add
Display Style: 
Column Style

कर्मराज महाविहार बौद्ध गुम्बाको निर्माण कार्य सम्पन्न

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख १३, सोमबार वर्गीकृत

२०७२ सालको महाभुकम्पले ध्वस्त भएको स्वयम्भुस्थित बुद्धचार्य पुजारीहरूको १७ वटा घर, कोपा द्य्ःछेँ र कर्मराज महाविहार बौद्ध गुम्बाको निर्माण कार्य सम्पन्न गरी आज एक औपचारिक समारोहमा प्रमुख अतिथि संघीय सांसद माननीय जीवनराम श्रेष्ठज्युबाट समुद्घाटन गरी सम्बन्धित बुद्धचार्य परिवार र महाविहारलाई हस्तान्तर गर्नुभयो।

उक्त अवसरमा प्रमुख अतिथिले यो नमुना कार्य भएको र भुकम्पबाट क्षति भएको चोक र बहालका घरहरू पनि यस्तै गरी हाउस पुलिङटको योजना बनाई गर्न सकिने बताउनु भयो। स्वयम्भुको मौलिकता संरक्षण गरी राख्न सके मात्र यसको महत्व रहने र स्वदेशी तथा बिदेश पर्यटक धेरै आउने बताउनुभयो।

आफुले शुरू गर्न लागेको हनुमानढोकाबाट स्वयम्भु आउने बिश्व सम्पदा मार्ग बनाउन लागिरहेको र अब स्वयम्भुमा शारीरिक अशक्त भएका सबै मन्दिर पुग्ने सक्नेछ गरी लिफ्ट वा स्केलेटर वा र्याम्प निर्माण गर्न छलफल अघिबढाएको पनि बताउनु भयो। १७ वटा बुध्दाचार्यको घर १ क्वाःपा ध्द्य र कर्मराज महाविहार निर्माण खर्च १५ करोड बजेटमा गरिएको थियो भने यस्को सहयोग सबै कर्मराज महाविहारका गुरू १७ औं कर्मापाले सकलन गरी प्रदान गर्नुभएको हो।

कार्यक्रममा काठमाडौ महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य, पुरातत्वको पुर्ब महानिर्देशक भेषनारायण दहाल, महानगरका उपमेयर हरिपप्रभा खड्गी, र बिहारका लामागुरू हरूले मन्तब्य दिनु भएको थियो। प्रवक्ता एव का.म.पा. १५ अध्यक्ष ईश्वरमान डंगोलको सभापतित्वमा वडा सदस्य निमा घ्याम्छोले सन्चालन गर्नु भएको थियो।

काठमाडौँ महानगरपालिकाले बसपार्कस्थित सिटी मार्केटका ११२ पसल सिलबन्दी

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २, बिहिबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाले केही वर्षदेखि सम्झौताविना नै सञ्चालनमा रहेका पुरानो बसपार्कस्थित सिटी मार्केटका ११२ पसल सिलबन्दी गरेको छ ।

सम्झौताविना नै व्यवसायीहरुले ७–८ वर्षदेखि महानगरको स्वामित्वको भवनमा बसेको भन्दै महानगरले आज बलपूर्वक सिल गरेको हो ।

डाको लागि भएको सम्झौताको म्याद सकिएको र सो भवनलाई महानगरले नयाँ तरिकाले उपयोग गर्ने योजना बनाएकाले व्यापारीलाई हटाउन लागिएको प्रमुख प्राशसकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए ।

सटर खाली गर्न एक हप्तामात्रै समय दिएको भन्दै व्यवसायीले विरोध जनाएका थिए । तर, महानगरपालिकाले पटक–पटक महानगरको भवनमा बिना सम्झौता नबस्न आग्रह गर्दै आएको बताएको छ ।

‘लामो समयदेखि सम्झौता पनि नभएको अवस्थामा हामीले अब त्यहाँ मार्केट नचलाउने गरी हाललाई बन्द गरेका हौँ,’ ज्ञवालीले भने, ‘अब त्यसलाई भत्काएर सभागृहकै एक पार्टका रुपमा व्यवस्थित गर्छौ ।’

काठमाडौँ महानगरपालिका राजश्व विभाग प्रमुख डाक्टर शिव अधिकारीले पनि सिटी मार्केटमा व्यवसाय गर्ने व्यवासायीले २०७६ चैतसम्म व्यवसायीहरुको संघ मार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको र पटक–पटक ताकेता गर्दा पनि वेवास्था गरेपछि सिलबन्दी गर्न बाध्य भएको जानकारी दिए ।

पसल सिल गर्ने क्रममा व्यापारीले विना सूचना हटाएको भन्दै हो–हल्ला गरेका थिए । प्रहरीले उनीहरुलाई माइकिङ गर्दा पनि नहटेपछि अवरोध गर्ने केहीलाई नियन्त्रणमा लिएको थियो ।

विष्णुमती नदी सरसफाइ अभियान सुरु

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख १, बुधबार वर्गीकृत

नयाँ वर्ष २०७८ को विहानीको नव किरणसँगै एउटा नयाँ पवित्र कार्यको थालनी भएको छ ।

संघीय सांसद माननीय जीवनराम श्रेष्ठबाट भएको विशेष पहलमा शोभा भगवति मन्दिरबाट विहान ७ बजेदेखी ९ बजेसम्म विष्णुमति नदी सरसफाइ अभियान शुरु भएको छ । विष्णुमती वरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाइ अभियान सञ्चालन गरेको श्रेष्ठले बताए ।

हरेक महिनाको अन्तिम शनिवार विहान ७ बजे देखि ९ बजेसम्म सरसफाइ अभियान नियमित सञ्चालन हुने उनले बताए । सरसफाइ अभियानमा माननीय प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, काठमाडौं महानगरपालिका वडा१५ का अध्यक्ष एवम् काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोल, कामपा १५ वडा सदस्य मैयाँलक्ष्मी महर्जन, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, स्थाननीय संघसंस्था, बाग्मती नदी सरसफाइका अभियन्ता लिलामणी पोखरेल तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिले अझ थप हौसला प्राप्त भएको उनले बताए ।

जीवनमा गरेको अनेकौं क्रियाकलापहरु मध्ये सम्झनलायक एउटा कार्यमा विष्णुमति नदी सरसफाइ पनि हुने बताउँदै नयाँवर्षको सुरुवातमा काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउने सरसफाइ महोत्सवमा सहभागि भएर स्मरणयोग्य कामको थालनी गरेको बताए । ‘यो अभियान जीवन राम श्रेष्ठको मात्र नभइकन विष्णुमती सभ्यतासँग जोडिएको हरेक नागरिकको अभियान हो । विष्णुमति खोला प्रदुषित भइ धार्मिक एवं सांस्कृतिक कार्यहरुमा असर पर्न गएको छ ।’

खोला प्रदुषित हुँदा स्थानीय वातावरण प्रदुषित भइ खोला वरिपरिको स्थानीय नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुँदा विष्णुमति सरसफाइ अभियान हरेक नागरिकको कर्तव्य भएको उनले बताए ।सरसफाई अभियानमा सहभागि माननीय प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले भने, ‘स्थानीय वासिन्दा, युवा समूह, नदी सरसफाइ अभियानकर्ता तथा नेपाली सेना, नेपाल प्रहरी सबैलाई समेटेर यो विष्णुमती नदी सरसफाइ अभियान थाल्नु माननीय प्रतिनिति सभा सदस्य जीवनराम श्रेष्ठज्यूको प्रसंसनीय कार्य हो ।’विष्णुमती नदीको उद्गम स्थल बुढानिलकण्ठस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै रहेको छ ।

विष्णुमतीको उद्गम मानिने विष्णुद्वार विष्णुपादुकादेखि टेकु दोभानसम्म फैलिएको विष्णुमती सभ्यताको आफ्नै महत्व, गरिमा, अस्तित्व र धार्मिक, सांस्कृतिक पौराणिक एवम् सांस्कृतिक विशेषता रहेको पाइन्छ । काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउन यो अभियानको पहल हुन लागेको जानकारी प्राप्त हुन आएको छ ।

कमलपोखरीको करीब ८५ प्रतिशत काम सम्पन्न

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ३०, सोमबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिनु भएको छ । वडा–१ का अध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठ लगायतलाई साथमै लिएर पुननिर्माण भैरहेको कमलपोखरीको निरीक्षणका क्रममा आज त्यहाँ पुग्नुभएका शाक्यले यस्तो निर्देशन दिनुभएको हो ।

निरीक्षणका क्रममा प्रमुख शाक्यले जय धनञ्जय कडेँल निर्माण सेवा जेभीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलासँग पुननिर्माणको काममा ढिलासुस्ती भएको भन्दै असन्तुष्टी मात्रै व्यक्त गर्नु भएन उहाँले पटक–पटक सयमसिमा थप गर्ने पक्षमा महानगरपालिका नरहेको प्रष्ट पार्नुभयो । ‘काम जुन गतिका साथ हुनुपर्ने हो त्यो अनुसार भैरहेको छैन,’ शाक्यले भन्नुभयो, ‘पटक–पटक समय थप गर्ने र काममा ढिलासुस्ती गर्ने भन्ने हुँदैन । के–कति काम भएको छ । त्यो सबै विवरण मलाई तत्काल उपलब्ध गराउनुहोला । मलाई परिणाम चाहिया,’ उहाँले भन्नुभयो । 

मेयर शाक्यले निरीक्षणका क्रममा डिजाइन अनुसार तलमाथि नहुने गरी काम पनि निर्देशन दिनुभयो । प्रमुख शाक्यको निर्देशनपछि कम्पनीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलाले बढीमा दुइ हप्ता भित्र पुननिर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सिटौलाले चैत मसान्त भित्रै काम सम्पन्न गर्ने गरी कार्य भैरहेको भए पनि भक्तपुर र ललितपुरको बुङमतीका कामदारले काम गरिरहेको र उनीहरु पछिल्लो समय नेवार संस्कृतिका चाडका कारण विदा बसेकाले केही दिन ढिलाई भएको बताउनुभयो । ‘करीब ८५ प्रतिशत काम सम्पन्न भएको छ,’ उहाँले भन्नुभयो, ‘अब फिनिसिङ र बत्तीलगायतको काम बाँकी छ । त्यो पनि दुई हप्ता भित्र जसरी पनि सम्पन्न गरी हस्तान्तरण गर्छौ ।’ 

प्रमुख शाक्यले निरीक्षणकै क्रममा कमल पोखरीमा पानी भरणको काम भैरहेको जानकारी दिनुभयो । ‘चैत मसान्तसम्म काम सक्ने गरी हामीले ठकेकेदार कम्पनीलाई अन्तिम मौका दिएका हौँ,’ शाक्यले पोखरीतिर देखाउँदै भन्नुभयो, ‘केही दिन भित्रै यो पोखरीमा पानी टनाटन बनाउने तयारीमा छौँ । हामीले पुननिर्माणकै क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौँ ।’ 

प्रमुख शाक्यसँगै रहनु भएका काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले अहिले पोखरीमा करीब २० लाख लिटर पानी हालेको जानकारी दिनुभयो । ‘पोखरीमा टनाटन पानी भर्न करीब साढे दुई करोड लिटर पानी आवश्यक पर्छ,’ उहाँले भन्नुभयो, ‘हामी केही दिनभित्रै पानी टनाटन पार्छौँ ।’ 

करीब एक घण्टा कमलपोखरीको निरीक्षण गर्नुभएका प्रमुख शाक्यले केही व्यक्तिले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भनी अनावश्यक विरोध गरेको भन्दै  डिजाइनका बारेमा सामान्य जानकारी समेत नलिई हचुवाका भरमा विरोध नगर्न र विकास निर्माणमा अवरोध नगर्न पनि आग्रह गर्नुभयो ।  

शाक्यले निरीक्षणकै क्रममा कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिनुभयो । उहाँले पहिला बेबारिसेर र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएको भन्दै डिजाइन पनि ती सबै कुरालाई ध्यान दिएको प्रष्ट पार्नुभयो ।

‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका सबै पोखरीहरुको प्रवद्र्धन र संरक्षण गर्ने महानगरपालिकाले अभियान रहेको भन्दै उहाँले त्यहि अभियान अन्तरगत वर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई मास्टरप्लान बनाएर पुननिर्माण गर्ने अभियान अघि बढाएको पनि स्मरण गराउनुभयो । ‘यो अभियान अघि बढाउँदा संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएका हौँ,’ उहाँले भन्नुभयो, ‘दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात कमलपोखरी प्रहरी बीट जुन भत्काइसकेका छौँ त्यो क्षेत्रमा दोस्रो चरणमा कमलपोखरीको क्षेत्र विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्छौ ।’ 

काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको छ ।  

करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि महानगरपालिकाले जानकारी दिएको छ ।  पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी  विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण गर्ने पनि महानगरपालिकाले जानकारी दिएको छ काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले कमलपोखरी पुननिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।

वडा–१ का अध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठलगायतलाई साथमै लिएर पुननिर्माण भैरहेको कमलपोखरीको निरीक्षणका क्रममा आज त्यहाँ पुग्नुभएका शाक्यले यस्तो निर्देशन दिनुभएको हो ।  निरीक्षणका क्रममा प्रमुख शाक्यले जय धनञ्जय कडेँल निर्माण सेवा जेभीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलासँग पुननिर्माणको काममा ढिलासुस्ती भएको भन्दै असन्तुष्टी मात्रै व्यक्त गर्नु भएन उहाँले पटक–पटक सयमसिमा थप गर्ने पक्षमा महानगरपालिका नरहेको प्रष्ट पार्नुभयो । ‘काम जुन गतिका साथ हुनुपर्ने हो त्यो अनुसार भैरहेको छैन,’ शाक्यले भन्नुभयो, ‘पटक–पटक समय थप गर्ने र काममा ढिलासुस्ती गर्ने भन्ने हुँदैन । के–कति काम भएको छ । त्यो सबै विवरण मलाई तत्काल उपलब्ध गराउनुहोला । मलाई परिणाम चाहिया,’ उहाँले भन्नुभयो । 

शाक्यले निरीक्षणका क्रममा डिजाइन अनुसार तलमाथि नहुने गरी काम पनि निर्देशन दिनुभयो । प्रमुख शाक्यको निर्देशनपछि कम्पनीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलाले बढीमा दुइ हप्ता भित्र पुननिर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिटौलाले चैत मसान्त भित्रै काम सम्पन्न गर्ने गरी कार्य भैरहेको भए पनि भक्तपुर र ललितपुरको बुङमतीका कामदारले काम गरिरहेको र उनीहरु पछिल्लो समय नेवार संस्कृतिका चाडका कारण विदा बसेकाले केही दिन ढिलाई भएको बताउनुभयो । ‘करीब ८५ प्रतिशत काम सम्पन्न भएको छ,’ उहाँले भन्नुभयो, ‘अब फिनिसिङ र बत्तीलगायतको काम बाँकी छ । त्यो पनि दुई हप्ता भित्र जसरी पनि सम्पन्न गरी हस्तान्तरण गर्छौ ।’ 

प्रमुख शाक्यले निरीक्षणकै क्रममा कमल पोखरीमा पानी भरणको काम भैरहेको जानकारी दिनुभयो । ‘चैत मसान्तसम्म काम सक्ने गरी हामीले ठेकेदार कम्पनीलाई अन्तिम मौका दिएका हौँ,’ शाक्यले पोखरीतिर देखाउँदै भन्नुभयो, ‘केही दिन भित्रै यो पोखरीमा पानी टनाटन बनाउने तयारीमा छौँ । हामीले पुननिर्माणकै क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौँ ।’ 

प्रमुख शाक्यसँगै रहनु भएका काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले अहिले पोखरीमा करीब २० लाख लिटर पानी हालेको जानकारी दिनुभयो । ‘पोखरीमा टनाटन पानी भर्न करीब साढे दुई करोड लिटर पानी आवश्यक पर्छ,’ उहाँले भन्नुभयो, ‘हामी केही दिनभित्रै पानी टनाटन पार्छौँ ।’ 

करीब एक घण्टा कमलपोखरीको निरीक्षण गर्नुभएका प्रमुख शाक्यले केही व्यक्तिले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भनी अनावश्यक विरोध गरेको भन्दै  डिजाइनका बारेमा सामान्य जानकारी समेत नलिई हचुवाका भरमा विरोध नगर्न र विकास निर्माणमा अवरोध नगर्न पनि आग्रह गर्नुभयो ।  

शाक्यले निरीक्षणकै क्रममा  कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिनुभयो । उहाँले पहिला बेबारिसेर र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक  र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएको भन्दै डिजाइन पनि ती सबै कुरालाई ध्यान दिएको प्रष्ट पार्नुभयो ।

‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका सबै पोखरीहरुको प्रवद्र्धन र संरक्षण गर्ने महानगरपालिकाले अभियान रहेको भन्दै उहाँले त्यहि अभियान अन्तरगत वर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई मास्टरप्लान बनाएर पुननिर्माण गर्ने अभियान अघि बढाएको पनि स्मरण गराउनुभयो । ‘यो अभियान अघि बढाउँदा संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएका हौँ,’ उहाँले भन्नुभयो, ‘दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात कमलपोखरी प्रहरी बीट जुन भत्काइसकेका छौँ त्यो क्षेत्रमा दोस्रो चरणमा कमलपोखरीको क्षेत्र विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्छौ ।’

काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको छ । करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि महानगरपालिकाले जानकारी दिएको छ ।  पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी  विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण गर्ने पनि महानगरपालिकाले जानकारी दिएको छ ।

पुर्खाबाट सन्ततिमा संस्कृति हस्तान्तरण गरियो

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ३०, सोमबार वर्गीकृत

सिवाः साय्मि खलः संस्कृति विभागको आयोजनामा भइरहेको बाँसुरी बाजा प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रम (बाँसुरी पिथनेगु) सम्पन्न भयो ।

२०७६ मंसीर ९ सुरू (११४० कछलागा चतुर्दशी, बालाचःह्रे) देखि सुरू गरिएको बाँसुरी प्रशिक्षण २०७७ चैत २६ गते (११४१ चिल्लागा द्वादशी) बिहिवार थिमि–४ स्थित सिवाटोलमा बाँसुरी बाजा प्रशिक्षणको समापन कार्यक्रम सम्पन्न भएको हो ।

आठ महिनामा सकाउने लक्ष्य लिएर दिइएको बाँसुरी प्रशिक्षण कोभिड–१९ सँगै सरकारले जारी गरेको लकडाउनको कारणले बीचमा बन्द गरिएको थियो । उक्त कार्यक्रममा प्रशिक्षण लिएका र दिएका भाजु÷मयजुहरूलाई खलःको तर्फबाट सामुहिक सगुन (मंका सगं) दिइएको थियो ।

बाँसुरी प्रशिक्षार्थीहरूको संख्या जम्मा ४२ जना रहेको कार्यक्रमका संयोजक मनोजलाल मानन्धरले जनाउनु भयो । बाँसुरी प्रशिक्षकको रूपमा धनकाजी भासिमा र बाद्यवादन प्रशिक्षकको रूपमा चयन्द्र भासिमा हुनुहुन्छ । त्यस्तै नृत्य प्रशिक्षक बालमुकुन्द प्रजापति र दिपक बज्राचार्य हुनुहुन्छ । कार्यक्रमको लागि स्थानिय मानन्धर समुदाय र नगरपालिकाबाट आर्थिक व्यवस्थापन गरिएको थियो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, मध्यपुर वडा नं. ४ र ६ का परिवार, जनप्रतिनिधि, नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, उपाध्यक्ष रचना श्रेष्ठ, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सदस्यहरू, केन्द्रीय मानन्धर संघबाट सहसचिव उदेन न्हूसायमि, भक्तपुर जिल्ला मानन्धर युवा संघका पदाधिकारी, मानन्धर युवा समूहका पदाधिकारी तथा पत्रकारहरूको सहभागिता थियो ।

नेवा मिसा दबू गैडाकोट नगरसमितिको आयोजनामा शुभकामना कार्यक्रम सम्पन्न

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र २९, आइतबार वर्गीकृत

नेवा मिसा दबू गैडाकोट नगरसमितिको आयोजनामा श्रीराम पार्टी प्यालेस,गैडाकोट नवलपुरमा नयाँ वर्ष २०७८ को शुभकामना, सम्मान तथा समिक्षा बैठक कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा कार्यक्रममा कार्यक्रमका प्रमूख अतिथि गैडाकोट नगरपालिका वडा २ का वडा अध्यक्ष ध्रुवराम पौडेल हुनुहुन्थ्यो । वहाँले नेवारी संस्कृति समग्र नेपालको सान भएकोले यसको जगेर्ना गर्न नेवारी समुदाय एक भएर अगाडी बढनु पर्ने कुरामा जोड दिनु भएको छ । सो कार्यक्रममा यस कार्यक्रमका अध्यक्ष सीता श्रेष्ठले नेवारी महिलाहरूको हकहितको लागि नेवा मिसा दबू गैडाकोट नगरसमिति सधै तत्पर भएर अगाडी बढने र विभिन्न महिला नेतृत्वको कार्यक्रमहरू गर्ने प्रतिबदता जनाउनु भएको छ ।

वहाँले थप्नु भयो हामी नेवार समुदायभित्रका नेवारी संस्थाका दाजुभाई दिदीबहिनीहरू मिलेर अगाडी बढनु पर्ने आवश्यकता रहेको कुरामा पनि जोड दिनुभएको छ ।

यस संस्थाले आफूले संचालन गरेको बेलविवाह कार्यक्रममा सहयोग गर्नु हुने ब्यक्तित्वहरूलाई सम्मान गर्नु  भएको छ ।

कार्यक्रममा नेवा पत्रकार राष्ट्रिय दबू चितवन शाखाका अध्यक्ष कमलमान श्रेष्ठले नेवारी समूदायको हरेक सुचना तथा समाचारहरू विभिन्न मिडियमा मार्फत ल्याउन सहयोग गर्ने र नेवार दाजुभाई दिदीबहिनीहरू विचको एकता गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

भारतमा २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र २८, शनिबार वर्गीकृत

कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७९४ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ ।

उनीहरुमध्ये १ करोड १९ लाख ९० हजार ८५९ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा १० लाख ४६ हजार ६३१ सक्रिय संक्रमित छन् । 

कोरोना संक्रमणबाट भारतमा हालसम्म १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भएको छ ।

चर्चित पप गायक भीम तुलाधरकी आमा दान लक्ष्मी तुलाधरको निधन

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र २८, शनिबार वर्गीकृत

चर्चित पप गायक भीम तुलाधरकी आमा दान लक्ष्मी तुलाधरको निधन भएको छ । 

९१ वर्षीया तुलाधरको उपचारको क्रममा सितापाईलास्थित मनमोहन मेमोरियल कलेज एण्ड टिचिङ हस्पिटलमा मृत्यु भएको हो ।

गत १४ गते मष्किष्कघात भएपछि तुलाधरलाई उपचारको लागि अस्पताल पुयाइएको थियो ।

अस्पताल पुगेपछि उनलाई आइसीयूमा राखेर उपचार शुरु गरिएको थियो । उपचारकै क्रममा उनको बिहिबार मृत्यु भएको हो ।

स्वर्गीय तुलाधरका सात छोरा दुई छोरी छन् । 

तत्कालै लकडाउनको कुनै तयारी नगरेको स्पष्ट

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र २७, शुक्रबार वर्गीकृत

सरकारले अहिले तत्कालै लकडाउनको कुनै तयारी नगरेको स्पष्ट पारेको छ ।

“सरकार लकडाउनमा जान्छ कि जाँदैन भन्ने तयारी नै नभएको विषयमा  उत्तर दिन जरुरी छैन,” पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै उनले भने, “सरकारले लकडाउन गर्न पाइँदैन भनेर नागरिक समाजले भनिरहेको छ ।

शुक्रबार सूचना प्रविधि मन्त्रालयमा सरकारका निर्णय सार्वजनिक गर्दै मन्त्री पार्वत गुरुङले सरकारले अहिले लकडाउनका विषयमा कुनै तयारी नगरेको बताएका हुन् ।

यस्ता महामारीबाट कसरी बच्ने, कसरी सुरक्षित हुने र नेपाली जनताको जीवन सुरक्षाको कसरी काम गर्ने भन्ने सोच सरकारले लिनेछ ।” उनले सबैको परामर्शमा सरकारले निश्चित मापदण्ड बनाउने पनि बताए ।

बालाजु बाईपासमा सूचना केन्द्रको शिलान्यास

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र १९, बिहिबार वर्गीकृत

बालाजु बाईपासमा सूचना केन्द्रको आज शिलान्यास भएको छ । बालाजु बाइपासको कित्ता नम्बर ९९ र एक सय २५ मा आज सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । सूचना केन्द्रबाट बालाजुबाट बाहिरिँदा पुगिने ठाउँ र भित्र आउँदा आवश्यक पर्ने सेवा प्राप्त हुने ठाउँका बारेमा जानकारी दिइनेछ ।

सुविधा सम्पन्न शौचालयसहित करीब एक करोडको लागतमा बालाजु बाईपासमा सूचना केन्द्रको निर्माण गर्न लागिएको हो । बाईपासमा निर्माण हुने सुचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने आवागमनको लगत राख्ने मन्त्री मानन्धरले जानकारी दिनुभयो ।

‘बाइपासलाई विवादित बनाउने प्रयास भएपनि अहिले जनताको जित भएको छ, सार्वजनिक सम्पतिको संरक्षणमा सरकार सचेत छ’ शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै राज्यमन्त्री मानन्धरले भन्नुभयो ।

मन्त्री मानन्धरले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधासहितका सूचना केन्द्र स्थापना गर्ने लक्ष्य लिएको पनि जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइट जाने फोहरका गाडीको लगत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो ।

सूचना केन्द्रबाट पर्यटक र सर्वसाधारणलाई काठमाडौं र उत्तरी क्षेत्र हुँदै पुगिने नुवाकोट रसुवा गोरखा जाने बाटो लगायतबारेमा पनि सूचना दिइने शाक्यले बताउनुभयो ।

‘काठमाडौँ महानगरपालिकाले निर्वाचनका बेला व्यक्त गरेका प्रतिवद्वता अनुसार काम गरिरहेको छ । फोहर व्यवस्थापनलगायतका सन्र्दभमा पनि महानगरले आवश्यक पहल जारी राखेको छ’ शाक्यले बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले महानगरका थुप्रै ठाउँमा यपप्रकारका सूचना केन्द्र र सार्वजनिक शौचालय स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।

सूचना केन्द्रको निर्माण कार्य उपभोक्ता समितिमार्फत भइरहेको काठमाडौं महानगरले जनाएको छ । महानगरपालिकाको ९५ लाख ६० हजार र उपभोक्ताले १० लाख ६० हजार व्यहोर्ने उपभोक्ता समितिमा अध्यक्ष हरिओम मानन्धर र सचिव समिर भण्डारीले जानकारी दिनुभयो ।

Pages