add
Display Style: 
Column Style

पुर्खाबाट सन्ततिमा संस्कृति हस्तान्तरण गरियो

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ३०, सोमबार वर्गीकृत

सिवाः साय्मि खलः संस्कृति विभागको आयोजनामा भइरहेको बाँसुरी बाजा प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रम (बाँसुरी पिथनेगु) सम्पन्न भयो ।

२०७६ मंसीर ९ सुरू (११४० कछलागा चतुर्दशी, बालाचःह्रे) देखि सुरू गरिएको बाँसुरी प्रशिक्षण २०७७ चैत २६ गते (११४१ चिल्लागा द्वादशी) बिहिवार थिमि–४ स्थित सिवाटोलमा बाँसुरी बाजा प्रशिक्षणको समापन कार्यक्रम सम्पन्न भएको हो ।

आठ महिनामा सकाउने लक्ष्य लिएर दिइएको बाँसुरी प्रशिक्षण कोभिड–१९ सँगै सरकारले जारी गरेको लकडाउनको कारणले बीचमा बन्द गरिएको थियो । उक्त कार्यक्रममा प्रशिक्षण लिएका र दिएका भाजु÷मयजुहरूलाई खलःको तर्फबाट सामुहिक सगुन (मंका सगं) दिइएको थियो ।

बाँसुरी प्रशिक्षार्थीहरूको संख्या जम्मा ४२ जना रहेको कार्यक्रमका संयोजक मनोजलाल मानन्धरले जनाउनु भयो । बाँसुरी प्रशिक्षकको रूपमा धनकाजी भासिमा र बाद्यवादन प्रशिक्षकको रूपमा चयन्द्र भासिमा हुनुहुन्छ । त्यस्तै नृत्य प्रशिक्षक बालमुकुन्द प्रजापति र दिपक बज्राचार्य हुनुहुन्छ । कार्यक्रमको लागि स्थानिय मानन्धर समुदाय र नगरपालिकाबाट आर्थिक व्यवस्थापन गरिएको थियो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, मध्यपुर वडा नं. ४ र ६ का परिवार, जनप्रतिनिधि, नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, उपाध्यक्ष रचना श्रेष्ठ, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सदस्यहरू, केन्द्रीय मानन्धर संघबाट सहसचिव उदेन न्हूसायमि, भक्तपुर जिल्ला मानन्धर युवा संघका पदाधिकारी, मानन्धर युवा समूहका पदाधिकारी तथा पत्रकारहरूको सहभागिता थियो ।

नेवा मिसा दबू गैडाकोट नगरसमितिको आयोजनामा शुभकामना कार्यक्रम सम्पन्न

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र २९, आइतबार वर्गीकृत

नेवा मिसा दबू गैडाकोट नगरसमितिको आयोजनामा श्रीराम पार्टी प्यालेस,गैडाकोट नवलपुरमा नयाँ वर्ष २०७८ को शुभकामना, सम्मान तथा समिक्षा बैठक कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा कार्यक्रममा कार्यक्रमका प्रमूख अतिथि गैडाकोट नगरपालिका वडा २ का वडा अध्यक्ष ध्रुवराम पौडेल हुनुहुन्थ्यो । वहाँले नेवारी संस्कृति समग्र नेपालको सान भएकोले यसको जगेर्ना गर्न नेवारी समुदाय एक भएर अगाडी बढनु पर्ने कुरामा जोड दिनु भएको छ । सो कार्यक्रममा यस कार्यक्रमका अध्यक्ष सीता श्रेष्ठले नेवारी महिलाहरूको हकहितको लागि नेवा मिसा दबू गैडाकोट नगरसमिति सधै तत्पर भएर अगाडी बढने र विभिन्न महिला नेतृत्वको कार्यक्रमहरू गर्ने प्रतिबदता जनाउनु भएको छ ।

वहाँले थप्नु भयो हामी नेवार समुदायभित्रका नेवारी संस्थाका दाजुभाई दिदीबहिनीहरू मिलेर अगाडी बढनु पर्ने आवश्यकता रहेको कुरामा पनि जोड दिनुभएको छ ।

यस संस्थाले आफूले संचालन गरेको बेलविवाह कार्यक्रममा सहयोग गर्नु हुने ब्यक्तित्वहरूलाई सम्मान गर्नु  भएको छ ।

कार्यक्रममा नेवा पत्रकार राष्ट्रिय दबू चितवन शाखाका अध्यक्ष कमलमान श्रेष्ठले नेवारी समूदायको हरेक सुचना तथा समाचारहरू विभिन्न मिडियमा मार्फत ल्याउन सहयोग गर्ने र नेवार दाजुभाई दिदीबहिनीहरू विचको एकता गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

भारतमा २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र २८, शनिबार वर्गीकृत

कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७९४ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ ।

उनीहरुमध्ये १ करोड १९ लाख ९० हजार ८५९ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा १० लाख ४६ हजार ६३१ सक्रिय संक्रमित छन् । 

कोरोना संक्रमणबाट भारतमा हालसम्म १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भएको छ ।

चर्चित पप गायक भीम तुलाधरकी आमा दान लक्ष्मी तुलाधरको निधन

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र २८, शनिबार वर्गीकृत

चर्चित पप गायक भीम तुलाधरकी आमा दान लक्ष्मी तुलाधरको निधन भएको छ । 

९१ वर्षीया तुलाधरको उपचारको क्रममा सितापाईलास्थित मनमोहन मेमोरियल कलेज एण्ड टिचिङ हस्पिटलमा मृत्यु भएको हो ।

गत १४ गते मष्किष्कघात भएपछि तुलाधरलाई उपचारको लागि अस्पताल पुयाइएको थियो ।

अस्पताल पुगेपछि उनलाई आइसीयूमा राखेर उपचार शुरु गरिएको थियो । उपचारकै क्रममा उनको बिहिबार मृत्यु भएको हो ।

स्वर्गीय तुलाधरका सात छोरा दुई छोरी छन् । 

तत्कालै लकडाउनको कुनै तयारी नगरेको स्पष्ट

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र २७, शुक्रबार वर्गीकृत

सरकारले अहिले तत्कालै लकडाउनको कुनै तयारी नगरेको स्पष्ट पारेको छ ।

“सरकार लकडाउनमा जान्छ कि जाँदैन भन्ने तयारी नै नभएको विषयमा  उत्तर दिन जरुरी छैन,” पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै उनले भने, “सरकारले लकडाउन गर्न पाइँदैन भनेर नागरिक समाजले भनिरहेको छ ।

शुक्रबार सूचना प्रविधि मन्त्रालयमा सरकारका निर्णय सार्वजनिक गर्दै मन्त्री पार्वत गुरुङले सरकारले अहिले लकडाउनका विषयमा कुनै तयारी नगरेको बताएका हुन् ।

यस्ता महामारीबाट कसरी बच्ने, कसरी सुरक्षित हुने र नेपाली जनताको जीवन सुरक्षाको कसरी काम गर्ने भन्ने सोच सरकारले लिनेछ ।” उनले सबैको परामर्शमा सरकारले निश्चित मापदण्ड बनाउने पनि बताए ।

बालाजु बाईपासमा सूचना केन्द्रको शिलान्यास

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र १९, बिहिबार वर्गीकृत

बालाजु बाईपासमा सूचना केन्द्रको आज शिलान्यास भएको छ । बालाजु बाइपासको कित्ता नम्बर ९९ र एक सय २५ मा आज सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । सूचना केन्द्रबाट बालाजुबाट बाहिरिँदा पुगिने ठाउँ र भित्र आउँदा आवश्यक पर्ने सेवा प्राप्त हुने ठाउँका बारेमा जानकारी दिइनेछ ।

सुविधा सम्पन्न शौचालयसहित करीब एक करोडको लागतमा बालाजु बाईपासमा सूचना केन्द्रको निर्माण गर्न लागिएको हो । बाईपासमा निर्माण हुने सुचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने आवागमनको लगत राख्ने मन्त्री मानन्धरले जानकारी दिनुभयो ।

‘बाइपासलाई विवादित बनाउने प्रयास भएपनि अहिले जनताको जित भएको छ, सार्वजनिक सम्पतिको संरक्षणमा सरकार सचेत छ’ शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै राज्यमन्त्री मानन्धरले भन्नुभयो ।

मन्त्री मानन्धरले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधासहितका सूचना केन्द्र स्थापना गर्ने लक्ष्य लिएको पनि जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइट जाने फोहरका गाडीको लगत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो ।

सूचना केन्द्रबाट पर्यटक र सर्वसाधारणलाई काठमाडौं र उत्तरी क्षेत्र हुँदै पुगिने नुवाकोट रसुवा गोरखा जाने बाटो लगायतबारेमा पनि सूचना दिइने शाक्यले बताउनुभयो ।

‘काठमाडौँ महानगरपालिकाले निर्वाचनका बेला व्यक्त गरेका प्रतिवद्वता अनुसार काम गरिरहेको छ । फोहर व्यवस्थापनलगायतका सन्र्दभमा पनि महानगरले आवश्यक पहल जारी राखेको छ’ शाक्यले बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले महानगरका थुप्रै ठाउँमा यपप्रकारका सूचना केन्द्र र सार्वजनिक शौचालय स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।

सूचना केन्द्रको निर्माण कार्य उपभोक्ता समितिमार्फत भइरहेको काठमाडौं महानगरले जनाएको छ । महानगरपालिकाको ९५ लाख ६० हजार र उपभोक्ताले १० लाख ६० हजार व्यहोर्ने उपभोक्ता समितिमा अध्यक्ष हरिओम मानन्धर र सचिव समिर भण्डारीले जानकारी दिनुभयो ।

पत्रकार दबूको साधारण सभामा पत्रकार र संचार गृहलाई समेत सम्मानित गर्ने

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र १८, बुधबार वर्गीकृत

नेवाः पत्रकार राष्ट्रिय दबूले आफ्नो साधारण सभाको अवसरमा विभिन्न विधामा पत्रकार र संचार गृहलाई समेत सम्मानित गर्ने भएको छ ।

पत्रकार दबूले आज सूचना जारी गर्दै संस्थाको आठौं वार्षिक साधारण सभाको अवसरमा ३ जना पत्रकार र एउटा संचार गृहलाई संस्थागत सम्मान दिने जनाएको हो ।

दबूबाट जारी सूचना अनुसार वरिष्ठ पत्रकार राजेन्द्र स्थापित यस वर्ष सम्मानित हुन लागेका छन् । उनलाई ज्ञानज्योती लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गर्न लागिएको हो ।

त्यस्तै नागरिक दैनिकमा आवद्ध पत्रकार कृष्ण किसिलाई ज्ञानदेवी मणिरत्न स्मृति पत्रकारिता पुरस्कार दिइने भएको छ ।

त्यसैगरी फोटो पत्रकारितामा निरन्तर सक्रिय महिला फोटो पत्रकार रेखा शाक्यलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने भएको छ ।

बौद्ध धर्म सम्वन्धि सामग्री प्रचार प्रसारमा योगदान दिएको भन्दै बोधि टेलिभिजनलाई भिक्षु कुमार कास्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिन लागेको छ ।

आउँदो चैत्र २० गते मध्यपुर थिमिमा हुन गइरहेको दबूको साधारण सभामा उक्त पुरस्कार प्रदान गरिने दबूका अध्यक्ष सुरजबीर बज्राचार्यले जानकारी दिनुभयो ।

संस्कृति र जात्रा–पर्वको संरक्षणमा भावि पुस्तालाई बोध गराउन ‘काठमाडौं चिनौँ’ पाठ्यपुस्तकः प्रमुख शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र १८, बुधबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पदा निर्माण–पुननिर्माणको कार्य सम्पन्न गरेर विदा हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौँ) पाठ्यक्रम निर्माण गरी आधारभूतमा पठन–पाठनको सुरुवात गराउने साहसिक कामको थालनी गरेको र त्यसको नेतृत्व प्रमुख शाक्यले गरेको भन्दै नेवाः देय् दबू काठमाडौँ जिल्ला समितिले गरेको सम्मान ग्रहण गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘मुर्त–अमुर्त सम्पदा संरक्षण गर्ने काठमाडौँ महानगरपालिकाको प्राथमिक योजना हो,’ शाक्यले भन्नुभयो, ‘सम्पदा निर्माण–पुननिर्माणको कार्य कतै छुटेको भए जानकारी दिनुहोस हामी सहयोग गर्न तयार छौँ ।’ शाक्यले पाँच वर्ष भित्रमा सबै सम्पदा निर्माण–पुननिर्माणको काम सम्पन्न गरेर मात्रै विदा हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । ‘कतिपय ठाउँमा गुठिया–गुठियारकै विवाद र पुरातत्वका कारण समस्या भएको छ,’ शाक्यले भन्नुभयो, ‘राज्यले बनाइदियो भने राज्यले नै लिने हो कि भन्ने मनोविज्ञानका कारण कारण पनि कतिपय ठाउँमा समस्या भएको छ ।

हामी निर्माण सम्पन्न गरेपछि पहिलादेखि नै जुन गुठियारहरुले जात्रा, चाड–पर्व आफ्नो परम्परा अनुसार जसरी सञ्चालन गरिरहेका छन् उनीहरुलाई नै हस्तान्तरण गर्ने हो । त्यसमा कुनै अलमल नहोस् । बजेटको सुनिश्चितता हामी गर्छौ । संरक्षणको जिम्मा तपाईँहरुको हो ।’ उहाँले काष्ठमाण्डप काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा १८ करोडको लगानीमा निर्माण भैरहेको पनि जानकारी दिनुभयो ।  

शाक्यले कार्यक्रममा सम्वोधन गर्दै भोलिका पुस्ताले आफ्नो संस्कृति, संस्कार र जात्रा–पर्वबारे गौरव गर्दै त्यसको संरक्षण गर्न सकुन भन्ने हेतुले स्थानीय भाषाको पठन–पाठन सुरु गरेको स्मरण गराउनुभयो ।  ‘हामीलाई विदेशका बारेमा थाहा हुन्छ तर, हामी बसेको ठाउँ, हामीले मानी आएका  जात्रा–पर्व, संस्कृति–संस्कारका बारेमा व्याख्या गर्न सक्दैनौँ,’ शाक्यले भन्नुभयो, ‘भोलिका पुस्ताले काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, काठमाडौंका प्रमुख जाति, यहाँको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषयको जानकारी होस् भनेर पाठ्यपुस्तकमा ती विषय समेटिएका छन् ।’ उहाँले बालबालिकालाई नेवार भाषा लाद्ने गरी होइन, परम्परागत ज्ञानसीपबारे जानकारी दिने उदेश्यले पाठ्यक्रम बनाएको पनि जानकारी दिनुभयो ।  ‘यसलाई समय अनुसार परिमार्जन गर्दै जाने नीति छ,’ उहाँले भन्नुभयो ।  

नेवाः देय् दबू काठमाडौँ जिल्ला समितिका अध्यक्ष मचाराजा महर्जनले  काठमाडौँ जिल्ला समितिको तर्फबा मेयर शाक्यलाई काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका कक्षा १ देखि ८ सम्मका विद्यालयमा स्थानीय पाठ्यक्रम मार्फत स्थानीय पहिचान स्थापित गर्ने गरी पठन–पाठन गर्ने साहसिक कदमको अगुवाई गरेको भन्दै त्यसको कदर गरी सम्मान गरेको जानकारी दिनुभयो । उहाँले प्रमुख शाक्यलाई स्थानीय पहिचान मुताविक टोल, सडक, गल्ली र चोकहरुको नामाकरण गर्ने अभियानको समेत अगुवाई गरिदिन आग्रह गरेको जानकारी दिनुभयो ।

‘पुरानो नाम भित्र ऐतिहासिक तथ्य र घटना जोडिएको  हुन्छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय पहिचान र विशेषताको संरक्षणमा टोल, सडक, गल्ली र चोकहरुको नामलाई सभ्यता विकासक्रमले प्रदान गरेको नामलाई संरक्षण गर्नु हाम्रो पहिचानलाई जिवन्त राख्नु पनि हो । त्यसैलै त्यसको पहल महानगरपालिकाबाट होस् भन्ने छ ।’ उहाँले राष्ट्रिय जनगणना हुँदा वास्तविक तथ्याङ्क बाहिर ल्याउन टोलटोलमा स्वयमेवी गठन र गणक स्थानीय राख्न पहल गर्न पनि आग्रह गरेको जानकारी दिनुभयो 

वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा निधन

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र १७, मंगलबार वर्गीकृत

वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

पाटन अस्पतालमा उपचाररत उनको राति ८ बजेर २० मिनेटमा निधन भएको थिए। विक्रम सम्वत् १९८९ मा जन्मिएका मान्नधर २९ वर्षसम्म नेकपा -संयुक्त) को महासचिव थिए । 

गोरखामा समानान्तर जिल्ला कमिटी गठन

Swoniga Online | २०७७ चैत्र १७, मंगलबार वर्गीकृत

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गोरखामा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

सोमबार सदरमुकाममा बसेको जिल्ला कमिटी भेलाले यादव बस्नेतको नेतृत्वमा ६४ सदस्यीय कमिटी गठन गरेको हो ।

सचिवालय सदस्यहरुमा कट्टेल, टेकराज भट्ट, सानुमाया बस्नेत, कृष्णमान श्रेष्ठ, रज्मदिन मिया, नारायणध्वज खड्का, सिताराम बुढाथोकी, कल्पना कुवँर, प्रदीप क्षेत्री, ऽोण तिमिल्सिना, अमृत काराखेती, भोला श्रेष्ठ र गिरीधारी सापकोटा रहेका छन् ।

भेलाले सबै स्थानीय तहमा समानान्तर कमिटी गठन गर्ने निर्णय समेत गरेको बताइएको छ । 

Pages