनु पर्ने हुन्छ । यसरी मानिसहरु आवतजावत हुने ठाउँ, सुरक्षा जाँच गर्ने ठाउँ र अस्पताल परिसरलाई केन्द्रीत गरेर निसंक्रमणको काम गरिरहेका छौँ ।’ 

महानगरले गएको बर्ष बन्दाबन्दीमा पनि सार्वजनिक ठाउँमा निसंक्रमण गरेको थियो । यस बर्ष निसंक्रमणको कामलाई महामारी नियन्त्रणमा नआउञ्जेल जारी राख्ने प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ ।

त्रि.वि.शिक्षण अस्पतालको नयाँ भवनमा कोविड उपचार कक्ष बनाइँदै : महानगर प्रमुख उपप्रमुखबाट निरीक्षण

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ बैशाख २३, बिहिबार वर्गीकृत

शिक्षण अस्पताल महाराजगञ्जले नयाँ भवनमा कोविड उपचार कक्ष बनाउने तयारी गरेको छ । यी कक्षको तयारीको जानकारी लिन आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा ३ का अध्यक्ष दिपक के. सी. अस्पताल पुग्नुभएको थियो ।

त्यस क्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिनेश काफ्लेले अहिले कोविड उपचार पद्धतिको अभ्यास र नयाँ तयारीका बारेमा स्थलगत अवलोकन गराउनुभएको थियो । त्यस क्रममा आकस्मिक कक्ष, कोविड उपचार कक्ष, सघन उपचार कक्षको निरीक्षण गरिएको थियो ।  

अवलोकनमा क्रममा प्रमुख शाक्यले, कोविड उपचारका लागि अस्पतालले गरिरहेको काम, थप योजनाका विषयमा जिज्ञासा राख्नुभएको थियो । 

नयाँ भवनको निरीक्षणका क्रममा प्रमुख शाक्यसँग आफ्ना अपेक्षा पूरा गर्दै काफ्लेले भन्नुभयो, कोविडको सघन उपचार कक्ष चलाउन महानगरले भेन्टिलेटर खरिदका लागि सहयोग गरिदिनुपर्छ । उहाँको सहयोग अपेक्षामा जवाफ दिँदै प्रमुख शाक्यले, महानगर संस्थागत साझेदारिताबाट कोविड रोकथाम र नियन्त्रणका लागि दिगो र परिणाममुखी काम गर्ने योजनामा रहेको बताउनुभयो । जटिल अवस्थामा पुगेका कोविडका विरामीको उपचारका लागि अस्पतालबाट प्राप्त प्रस्तावका बारेमा छिट्टै निर्णय दिने प्रमुख शाक्यको भनाइ थियो । 

प्रमुख शाक्यको जिज्ञासा मेटाउँदै कार्यकारी निर्देशक प्रा. डा. काफ्लेले, जनशक्ति परिचालन र स्रोत व्यवस्थापनका कोणबाट महामारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको थियो । ‘क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोविड उपचार कक्ष बनाउने भएका छौँ । क्षमता १ सय ४० वेडको हो । अहिले यसमा १ सयसम्म वेड सञ्चालन गछौँ । जसमध्ये आजैबाट ४० वटा वेड सञ्चालनमा आइसकेका छन् ।’ यो समस्या बढ्दै गयो भने यस कक्षसँग गणेशमान भवन (सघन उपचार कक्ष भएको) लाई जोडेर सेवा विस्तार गर्दै लानेछौँ ।’ काफ्लेको भनाइ थियो । 

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीकाअनुसार अस्पतालले अहिले २ सय ५० वडा वेड कोविडका विरामीका लागि छुट््याएको छ । यीमध्ये २१८ जना विरामीले उपचार गराइरहेका छन् । अस्पतालमा उपचार गराउन आएका कोविडका विरामीमध्ये यसपटक २ जनाको मृत्यु भएको छ । 

अस्पतालसँगको सहकार्य सकारात्मक र नजिताउन्मुख भएको वडा ३ का अध्यक्ष के. सी. को भनाइ छ । महानगरको सहयोगमा अस्पतालमा कोविड उपचारका लागि ५ सय वटा वेड पु¥याउने योजनाबमोजिम काम भइरहेको छ । के. सी. को भनाइ छ ।

आइसोलेसन सेन्टरको सहकार्यका लागि मेयर शाक्य र उपत्यका पृतनाविच छलफल

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २२, बुधबार वर्गीकृत

कोविड नियन्त्रणका लागि साना साना इकाईमा क्वारेन्टीन, आइसोलेसन जस्ता संरचना बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापन गर्न कठिन हुने भएकोले महानगरले संस्थागत सहकार्यमा संयन्त्र बनाउने महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । आज नेपाली सेना उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा बसेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, पृतनापति उपरथी आनन्द अधिकारी, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहितका अधिकारीविच भएको बैठकमा प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । 

त्यस क्रममा उपत्यकामा बढिरहेको कोविडको संक्रमण रोकथामका नेपाली सेनाले गरिरहेको काम र थप प्रयासका बारेमा छलफल भएको थियो । 

त्यस क्रममा कुरा गर्दै प्रमुख शाक्यले भन्नुभयो, ‘साना साना धेरै आइलोसन बनाइयो भने ती ठाउँमा अक्सिजनलगायत सामाग्री र जनशक्ति पु¥याउन कठिन हुन्छ । यस्ता ठाउँमा विरामीलाई सन्तोषजनक सेवा दिन पनि सकिँदैन । त्यहाँ कुनै कारण जोखिम सृजना भयो भने जिम्मेवारी लिने कोही हुँदैन । त्यसैले हामी नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र ठूला अस्पतालहरुसँग सहकार्य गरेर उहाँहरुसँग भएको क्षमता बढाउन चाहन्छौँ । यसरी तयार पारिएको ठाउँमा गरिने कोविडको उपचार संयन्त्र दिगो, भरपर्दो र प्रभावकारी हुन्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘काठमाडौँमा वडामा भएका आइसोलेसन सेन्टरमा विरामी पु¥याउन र ठूला अस्पतालमा पु¥याउन समयको हिसाब अन्तर हुँदैन । हाम्रो चाहना भनेको विरामीले समयमा भरपर्दो उपचार पाओस् भन्ने हो ।’

छलफलमा आइसोलेसन सेन्टर सञ्चालन गर्न नेपाली सेनासँग महानगरको सहकार्य, स्रोत परिचालन, अहिले नेपाली सेनाले गर्दै आएको शव व्यवस्थापनमा महानगरको सहयोग, वीरेन्द्र सैनिक अस्पताल र महाङ्काल स्थित अस्पतालमा कोविड वार्ड सञ्चालन गर्नेलगायत बिषयमा छलफल भएको थियो । 

त्यस क्रममा पृतनापति उपरथी अधिकारीले भन्नुभयो, ‘कोविड व्यवस्थापनमा नेपाली सेनाले सक्रियताका साथ काम गरिरहेको छ ।’ महामारी रोकथामका थप प्रयासका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘अवस्था, सहजता र अनुकुलता हेरेर निर्णयहरुको समीक्षा र सुधार गर्दै जानुपर्छ ।’ 

अहिले अक्सिजनको अभाव छैन । तर, चाहेको ठाउँमा पु¥याउन कठिन हुन सक्छ । व्यक्ति तथा उद्योगहरुले सिलिन्डर संचय गरेकाकारण यस्तो अवस्था आएको हो । बैठकमा उपरथी सीताराम खड्काले भन्नुभयो, अहिले अस्पताललाई पहिलो प्राथमिकता र उद्योगलाई दोस्रो प्राथमिकतामा राखेर अक्सिजन वितरण व्यवस्थापन मिलाउने हो भने समस्या देखिँदैन । खड्काले नेपाली सेनाकातर्फबाट सीसीएमसीमा प्रतिनिधित्व गर्नुहुन्छ । 

बैठकमा पृतनाका चिफ अफ स्टाफ सहायक रथी कुमार लामा, मेडिकल सर्भिसका महानिर्देशक उपरथी देवेन्द्रबहादुर खत्री, सेनानी राजनसिंह अधिकारीसहित पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 

वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कोविड नभएका विरामीको पनि उपचार गर्नु पर्ने भएकोले कोविडका लागि करीव २ सय वेड स्थापना गर्न सकिने बैठकमा बताइएको थियो । यसै गरी आवश्यकता र जटिलताका आधारमा महाङ्कालस्थित अस्पताल सञ्चालन गरिने अधिकारीहरुको भनाइ थियो । 

आजै प्रमुख शाक्य, उपप्रमुख खड्गी श्रेष्ठ, वडा ३ का अध्यक्ष दिपक के. सी. सहित अधिकारीहरु त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नवनिर्मित भवनमा कोविड उपचार कक्ष बनाउने विषयमा निरीक्षणका लागि जानुभएको थियो ।

बन्दाबन्दीमा अनधिकृत निर्माण सामाग्री र प्रचार सामाग्री हटाउँदै नगर प्रहरी

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २१, मंगलबार वर्गीकृत

काठमाडौँ महानगरका प्रहरी अहिले विकास साझेदारले सडकमा छोडेका अनधिकृत निर्माण सामाग्री तथा प्रचार सामाग्री हटाउन सक्रिय छ ।

महानगरका ठूला ८ वटा आकाशे पुलमा राखिएका प्रचार सामाग्री नगर प्रहरीले हटाएको छ । स्टिकर टाँसेर लगाइएका सामाग्री उक्काउन कठिन भएकोले रङ्ग पोतेर छोडिएको छ । ‘अप्ठ््यारा ठाउँमा राखिने भएकोले यस्ता सामाग्री हटाउन सुरक्षाका दृष्टिले जोखिमपूर्ण छ । तर यसको व्यवस्थापनका लागि सम्झौता गर्ने पक्षले सम्झौताबमोजिम राजस्व तिर्नेलगायत काम नगरेकाले हामीले जोखिम मोलेरै भए पनि प्रचार सामाग्री हटाएका हौँ ।’ महाशाखा प्रमुख सापकोटाको भनाइ छ । 

अनधिकृत निर्माण सामाग्री हटाउने क्रममा कलंकीदेखि त्रिपुरेश्वरको मुल सडक, सुन्धारा, नयाँ सडक, भोटाहिटी, जमल, कान्तिपथ, दरबार मार्ग, कमलादी, पुतलीसडकको सामाग्री हटाइएको छ । भोलिबाट बानेश्वर क्षेत्रतर्फ केन्द्रीत हुने महाशाखाको योजना छ ।

यसैगरी सडक किनारा तथा पार्कमा रहेका जोखिमयुक्त रुखको हाँगा काटेर जोखिममुक्त बनाउने, वातावरण व्यवस्थापन विभागसँग मिलेर सडक र किनाराको सफाइलगायत काम गरिरहेको छ । व्यस्त समयमा सवारी आवागमनले असजिलो भएका काम अहिले बन्दाबन्दीका समयमा गरिरहेका छौँ । नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटा भन्नुहुन्छ, ‘सबैको काम गर्ने ठाउँ सडक नै हो ।

तर काम सकेर उव्रिएका सामान कसैले थन्क्याउँदैनन् । यसले सडकका ठाउँठाउँमा केही न केही अनावश्यक सामाग्री थुप्रिएका छन् । यस्ता सामाग्रीसँगै भत्किएका वा टुक्रिएका बार, पिलर, खम्बालगायत सामाग्री हटाउँदैछौँ ।’ 

महाशाखाकाअनुसार सडक र सडक पेटी निर्माण तथा मर्मत गर्दा, खानेपानीको पाइप लाइन विछ््याउँदा, टेलिकम र इन्टरनेटजन्य सुविधा वितरण गर्ने प्रयोजनले काम गर्दा बाँकी रहेका कुनै न कुनै सामाग्री सडकमै छोडेर जाने चलन छ । काम सकेर आफ्ना सामाग्री व्यवस्थापन गर्ने संस्कार भइदिएको भए सहरी सुन्दरतामा धेरै सहयोग पुग्ने थियो ।

 

Pages