add
Display Style: 
Column Style

तोकिएको मिति र खोप केन्द्रमा गएर खोप लगाउनु होला — मेयर शाक्य

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ जेठ २, आइतबार वर्गीकृत

 

dxfgu/kflnsf;lxt cfh sf7df8f}F lhNnfdf sf]lj8 !( lj?4sf] lrlgofF vf]k e]/f] ;]nsf] bf];|f] dfqf nufpg ;'? ul/Psf] 5 . sf7df8f}F dxfgu/n] #@ j6f vf]k s]Gb|af6 )&& r}t @%, @^, @& / @* ut] klxnf] dfqf vf]k lnPsfx?nfO{ bf]:f|f] 8f]h nufpg ;'? u¥of] .

cfh} dxfgu/sf k|d'v ljBf;'Gb/ zfSon] pkk|d'v xl/k|ef v8\uL >]i7, k|d'v k|zf;sLo clws[t /fh]Zj/ 1jfnL / hg:jf:Yo ljefusf clwsf/L;lxt ljleGg vf]k s]Gb| k'u]/ Joj:yfkgsLo kIf / ;]jf cj:yfsf] cjnf]sg ug'{eof] .

cjnf]sgkl5 cj:yfsf af/]df hfgsf/L lbFb} k|d'v zfSon] eGg'eof], …vf]k s]Gb|nfO{ Jojl:yt agfpg k|of; ul/Psf] 5 . nfOgdf a:bf ef}lts b'/L sfod ug]{, 3/af6 lg:sFb} sf8{ lnP/ / df:s nufP/ dfq vf]k s]Gb|df cfpg], eL8 gug]{ h:tf cfwf/e"t s'/f ;a}lt/ kfngf ul/Psf] 5 . s'g} s'g} s]Gb|df cln nfdf] nfOg 5 .Ú cjnf]sgsf qmddf b]lvPsf] nfdf] nfOg 36fpg] ljifodf s'/f ub}{ pxfFn] eGg'eof], …tf]lsPsf] lbgdf ljxfg !) ah]b]lv ck/fGx $ ah];Dd cfkm"nfO{ kfos kg]{ vf]k s]Gb| hxfF klg uP/ vf]k nufpg kfpg] Joj:yf u/]sf 5f}F . To;}n] v's'nf] u/L vf]k nufpg, eL8 / x'nd'n gug{ d]/f] cg'/f]w 5 . ef]lnaf6 hf] vf]k nufpg hfFb} x'g'x'G5 pxfFx?n], vf]k s]Gb|nfO{ ;'/lIft / Jojl:yt agfpg ;xof]u ug'{x'g]5 eGg] d}n] ck]Iff u/]sf] 5' .Ú

…;+qmd0faf6 aRg k"j{;ts{tf / ;fjwfgL ckgfpg' x/]s gful/ssf] bfloTj xf] . x/]s JolQmn] of] bfloTj k"/f ul/lbg] xf] eg] c:ktfndf lj/fdLsf] rfk l5§} 36\g]5 . lj/fdL eP kl5 pkrf/ t ug}{ k5{ . t/, pkrf/ ug{' kg]{{ cj:yf cfpg'cl3 g} ;'/lIft x'g] k|of; ug'{k5{ .Ú k|d'v zfSon] sf7df8f}F dxfgu/n] dxfdf/L lgoGq0fsf nflu cl3 ;f/]sf sfo{qmd / ;|f]t kl/rfngsf ljifodf s'/f ub}{, dxfgu/n] sf]lj8 /f]syfd / lgoGq0f tyf pkrf/ k|0ffnL b'j} If]qdf ;dfg nufgL ul//x]sf] atfpg'eof] .

lg/LIf0fsf qmddf pxfF j8f !! sf] ljZj lgs]tg :s"n, j8f #@ sf] j8f sfof{no, j8f & sf] u'Xo]Zj/L ljBfno, j8f !) sf] Dofs 8f]gfN8 kf6L{ Kofn];nufotsf vf]k s]Gb|df k'Ug'ePsf] lyof] .

:jf:Yo tyf hg;+Vof dGqfnosf] a}zfv @@ ut]sf] / lhNnf ljkb\ Joj:yfkg s]Gb|sf] a}zfv @% ut]sf] lg0f{ocg';f/ cfhaf6 vf]k sfo{qmd ;'? ePsf] xf] . of] !! ut];Dd rNg]5 . o;df uPsf] -)&&_ r}t @% ut]b]lv a}zfv !% ut];Dd klxnf] dfqf !* jif{b]lv %( jif{ pd]/ ;d"xsf JolQmnfO{ vf]k lbOg]5 . tf]lsPsf lbgdf tf]lsPsf vf]k nfeu|fxLn] sf8{ lnP/ vf]k s]Gb| hfg' kg]{5 . vf]k lng] ;do ljxfg !) ah]b]lv ck/fGx $ ah];Dd tf]lsPsf] 5 .

bf];|f] vf]k nufpg klxnf] vf]k lnPsf] ldltsf cfwf/df to ul/Psf] xf] . h;cg';f/ ef]ln vf]k kfpg]df @)&& r}t o;} u/L r}t @( / #) ut] klxnf] vf]k lnPsf JolQmx? kg'{x'G5 . o:t} )&& r{}t #! / )&* a}zfv @ ut] klxnf] vf]k nufPsfnfO{ h]7 $ ut] bf];|f] dfqfsf] vf]k lbOg]5 .

a}zfv # / $ ut] klxnf] vf]k nufPsfnfO{ h]7 % ut], a}zfv % / ^ ut] klxnf] vf]k nufPsfnfO{ h]7 ^ ut], a}zfv &, *, ( / !) ut] klxnf] vf]k nufPsfnfO{ h]7 & ut], a}zfv !! / !@ ut] klxnf] vf]k lnPsfnfO{ h]7 * ut] bf];|f] dfqf vf]k lbOg]5 .

a}zfv !#, !$ / !% ut] klxnf] dfqf lnPsfx?nfO{ qmdzM h]7sf] (, !) / !! ut] bf];|f] vf]k lbOg]5 .

dxfgu/sf] :jf:Yo ljefun] lhNnf :jf:Yo sfof{no 6]s'af6 vf]k / cGo ;fdfu|L s]Gb|;Dd k'¥ofpg * j6f ?6df ;jf/L ;fwg kl/rfng u/]sf] 5 . klxnf] ?6df j8f !!, !), #! / #@ xf] eg] bf];|f] ?6 (, *, & / ^ xf] . t];|f] ?6 @&, @*, @( / #) j8fnfO{ /flvPsf] 5 eg] rf}yf] ?6df j8f !, %, $ / # nfO{ /flvPsf] 5 . kfFrf} ?6df j8f !$, !# / !% 5g\ eg] 5}6f}F ?6df !(, !^, @^ / @ /x]sf 5g\ . ;ftf}F ?6df j8f @), !&, !* / @% nfO{ /flvPsf] 5 eg] cf7f}F ?6sf ?kdf j8f !@, @!, @@, @# / @$ nfO{ /flvPsf] 5 .

vf]k nufpg hfFbf kfngf ug'{kg]{ ;t{

vf]k lng hfFbf kfngf ug'{kg]{ s]xL lgod / ;t{x? vf]k s]Gb|sf] aflx/ 6fFl;Psf 5g\ . h;cg';f/ Hj/f] cfPsf jf sf]lj8 ;+qmd0fsf] nIf0f b]lvPsf / ;+qmd0f ePsf JolQmn] vf]k nufpg ldNb}g . sf8{ gePsfnfO{ vf]k lbOg] 5}g . vf]k s]Gb|df hfFbf clgjfo{ df:s nufpg' kg]{5 . vf]k s]Gb|df cfk;L b'/L sDtLdf @ ld6/ sfod ug'{kg]{5 .

थप ३ वटा अस्पतालसँग काठमाडौँ महानगरको सहयोग सम्झौता

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ जेठ १, शनिबार वर्गीकृत

महानगरको लगानीमा २०० वेडको आइसोलेसन, ४२ वटा भेन्टिलेटर, ३५ वेडको कोविड अस्पताल, ५० थान मोनिटर, कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप) १० थान र वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप) १० थानसहित अन्य सेवा र उपकरण

 कोविडको संक्रमणबाट विरामी भएका नागरिकलाई सहज उपचार सेवाका लागि काठमाडौंँ महानगरले आज थप ३ वटा अस्पतालसँग सहयोग सम्झौता गरेको छ । आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसँग सम्झौता गरिएको हो । हिजो (बैशाख ३१ गते) ७ वटासँग, बैशाख २४ गते एउटा र २७ गते एउटा गरी अहिलेसम्म १२ वटा सरकारी र सामुदायिक अस्पतालसँग सम्झौता गरिसकिएको छ । 

यसरी भएका सम्झौताअनुसार महानगरको लगानीमा सामाखुशीमा रहेको राधा स्वामी सत्संग ब्यासको भवनमा महानगरपालिकाको अक्सिजन सहितको २ सय वेडको आईसोलेसन केन्द्र र छत्रपाटी निःशुल्क चिकित्सालयमा ३५ वेडको कोविड अस्पताल सञ्चालन हुनेछ । त्यसै गरी विभिन्न अस्पतालहरुले ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप), १० थान  वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप), १० हजार थान अट्राक्सन किटसहित उपकरण प्राप्त गर्नेछन् । यसैगरी स्टाफ अब्जर्वेसन, भौतिक संरचना मर्मत सम्भार र व्यवस्थापनका लागि आर्थिक अनुदान प्राप्त गर्नेछन् । 

आज सम्झौता भएका अस्पतालहरुमध्ये सहिद गंगालाल ५ थान भेन्टिलेटर, शुक्रराज ट्रपिकल अस्पताललाई १० वेडको स्टाफ अव्जर्वेसन कक्ष स्थापनाका लागि करीब ११ लाख रुपैयाँ नगद र १० हजार थान अट्राक्टस किट खरिद गर्दाको बिलबमोजिम भुक्तानी गर्नुपर्ने रकम बराबर अनुदान सहयोग हुनेछ । 

‘कोविडको उपचारलाई प्रभावकारी बनाउने र संक्रमणको दर घटाउने दुवै कामलाई समान प्राथमिकता दिएर काम गर्नुपर्ने अवस्था छ । हाम्रो चाहना भेन्टिलेटर खरिद गर्नुभन्दा संक्रमण घटाएर स्वच्छ समाज निर्माण गर्नु हो । तर, महामारी फैलियो । अबको आवश्यकता भनेको अस्पतालमा भार घटाउनु नै हो ।’ सम्झौतापछि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘महामारीको जोखिम घटाउन सरकार, अस्पताल र नागरिक सबैको समान दायित्व छ । सबैले आफ्ना—आफ्ना दायित्व पूरा गर्ने हो भने खतरालाई चाँडै नियन्त्रणमा लिन सकिन्छ ।’ उहाँले स्वास्थ्यकर्मीले अहिले गरेको काम अतुलनीय भएको बताउनुभयो । स्वास्थ्यकर्मीको हौसला बढाउनु अहिलेको अर्को मुख्य जिम्मेवारी हो । शाक्यको भनाइ थियो । 

त्यस क्रममा मध्यपुर थिमी नगरका प्रमुख मदनसुन्दर श्रेष्ठले, महानगरले अस्तालहरुलाई गरेको सहयोग अनुकरणीय रहेको उल्लेख गर्नुभयो । ‘भनेजस्तो गरेर अहिले ठूला अस्पताल बनाउन र सञ्चालन गर्न सजिलो छैन । यसबेला सजिला सर्त राखेर महानगरले अस्पतालको क्षमता बढाउन अनुदान उपलब्ध गराएको छ । यसबाट महानगरको अभिभावकीय भूमिका अझ बढेको छ ।’ उहाँले मध्यपुर थिमी नगरले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको क्षमता बढाउन महानगरले उपलब्ध गराएको सहयोगबाट अन्तरनगर सम्बन्ध अझ प्रगाढ भएको उल्लेख गर्नुभयो । 

‘काठमाडौँ महानगरले स्थापना गरिदिएको अक्सिजन प्लान्टका कारण अहिले गंगालाल अस्पतालले अक्सिजन खोज्न हिँड्नु परेको छैन । अहिलेको यो विषम परिस्थितिमा अस्पताललाई अक्सिजन खोज्नु जानु नपर्ने बनाउनु महानगरको सहयोग वास्तवमै अनुकरणीय छ ।’ गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले भन्नुभयो, ‘अब भेन्टिलेटर प्राप्त हुने भएको छ । यसको प्रयोगले अहिले कोविड भएका विरामी र पछि मुटुको शल्यक्रिया गरेका विरामीलाई जीवन रक्षा गरिनेछ ।’ उहाँकाअनुसार अस्पतालले यस अघि विरामीलाई अक्सिजन र भेन्टिलेटरको अतिरिक्त शुल्क लिएको छैन । अब पनि लिने योजना छैन । 

‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको समस्या अरुभन्दा भिन्न छ । 

अन्यत्र कतै पनि भर्ना नपाएका विरामी हामीकहाँ आउनुहुन्छ । ठाउँ नहुँदा हामीलाई बेड चाहिँदैन । बाहिरै भए पनि अलिकति अक्सिजन सुँघ्न पाए हुन्छ भन्नुहुन्छ ।’ अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारी भन्नुहुन्छ, ‘विकास समितिअन्तर्गत चलेको यो अस्पतालका केही कर्मचारीहरुको सेवा कसरी उपलब्ध गराउने अस्पताललाई यो चिन्ता छ । नियमित आय छैन । अहिले महानगरबाट सहयोग पाए पछि आशा बढेको छ । हौसला मिलेको छ । यसप्रकारको सहयोग निरन्तर हुन्छ भन्ने अपेक्षा पनि छ ।’  

महानगरले यस अघि बैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई २५ गते १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ । त्यस्तै बैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन सम्झौता भइसकेको छ।

बैशाख २८ गते महानगरले सरकारी र सामुदायिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर बढ्दो कोविडको संक्रमणविरुद्ध लड्न कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको थियो । यसपछि अस्पतालहरुले आफ्नो क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनका लागि सहयोग सम्बन्धी माग गरेका थिए । अस्पतालहरुको मागअनुसार सम्झौता गरिएको हो ।

यसअनुसार बैशाख ३१ गते वीरेन्द्र सैनिक अस्पताल, छत्रपाटी निःशुल्क चिकित्सालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, र जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौँ मोडल अस्पतालसँग सहयोग सम्झौता गरेको थियो । 

महानगरका प्रमुख शाक्यको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले र अस्पतालकातर्फबाट सम्बन्धित अस्पतालका अधिकारीहरुले हस्ताक्षर गर्नुभएको थियो । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु सहभागी हुनुहुन्थ्यो ।

महानगरले अनुदान दिएका अस्पतालहरुले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनुपर्छ । यस्तै खर्च र लेखा परीक्षण प्रचलित कानुनले दिएको अधिकारबमोजिम गर्नुपर्छ । लेखा परीक्षणको प्रतिवेदन महानगरलाई पनि बुझाउनु पर्छ । यसै गरी महानगरको सहयोगमा खरिद गरिएका उपकरणमा ‘काठमाडौँ महानगरको सहयोगमा’ लेख्नुपर्नेछ । परिस्थिति र आवश्यकताका आधारमा सम्झौता थप गरेर साझेदारिता निरन्तर हुन सक्ने सम्झौतामा उल्लेख छ । 

जोसँग पूर्वाधार, जनशक्ति र प्रणाली छ, उसैलाई प्रोत्साहन गर्दा परिणाम छिटो र प्रभावकारी आउँछ — प्रमुख शाक्य

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ जेठ १, शनिबार वर्गीकृत

 

कोविडको संक्रमण विरुद्ध लड्न काठमाडौँ महानगरपालिकाले बैशाख ३१ गते एकै दिन ७ वटा अस्पतालसँग सहयोग सम्झौता गरेको छ । यस अघि बैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई २५ गते १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ । त्यस्तै बैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन सम्झौता भइसकेको छ । यी सम्झौताहरु काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले र अस्पतालकातर्फबाट सम्बन्धित अधिकारीहरुले हस्ताक्षर गर्नुभएको छ ।

बैशाख २८ गते महानगरले सरकारी र सामुदायिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर बढ्दो कोविडको संक्रमणविरुद्ध लड्न कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको थियो । यसपछि अस्पतालहरुले आफ्नो क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनका लागि सहयोग सम्बन्धि माग गरेका थिए । अस्पतालहरुको मागअनुसार सम्झौता गरिएको हो ।

अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर संक्रमणमा परेका विरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पतालहरुलाई अनुदान दिने गरी सम्झौता गरेको हो । ​

सम्झौतापछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘अहिले साना—साना युनिटमा आइसोलेसन वा उपचारका अन्य प्रणाली विकास गर्दा धेरै स्रोत र साधन खर्च हुन्छ । यी ठाउँहरु उपचारका लागि अन्तिम ठाउँ होइनन् । यहाँ कसैलाई जटिल समस्या भयो भने लानु पर्ने अस्पताल नै हो । त्यसैले हामीले भौतिक संरचना, विशेषज्ञ जनशक्ति र प्रणाली भएका सामुदायिक र सरकारी अस्पतालको क्षमता बढाउने निर्णय गरेका हौँ । यसले महामारी विरुद्धको लडाइँ प्रभावकारी हुन्छ भन्ने हामीले ठानेका छौँ । यो सहकार्य त्यसैका निम्ति हो ।’

अहिले आत्मबल बलियो बनाएर लड्नु पर्नेछ । सम्झौतापछि उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, भन्नुभयो, हामीले अस्पतालहरुसँग गरेको सहकार्यबाट विरामीहरुमा लाभ पुग्ने आशा छ । त्यहीअनुसार सेवा व्यवस्थापन गर्नुहोला ।’

आज सम्झौता भएका अस्पतालमध्ये वीरेन्द्र सैनिक अस्पताललाई सामाखुशीमा रहेको राधा स्वामी सत्संग ब्यासको भवनमा महानगरपालिकाको नामबाट अक्सिजन सहितको आईसोलेसन केन्द्र सञ्चालन गर्नेछ । जेठ १ गतेबाट ६ महिनाका लागि गरिएको सम्झौताबमोजिम काम सुरु गर्न महानगरले पहिलो किस्तास्वरुप २ करोड रुपैयाँ उपलब्ध गराउनेछ । त्यसपछिको अनुदान खर्च फाँटवारीमा आधारित हुनेछ । सम्झौतामा अस्पतालकातर्फबाट सहायक रथी कमाण्डान्ट डा. अरुण शर्माले हस्ताक्षर गर्नुभएको छ ।

महानगरले छत्रपाटी निःशुल्क चिकित्सालयलाई ३५ वेडको काठमाडौँ महानगरको कोविड अस्पतालका रुपमा सञ्चालन गर्नेछ । यसको पूर्वाधार विकासका लागि करीव ३० लाख रुपैयाँ र ३५ बेडको कोविड विशेष अस्पतालको समग्र व्यवस्थापन र आवश्यक जनशक्तिका लागि महानगरले मासिक करीव ४८ लाख रुपैयाँ व्यहार्नेछ । यो सम्झौता कोविडको महामारीका विषयमा महानगरले अर्को निर्णय नगरेसम्मका लागि हो । सम्झौताबमोजिम अस्पतालले खरिद गर्ने ३ वटा भेन्टिलेटरका लागि विलअनुसारको रकम महानगरले अनुदान स्वरुप उपलबध गराउनेछ । सम्झौतामा अस्पतालकातर्फबाट अध्यक्ष डा. मनोजमान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सम्झौता जेठ ७ गतेबाट लागु हुनेछ ।  

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १५ वटा भेन्टिलेटर र ५० थान मोनिटर खरिद गर्ने रकम महानगरले अनुदान स्वरुप उपलब्ध गराउनेछ । सम्झौताबमोजिम अस्पतालहरुले खरिद गर्ने उपकरणहरुको भुक्तानीका लागि महानगरले विलबमोजिमको रकम अनुदान स्वरुप दिनेछ । सम्झौतामा अस्पतालका निमित्त निर्देशक प्रा.डा.शान्ता कुमारी कँडेल सापकोटाले हस्ताक्षर गर्नुभएको छ ।

निजामति कर्मचारी अस्पतालले महानगरसँग कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप) १०–थान र वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप) १०–थान खरिद गर्न सहयोगको माग गरेको थियो । यही मागअनुसार दुवै पक्षविच सम्झौता भएको छ । यसमा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. विधाननिधि पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

महानगरले महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, बसुन्धरा, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, चावहिल र जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौँ मोडल अस्पताल, बागबजारलाई २÷२ थान भेन्टिलेटर मेसिन खरिद गर्न आर्थिक अनुदान दिनेछ । यी अस्पतालहरुलाई दिइने अनुदान रकम पनि विलबमोजिम नै हो । यी अस्पतालकातर्फबाट क्रमशः अध्यक्ष कृष्णकुमार मगर, मेडिकल डाइरेक्टर डा. हेम लिम्बू र मेडिकल डाइरेक्टर डा. विजेन्द्रध्वज जोशीले हस्ताक्षर गर्नुभएको थियो ।

महानगरले अनुदान दिएका अस्पतालहरुले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनुपर्छ । यस्तै खर्च र लेखा परीक्षण प्रचलित कानुनले दिएको अधिकारबमोजिम गर्नुपर्छ । लेखा परीक्षणको प्रतिवेदन महानगरलाई पनि बुझाउनु पर्छ । यसै गरी महानगरको सहयोगमा खरिद गरिएका उपकरणमा ‘काठमाडौँ महानगरको सहयोगमा’ लेख्नुपर्नेछ । परिस्थिति र आवश्यकताका आधारमा सम्झौता थप गरेर साझेदारिता निरन्तर हुन सक्ने सम्झौतामा उल्लेख छ ।

सहयोग प्राप्त गर्ने कसले के भने

प्रा. डा. शान्ताकुमारी कँडेल सापकोटा

निमित्त निर्देशक, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल

हामीसँग नवनिर्मित भवन छ । सरकारबाट यसलाई कोविड अस्पताल बनाउने निर्णय भइसकेको छ । अहिलेको समस्या भनेको अक्सिजन हो । कोविडको संक्रमणबाट अस्पतालमा उपचार गर्नु पर्नेमध्ये धेरै विरामीलाई अक्सिजनको आवश्यकता पर्ने हुन्छ । त्यसैले महानगरको सहयोग यहाँनिर पनि जरुरी छ । अहिले महानगरबाट प्राप्त भएको भेन्टिलेटर र मोनिटर खरिदका लागि प्राप्त भएको सहयोगले जीवनको जटिल अवस्थामा पुगेका विरामीलाई पुनःजीवन दिनेछ ।   

डा. मनोजमान श्रेष्ठ

अध्यक्ष, छत्रपाटी निःशुल्क चिकित्सालय

पैसा भएर मात्र बाँचिने होइन रहेनछ । बाँच्नका लागि उपचार प्रणाली व्यवस्थित हुनुपर्ने रहेछ भन्ने महामारीले सिकाएको छ । अहिले कतै स्रोत छैन, कतै सोच छैन । महानगरको अभिभावकत्वमा हामी अस्पतालबाट धेरैभन्दा धेरै विरामीलाई लाभ हुने काम गर्ने प्रयास गर्नेछौंँ ।

हामीले यो अस्पताललाई महानगरको व्यवस्थापनमा सञ्चालन गर्नुपर्छ भनेर पहिले पनि भनेका थियौँ । अहिले अस्पतालको प्रशासनिक र व्यवस्थापकीय खर्च प्राप्त हुने भएको छ । यसबाट विरामीहरुलाई उच्चतम लाभ दिनेछौँ ।

डा. विधाननिधि पौडेल

कार्यकारी निर्देशक, निजामति कर्मचारी अस्पताल

अहिले हाम्रो अस्पतालमा कोविडका विरामीको चाप बढेको छ । अस्पतालको क्षमता १३२ वेडको हो । हामी महानगरको सहयोगमा १५० पु¥याउँछौँ । अहिले अक्सिजनको अभाव छ । यसबेला महानगरबाट प्राप्त कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप) १०–थान र वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप) उपकरणबाट विरामीलाई जटिल अवस्थामा पुग्नबाट बचाउँछौँ ।

कृष्णकुमार मगर

अध्यक्ष, महेन्द्र नारायण निधि मेमोरियल अस्पताल,

यो भेन्टिलेटर भनेको मानिसको पुनर्जीवन दिने उपकरण हो । उपचारका अन्य विधि सकिएपछि यसबाट उपचार गर्ने हो । स्रोतका अभावमा अस्पतालहरुले यस्ता उपकरण राख्न सकेका थिएनन् । महामारीका बेला हामीले महानगरको सहयोगमा भेन्टिलेटर खरिद गर्ने अवसर पाएका छौँ । यसको प्रयोग गरेर हामी धेरैभन्दा धेरै मानिसहरुलाई बचाउने प्रयास गर्नेछौँ 

डा. हेम लिम्बू

मेडिकल डाइरेक्टर, हेल्पिङ् ह्याण्डस सामुदायिक अस्पताल

अस्पताललाई जरुरी भइकन पनि स्रोतको अभावमा हामीले भेन्टिलेटर खरिद गर्न सकेका थिएनौँ । विषम परिस्थितिमा महानगरबाट प्राप्त भएको जीवन प्रदायक यो सहयोगबाट अस्पताल विरामीको सेवामा थप शसक्त भएको छ । भेन्टिलेटर कोविड सकिएपछि पनि आवश्यक रहन्छ । अस्पतालमा आवश्यक पर्ने अन्य प्रणाली र उपकरणका लागि हामीले महानगरसँग थप सहयोगको अपेक्षा गरेका छौँ ।

डा. विजेन्द्रध्वज जोशी

मेडिकल डाइरेक्टर, जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौँ मोडल अस्पताल

हाम्रो अस्पतालमा अहिले विरामीको संख्या बढिरहेको छ । कोविड संक्रमणबाट स्वास्थ्य अवस्था जटिल बन्दै गरेका विरामीलाई आईसीयु र भेन्टिलेटरकै आवश्यकता पर्दछ । रोगले च्यापेको जटिल अवस्थाबाट सामान्य अवस्थामा फर्काउन यही उपकरण नभइ हुँदैन । यसबेला महानगरबाट प्राप्त सहयोगबाट धेरैभन्दा धेरै विरामीलाई लाभ पु¥याउने छौँ ।  

एचडीयु, आइसियु र भेन्टिलेटर सञ्चालन गर्न अक्सिजन प्राप्त हुनुपर्छ । त्यसैले अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्न, सिलिन्डर वा आन्तरिक उत्पादनबाट अक्सिजन नहुँदा विकल्पका रुपमा प्रयोग गर्न सकिने उपकरण प्राप्त गर्नमा महानगरको सहयोग निरन्तर चाहिने चिकित्सकहरुको साझा धारणा थियो ।

कोविडको दोस्रो खोप जेठ २ गतेदेखि

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख ३१, शुक्रबार वर्गीकृत

चैत २५ पछि कोविडको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिलाई कोविड विरुद्धको खोप भेरोसेलको दोस्रो मात्राका लागि हुने जेठ २ गतेदेखिको अभियानमा काठमाडौँ महानगरपालिकाले सहभागी नगराउने भएको छ । जनस्वास्थ्य विभागले आज वडा क्लिनिक इञ्चार्जहरुसँग अनलाइन बैठक गर्दै भनेको छ, यी व्यक्तिहरुका विषयमा फेरि निर्णय हुनेछ । अहिलेको भ्याक्सिन चैत २५ देखि बैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका र त्यसपछि कोविडको संक्रमण नभएका व्यक्तिहरुका लागि मात्र हो । यसैगरी परीक्षण गरेर एकिन नभएका तर कोविडका लक्षण देखिएका व्यक्तिलाई पनि दोस्रो डोज खोप दिइनेछैन । विभागका प्रमुख हरिबहादुर कुँवरले भन्नुभयो, ‘माथिल्ला निकायबाट निर्देशनबमोजिम हामी खोप सञ्चालन गछौँ । यसैविच केही नयाँ निर्णय भएछ भने हामी तत्काल परिपत्र र योजना पठाउँछौँ । 

जेठ २ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने कोविड विरुद्धको खोप, भेरोसेलको दोस्रो मात्रा सञ्चालन गर्न काठमाडौँ महानगरले एक वडा एक खोप केन्द्र तोकिसकेको छ । खोप केन्द्रमा कम्तीमा २ जना खोपकर्ता र एक जना खोपकर्ता बराबर ३ जना स्वयमसेवक परिचालन हुनेछन् । पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा लगाउने दिन तोकिएको छ । तोकिएका व्यक्तिले तोकिएको दिनमा आफू निजको खोप केन्द्रबाट खोप सेवा लिन सक्नेछन् । तपाईहरुले यसैबमोजिम जनप्रतिनिधि, वडा र सम्बन्धितसँग समन्वय गर्नुहोला । विभागले क्लिनिक इञ्जार्चहरुलाई व्यवस्थापनका लागि अनुरोध गरेको छ । खोप अभियानका लागि क्लिनिक इञ्चार्जहरुलाई खोप समन्वयकर्ताका रुपमा जिम्मेवारी तोकिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार गएको (०७७) चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो । यसमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकहरु छन् । 

दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई जेठ २ गते दास्रो खोप दिइनेछ । यसै गरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ र्चैत ३१ र ०७८ बैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ । 

बैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, बैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, बैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ ।

बैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ । यी दिनहरुमा पहिलो खोप लगाउनेको संख्या धेरै थियो ।

जेठ २ गतेबाट भेरोसेल खोप सञ्चालनका लागि महानगरले तोकेका खोप केन्द्रहरु 

१. नन्दीरात्रि स्कुल, नक्साल

२. २ नम्बर वडा कार्यालय, लाजिम्पाट

३. ३ नं. वडा कार्यालय, महाराजगञ्ज

४. पुरानो वडा कार्यालय, चण्डोल, गीताञ्जली मार्ग

५. ५ नं. वडा कार्यालय परिसर, हाँडीगाउँ

६. महेन्द्र बौद्ध उच्च मावि, बौद्ध 

७. यूरो किंगडम रातोपुल, पुरानो हिमालय विद्या मन्दिर

८. ८ नं. वडा कार्यालय, जयबागेश्वरी

९. गुह्येश्वरी मावि, सिनामंगल

१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्य बानेश्वर

११. विश्व निकेतन स्कुल, त्रिपुरेश्वर

१२. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, टेकु

१३. जनप्रभात मावि, कालीमाटी

१४. १४ नं. वडा कार्यालय, भुवनेश्वरी मन्दिर चौर

१५. भुइँखेल चौर, स्वयम्भू

१६. जुडो हल, नयाँबजार

१७.  पब्लिक युथ क्याम्पस, धोबीचौर

१८. पुष्पलाल पार्क, विष्णुमती

१९. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक वडा १९ परिसर

२०. शान्ति निकुञ्ज स्कुल, भगवतीबारी

२१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक वडा २१, यंगाल

२२. टेवहाल वडा कार्यालय, संकटा

२३. नव आदर्श स्कुल, वसन्तपुर

२४. इतुमबहाल, तारणी वहाल

२५. कन्या मन्दिर स्कुल, क्षेत्रपाटी

२६. वडा परिसर, लैनचौर

२७. महाबौद्ध चोक

२८. २८ नं. वडा कार्यालय, सिटी मार्केट

२९. विजय स्मारक स्कुल, डिल्लीबजार

३०. ज्ञानेश्वर चोक

३१. भीमसेनगोला स्कुल, भीमसेनगोला  

३२. ३२ नं. वडा कार्यालय, जडीबुटी 

१६ वडाको सहयोगमा कुमारीको नयाँ आसन

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख ३०, बिहिबार वर्गीकृत

रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलार्ई विहीबार पहिलो पटक नयाँ आसनमा विराजमान गराइयो । यस अघि महाविहारमा गुरुजु (बेताजु) बुद्धरत्न बज्राचार्यले संकल्प र पञ्चोपचार पुजा गर्नुभयो । त्यसपछि वडाको तर्फबाट सदस्य सुप्रभा शाक्यले विहारका ज्येष्ठ सदस्य चक्रेश्वर आजु (ज्येष्ठ) ज्ञानबहादुर बज्राचार्य र सिद्धिरत्न बज्राचार्यलाई आसन हस्तान्तरण गर्नुभयो ।

चाँदीको कलात्मक आसन सुनले लेपन गरिएको छ । वरिष्ठ कलाकार प्रचण्ड शाक्यले सो आसन तयार पार्नुभएको हो । यस अघिको पुरानो आसनको ढाँचालाई हेरेर कलात्मक तरिकाले नयाँ आसन तयार गरिएकोे बताइएको छ । नयाँ आसनको लागत ७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

हरेक दिन नियमित पुजाको लागि जीवित देवी कुमारी सो आसनमा बिराजमान हुनुहुने छ । यस अघिको आसन निकै पुरानो र जीर्ण भएको हुनाले नयाँ आसनको लागि वडाअध्यक्ष निर्मलरत्न शाक्यलाई एक वर्ष अघि आग्रह गरिएको स्मरण गर्दै महाविहारका आजु सिद्धिरत्न बज्राचार्यले भन्नुभयो ‘ नयाँ आसन हस्तान्तरण गरेर वडाले संस्कृतिप्रति सम्मान गरेको अनुभूत गरेका छौं ।’

अहिलेको आसन नेपाल संवत् १०६१ मा हर्खराज बज्राचार्य र उहाँका परिवारले प्रदान गर्नुभएको थियो। जीवित देवी कुमारीको परम्परा नेपालकै एउटा पहिचानको अन्तर्राष्ट्रिय रुपमा परिचित छ । नेवाः संस्कृति र जात्रा पर्वमा जीवित देवीको विशिष्ट स्थान रहेको छ । रातो मच्छिन्द्रनाथ तान्ने बेला, भोटो जात्रा, बडा दशैको अवसरमा पाटन दरबार क्षेत्रमा हुने पुजाआजामा कुमारीलाई आसनमा राखेर उपस्थिति गराउने गर्दछ ।

नयाँ आसन हस्तान्तरणले कुमारी परम्परालाई निरन्तरता दिइरहेका गुठीयार तिनका परिवारलाई मात्र नभई संस्कृति संरक्षणमा लाग्ने सबैका लागि गौरव र खुशीको अनुभूत गराएको बौद्ध विहार संघ उपाध्यक्ष करुणारत्न बज्राचार्यले बताउनुभयो । 

वडा कार्यालयले गत वर्ष कार्तिक नाचमा मुख्य आकर्षक रहेको बाराही र नरसिह अवतार नाचमा कलाकारहरुले लगाउने कलात्मक नयाँ मुकुट प्रदान गरेको थियो । वडाले संस्कृति सम्पदा क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको वडा सदस्य शाक्यले बताउनुभयो

सडक पछि खनौँला, विकास पछि गरौँला, पहिले रोगबाट जनतालाई बचाऔँ : प्रमुख शाक्य

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ बैशाख २९, बुधबार वर्गीकृत

‘सडक पछि बनाउँला, विकासका काम पछि नै गरौँला । अहिले सबै मिलेर कोविड संक्रमण रोकौँ । यसबाट हुने मानवीय क्षति रोकौँ । यसका लागि तपाईहरुलाई काठमाडौँ महानगरले कस्तो प्रकारको सहयोग गर्नुपर्छ भन्नोस् । हामी सहयोग गछौँ ।’ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले, काठमाडौँ जिल्लामा भएका डेडिकेटेड कोविड अस्पतालका प्रमुखहरुलाई बोलाएर महानगरबाट कस्तो सहयोग भयो भने तपाईँको अस्पतालको क्षमता बढ्छ? सोध्नुभएको छ । 

‘महामारी रोक्न कस्ता सामाग्री तथा उपकरण आवश्यक पर्छन् । तिनको बजारमा उपलब्धता कस्तो छ? यसै भन्न सकिने अवस्था छैन । तर, महामारी नियन्त्रणमा हामीले हात उठाउन मिल्दैन । उपलब्ध साधनको उच्चतम उपयोग गरेर महामारी रोकौँ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘हाम्रो प्राथमिकता भनेको संक्रमण र यसबाट हुने मानवीय क्षति रोक्नु हो । यसका लागि तपार्ईहरुलाई आवश्यक पर्ने थप स्रोतमा हामी सहयोग गर्छौँ ।’

संक्रमणमा परेका विरामीलाई छुट्टै राख्ने संयन्त्रका बारेमा बोल्दै प्रमुख शाक्यले, सहरका कतिपय ठाउँमा आइसोलेसन खोलिएको तर ती केन्द्रमा विरामीहरु नगएको सुन्नमा आएको उल्लेख गर्दै चर्चा कमाउन नभइ अस्पतालमा परेको विरामीको चाप घटाउन आइसोलेसनको भूमिका हुनुपर्ने बताउनुभयो । अन्य थप संयन्त्र बनाएरभन्दा अस्पतालहरुको क्षमता बढाएर महामारी नियन्त्रण गर्न सजिलो हुने उहाँको भनाइ थियो ।   

कतिपय विरामीहरु अस्पताल जानै नपर्ने भए पनि आत्तिएर अस्पताल गएका छन् । यसले चाप बढाएको छ । यो चाप कम गराउन अस्पतालहरुसँगको सहकार्यमा आइसोलेस सेन्टर सञ्चालन गरौँ । प्रारम्भिक उपचार जटिल समस्या भएकालाई अस्पताल पठाउँ ।

अन्य विरामीलाई यही राखेर उपचार गराऔँ । यसले उपचार व्यवस्थित हुन्छ । त्यस्तै जटिल समस्या भएका विरामीलाई विशेष निगरानी गर्न सकिन्छ । तत्काल गरिहाल्नु पर्ने कामका बारेमा शिफारिस गर्दै अस्पतालका अधिकारीहरुले जोड दिनुभयो । अहिले अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको छ । यसको विकल्पका रुपमा महानगरले तत्कालका लागि अक्सिजन कन्सन्ट्रेटर खरिद गरिदिनु पर्छ । यसपछि अक्सिजन प्लान्टहरु स्थापना गर्दै जानुपर्छ । स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन कामपछि घरमाभन्दा क्वारेन्टीनमा बस्ने प्रबन्ध गरिदिनुपर्छ । काम गर्दा लगाउने व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराइदिनुपर्छ । उहाँहरुले महानगरसँग अपेक्षा गर्नुभयो । 

छलफलमा धारणा राख्नेहरुमा त्रि. वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्ले, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी, निजामति कर्मचारी अस्पतालका निर्देशकहरु डा. विधाननिधि पौडेल र डा. विमलकुमार थापासहितका चिकित्सक हुनुहुन्थ्यो । 

सबै खालका विरामीलाई आकस्मिक कक्षमा लैजाँदा व्यवस्थापन कठिन हुन्छ । प्राथमिकतामा आधारमा उपचार गराउन आकस्मिक र होल्डिङ् गरी दुई खालका संरचना बनाउनुपर्छ । छलफलमा वीर अस्पतालका निमित्त निर्देशक डा. शान्ता सापकोटा, कान्ति बाल अस्पतालका निमित्त निर्देशक डा. रामहरि चापागार्इँ, प्रहरी अस्पतालबाट डा. दामोदर पौडेल, शसस्त्र प्रहरी अस्पतालका डा. रुपक महर्जन, स्त्री तथा प्रसुति रोग अस्पताल थापाथलीबाट डा. सुनिल शर्मा आचार्यले धारणा राख्नुभयो । 

अक्सिजन व्यवस्थापन गर्न कठिन भइरहेको छ । जनशक्तिलाई प्रोत्साहन र कार्य वातावरण बनाइदिनु पर्छ । व्यक्तिगत सुरक्षा सामाग्रीको पर्याप्त उपलब्धता हुनुपर्छ । आपतकालीन सेवाका लागि आवश्यक पर्ने सामान खरिद गर्न खरिद सम्बन्धि प्रक्रिया लामो हुन्छ । यसलाई सहजीकरण गरिदिनुपर्छ । सकेसम्म सामान किनेर उपलब्ध गराइदिनुभयो भने अझ सजिलो हुन्छ । महानगरसँग अस्पतालकातर्फबाट अपेक्षा राख्दै उहाँहरुले आफूले गरेका प्रयास बारे पनि जानकारी गराउनुभएको थियो । 

अस्पतालहरुमा पोर्टेवल एक्स रे मेसिन, अल्ट्रा साउण्ड मेसिन नहुँदा  विरामीलाई अन्यत्र पठाउनु पर्ने हुन्छ । सीमित हुँदा सबै विरामीलाई सेवा दिन सकिँदैन । यस्तै पर्याप्त नहुँदा कोविड र ननकोविड विरामीलाई एउटै मेसिन निसंक्रमण गरेर प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले यसप्रकारका उपकरण अस्पतालहरुलाई चाहिएको छ । उहाँहरुले उपचार चुनौतीका विषयमा अनुभव सुनाउनुभएको थियो ।    

छलफलमा उपस्थित सरकारी सबै अस्पतालका अधिकारीहरुले, भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियु), हाइ डिपेन्डेन्सी युनिट (एचडियु) को संख्या बढाउँदै लगेको  र बढाएका संख्या पनि भरिएको बताउनुभएको थियो । वेडको संख्या बढाउँदा व्यवस्थापकीय खर्च पनि बढ्छ । जनशक्तिलाई कामको भार पनि बढ्छ । यसरी थपिएको आर्थिक दायित्व मिलाउन सकियो भने महामारी विरुद्धमा काम गर्न थप सहज हुनेछ । उहाँहरुले यसप्रकार कामका लागि महानगरले निशर्त वा ससर्त अनुदान उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो । 

छलफलमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशाकसीय अधिकृत राजेश्वर ज्ञवाली, ‘कोविड अस्पताल व्यवस्थापन शिफारिस समिति’का संयोजक एवं वडाध्यक्ष दिपक के. सी. सहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

प्रहरीलाई प्रतिकारमा उत्रिन मेयर महर्जनको आग्रह

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २७, सोमबार वर्गीकृत

ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले सामाजिक संञ्जालमा निस्किएको कुरामा प्रतिकार गर्न आग्रह गर्नुभएको छ। रातो मच्छिन्द्रनाथको यस वर्षको रथयात्राका विषयमा छलफल गर्न ज्यापू समाजको संयोजनमा आईतबार भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा आयोजना गरेको सरोकारवालाको भेलामा सो आग्रह गर्नुभएको हो ।

यद्पि प्रतिकार कुन रूप र स्तरमा हो, उहाँले त्यो खुलाउनु भएन। यहाँ कुनै कुनै खेल्ने तत्वहरू छन् । ती खेल्ने तत्वले अहिलेको सामाजिक संञ्जाल प्रयोग गरेर नचाहिने किसिमले खेल्न सक्छ उहाँले भन्नुभयो । फेसबुक, ट्विटर वा अन्य सामाजिक संञ्जालमा यताउति कुनै कुरा निस्कियो भने त्यसमा प्रतिकार गर्न मेयर महर्जनले सिडियो कार्यालय, प्रहरी कार्यालय र १९ जातीय समाजसहित खलःपुचःको नामै तोकेर आग्रह गर्नुभयो ।

सो बैठकमा स्थानीय प्रशासन, प्रहरी र गुठी संस्थान, रथयात्रा सम्बद्घ सरोकारहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यहाँहरू सबैलाई अनुरोध के हो त भन्दाखेरी हाम्रो सिडियो कार्यालयदेखि प्रहरी कार्यालय खलः पुचःहरूले फेसबुकका वालहरूमा यताउति कुनै कुरा निस्कियो भने त्यसमा प्रतिकार गर्नुपर्दछ ।गत वर्ष भदौ १८ गते विहीवार स्वतःस्फूर्त रथ तान्ने र त्यसपछि प्रहरी र स्थानीयबीच झडपलाई मेयर महर्जनले सरोकारवालारू रथयात्राको विषयमा अनिर्णयको बन्दी रहेको र हामी जाग्नुपर्याे भन्ने आशयले फेसबुक, ट्विटरहरू पोष्टिङ्ग गरिएपछि भएको घटनाको चित्रण गर्नुभयो ।

मेयर महर्जनले यहाँ कुनै, कुनै खेल्ने तत्वहरू रहेको भन्दै ती खेल्ने तत्वहरूले गत वर्ष पनि सामाजिक सञ्जाल प्रयोग गरेर त्यसरी खेलिएको भन्दै उहाँले भन्नुभयो सबैले आ आफ्नो क्षेत्रमा बसेर, आफ्नो ल्याकत र तागतले भ्याएसम्म काम गरिराखेको थियो । तर यसको समाचार मात्र बाहिर बजारमा गएको थिएन । तर खेल्ने तत्वले यो समाजले, खलः पुचःले केही पनि गरेन, तसर्थ हामी जाग्नुपर्याे भनेर फेसबुकमा, अन्य सामाजिक सञ्जालमा पोष्टिङ्ग गर्याे। फेसबुकका वालहरू यसरी भरियो, त्यो बेलासम्म पनि हामी  कसैको ध्यान गएन । त्यो घटना घट्न गयो । 

गत वर्ष प्रहरी र स्थानीयबीच झडप भएपछि मेयर महर्जन रथ बनाउन, तान्न  ललितपुर महानगरपालिकाको कुनै पनि भूमिका नहुने भन्दै विज्ञप्ति प्रकाशित गरेको थियो । रथ बनाउनेदेखि र तान्ने सम्म अवधिमा भएका कयौ बैठकमा सहभागी , कतिपय बैठक महागरपालिको हलमा भएको पृष्ठभूमिमा सो विज्ञप्ति निकालिएको थियो ।

सो घटनापछि उत्पन्न असहज परिस्थितिमा स्वतः स्फूर्त रथ तान्न संलग्न भएकालाई उच्छृंखल र अराकताको संज्ञा दिँदै मेयर महर्जन कारवाही गर्न माग गर्नुभएको थियो । त्यस क्रममा करिब १५ जना बढी मानिसहरू खोजी खोजी प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाईएको थियो ।

संक्रमणबाट बचेर मातातीर्थ औंशी मनाउन राजाेपाध्याय समाजकाे अपिल

Swoniga Online – Bikesh Sharma | २०७८ बैशाख २७, सोमबार वर्गीकृत

भोलि मातातीर्थ औंशीको सन्दर्भमा सिदादान आदि कर्म आफ्ना कुलपुरोहितको सरसल्लाहमा संक्रमणको जोखिमबाट बच्दै गर्नको लागि राजोपाध्याय समाजले आग्रह गरेको छ ।

समाजले आज अपिल जारी गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी आफ्ना कुलपुरोहितको सल्लाहमा कर्म पुरा गर्न आग्रह गरेको हो ।

‘आजको विषम परिस्थितीलाई मनन गर्दै आफ्ना कुलपरम्परा (कुलाचार) अनुसार साथै कुलपुरोहितसँग सरसल्लाह गरेर संक्रमणबाट बचेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी गर्नुहुन यो समाज सबै संस्कारप्रेमीहरुमा विनम्र अनुरोध गर्दछ’ विज्ञप्तीमा लेखिएको छ ।

अध्यक्ष संजय शर्मा राजोपाध्याय र महासचिव बिराजकाजी राजोपाध्यायबाट हस्ताक्षरित अपिलमा प्रविधिको सहयोगबाट कर्म पूरा गर्न समेत आग्रह गरिएको छ ।

अनलाईनमाध्यमबाट पुरोहितको उपस्थिती र मन्त्रोच्चारण गर्न सकिने सुविधालाई सदुपयोग गर्न सकिने विकल्प पनि अपिलमार्फत समाजले दिएको छ ।

काठमाडों उपत्यकाका आदिवासी देव ब्राम्हण राजोपाध्याय नेवार समाजमा हिन्दु संस्कारका गुरु पुरोहित हुन् ।

समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले यस वर्ष पनि औंशीको कर्मलाई औपचारिकतामा सिमित गर्नु नै राम्रो हुने सुझाव दिनुभयो ।

‘भाइरस आफैं यताउति सर्दैन, हामी यताउति सरेपछि हामीसँगै भाइरस सर्ने हो । यहि कुरालाई मनन गर्दै यो वर्षको मातृऔंशीको औपचारिकता पूरा गर्नु राम्रो हुनेछ’ अध्यक्ष शर्माले भन्नुभयो ।

माइतीमा आमाको मुख हेर्न जाने दिदीबहिनीले पनि अहिलेको अवस्थालाई बुझेर काम गर्नको लागि शर्माले सुझाव दिनुभयो । 

महानगरको निःशुल्क एम्बुलेन्स सेवाबाट १३०१ जना विरामीले सेवा लिए

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २६, आइतबार वर्गीकृत

काठमाडौँ महानगरले बन्दाबन्दीका समयमा कोविडको संक्रमण भएका र नभएका विरामीलाई अस्पताल ल्याउन लैजान छुट्टाछुट्टै एम्बुलेन्स सेवाको व्यवस्था गरेको छ । जसमा नेपाल एम्बुलेन्स सेवा (महानगरको सहयोगमा सञ्चालित) ले कोविडको संक्रमण भएका वा शंका भएका विरामी बोक्छ भने संघबाट (१५ दिनको लागि सम्झौता गरेर सञ्चालन गरेका) सञ्चालित १० वटा एम्बसलेन्सले कोविड नभएका विरामीलाई निःशुल्क सेवा दिन्छन् ।

बैशाख १६ गते यता महानगरको निःशुल्क एम्बुलेन्स सेवाबाट १ हजार ३०१ जना विरामीले सेवा लिएका छन् । जसमध्ये नेपाल एम्बुलेन्स सेवाबाट ९८८ जनाले र संयुक्त एम्बुलेन्स चालक संघबाट सञ्चालित १० वटा एम्बुलेन्सबाट ३१३ जनाले सेवा लिएका हुन् । यो संख्या नेपाल एम्बुलेन्स सेवाको बैशाख २५ गतेसम्मको र संयुक्त एम्बुलेन्स चालक संघको बैशाख २३ गतेसम्मको हो । 

नेपाल एम्बुलेन्स सेवाले बैशाख १६ गते ४६ जना पोजेटिभ र ४ जना शंकास्पद विरामीलाई अस्पताल पु¥यायो । यस्तै १७ गते ७० जना पोजेटिभ र ६ जना शंकास्पद, १८ गते ८८ जना पोजेटिभ र ७ जना शंकास्पद, १९ गते ९९ जना पोजेटिभ, २० गते ९८ जना पोजेटिभ र १ जना शंकास्पद, २१ गते  १०८ जना पोजेटिभ, २२ गते ९३ जना पोजेटिभ, २३ गते ८७ पोजेटिभ र १ जना शंकास्पद, २४ गते ६३ जना पोजेटिभ र १ जना शंकास्पद, २५ गते ८० जना पीसीआर पोजेटिभ विरामीलाई अस्पताल पु¥याएको छ । 

यसै गरी चावहिल, वडा ७ परिसरमा राखिएका एम्बुलेन्समध्ये वा ३ च २७६६ ले ३२ जना र बा १० च ७८५६ ले ३५ जना विरामीलाई सेवा दिएका छन् । 

स्वयम्भूस्थित वडा १५ परिसरमा राखिएको ना २ च ७७५४ ले २८ जनालाई र बा १० च ४३७३ ले २७ जनालाई सेवा दिएका छन् । महाराजगञ्जस्थित, वडा ३ परिसरमा भएको बा १२ च २३६० ३९ जनालाई र बा ६ च २८२ ३८ जनालाई, ट्रली बस मीनभवनमा रहेको बा १८ च ५६५७ १८ जनालाई र ना २ च ४१२० ले ३० जनालाई सेवा दिएका छन् । यसैगरी सभा गृह, प्रदर्शनी मार्गमा राखिएको बा ६ च ९१०० ले ३६ जनालाई र बा ५ च ५७५९ ३१ जनलाई अस्पताल पु¥याएका छन् ।

यी एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन ११८० वा सिधै एम्बुलेन्सका चालकलाई सम्पर्क गर्न सकिन्छ । कोविड जाँच गर्दा पोजेटिभ रिपोर्ट आएका र शंकास्पद आपतकालीन विरामीलाई अस्पताल लानु परे १०२ मा सम्पर्क गर्न सकिन्छ ।

भेन्टिलेटर बढाउनभन्दा संक्रमण घटाउनमा काम गर्नुपर्नेछ — मेयर शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २५, शनिबार वर्गीकृत

काठमाडौँ महानगरले त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टलेटर प्रदान गरेको छ । कोविड संक्रमणबाट विरामीको संख्या बढ्दै गएपछि मानवीय जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो । आज अस्पताल पुगेर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा. डा. दिनेश काफ्लेलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियोे । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. दिव्या सिंह शाह, वडा ३ का अध्यक्ष दिपक के. सी. लगायत अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 

सामाग्री हस्तान्तरण गरिसकेपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले महानगरले संक्रमण रोकथाम र नियन्त्रणमा गरेका प्रयासको चर्चा गर्दै, समुदाय स्तरमा संक्रमण घटाउने र उपचारका लागि अस्पताल जानेका लागि सुविधा बढाउने कामलाई सँगै अघि बढाउँदै लगेको बताउनुभयो । ‘हाम्रा योजनाहरु अस्पतालमा भेन्टिलेटर र आइसियु बढाउनुभन्दा व्यक्ति—व्यक्तिलाई संक्रमण हुनबाटै बचाउनेतिर केन्द्रीत गरिनुपर्छ । यतिले मात्र प्रयास नपुग्न सक्छ ।’

उहाँले थप्दै भन्नुभयो, ‘हामी सरकारी र सामुदायिक अस्पतालमा सरकारले गरेको काममा नपुगेको क्षेत्रमा सहयोग उपलब्ध गराउँछौँ । त्रि. वि. शिक्षण अस्पतालसँगै अन्य अस्पतालबाट पनि प्रस्ताव आएका छन् । हाम्रो सहयोग अस्पतालको क्षमता बढाउनका लागि हुनेछ ।’ प्रमुख शाक्यले चिकित्सकहरुको कामको प्रशंशा गर्दै भन्नुभयो, ‘तपाईँहरुको उत्साहले व्यक्तिलाई बाँच्ने आशा आउँछ । त्यसैले सहास बढाउनोस् । आवश्यक पर्ने सहयोग हामी गछौँ ।’

त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले, महानगरले अहिले पूर्वाधार निर्माणका काममाभन्दा महामारी नियन्त्रणमा केन्द्रीत गरेको बताउनुभयो । ‘पहिले जीवनको सुरक्षा त्यसपछि विकासका योजना ।’ खड्गी श्रेष्ठको भनाइ थियो । 

अस्पतालमा आएका विरामीलाई फिर्ता पठाउनु नपरोस् भन्ने चाहना राखेर हामीले क्षमता र जनशक्ति व्यवस्थापनमा लागेका छौँ । त्यस क्रममा डीन प्रा. डा. सिंह शाहले महानगरको सहयोगबाट उत्साहित भएको बताउनुभयो । त्यस्तै अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. काफ्लले महानगरका प्रमुख र उपप्रमुख अस्पतालमै आएर सहयोग गरेपछि आफूहरु महामारी विरुद्ध लड्न थप उत्साहित भएको बताउनुभयो ।

अस्पतालमा अहिले दैनिक ५ हजार लिटर अक्सिजन खपत भइरहेको छ । जसमध्ये २ हजार लिटर आन्तरिक प्रणाली र ३ हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको छ । यसको माग अझै बढ्दै गएको छ । महानगरको सहयोग यहाँ पनि आवश्यक छ । कार्यकारी निर्देशक कफ्लेको भनाइ थियो । 

जीवन रहेपछिका लागि अरु भौतिक सुविधा उपयोग हुन्छन् । त्यसैले महानगरले महामारीविरुद्धको लडाइँलाई प्राथमिकता साथ कार्यान्वयन गरिरहेको वडा ३ का अध्यक्ष के. सी. को भनाइ छ । 

अस्पतालका सूचना अधिकृत रामविक्रम अधिकारीकाअनुसार अस्पतालमा कोविड संक्रमण भएका विरामीको संख्या बढ्दै गएको छ । यसपछि सघन उपचार कक्षमा कोविडका विरामीको संख्या धेरै हुने सम्भावना छ ।  

मुल्य अभिवृद्धि कर र भन्सारसहित भेन्टलेटरको मुल्य २ करोड ९ लाख रुपैयाँ हो । 

Pages